राष्ट्र बैंक : अराजक युनियन
०६ मंसिर २०७२
•
१८ मिनेट पाठ
राष्ट्र बैंक : अराजक युनियन
देशको परिस्थिति जटिल छ, संकट दिनप्रतिदिन बढ्दै छ। अमानवीय भारतीय नाकाबन्दीका कारण जनजीवन आक्रान्त बनेको छ। बिहान उठेदेखि बेलुकी नसुतुन्जेल मेचीदेखि महाकालीसम्मका सहरबजारमा बस्ने हामी नेपालीको कुराकानीको विषय मधेस, नाकाबन्दी, ग्यास, इन्धन र इन्डक्सन चुलो हुन पुगेको छ। जसरी भूकम्पका बेला काममा कसैको मन थिएन, अहिले त्यस्तै अवस्था छ।हाम्रा गाउँका दुःखका साथी दाउरा बाल्ने चुलोचम्कालेे केही नवधनाढ्यको रहरयुक्त बाध्यता बन्दै सामाजिक सञ्जालमा बलियो पकड राख्न सफल हुँदैछन्। सहरमा दुई दिन लाइनमा बसेर ५ लिटर पेट्रोल पाउने र आधा सिलिन्डर ग्याँस पाउने मान्छेले आफूलाई देशको सबैभन्दा भाग्यमानी ठान्न थालिसकेका छन्।

बिरामीहरूका लागि नभइनहुने औषधिमात्रै हैन अब त रगत राख्न चाहिने प्लास्टिकका पोकासमेत अभाव हुन थालेको समाचार सुन्नुपरेको छ। अत्यावश्यक सामानको भाउको कुरा गरीसाध्यै छैन। यी सबैकुरा बु‰ने र नजिकबाट भोग्ने नेपालीको मुटु कति चर्केको छ भन्ने कुराको अनुमान लगाउन कठिन छ। समग्रमा नेपाली जनता ठूलो र सम्पन्नोन्मुख निकटतम छिमेकी देशको निर्दयी व्यवहारले आहत छन्, थकित छन्, दुःखित छन् र निरीह छन्। एकातिर माथिको परिस्थितिको कारक मधेस आन्दोलन गतिहीन देखिन थालेको छ भने अर्कोतर्फ यस्तो अवस्थामा पनि केही अराजक तŒव देशभित्रै विभिन्न असान्दर्भिक माग राख्दै आफ्नो संस्थाका प्रमुखको घेराउ, हड्तालजस्ता निकृष्ट कार्य गर्न थालेका छन्। यसै सेरोफेरोमा आज मैले आफ्नो नियमित स्तम्भको विषय देशको केन्द्रीय बैंकमा भइरहेको अराजक आन्दोलनलाई बनाएको छु।

हाम्रो अर्थतन्त्रलाई पहिले भूकम्पले र त्यसपछि नाकाबन्दीले आक्रान्त पारेको छ। अहिले कतिपय कार्यालयका कर्मचारीले राम्ररी तलबसम्म पाएका छैनन्। कामको अभावमा कतिपयको जागिर चट् भएको छ। तर, नेपालको बैंकिङ क्षेत्रमात्रै यस्तो क्षेत्र बन्न पुगेको छ, जहाँ सायदै यी दुई कारणले कसैको तलब रोकिएको छ वा जागिर गएको छ। त्यसमाथि पनि राष्ट्र बैंकका कर्मचारीले त तलब नपाउने कुरै भएन। उसै पनि नेपालका सरकारी स्वामित्वका संस्थाहरूको तुलनामा नेपाल राष्ट्र बैंकका कर्मचारीले पाउने तलबभत्ता धेरै गुणा बढी छ। सरकारको पूर्ण स्वामित्वका संस्थाहरूमा सबैभन्दा विश्वासिलो संस्था पनि नेपाल राष्ट्र बैंक नै हो। यहाँ धेरै काम नियमअनुसार चल्छन्, व्यक्तिअनुसार हैन। यो संस्थामा भर्खरै आएका गभर्नरले यस्तो कुनै काम गरेका छैनन् जसले आर्थिक क्षेत्रमा प्रतिकूल असर गरोस्। तर, यस्तो बेलामा पनि हड्ताल? अब यसलाई के भन्ने?

मुलुकको यथार्थ थाहा हुँदाहुँदै पनि राष्ट्र बैंकका कर्मचारीहरू तलबभत्ता बृद्धिलगायतका नाजायज र गैरकानुनी माग राख्दै अहिले हड्तालमा छन्। माग जेजस्ता भए पनि हड्ताल राजनीतिपे्ररित छ। र, हड्ताल गर्नेहरू प्रधान मन्त्री तथा अर्थ मन्त्री संलग्न पार्टी एमाले समर्थित युनियनले गरेको छ। योभन्दा हास्यास्पद तथा निन्दनीय विषय दुनियाँमा अर्को के हुन सक्छ, जब सत्ताधारी पार्टीसमर्थित युनियनले गभर्नरजस्तो व्यक्तिलाई बेलुकी अबेरसम्म बन्धक बनाउँछ र पार्टीका ठूला नेताहरू नै यसको समर्थन गर्छन्!

पहिलो कुरा त नेपालको अहिलेको समय हड्ताल वा घेराउको लागि अत्यन्तै अनुपयुक्त छ। त्यसमाथि पनि सबैभन्दा बढी तलबभत्ता खानेहरूबाट नै आर्थिक माग राखेर आन्दोलन हुनु कुनै पनि हालतमा स्वीकार्य छैन। आखिर किन त? उत्तर सजिलो छ। सरकार एमालेको छ र गभर्नर नेपाली कांग्रेस समर्थित व्यक्ति। अब एमालेले त्यहाँ वितन्डा त मच्चाउने नै भयो! अब प्रधान मन्त्रीकै पार्टी हड्तालमा उत्रेपछि त्यहाँको प्रश्ाासन कति निरीह होला भनेर सजिलै अनुमान लगाउन सकिन्छ। कतिपय व्यक्ति त अहिलेको हड्ताललाई छिटै हुन लागेको दुई जना डेपुटी गभर्नरको अवकाश र नयाँ नियुक्तिसँग पनि जोडेर हेरिरहेका छन्। कारण यही नै हो भने त योभन्दा भयानक र दुष्कर्म केही हुनै सक्दैन।

नेपालका सबैजसो संस्थाका युनियनहरू विभिन्न राजनीतिक पार्टीमा आवद्ध छन्। अपवादलाई छाड्ने हो भने सबै उद्दन्ड छन्, अराजक छन् अनि मानवता उनीहरूको चरित्रको शब्दकोशमा छैन। उनीहरूको व्यवहार पशुवत् हुन्छ। शास्त्रका अनुसार कुनै कुरामा ठीक र बेठीक छुट्याउन नसक्ने नै पशु हो। उनीहरूको बोलीमा बाँण हुन्छ। यस्तो लाग्छ, उनीहरूले स्कुल–कलेजमा हामीले भन्दा अर्कै किताब पढेका थिए। डर र लाज भन्ने शब्द उनीहरूले सिकेका हुँदैनन्, लुगा लगाए पनि व्यवहारमा सधैँ नांगै हुन्छन्। एक्लै हुँदा चाकडी गर्छन्, एक्लै घरमा आउन खोज्छन्, आफ्ना समूहका अरु साथीलाई तथानाम गाली गर्छन्। तर, जब दुई वा त्यसभन्दा बढी साथमा हुन्छन् तब राक्षस बन्छन्! केही अपवादलाई अलि पर पन्छाउने हो भने यो उनीहरूको आमचरित्र हो। आफ्नो माग राख्ने क्रममा उनीहरू कानुन बु‰दैनन्, तर जब व्यवस्थापनले कुनै कुरा गर्छ, जुन ती मान्न चाहँदैनन्, तब कानुनका ज्ञाता बन्छन्! उनीहरू वकिल र न्यायाधीश दुवै बन्छन्। कतिपय छलफलमा आउँदा उनीहरूको हातमा अंग्रेजी भाषामा लेखिएको व्यवस्थापन र कार्यशैली विषयका किताब हुन्छन्। तर, त्यस्ता किताब बोक्नेमध्धे अधिकांश एक वाक्य अंग्रेजी बु‰दैनन्, लेख्ने कुरा त परै जाओस्! व्यवस्थापनका मानिसले अंग्रेजीमा गरेका गाली र खिज्याइँलाई प्रशंसा ठानेर धन्यवाद भनेको त म आफैले पटकपटक देखेको–सुनेको र भोगेको पनि छु। केही गल्ती नभएका उनीहरूका छोराछोरीले समेत म फलानाको छोरा वा छोरी भनेर सभ्य समाजमा आफूलाई चिनाउने आँट गर्दैनन्! योभन्दा ठूलो विडम्बना अर्को के हुन सक्छ!

जब यी युनियनका पदाधिकारीहरू सेवानिवृत्त हुन्छन्, राजनीतिमा जाने एकाध टाठाबाठालाई छाडेर अरुको हालत अत्यन्त नाजुक हुन्छ। उनीहरूसँग कोही बोल्न पनि चाहँदैनन्। अझ रमाइलो कुरा त हिजोका मतियार पार्टीका ठूला नेताले समेत यिनलाई चिन्दैनन्! एउटा चुरोट अरुसँग मागेर तान्दै हिँड्ने अवस्थामा पुगेका यिनलाई समयले मज्जाले बदला लिन्छ। आफूले हिजो बिगारेको संस्थाले यिनलाई परैबाट खिज्याउँछ। जो अलि टाठाबाठा हुन्छन्, तिनीहरू आफ्नो आस्थाका पार्टीका विभिन्न पदका लागि उम्मेदवार बन्छन्। हारेमा चुरोट मागेर तान्छन्, जितेमा पार्टी फुटाउने वा पार्टीका हरेक निर्णयमा फरक मत राख्नेमा अग्रपंक्तिमा पर्छन्।

युनियनले आक्रान्त पारेको सबैजसो संस्थामा केही उपल्ला दर्जाका र राजनीतिक अभीष्ट राख्नेहरू युनियनका सल्लाहकार हुन्छन्। यिनले माथिल्लो तहको बैठकमा भएका छलफल र निर्णयहरू पुस्तिकामा लेखिनुभन्दा अगाडि नै युनियन नामका धमिराकहाँ पुर्यालउँछन् र त्यसो गर्न सफल भएकोमा गर्व महसुस गर्छन्। यी निच हाकिमहरू यदाकदा पदोन्नतिका लागि युनियनको सहारामा पुग्छन् र फस्छन्। संस्थाका वास्तविक शत्रु भनेका यिनै हुन्।

यस्तो समस्या सरकारी संस्था तथा बैंकहरूमा मात्रै हैन, निजी क्षेत्रमा पनि विकराल छ। निजी क्षेत्रका उद्योगधन्दा फस्टाउन नसक्नु र विदेशी लगानी नआउनुको मुख्य कारण पनि यही अराजक युनियनहरूको गलत कार्यशैली नै हो। यति जान्दाजान्दै पनि हरेक पटक अर्थ मन्त्री र श्रम मन्त्री परिवर्तन हुँदा निजी क्षेत्र समस्या समाधानको झिनो आशा लिएर उनीहरूको ढोकामा जान्छन्, तर निराश भएर फर्कन्छन्। उनीहरूलाई थाहा छ, उनीहरू युनियनकै मालिकको घरमा युनियनको ज्यादति रोक्न कानुन संशोधनको माग लिएर गइरहेका हुन्छन् केही सुधार हुन्छ कि भनेर।

निजी क्षेत्रका लगानीर्ताहरू तथा संस्थाका उपल्लो दर्जाका मानिस युनियनका नेताहरूलाई व्यक्तिगतरूपमा अत्यन्त तुच्छ मान्छन्। युनियनका नेतासँग हात मिलाउनुलाई आफ्नो जागिर वा व्यवसायको सबैभन्दा तल्लोस्तको काम ठान्छन्, अनि कतै जाँदा उनीहरूलाई देखियो भने कालो बिरालोले बाटो काटेको भन्दा पनि बढी अपसकुन लागेको महसुस गर्छन्! यी कुरा थाहा हुँदाहुदै पनि युनियन सुधि्रन तयार छैन र पार्टीहरू उनीहरूलाई सुधार्न आवश्यक देख्दैैनन्! यी सबै क्रियाकलाप बल्खु, सानेपा, पेरिसडाँडा र बालुवाटार अनि यस्तै अरु केन्द्रबाटबाट सञ्चालित हुन्छन्। म यसको विगतको भुक्तभोगी हुँ र अहिलेको साक्षी। यसै सन्दर्भमा गत बुधबार साँझसम्म राष्ट्र बैंकका गभर्नरलाई घेराउ गरी कार्यालयबाट बाहिर आउन नदिएपछि मैले सामाजिक सञ्जाल टि्वटरमा लेखेँ– ...एमाले समर्थित अराजक युनियनले नेपाल राष्ट्र बैंकका गभर्नरलाई कार्यालयमा अहिले पनि थुनेका छन्। भर्त्सना गर्न शब्दको कमी। धिक्कार ओली।'

मैले ती वाक्य लेखेको करिब ६ मिनेटपछि एमालेका नेता, पूर्व मन्त्री शंकर पोखरेलले ममाथि आक्रोश पोख्नुभयो र युनियनको कार्यको समर्थन गर्दै लेख्नुभयो– ...कांग्रेसी युनियनले तालाबन्दी गर्दा र हाकिमलाई थुन्दा तपाईंका शब्द यतिकै कठोर भए क्या बात हुन्थ्यो। तर ...।' मजस्तो राजनीतिक पार्टीबाट सधैँ अलग रहेको व्यावसायिक मान्छेले लेखेको वाक्यमा, उहाँको त्यस्तो भनाइको विरोधमा उर्लेको जनसागरको कल्पना त सायद उहाँले गर्नुभएको थियो नै होला। जब राष्ट्र बैंकको युनियनको अनैतिक कार्यको पार्टीका ठूला तहका नेताले खुलेआम यसरी समर्थन गर्छन्, तब त्यो संस्थाको आन्तरिक अवस्था केकस्तो होला, जोकोहिले अनुमान गर्न सक्छ।

आजको जटिल परिस्थितिमा राष्ट्र बैैंकको एउटा युनियनले हड्ताल र गभर्नरलाई बन्धक बनाउन पर्नेगरी राखेका केही मागबारेमा पनि चर्चा गर्नु अब आवश्यक हुन्छ। उनीहरूको मागमा पत्रपत्रिका खर्च, घरभाडामा बृद्धि, गाडी किन्न १५ लाख अनि जागिर छोड्दा आफूले पाउने सबै सुविधाबाहेक ६५ महिनाको एकमुष्ट तलब र त्यसमा लाग्ने कर पनि राष्ट्र बैंकले नै तिरिदिनुपर्नेलगायत छन्। अतिथि गृहको निर्माण र शिशु स्याहार भत्ताजस्ता माग त छँदैछन्। यस्ता अत्यन्त असान्दर्भिक माग सतहमा देखिएका हुन्, भित्री माग अलग हुन सक्ने कुरा त छँदैछ। एउटा सामान्यभन्दा सामान्य बुद्धि भएको मानिसले पनि यस्ता नचाहिँदा माग राखेर, अहिले देशको सेवा गर्नुपर्ने बेलामा काम ठप्प पार्दै गभर्नर घेर्नेजस्तो घृणित र तुच्छ कर्म कसैले गर्न सक्दैन। त्यो कसैले सक्छ भने नेपालका केही बैंक तथा वित्तीय संस्थामा भएका र पार्टीबाट संरक्षित जुकारूपी युनियनहरूले नै सक्छन्। यस्तो लाग्छ यिनको कुनै जात, धर्म, संस्था र देशप्रतिको कर्तव्य नै हुँदैन।

बैंकका युनियनको ताण्डवको म प्रत्यक्ष भुक्तभोगी पनि हुँ। विगतमा म काम गर्ने संस्थामा उनीहरूले भनेका मैले मेरै कानले केसम्म सुनेको छु भने 'सर हामी त सानो बच्चा हौँ आमा बिरामी भएर लडे पनि हामी दूध चुस्न छाड्दैनौँ। हामीलाई संस्थाको कुनै मत्लब छैन, आज हाम्रो माग पूरा हुनुपर्योभ।' यसरी यी बच्चाबाट जुकामा परिवर्तन हुन्छन् र रगत चुस्न थाल्छन्, आजको राष्ट्र बैंकको गति पनि यही हो। तर, दोष युनियनको मात्रै हो कि सरकार चलाउने बहानामा युनियनका अराजक गतिविधिको संरक्षण गर्ने सरकार वा पार्टीको पनि? विगतदेखि नै एमालेलाई एउटा दोष लाग्दै आएको छ– एमाले कि सरकारमा हुन्छ, कि हडतालमा! किनकि यी दुई काम नगर्दा पार्टी कार्यकर्ता फुर्सद्मा हुन्छन् र पार्टी फुटाउने डर हुन्छ रे उसलाइ! तर, यो पटक भने एमालेले आफ्नो काममा अर्को तक्मा पनि लगाएछ। आफ्नै सरकार भए पनि आफूलाई मन नपर्ने व्यक्ति कुनै संस्थामा प्रमुख भएका छन् भने उसका विरुद्धमा पार्टीको समर्थनमा हड्ताल र घेराउ गर्ने! यस्तो बुद्धि भएका नेता र पार्टीलाई एउटै कुरा भन्न सकिन्छ, भीरबाट खस्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस