जातीय पहिचान र संस्कृतिका नाममा महिलाविरुद्ध परम्परागत पितृसत्तात्मक मान्यता थोपर्न नपाउने सुनिश्चित संविधानमा नभए अजरबैजान र दक्षिण अफ्रिकाको उदाहरण दोहोरिन सक्छ।
एकात्मक शासन प्रणाली नेपालमा विभिन्न जातजाति, भाषा, महिला, दलितको पहिचानको अधिकार संरक्षण गर्न असफल रह्यो भन्ने तर्क गरेर संघीयताको पैरवी गर्ने गरिएको पाइन्छ। समावेशी शासन प्रणाली, विभिन्न जातजातिमाथि भएको अन्याय र शोषणको अन्त्य, आत्मनिर्णयको अधिकारका लागि संघीयता आवश्यक भएको तर्क दिने गरिएको छ। यसैगरी विभिन्न भाषाभाषी एवं जातजातिको पहिचान एवं अग्राधिकार स्थापना, शासनमा सीमित जातीय समूहको पकड अन्त्य, राज्यको स्रोतसाधनमा जाति, क्षेत्र र समुदायको अधिकारको पुनर्स्थापना गर्न संघात्मक व्यवस्था चाहिएको तर्क दिइएको पाइन्छ।
नेपालको राजनीतिक संरचना, धार्मिक, सांस्कृतिक, जातीय, भाषिक विविधता, राज्यको स्रोत, साधन र सहभागितामा सीमित पहँुच हेर्दा माथिका तर्कमा असहमत हुन नपर्ने देखिन्छ। अहिले संघीयतासम्बन्धी बहस संघीय राज्यको सिमाना छुट्टयाउने आधार भूगोल हुने वा निश्चित् जाति, समुदाय, भाषाको बाहुल्य हुने भन्नेमा केन्द्रित छ। अझ दबाब सिर्जना गर्ने नाममा एकीकृत नेकपा (माओवादी) र केही जातीय समुदायले जातीयताको आधारमा स्वायत्त राज्य घोषणा गरेका छन्। यसको संवैधानिक र राजनीतिक वैधता बेग्लै विषय हो। यस क्रममा विभिन्न जातजाति, भाषाभाषी, दलित र महिलाका सबालमा विषयगत, समूहगत, वर्गीय सरोकारका विषयमा भने कमै ध्यान दिइएको छ। यसरी हतारमा गरिने संघीयताको घोषणा हिंसात्मक द्वन्द्वको कारक बन्ने जोखिमप्रति सचेत हुनुपर्ने देखिएको छ।
सबै क्षेत्रमा महिलाको प्रतिष्ठापूर्ण स्थान र हैसियत स्थापना अभियानमा महिला र पुरूषबीच असमान सामाजिक पद्धति, सांस्कृतिक व्यवहार, कानुन, न्यायप्रणाली र यसको व्यावहारिक प्रयोगविरुद्ध आवाज उठाइरहेका छन्। यस अवस्थामा जातीय संघीयताको घोषणालाई पनि महिलाको पक्षबाट हेर्नु आवश्यक छ।
जातीयता, भाषा र संस्कृतिजस्ता विषय अत्यन्त संवेदनशील हुन्छन्। नेपालमासंघीयताको सबाल जाति, भाषा, सांस्कृति, भूगोल र क्षेत्रगत विविधताको पहिचानसँग जोडिएको छ। यस सन्दर्भमा जातीय संस्कृति र परम्पराको पहिचान र अस्तित्व संंरक्षण गर्ने नाममा महिलामाथि अन्याय र हिंसा थोपर्ने पितृसत्ताका मूल्य र मान्यता सदियौंँदेखि परिवार, समाज र कानुनको माध्यमद्वारा निरन्तर रहेको कटु यथार्थ बिर्सनु हँुदैन। महिलामाथिको हिंसा, भेदभाव र संरचनात्मक हिंसालाई मान्य र न्यायोचित पुष्टि गर्नसमेत संस्कृति र जातीय पहिचानको अस्त्रलाई प्रयोग गरिँदै आएको छ। त्यसकारण कहिलेकाँही जनजाति र अल्पसंख्यकको अधिकारको संरक्षण एवं पहिचानका लागि नागरिक अधिकारसहितको जातीय स्वायत्ततालाई सहज उपाय मानिन सक्छ। तर, जातीय, भाषिक, सांस्कृतिक समुदायभित्रको परम्परागत एकाधिकार महिलामाथि हुने शोषण, दमन र निरंकुशताको अर्को सशक्त माध्यम पनि हुन पुगेको देखिएको छ।
पितृसत्ता कुनै जात, धर्म, वर्ण, लिङ्ग, भाषा, संस्कृति र परम्परामा सीमित नभई विश्वव्यापी छ। यस सन्दर्भमा दक्षिण अफ्रिका तथा अजरबैजानजस्ता देशका केही उदाहरण सान्दर्भिक हुनेछ। सोभियत संघ विघटनपछि अजरबैजानमा जातीय पहिचानको प्रतीक महिलामाथि थोपरिएको तीतो अनुभव छ। त्यहाँका महिला भन्छन् - '७० वर्षमा सोभियत संघले बरु हाम्रो सम्मानमा त्यति प्रहार गरेन जति हाम्रै दाजुभाइले यी पाँच वर्षमा गरेका छन्।' सोभियत संघ विघटन पश्चात्को संक्रमणकालीन अवस्थामा गरिबी, असमानुपातिक बेरोजगारी तथा युद्धको प्रभाव र आन्तरिक विस्थापनका कारण महिलालाई नयाँ व्यवसाय यौन र अश्लील चित्रणको वस्तु बनाइएकामा उनीहरू दुःखी थिए। केही यता अजरबैजानको राजधानी बाकु 'नयाँ बैंकक'का नामले चिनिन थालेको छ। त्यसैगरी कुमारित्वलाई महत्व दिइयो भने जातीय शुद्धताका नाममा समान जातीय समुदायभित्रै विवाह गनर्ुृपर्ने मान्यता थोपरियो। महिलाको व्यक्तिगत स्वतन्त्रता र निर्णय गर्ने अधिकारमा हस्तक्षेप गरियो।
एउटै जातीय समुदायभित्र विवाह गर्नुपर्ने वाध्यताले विधवा महिलाको संख्या बढेको छ भने विवाहको अवसर कम भएको छ। महिलाले बच्चालाई हुर्काउने र विवाह बन्धनलाई एक्लै धान्नुपर्ने संस्कृति भएको समाजमा पुरूष बसाइँसराइ बढेपछि बिनासामाजिक सुरक्षा र सहयोग छोडिएका छन्। यसबाट पितृसत्तात्मक अजेरी पहिचानको निर्माण भइरहेको पुष्टि हुन्छ। जातीयतामा आधारित संघीय राज्यको मुद्दा उठाइरहेका हाम्रा लागि यो शिक्षा महत्वपूर्ण हुनसक्छ।
त्यस्तै, लामो आन्तरिक तथा वाह्य उपनिवेश, रङ्गभेद पार गरेर दक्षिण अफ्रिका १९९४ मा प्रजातान्त्रिक राष्ट्र बन्न पुग्यो। त्यसपछि बनेको दक्षिण अफ्रिकाको संविधानमा प्रथागत कानुन, प्रचलन, अभ्यासलाई संविधानसम्मत समानतामा आधारित हुनुपर्ने व्यवस्था गरिएको थियो। सन् १९९८ मा त्यहाँको संसद्ले प्रथागत विवाहलाई वैधता दिने कानुन बनायो। दक्षिण अफ्रिकाको प्रथागत कानुन आदिवासी अफ्रिकीको परम्परागत प्रचलन र नियम हो। केही सकारात्मक पक्ष भए पनि यस कानुनले महिलालाई दोस्रो दर्जा र पुरूषको अधीनस्थ राखेको छ। नयाँ सरकारले उक्त प्रथागत कानुनलाई पुनर्लेखन गर्ने प्रयास गर्दा पनि बहुविवाहलाई कानुनी रोक लगाएन बरु बहुविवाहभित्र महिलाको सुरक्षा गर्नुपर्ने व्यवस्था प्रस्तावित गरियो।
यसबाट जातीय मुक्तिको अभियानमा पनि महिलामाथि हुने विभेद र शोषणविरुद्ध संघर्ष गर्नुपर्ने पुष्टि हुन्छ। यसो नभए प्रत्येक घर, समुदाय र सिङ्गो राज्यबाटै महिलाको पहिचान र आत्मनिर्णयको अधिकारमाथि अर्को हस्तक्षेप हुन सक्ने रहेछ। जातीय शासनको प्रसंगमा महिला अधिकारको आवाज उठाउँदा आयातित संस्कृति, सांस्कृतिक उपनिवेशवादको प्रभाव, स्थानीय परम्परा र संस्कृतिमाथिको हस्तक्षेप, र अतिक्रमण भनी लांछित गर्न खोजिएको देखिन्छ। महिलामाथिको भेदभाव, हिंसालाई पुरुष र महिलाले नै पनि संस्कृति, स्थानीय परम्परा, प्रथाका रूपमा न्यायोचित र मान्य भएको पुष्टि गर्ने प्रयास भएको पाइएको छ। राज्यले कानुन र यसका विभिन्न संरचनाको माध्यमबाट नियोजितरूपमै पितृसत्तालाई सर्मथन गर्दै आएको छ। यस अवस्थामा कानुनी राज प्रजातान्त्रिक शासन व्यवस्थाको अत्यन्त महत्वपूर्ण आधार कानुनको शासन हो तर स्वयं कानुन नै विभेदकारी भए के गर्ने?
महिलाविरुद्धको सबै प्रकारका हिंसालाई परम्परा र संस्कृति अर्थात् प्रथागत कानुन भनेर वैधानिकता प्रदान गर्ने र पुरुषप्रधान परम्परागत विचार, मान्यता र व्यवहारलाई पुनर्स्थापित गर्ने प्रकृतिको कानुनको सर्वोच्चतालाई महिला सन्दर्भमा कसरी व्याख्या गर्ने? साथै, महिलाका माग, आवश्यकता र उनीहरूले उठाएका सबालमा संवेदनहीन रहेर र अस्वीकार गरेर राज्यले हिंसालाई संरक्षण दिँदै आएको पाइन्छ।
यस्तो स्थिति अन्त्य गर्न पुरुषले महिलालाई दबाउने, शोषण गर्ने, नियन्त्रण गर्ने, आफ्नो पक्षमा प्रयोग गर्नेजस्ता समाजमा व्याप्त लैङ्गिक शोषणप्रति कानुनले आँखा नचिम्लिने सुनिश्चित् हुनुपर्छ। साथै संघीय राज्यमा पितृसत्तालाई अझ बलियो बनाएर भेदभाव, नियन्त्रण, शोषण, हिंसा, असम्मान, असमानता, बेइज्जती, दमन पितृसत्तात्मक सामाजिक संरचनालाई अझ बलियो नबनाइने पनि सुनिश्चित गरिनुपर्छ।
तसर्थ संघीय राज्यको सन्दर्भमा महिलाको सबाललाई विश्लेषण गर्दा जातीय अग्राधिकार, संस्कृति र परम्परा संरक्षणको नाममा जातीय प्रादेशिक राज्यलाई बिनासर्त यस्ता विषयमा कानुन बनाउने विधायिकी अधिकार दिन नहुने देखिन्छ। अन्यथा, नेपाली महिलामाथिको शोषण र पीडाको पुनरावृत्ति हुनेछ। पितृसत्तालाई निरन्तरता दिने प्रथागत कानुनको सर्वोच्चतामाथि प्रश्न गर्नु आवश्यक छ। साथै, महिलालाई संरचनागतरूपमै दोस्रो दर्जाको ठान्ने विचार र प्रणाली संस्थागत भएको सांस्कृतिक मूल्य र मान्यताको पनि समालोचना हुनुपर्छ। व्यक्तिगत तहमा विचार र जीवनपद्धतिका रूपमा संस्थागत हाम्रो मानसिकतामा अन्तर्निहित आन्तरिक संरचनामा परिवर्तन आवश्यक छ। जातीय र क्षेत्रीय आन्दोलनभित्र महिलाको सशक्त उपस्थिति र विशिष्ट आन्दोलनबाटमात्र यो सम्भव हुन सक्छ।