निजगढ नै किन?
२५ असार २०७९
•
८ मिनेट पाठ
निजगढ नै किन?
सर्वविदित छ कि वैशाख ९ गते हामीले अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनायौं। यसको मुख्य उद्देश्य थियो, पृथ्वीलाई कसरी बचाउने? जहाँ मानिसहरूको मात्र होइन, सबै जीवजन्तुको बसोबास छ। यसको मूल नारा थियो– ‘एकमात्र पृथ्वी’। त्यस्तै जेठ २२ गते हामीले विश्व वातावरण दिवस पनि बडो धुमधामसित मनायौं। ठूलावडा नेताहरूको भीषण भाषण पनि सुन्यौं। वातावरणलाई कसरी प्रदूषित हुनबाट बचाउने भन्ने उनीहरूको चिन्ता पनि सुन्यौं। हाम्रो देशले मात्र होइन, संसारभरका सारा देशहरूले मनाए। यो सबैको चासो र चिन्ताको विषय हो। विश्व वातावरण दिवस, २०२२ को मुख्य नारा नै यसप्रकार अग्रसरित गरिएको छ। ‘हामीले पृथ्वीको निरन्तर अचाक्ली दोहन ग¥यौं। अति भयो, अब स्याहार गरौं। नत्र ८ अर्ब मानव, ८७ लाख प्रजातिका अर्बौ जीवजन्तु र अथाह वनस्पतिको यो साझा घर हाम्रै लागि घातक बन्न सक्छ। चेतौं बेलैमा। सुधारौं बानी व्यहोरा। लागौं वातावरण संरक्षणतर्फ।’ संस्कृतमा एउटा भनाइ छ– अति सर्वत्र वर्जयते। तर पनि हामी वातावरणलाई बेवास्ता गर्दै आएका छौं।  




पृथ्वीमा प्रतिदिन २७ हजार रूख काटिन्छन्। पृथ्वीको सतह करिब ७१ प्रतिशत पानीले भरिएको छ तर पनि मानवीय प्रयोगमा यो मात्र १ प्रतिशत छ। समुद्रमा फालिने प्लास्टिकजन्य दूषित वस्तुका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी जलचरको विनाश हुन्छ।  

जहाँसम्म हाम्रो सन्दर्भ छ, बाढी पहिरोले हामी अत्यधिक पीडित छौं। हाम्रो राजधानी शहर काठमाडौं विश्वमै प्रदूषितमध्ये तेस्रो ठाउँमा सूचीकृत भइसकेको कुरो सार्वजनिक भइसकेको छ। अहिलेको स्थिति जुन काठमाडौंको छ, त्यो झन् दयनीय र सोचनीय स्थितिमा परिसकेको छ। विश्व वातावरण दिवसको सन्देश छ– वन फनाडी रोक्ने। संयुक्त राष्ट्रसंघबाट उद्घोषित दिगो विकासका १७ वटा लक्ष्यहरूमध्ये यसको तेह्रौं बुँदामा वातावरणलाई बचाउने पहलमाथि विस्तृत जोड दिइएको पाइन्छ।

हामीलाई थाहा छ पञ्चायतकालमा ठूलाबडा नेतालाई हजारौं हेक्टर वनजंगल उपहारमा प्रदान गरिएको थियो, जुन प्रत्यक्ष अथवा अप्रत्यक्ष ढंगबाट अहिलेसम्म जारी छ। वन फडानीको क्रम रोकिएको छैन। वनजंगल क्षेत्रमा काठ दाउराको तस्करी निरन्तर चलिरहेको छ। चुरे क्षेत्रको दोहन र शोषणले गर्दा तराई–मधेश मरुभूमिकरणमा परिणत हुने निश्चित छ। विगत एक दशकदेखि चुरेक्षेत्रको संरक्षण र संहार राष्ट्रपतिको निगरानीमा गठित समिति अहिलेसम्म सफल हुन सकेको छैन। यस्तो विषम र विरोधाभासपूर्ण स्थितिमा निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण चलिराखेको छ। यसमो निर्माणका लागि तीस करोड रूख काट्ने कुरो चलिराखेको छ। तीस करोड रूख कटानको पछाडि मनसाय के देखिन्छ भने तराई–मधेशलाई पूर्णरूपमा मरुभूमिमा परिणत गर्ने। यसको निर्माणको पछाडि ठूलाबडा नेताहरूको निहित स्वार्थ देखिन्छ। यिनीहरू ठूलाठूला स्वरमा कराइराखेछन् कि हामी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर नै छाड्छौं।  

उहाँहरूले चाहेको खण्डमा के हुन सक्दैन। यी नीतिनिर्माताहरूले जे चाहे, त्यो देशमा सम्भव छ। यिनीहरूको शब्दकोशमा असम्भव शब्द नै छैन। यिनीहरू नेपाललाई सिङ्गापुर र स्विटजरल्याण्ड बनाउने अठोट पनि गरेको दशकौं भइसक्यो तर त्यही स्विस षोडशीवाला ग्रेटा विश्व वातावरणलाई बचाउने अभियानमा संसारमा बहुचर्चित भइसकेकी छिन्। ग्रेटाको अभियानको आवाज संसारमा गुन्जित भइरहेको छ तर हाम्रा नेताहरू निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउनका लागि दृढप्रतिज्ञाका रूपमा देखापरिरहेका छन् र करोडौं रूख काट्न लगाएर एयरपोर्ट बनाउने तयारीमा छन्। संसारको हरेक देशमा के नियम छ भने एक रूख काट्दा २०० जति नयाँ रूख लगाउनुपर्दछ तर हाम्रो सन्दर्भमा यस्तो नियमलाई बेवास्ता गरिँदै आएको छ। छिमेकी राष्ट्र भारतमा सुन्दरलाल बहुगुणा ‘चिपको आन्दोलन’ त्यसै चलाएका थिएनन्, जुन अहिलेसम्म पनि जारी छ। मिथिलाञ्चलका कलाकारहरू अहिले प्रत्येक रूखमा मिथिला कला चित्रित गरेर रूखको संरक्षणमा लागिराखेका छन्। वेद उपनिषद्मा तरु महिमा यसरी उल्लेखित छः  

‘यावद्दिद्वनानि तुलसी रोपिता यदगृहे वसेत्  

तावद्वर्ष सहस्राणि वैकुण्ठे सहीयते’

वृक्षपूजाको विस्तृत विवरण वृक्षायुर्वेदमा गरिएको पाइन्छ। अचेल वेद पुराणको कुरा गर्दा अन्धविश्वासी भनिएला तर हाम्रा पूर्वजहरू भविष्यद्रष्टा थिए। यसमा कुनै शङ्का छैन।  

सर्वोच्च अदालतको निर्णय  

सर्वोच्च अदालतको निर्णयलाई अहिले विवादास्पद बनाउन खोजिँदै छ, जुन दुर्भाग्यपूर्ण छ। यसबाट सर्वोच्च अदालतको छवि धूमिल मात्र होइन, ध्वस्त नै हुन्छ। यो निश्चितप्रायः छ। स्वतन्त्र न्यायपालिकाको प्रावधान र परिकल्पना संविधानमा गरिएको छ। यस निर्णयलाई पुनर्विचार गराउने कोसिस भइराखेको छ। यसबाट प्रजातन्त्रलाई नै पंगु बनाउँछ र लोकतन्त्रलाई लुलो बनाउँछ। सर्वोच्च अदालतको जुन गौरव गरिमा छ, त्यसलाई कलंकित गर्ने प्रयास भइराखेको छ। म त माननीय न्यायाधीशज्यूहरूलाई सहस्र धन्यवाद दिन चाहन्छु, जसले समसामयिक र सान्दर्भिक निर्णय गरेर सराहनीय काम गर्नुभएको छ। उहाँहरूलाई जलवायु परिवर्तन र वातावरण संरक्षणको पूरा ज्ञान छ। हाम्रा नेताहरूको घैंटोमा घाम लाग्नु पर्ने हो तर उल्टै सर्वोच्चको मर्यादालाई मटियामेट गर्नका लागि आतुर छन्। जुन दिन निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण हुन्छ, त्यो दिन हाम्रो देशका लागि दुर्भाग्यपूर्ण हुन्छ।  

एउटा ज्वलन्त समस्या के छ भने २४ लाख रूखहरू काटेपश्चात यसको व्यवस्थापन कसरी गर्ने, यी सबै रूखहरू तस्करहरू र नेता कार्यकर्ताहरूको आमदानीको स्रोत बन्ने छन्। नेताहरूलाई संघीय निर्वाचन सँघारमा आइपुगेकाले आफ्नो कार्यकता र आफन्तहरूलाई पाल्ने पोस्ने उद्देश्य होला। स्थानीयहरूको दबाबचाहिँ होइन, कार्यकर्ताहरूको दबाबचाहिँ अवश्य नै भन्न सकिन्छ। आफ्नो पार्टीको पक्षमा मत बटुल्नका लागि राम्रो अवसर होला। तसर्थ सबै पार्टीका नेताहरू चुँ शब्द पनि यसको विरुद्धमा बोल्न रुचाउँदैनन्। सबैको मिलिभगत छजस्तो छ। तराई–मधेशका नेताहरू पनि चुप लागेर बसेका छन्। यसबाट उनीहरू पनि अधिक रूपमा लाभान्वित हुने छन् किनभने निर्वाचन नजिकिँदै छ।  

मधेश प्रदेशको भूमिका  

मधेश प्रदेशको भूमिका अत्यधिक महत्वपूर्ण हुन सक्छ तर अहिले मधेश प्रदेश पनि चुप लागेर बसेको पाइन्छ। निजगढ तराई–मधेशको मध्य स्थल भएकाले यसको मध्यस्थता अनिवार्य देखिन्छ।  

निजगढलाई नै किन अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने?

बनाउनु नै छ भने सिमरा र जनकपुरलाई बनाउन सकिन्छ। यहाँ पूर्वाधारहरू पनि पहिलादेखि नै तयार छन्। यसलाई विस्तृत र व्यापक बनाउनका लागि भूमि अधिग्रहण पनि सजिलो हुन सक्छ। जहाँ रूखविरुवाहरू पनि प्रशस्त मात्रामा छैनन्। अहिले जनकपुरबाट काठमाडौं हवाइमार्ग ३० मिनेटको छ भने सिमरा २० मिनेटको। बोइङ जेट विमानबाट त यो दूरी झन् कम हुन जान्छ। पुनश्चः लुम्बिनीमा नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट र भैरहवा एयरपोर्टलाई सुविधासम्पन्न बनाएर र यसको स्तरोन्नति गरेर पनि अन्तर्राष्ट्रियस्तरको बनाउन सकिन्छ। सुरुमा पनि २०५२ को अध्ययनअनुसार धनगढी, नेपालगन्ज, दाङ, भैरहवा, चितवन, निजगढ, जनकपुर र विराटनगरलाई अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने योजना थियो तर निजगढलाई नै अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने उद्देश्यमा शंका गर्ने प्रशस्त आधारहरू छन्। अहिले २०७९/०८० को बजेटमा निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टका लागि छुट्टै बजेट छुट्याइएको रहेछ जसबाट यी दुइटै अन्तर्राष्ट्रिय एयरपोर्टको स्तरोन्नति सम्भव छ। विदेशी पर्यटकहरूलाई आकर्षित गर्नका लागि अथवा भनौं भित्र्याउनका लागि अन्तर्राष्ट्रिय किसिमको सुखसुविधा र सुरक्षा बढी जरुरी छ। एयरपोर्टमा नै सुरक्षाको कमीकमजोरी र त्रुटीहरू देखापरेका छन् अतीतमा। कुशल व्यवस्थापन, पर्यटन मैत्री वातावरण र कर्मचारीहरूको तालिम अनिवार्य मानिन्छ। १० लाख पर्यटक भित्र्याउने पर्यटन वर्ष पनि हामीले मनाइसकेको छौं तर यसमा पनि हामी विफल नै भएका छौं। यसको पछाडि कुशल व्यवस्थापनको कमी, पूर्वाधारको अभाव, शिष्टाचारको अनुपालनमा हामी चुकेका छौं। होटल र एयरपोर्टमा विदेशी पर्यटकहरूसित कसरी कुराकानी गर्ने, व्यवहार गर्ने, उनीहरूलाई उचित निर्देशन दिने, तालिम प्राप्त मार्गनिर्देशकहरू (गाइडहरू) को कमी र ट्याक्सी चालकको ठग्ने प्रवृत्ति आदि प्रमुख कारक तत्व हुन्।  

अहिले काठमाडौंको जुन हविगत छ, जुन दुर्गन्धमय वातावरण छ, नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ, त्यो पहिला पनि थियो। यस्तो स्थिति र अवस्थामा १० वटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएर पनि हामी विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्दैनौं। हामीले आफ्नो कमीकमजोरीलाई हटाउनुपर्छ। छिमेकी मुलुकहरूमा एउटै अन्तर्राष्ट्रिय एयरपोर्टले असङ्ख्य पर्यटकहरू भित्र्याउनमा सफल देखिन्छन् तर हामीले ३ वटा अन्तर्राष्ट्रिय एयरपोर्टले पनि एयरपोर्टको कमी महसुस गरिराखेका छौं। सार्क मुलुकहरूमा सबैभन्दा बढी विदेशी पर्यटकहरू आउने देश हो माल्दिभ्स। बीच समुद्रको सतहमा निर्मित माल्दिभ्स एयरपोर्ट कसरी यति विदेशी पर्यटकहरूलाई आकर्षित गरिराखेको छ, त्यो कला कौशल हामीले सिक्नुपर्छ।  

चराचुरुङ्गी तथा अन्य जनावरको उठीबास  

निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउँदा र जंगल विनाश हुँदा नेपालमा पाइने ८०० प्रकारका चराचुरुङ्गीहरू विस्थापित हुन्छन् र नेपालको आकर्षण पर्यटन ‘बर्ड वाचिङ’ बन्द हुन्छ। यो चराचुरुङ्गीसम्बन्धी पर्यटन विदेशीहरूमा लोकप्रिय हुनगएको छ। जंगलमा पाइने बहुमूल्य जडिबुटी र जनावरहरूको सर्वथा विनास हुन्छ।  

सरकारका केही मन्त्रीहरूको विचार छ कि तराई–मधेशलाई मरुभूमिमा परिणत गरेर त्यहाँका युवाहरूलाई खाडी मुलुकमा जानका लागि बाध्य पार्ने र ऊँट पर्यटनलाई अभिवृद्धि गर्ने। गाई, भैंसी, दूध, दही र महीको अहिले तराई–मधेशमा अभाव भइसकेको छ। ऊँटको दूध खुवाएर त्यहाँका युवायुवतीलाई मोटोघाटो बनाउने सोच जति छिटो होस् बन्द गर्नुपर्छ।
अर्को समाचार
विराटनगर, निजगढ र धनगडी विमानस्थल सरकारको प्राथमिकतामा छः मन्त्री आले
२४ मंसिर २०७८
•
१ मिनेट पाठ
विराटनगर, निजगढ र धनगडी विमानस्थल सरकारको प्राथमिकतामा छः मन्त्री आले
फाइल तस्बिर
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर, निजगढ र धनगडी विमानस्थल सरकारको प्राथमिकतामा रहेको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आलेले विराटनगर, निजगढ र धनगडी विमानस्थललाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।




अघिल्लो सरकारले विराटनगर विमानस्थल विस्तारका लागि बजेट व्यवस्था नगरेपनि यो सरकारले बजेटको व्यवस्था गरेर काम अघि बढाउने तयारी गरिरहेको आलेले बताए। आलेले सोमबार बस्ने नागरिक उड्डयन प्राधिकरणको बैठकपछि कति बजेट उपलब्ध गराउने भन्ने टुंगो लाग्ने जानकारी दिए।

उनले भने, ‘विराटनगर विमानस्थल विस्तारलाई सरकारले प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्न लागेको छ।’ आलेले विराटनगर विमानस्थल विस्तारका लागि रोक्का भएको जग्गाको मुआब्जा वितरणको काम पनि सुरू गर्ने जानकारी दिए। उनले भने, ‘रोक्का भएको जग्गाको मुआब्जा निर्धारण भएपछि कति बजेट आवश्यक पर्ने निश्चित हुने भएकाले आगामी वर्षको बजेटमा मुआब्जा वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ।’

मन्त्री आलेले विराटनगर विमानस्थलको पनि अनुगमन गरेका थिए। उनले यात्रु निस्कने स्थान, यात्रु प्रवेश कक्ष र शौचालयको अनुगमन गरेका थिए। मन्त्री आलेले विराटनगर विमानस्थल डुबानको चपेटामा परेको विषयमा पनि जिज्ञासा राखेका थिए। उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको योजना रहेकाले विमानस्थलका पूर्वाधारमा सुधार ल्याउन जरुरी रहेको बताए।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस