सोमबार राष्ट्रिय नाचघरमा पुष्कर गुरुङद्वारा निर्देशित 'जलपरी' नाटकको दुई वटा दृश्य हेर्ने मौका मिल्यो । लामो समयपछि पाएको त्यस अवसरले मलाई बाल्यकालतर्फ डोर्याएको थियो ।
त्यसताका नाटक गाउँगाउँमा लोकप्रिय थियो । अधिकांश दर्शकले नाटकलाई मनोरञ्जनको साधनका रूपमा लिएको भए पनि त्यसमा राजनीतिक र सामाजिक सन्देश पनि भएको मैले हुर्कँदै गएपछि थाहा पाएको थिएा ।
नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य गोविन्द कोइराला बर्दिया जिल्लाको गुलरिया स्थित महाकवी देवकोटा माध्यमिक विद्यालयमा प्राथमिक तहलाई विज्ञान पढाउनु हुन्थ्यो ।कोइराला माड्साप (त्यतिबेला शिक्षकलाई माड्साप भन्ने चलन थियो)को पनि नाटकमा रुची भएको हामीले चाडै नै थाहा पाएका थियौं । उहाँ आफैले नाटक लेख्ने मात्र होइन मुख्य भूमिकामा खेल्नेसमेत गर्नुहुन्थ्यो । नायकका रूपमा खलपात्रसागको उहाँको लडाइा, क्रुर साहु महाजन अनी उनीहरु विरुद्ध शोषित पीडित गाउालेको विद्रोह, र बेलाबेलामा देखिने हास्य कलाकारको उपस्थितिले नाटक हेर्दाहेर्दै दर्शकलाई उत्तेजित पार्ने, हसाँउने र रुवाउने गथ्र्यो ।
उहाँले लेखेका नाटक मनोरञ्जनमा मात्र नभई राजनीतिक र सामाजिक चेतना एवं विद्रोहको सन्देश बोकेको हुने भएकाले हो कि बेला बेलामा उहाँ र माथिल्ला कक्षामा पढ्ने विद्यार्थीबीच खटपट भएको सुनिन्थ्यो ।
गुलरियामा स्कूलकै आयोजनामा वर्षेनी वा वर्षमा एकभन्दा बढी नाटक मञ्चन हुने गथ्र्यो । हामी नाटक हुने भन्ने थाहा पाएपछि उत्साहित हुन्थ्यौं । बेलुकाको खाना खाएपछि स्कूलमा नियमित हुने नाटकको 'रिहर्सल' हेर्न जाने गथ्यौं । मैनटोलको उज्यालोमा हुने रिहर्सल हेर्न कहिले कोठा भित्रै जान पाइन्थ्यो भने कहिले झ्यालबाट हेरेर धित मार्नुपथ्र्यो । त्यैले नाटकका संवाद हामीलाई कण्ठै हुने गथ्र्यो । नाटक सकिएको धेरै दिनसम्म पनि हामी आपसमा तिनै संवाद दोहोर्याउने गथ्यौर्ं ।
त्यतिबेला आयोजना हुने नाटक स्थानीय दर्शकका लागि महोत्सव नै हुने गर्थे । अनी नाटकमा खेल्ने कलाकार हाम्रा लागि ठूलै 'सेलिबि्रटी' हुने गर्थे । नाटकमा हास्य कलाकारको अभिनय गर्ने दाजुहरूलाई पछिसम्म संवाद बोल्न लगाउने असफल प्रयास गथ्र्यौं
।
ती नाटकहरुमा बेलाबेलामा अनौठो घट्ना पनि हुने गथ्र्यो । त्यति बेलै सुनेको घटना हो यो । गुलरियाको त्यही स्कूलमा भएको एउटा नाटकमा नरसिंह अवतारले हिरण्यकश्यपुको पेट फोरेर आन्द्रा निकाल्ने दृश्य थियो । दृश्यलाई सजीव बनाउन हिरण्यकश्यपुको पेटमा खसीको आन्द्रालाई कपडाले बेरेर राखिएको रहेछ । हिरण्यकश्यपु बनेका कलाकारकी आमा दर्शकका रूपमा अघिल्लो पंक्तिमा रहिछन् । नरसिंह बनेका कलाकारले आफ्नो छोराको पेटबाट आन्द्रा निकालेको देखेर सहनै नसकी आमा चिच्याउादै मञ्चमा नै चढेकी थिइन् रे ।
यस्ता रमाइला घटनाक्रमका बीच पनि नेपालका गाउँ गाउँमा नाटक लोकप्रिय हुादै थियो । निकै स्यानो छदा अर्घाखाचीको पालीमा भएको एउटा नाटक अनि अलि ठूलो भएपछि गुल्मीको मानकोटस्थित विद्यालयको आयोजनामा भएको नाटक हेरेको पनि सम्झना छ । त्यस्तै नेपालगंजमा मंगलप्रसाद माध्यमिक विद्यालयले आयोजना गर्ने नाटक हेर्न निकै परबाट आइन्थ्यो ।
अहिलेको स्थिती भिन्न छ । नाटक प्रतिको मोह नहराए पनि कम भने हुदै गएको विचार निर्देशक पुष्कर गुरुङ्गले अनौपचारिक कुराकानीका क्रममा व्यक्त गरेका थिए ।
गुरुङकै शब्दमा भन्ने हो भने बेलायत जस्तो विकसित अनि व्यस्त जनजीवन भएको मुलुकमा पनि नाटक प्रतिकेा मोह घटेको छैन । हामी कहाँ दर्शकहरू नाटकप्रति त्यति आकषिर्त नहुनुको कारण खोतल्ने प्रयास त्यस वार्तामा भएको थियो ।
हाम्रो मुलुकमा नाटक मञ्चन निकै महंगो भइ सकेको उनले बताएका थिए । हलको शुल्क, तयारी र मञ्चनमा हुने खर्चले नाटक अहिले प्रदर्शन सहज हुन सकेको छैन । दर्शकहरूलाई नाटक हेर्न आकषिर्त गर्नु अहिलेका लागि ठूलो चुनौती भएको छ । अझ त्यसमाथि चलचित्रको सर्वसुलभता र टेलिभिजनको रंगिन संसारमा हाम्रो समाज चुर्लुम्म डुबेको अवस्थामा नाटकप्रति उत्सुकता जगाउन विशेष प्रयास गर्नुपर्ने स्थिति छ ।
अहिले टेलिभिजनले चलचित्र र टेलीसिरियलका माध्यमबाट मनोरञ्जनलाई हाम्रो वैठक कोठामा नै पुर्याइसकेको छ । तर कलाकारको अभिनय प्रत्यक्ष रूपमा हेर्दाको स्वाद र अनुभव बेग्लै जीवन्त हुन्छ ।