मिस टनकपुर, हाजिर हो !
भारतमा सत्तासीनहरूको वर्गचरित्र भारतकै एउटा व्यंग्यात्मक सिनेमा 'मिस टनकपुर हाजिर हो' ले पर्दाफास गर्छ । भारतीय नयाँ पुस्ताका निर्देशक विनोद कापडीको यही वर्ष बनेको चलचित्रले हरियाना राज्यको एउटा गाउँ टनकपुरको कथा भन्छ । खासमा यो सत्तासीनहरूले आफ्नो स्वार्थमा राज्यशक्तिलाई दुरुपयोग गरेको संसारकै सार्वभौम कथा हो।
टनकपुरको भैँसी प्रदर्शनीमा ग्राम प्रधान सुआलालको दुधालु भैँसी मिस टनकपुर घोषित हुन्छ । प्रौढ सुआलाल र उसकी तरुनी स्वास्नी मायाबीच गम्भीर असमझदारी हुन्छ । पुंसत्व कमजोरीका कारण बिहे भएको ७ वर्षसम्म ऊ मायाको मातृत्वको सपनालाई साकार पार्न सक्दैन । ऊ सधैँ मायामाथि आशंका र कुटपिट गर्छ । यसले गर्दा समवयी अर्जुनसँग मायाको मन गाँसिन्छ । सुआलालको आँखा छलेर अर्जुन मायालाई बारम्बार उसकै निवासमा भेट्छ । पण्डित शास्त्रीको लहैलहैमा लागेर सुआलाल शत्रु नाश गर्न अनेक तान्त्रिक विधि गर्छ । 'गाई र बाख्रा हत्या गरेको पाप थोपर्न' अर्जुनको आलो दिसा उठाउनेदेखि उसको घरमा गाई र बाख्राझैँ कराउने काम गर्छ । अर्जुनकी बहिनीको बिहेकै दिन मायाको कोठामा अर्जुन र माया फेला पर्छन् । अर्जुनको हातखुट्टा भाँचिन्छ । आफ्नै इज्जतमा असर पर्ने देखेर सुआलाल अर्जुनमाथि मिस टनकपुर घोषित भैँसीलाई बलात्कार गरेको अभियोग लगाउँछ । प्रहरी र डाक्टरलाई घुस खुवाएर अदालतमा मुद्दा दर्ता गरिन्छ । यही अभियोगका कारण अर्जुनकी बहिनीको बिहे रद्द हुन्छ । बाबु आत्महत्या गर्न बाध्य हुन्छ । अदालतले वादीलाई बलात्कृत भैँसी उपस्थित गराउन आदेश दिन्छ । यहीबीच ग्राम पञ्चायतबाट 'बलात्कारी' अर्जुनले 'बलात्कृत' भैँसीसँग बिहे गर्नुपर्ने निर्णय गराइन्छ । बिहेको मण्डप परिसरमै बाँधिएको भैँसी दाम्लो चुँडालेर गायब हुन्छ । अदालतमा भैँसी उपस्थित गराउन नसक्दा निलम्बनमा परेको प्रहरी अधिकारीले सत्य ओकल्न बाध्य हुन्छ । सुआलाल, भीमा र शास्त्री थुनिन्छन्, अर्जुनले सफाइ पाउँछ । राजस्थानको सत्य घटनालाई नाट्यकरण गरिएको यस फिल्मले यसरी सत्तासीनहरूको बिब्ल्याँटो बुद्धिको धज्जी उडाउँछ ।
साइकल सहरको सपना
भारतीय समाजको मौलिक कथा 'मिस टनकपुर हाजिर हो' ले सत्ताविहीनहरूको सुषुप्त प्रतिरोधको कथा भन्छ । यता, हामीकहाँ भारतीय नाकाबन्दीविरुद्ध प्रतिरोधको आवाज झिनो लवजमा उठ्न थालेको छ । आत्मनिर्भरताका सबै उपाय अँगाल्दामात्र त्यो सम्भव छ । भारतले नाकाबन्दी लगाउने छनक पाउनेबित्तिकै एमाओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेका थिए, 'बरु साइकल चढिन्छ, विदेशीको नाजायज दबाब मानिन्न ।' यसले वातावरणप्रेमी र मजस्ता मोटरसाइकल नचढ्ने सर्वसाधारणलाई उत्प्रेरित गरेको थियो । मेरो कुरा सुनिँदो हो त काठमाडौँ उपत्यकामा उहिल्यै मोटरसाइकल र गतिछाडा चारपांग्रेमाथि प्रतिबन्ध लागिसकेको हुन्थ्यो । यहाँ राष्ट्रपतिदेखि, प्रधान मन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी, प्राध्यापक, विद्यार्थी, प्रेमी तरुनी–तन्नेरी सबै साइकल चढिरहेको आह्लादकारी दृश्य देख्न पाइन्थ्यो । हो, बृद्ध, अशक्त र रोगीहरूका लागि सरकारले चलाउने सार्वजनिक बस, दमकल, एम्बुलेन्सजस्ता चारपांगे्रमाथि बन्देज लगाइन्नथ्यो । तर, न प्रचण्ड महोदयले जनतालाई प्रोत्साहित गर्न साइकल चढेको देखियो, न तेलको अभावमा यहाँका निजी चारपांग्रे र मोटरसाइकल चल्न छाडे । तीन दिन लाममा बसेरै भए पनि, अनेक सोर्सफोर्स लगाएरै पनि र टर्पेन्टाइन मिसाइएको तेल ब्ल्याकमै किनेर पनि मानिसले कार, मोटरसाइकल चढिरहे ।
प्रजातन्त्र पुनस्र्थापनापछि डिजुरे प्रधान मन्त्री (नाममात्रका) जो भए पनि डि–फ्याक्टो प्रधान मन्त्रीचाहिँ रामशरण महत नै भइरहे । तिनैले नेपालमा ससम्मान नवउदारवादको खामो गाडे । त्यसपछि त हाम्रो समाज वर्गीयरूपले अमानवीय हुँदै गयो । प्रेम, भावना र मानवीय मूल्यमान्यता नगण्य भयो, पैसा सर्वमान्य भयो । तर, जीवन संस्कृतिमा चाहिँ हामी झन्झन् सामन्तवादी हुँदै गयौँ । यहाँ पजेरो चढ्नेको अगाडि कार चढ्ने हीन हुने भयो । कार चढ्नेको सामु मोटरसाइकल र मोटरसाइकल चढ्नेको अगाडि माउन्टेन बाइक र माउन्टेनबाइक चढ्नेका सामु सामान्य साइकल चढ्नेको आत्मसम्मान ध्वस्त भयो । हुँदाहुँदा आज यस्तो भयो, सामान्य साइकल चढ्नेलाई यहाँका कुकुर, बिराला र कुखुराले समेत लात हान्ने खतरा देखियो । मोटर, कार, मोटरसाइकलवालाले त साइकलवालाको अस्तित्व नै अस्वीकार्ने र पछार्दै हिँड्ने भए । त्यसैले अभियन्ताबाहेक आज मध्यमवर्गीय कुनै पनि व्यक्ति यहाँ साइकल चढ्न चाहँदैन ।
मेरा थुप्रै परिचित यस्ता छन् तिनलाई मैले मोटरसाइकल नचढेकोमा मलाईभन्दा बढी चिन्ता छ । जतिसुकै अड्चन भए पनि मलाई भने मोटरसाइकल चढ्नुभन्दा पैदलयात्रामै धेरै आनन्द छ । मेरो दृष्टिमा मुसाको दुलामा पनि छिरुँलाझैँ गरी खाली ठाउँ खोज्दै हिँड्ने र खाली ठाउँ पाए पृथ्वी नै छाड्न हतार गर्ने मोटरसाइकलहरू उपत्यकामा दुर्घटनाका सबैभन्दा ठूला कारखाना हुन् । म भने अझै पनि यस खाल्डामा ढुक्कले साइकलमा सवार हुने सपना देख्दैछु । त्यो यस जुनीमा पूरा हुने छाँट देखिँदैन । अर्को जुनी पाइँदैन ।
निर्णायक वार्ता
मन्त्री सत्यनारायण मण्डलदेखि प्रधान मन्त्री र उपप्रधान मन्त्रीजस्ता जिम्मेवार पदाधिकारीले जस्तो पँधेरी लवजमा सत्तोसराप गर्दैमा नाकाबन्दी हट्ने होइन । त्यसको प्रतिरोध हुने त कुरै भएन । त्यस्तो गैरकूटनीतिक मिजासले जनताको राष्ट्रिय भावनालाई क्यास गरे पनि समस्या झन् चर्काउँछ । उता, चतुर मोदी बेलायती प्रधान मन्त्रीकै ब्रेनवास गर्न सफल भए । यता हाम्रा प्रधान मन्त्री, मन्त्रीहरू भने भारतीय तेल निगमले तेल भर्न नदिएको, संविधानमा मधेसी र थारू समुदायको हितमा भएको प्रावधान, मधेसी समुदायले भारतर्फको दसगजातर्फ गएर नाका छेकेको कुरा दिल्ली र अन्तराष्ट्रिय समुदायलाई खुलस्त भन्न र बुझाउनै धकाउँछन् !
भारतीय नाकाबन्दीका कारण नेपालमा अनेकथरी मानवीय संकट सिर्जना हुँदैछ । त्यसकै कारण कतिले ज्यान गुमाउनुपरेको छ । औषधिको अभाव छ । कतिपय एम्बुलेन्सले पेट्रोल पाएका छैनन् भन्ने सुनिन्छ । दाउरा किन्नै पनि जनताले घन्टौँ लाम बस्नुपरेको छ । दसौँ हजार, लाख भाडा तिरेर चलिरहेका होटल, रेस्टुराँ र पसल बन्द छन् । दाउरा युगमा फर्कनुपर्दा सहरी गृहिणीको समय र स्वास्थ्य बर्बाद हुँदैछ । दस, पन्ध्र हजार पटुकामा बेरेर गाउँको उर्बर खेती छाडी सहरमा सडकव्यापार गर्नेहरू फेरि खेतीपातीमै फर्कनुपर्ने दिन फिरेको छ । कम्तीमा त्यहाँ पैसा भए पनि केही किन्न नपाइने र अन्न भए पनि पकाउन नपाइने स्थिति छैन ।
सबैलाई थाहा छ, मधेसी दल र आदिवासी जनजातिसँग विगतमा अनेक सम्झौता गर्ने यिनै दल हुन् । अहिले कार्यान्वयन गर्न आनाकानी गर्ने र आन्दोलन गर्दा तिनको राष्ट्रियतामाथि प्रश्न उठाउने पनि यिनै हुन् । विगतमा भएका सहमति कार्यान्वयन गराउनै ५० जना मधेसीले ज्यान गुमाउनुपरेको घटना अत्यन्त दुःखद् छ । मधेसवासीको राष्ट्रियतामाथि प्रश्न उठाउने हाम्रो पहाडी मानसिकता कम दोषी छैन । सिमानामा बस्नुको पीडा हामी पहाडीले होइन, तिनै मधेसीले भोग्नुपरिरहेको छ । आज राति नेपालमा सुतेर भोलि उठ्दा आफ्नो घर भारतीय भूमिमा परिसकेको झमेला तिनैले भोग्नुपरेको छ । सिमानाका भारतीय प्रहरीको बल मिच्याइ, छोरीबेटीमाथि तिनका गिद्दे दृष्टि, होचीअर्घेली तिनैले सहनुपरेको छ । नेपाली राष्ट्रियताको बोध नहुँदो हो त तिनले यस्तो पीडा भोग्नै पर्दैनथ्यो । अनि तिनकै राष्ट्रियतामाथि शंका गरेर हामी पहाडीले नगर्नु धेरै गरिसकेका छौँ । यसले गर्दा नै मधेसी र थारूलाई आफ्नै पहिचानयुक्त प्रदेशको अनिवार्यता भएको हो ।
सिक्काको अर्को पाटा मधेसी मित्रहरूले पनि भुल्नु हुँदैन । मधेसवादी दलहरू भारतले होइन, आफूले नाकाबन्दी गरेको भनिरहेका छन् । यसरी यो देशको किलकिले जहाँ छ त्यहीँ थिच्दा हिमाली र पहाडी समुदायसँग तिनको भावनात्मक दूरी जोडिनै नसक्ने गरी बढ्दै जान्छ भन्ने तिनले आत्मसात गर्नु जरुरी छ । मानवीय संकट चुलिँदै जाँदा नाकाबन्दी मानवताविरुद्ध अपराधमा परिणत हुन जान्छ । यसले तिनको मधेस प्रदेशप्रति शंका बढाउँछ । बुधबार थालिएको सरकार र मधेसी दलको वार्ता सफल हुँदा पनि भारतले नाकाबन्दी नखोले मधेसी दलको भूमिका के हुन्छ ? त्यसमा ती प्रस्ट हुनैपर्छ । सरकारका तर्फबाट मधेसी राष्ट्रियताको सम्मान र मधेसी तर्फबाट देशभर परेको मानवीय संकटप्रति जिम्मेवारीबोध गर्दामात्र वार्ता सफल हुन सक्छ ।