अहंकारमा नाकाबन्दी
०५ मंसिर २०७२
•
१५ मिनेट पाठ
अहंकारमा नाकाबन्दी
भारतीय नाकाबन्दी संविधानमा मधेसी जनता नअटाएको क्षेत्रीय निष्कर्षका साथै राज्यको व्यवहारको उपज हो। मधेस अटाउने संविधान बनाउन प्रदेशको सीमा, नागरिकताको औकात, जनसंख्याको अवस्था जोडियो।संविधान संशोधनमाथि उभिएको मधेस आन्दोलन राष्ट्रिय राजनीति र भूगोलमा मात्र खुम्चिएन। क्षेत्रीय जाति, धर्म, संस्कृतिको उपयोगले राष्ट्रिय राजनीतिको दायरा र भूगोल दुवैबाट बाहिरियो। यसले भूगोल, अर्थराजनीति र संस्कृतिको साइनोभित्र संस्थागत भारतीय चासोलाई ठाउ" दियो। संस्थापन राजनीतिलाई झुकाउने भारत कार्डको 'पुरानो फर्मुला' मधेस—काठमाडौँ सम्बन्धमा पनि उपयोग भएको छ। जो अमानवीय नाकाबन्दीमार्फत् हरेक दिन थप भयंकर र सकसपूर्ण भएर नेपाली दैनिक जीवनमाथि बजि्रएको छ।




आन्दोलनमा मधेसी नेताले जुटाउँदै आएको भारतीय सद्भाव र सहयोगले पहाडिया काठमाडौँको नजरमा मधेसी नेतृत्वको राष्ट्रियता शंकास्पद बनाइदिएको छ। मधेसको माग राष्ट्रिय अखण्डतास"ग जोडिएको छ। यसलाई पुष्टि गर्ने वा नकार्ने ल्याकत सरकार वा मोर्चा कसैले देखाएको छैन। जसले हु"दाखाने मधेसको राष्ट्रियतामा प्रश्न झुण्डिएको छ।

राष्ट्रिय राजनीति, कर्मचारीतन्त्र, विकासको बाँडफाँट र सहभागिताको वर्तमान संरचना र चरित्रले गर्दा पहाडिया हुनेखानेले मधेसी हुनेखानेको विश्वास गुमाएको छ। मधेसी हुनेखानेको बुझाइमा पहाडिया हुनेखाने नेतृत्व मधेसीप्रति अनुदार, निरंकुश र विभेदकारी छ। एउटै समस्यामाथि बनेका दुई फरक बुझाइ गलत अनुमानमा प्रयोग भएका छन्। मधेसी नेतृत्वको सत्ता संघर्ष र पहाडिया नेतृत्वको संस्थापन अहंकारले पिँधका मधेसी र पहाडियालाई क्षेत्रीय तथा भावनात्मक राष्ट्रिय अतिवादको सिकार बनाइदियो। यी दुई नयाँ अतिवादले काठमाडौँ–मधेसको संवाद मिचिएको छ। समावेशी र समृद्धिका लागि हुनुपर्ने संवाद भूगोलको सीमाले छेकिएको छ। हुनेखाने पहाडिया र जमिनदारी मधेसले राष्ट्रिय स्वाधीनता तथा समावेशी समाजलाई स्वीकार्न सकिरहेको छैन।

अहंकारी काठमाडौँको व्याख्या र जमिनदारी मधेसको स्वार्थले समावेशी नेपालको समृद्धि रोकिएको छ। यसमा मधेसी नेता वा पहाडिया काठमाडौँ एक्लै जिम्मेवार छैनन्। आगामी सत्ताको रूपरेखा र प्रभाव यसमा जिम्मेवार छ। अतिवादमा उभिएको नाकाबन्दीले जमिनदारी मधेसको स्वार्थ थप बलियो बनेको छ। तर, दुःखको कुरा यसले हुनेखाने पहुँचवाला काठमाडौँलाई असर पार्ने गरी पिँधको मधेसलाई समेटेन। भारतीय नाकाबन्दीलाई उपयोग नगर्दासम्म मधेस आन्दोलन मूलधारमा अटाएन। नाकाबन्दीले मधेस आन्दोलनलाई भवितव्य उचाई दियो। तर, सत्ता राजनीतिसँग साटिएको नाकाबन्दीको राजनीतिले राजनीतिक अहंकारकारको अघि आमसमस्यालाई देखेन। काठमाडौँले मधेस आन्दोलनलाई देख्यो, बुझ्न चाहेन। राज्य संस्थापनलाई झुकाउन मधेसका हुनेखानेको मत भारतीय नाकाबन्दीको उपयोग निर्विकल्प उभियो। नेपालमाथि भारतीय स्वार्थलाई जिताएर मधेसको हुनेखाने स्वार्थले टाउको उठायो।

मधेसी हुनेखाने र भारतीय स्वार्थको लेनदेनमा पहाडिया अहंकारी राजनीति अराष्ट्रिय बनाइएको मधेस थातथलोलाई छाडेर सीमा क्षेत्रको दसगजामा मुर्झायो। मधेसीको अन्तर्मनलाई केलाएर हुनुपर्ने संवाद भारतीय अभीष्टमाथि उभ्याइयो। समस्याको जरा थप तानतुन भएर अहंकारको अभीष्ट र आरोपमा जेलिएको छ। राजनीतिक समस्यालाई मुख्य बनाउन आर्थिक असमानता र सांस्कृतिक विभेदलाई अघि सारिएको छ। यसलाई समाधान गर्ने बाटोको रूपमा संघीय प्रदेशको सीमा, नागरिकताको संवैधानिक परिभाषालाई मानिएको छ। तर समाज, राजनीति, अर्थतन्त्र, संस्कृति, राज्यको चरित्र, राजनीतिको उद्देश्य सबै फेरिरहने सत्यका सामु राज्य–नागरिक (मधेस) सम्बन्धलाई उल्ट्याउने अहिलेको बाटो सही छैन। संस्थापन राज्य राजनीतिले दोष्याएको र मधेस आन्दोलनले उपयोग गरेको भारतीय सीमा रणनीति र भूमिकाको विश्लेषण दुवै गलत छन्।

समृद्ध बन्ने मधेसको मागमा अतिवादी हुनेखाने मधेसी र पहाडिया अहंकारी राजनीतिक 'करियर' बाधा भएको छ। मधेस मागको अराष्ट्रियकरणले फरक यथास्थिति अहंकारलाई बलियो बनाएको देखियो। व्यक्तिगत प्रतिष्ठा र नाफा–घाटा बलियो हुनाले संघीय अभ्यासको लोकतान्त्रिकीकरण अप्ठ्यारोमा परेको छ। भारतीय नाकाबन्दीको नेपाल सन्दर्भ भारतसँगको ऐतिहातिक सम्बन्ध, निरन्तरता, विकास, सुधारमा मधेसले सम्पर्क सेतुको भूमिका खेल्दै आएको छ। राणा वा प्रजातान्त्रिक शक्ति कसैले पनि भारतसँगको सम्बन्ध विस्तारमा मधेसलाई नाघेर भएको होइन। प्रजातन्त्र (लोकतन्त्रसम्म) प्राप्तिका लागि कांग्रेस, कम्युनिस्ट वा राजतन्त्र निरन्तरताका लागि राजामहाराजाले गरेको मधेस उपयोग यसका प्रमाण हुन्। जसमा नेपाली राजनीतिक पार्टीको अन्तराष्ट्रिय हैसियत उभिएको छ। राणाविरुद्धको आन्दोलन, राजाविरुद्धको आन्दोलन, गणतन्त्र प्राप्तिको आन्दोलनमा यो देखिइसकेको छ। तर, नाकाबन्दीको विकल्पमा चीनसँगको व्यापार अघि आयो। यसले चीन–नेपाल–भारतबीच हुनुपर्ने सन्तुलित सम्बन्धलाई धेरै महŒव दिएको देखिएन। काठमाडौँ, पहाडिया राजनीतिक स्वार्थ, जमिनदारी राजनीतिबाट उम्किन नसकेको अनुदान विकासको मार नाकाबन्दीमा देखियो। पहाडी मार्ग, चुहिएर पुगेका विकास अनुदानले बनेका नाका जोड्ने जीर्ण र अपर्याप्त बाटो, कर्मचारीको उपयोगबाट उद्योग/व्यापारबाट लाभ लिन पोख्त राजनीतिक अभीष्ट, अप्ठ्यारो भूगोललगायतले भारतसँगको इन्धन व्यापारको सहज विकल्प दिन सकेन। यसले माफिया स्वार्थलाई जितायो।

छिमेकी गुहारेर आन्तरिक समस्या सल्ट्याउनुपर्ने हाम्रो राजनीतिक अभ्यास, प्रणालीलाई पहाडिया चरित्रले गा"जेको छ भन्ने निष्कर्ष मधेस र मधेसी आन्दोलनप्रतिको सहानुभूतिमा छ। घरेलु समस्यामा छिमेकी आइलागेको गुनासो पहाडिया संस्थापन राजनीतिको निष्कर्ष छ। दुईवटा फरक अति निष्कर्षले मधेस र राज्य, मधेस र मधेसीबीचको सम्बन्धलाई नाप्न, केलाउन रोकेको छ। मधेसी जनताले राज्यसँग गर्नुपर्ने संवाद, विकास गर्नुपर्ने नयाँ सम्बन्धलाई गलत भन्न सघाएको छ। मधेस र मधेसीलाई गैरनेपाली र अराष्ट्रिय देख्ने पहाडिया अभिजातीय राजनीतिकर्मी र मधेसको भावनात्मक समर्थनलाई उपयोग गरेर राज्यको मूलराजनीतिलाई भोग गर्ने मधेसी अभिजातीय स्वार्थले मधेसको समस्यालाई थप जटिल बनाएको हो।

मधेस आन्दोलन त्यहाँ भएको समस्या वा विभेदले मात्र जन्मिएको होइन। खासगरी राजनीतिबाट पाइने रोजगारी, बजार, व्यापारको बाटाहरू जिम्मेवार छन्। मधेस आन्दोलनले काठमाडौँसँग चित्त दुःखाएको छ। मधेस पनि काठमाडौँ जत्तिकै हुन के गर्नुपर्ला? यसको संविधानतः समाधान खोजेको छ। यसका लागि ऐतिहासिक क्रममा उभिएको विश्लेषण र समाधान खाँचो छ। जो नेपालीमात्र भएर, समूह वा निजी स्वार्थलाई थिचेरमात्र गर्न सकिने समाधान हुन्। वर्षौंदेखिको अनुुदान विकासमाथिको भ्रष्टाचार, माफियाको माखेसाङ्लोमा झेलिएको लोकतान्त्रिक शासनपद्धति, हुनेखानेले धानेको राजनीतिको प्रभाव चीन र भारतको नाकामा देखियो। यो राष्ट्रिय यथार्थ र बाध्यताभन्दा राजनीतिक संघर्ष ,अशिष्ट र अश्लिल व्यावसायिक स्वार्थ, जनजीविकामैत्री हुन नसकेको व्यापार प्रणाली र यसले प्राप्त गरेको राजनीतिक संरक्षणको विश्लेषणमा उभिएको छ। यसको भोगाइ त प्रजातन्त्रबाट लोकतन्त्रमा नामसारी भएका बन्धक सहरिया हुँदै गाउँसम्म पुगिसकेको छ।

मधेस आन्दोलनको सन्दर्भ पहाडिया काठमाडौँ र असमानता, अपमान, अपनत्व तथा देशको मूलधारमा मिसिने संघर्षसँग जोडिएको छ। तर, खाँटी मधेसीको आवेदन पटक–पटक सत्तामा पुगेका मधेसी जमिनदार नेता, व्यापारी नेतृत्वको विगत र वर्तमान पहाडिया राजनीतिक अहंकारले छेकिएको छ। नेतृत्वसँग जोडिएको पहाडिया काठमाडौँ सत्ता विश्लेषणमा पिँधको मधेस छुटेको छ। मधेस आन्दोलनलाई हेर्ने चश्मा विविध छन्– मधेसी, सत्ताराजनीति, पहाडी, उग्र राष्ट्रवादी, भावनात्मक आदि। विविध चश्माका स्वार्थ दृष्टिहरू पनि विविध छन्। जो एकले अर्कोलाई कमजोर र गलत बनाएर सही बन्ने होडमा छ। विज्ञता बिकाउने, विरासत टिकाउने, विरासत सिर्जने, पुरानो हैकमको नयाँ संरचना बनाउने आदि। जसले मधेसभित्रका जमिनदारी नेतृत्व र पहाडिया राजनीतिक अहंकारबीचमा सत्ता सौदा गर्ने गतिलो बहाना सिर्जिएको छ।

मधेस गलत भएर वा पहाडी अहंकार टसमस नगरेरमात्र मधेस आन्दोलनमा भारतीय नाका उपयोग भएको होइन। पहाडिया अहंकारलाई गलाउने मधेसी हुनेखाने नेतृत्वको दम्भ र मधेसलाई नेपाल नदेख्ने पहाडिया सत्ता अहंकारले मधेस आन्दोलनलाई दसगजामा पुर्या इदिएको हो। यसलाई प्राप्त पहाडिया अर्थराजनीतिक तथा सांस्कृतिक अपमानले आवेगको भावनात्मक राष्ट्रवादभित्र विस्तारै नश्लीय अहंकारलाई ऊर्जा दिएको छ। यही जातीय, क्षेत्रीय र सारमा नश्लीय अहंकारमा दिगो आन्तरिक द्वन्द्व फस्टाउने स्थिति देखिएको छ।

मधेसी आन्दोलनको राजनीतिक स्वार्थलाई सामान्य मानिसले भावनात्मक अर्थमा बुझ्न थालेको छ। यसले मधेस नेतृत्वको निजी स्वार्थ थप स्वाभाविक बन्न पुगेकोे छ। काठमाडौँको पहाडिया प्रतिक्रियाले मधेसी नेताको निजी स्वार्थले मधेसको पिँधमा स्थापित हुने ठाउँ पायो। जमिनदारको स्वार्थ सजिलै मधेसको पिँधमा पुगेको छ। जब नेतृत्वको निजी स्वार्थ पिँधको समस्यामा मिसिन्छ, यो लोकतन्त्रका लागि अप्ठ्यारो बन्छ। सीमांकनबाहेकका मधेस समस्या संवेनशील हुँदाहुँदै पनि समस्यालाई प्राप्त स्वार्थनिहित भारतीय सहयोगले बोझिलो बनाइदिएको छ।

मधेस समस्या राजनीतिक हुन्। तर, यसले राजेको छिमेकीको अर्थराजनीतिक स्वार्थको बाटोको संरचना र सार रूप गलत छ। नेपाल–भारत वा नेपाल–चीनसम्बन्ध बदलिएको र बदलिनुपर्ने सत्यलाई राजनीतिक स्वार्थअनुसार व्याख्या गरियो। जसले मधेस आन्दोलनलाई तेर्स्याएर भारतीय नाकाबन्दी दसगजामा उभिएको छ। यसले मधेसी जमिनदारी विरासत र चिनियाँ भूमिकाको रूपान्तरणलाई सहज बनाइदिएको छ। यसैमा पहाडिया राजनीतिक अहंकारको राष्ट्रवाद अकाट्य बन्न पुगेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस