जुँगाको लडाइँ
२८ मंसिर २०७२
•
७ मिनेट पाठ
जुँगाको लडाइँ
नेपाली कांग्रेसले पनि संसदको कारवाही अवरुद्ध गर्योै भन्ने आफैँमा आश्चर्य मिश्रित हुन्छ। संसदीय अभ्यासमा परिपक्व ठानिएको कांग्रेसकै कारण बैठक अवरुद्ध भएको छ। प्रमुख विपक्ष भए पनि कांग्रेसबाट यस्तो संसदीय अभ्यास अपेक्षित हुन सक्दैन। तर, कांग्रेससमेतका कारण गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका अनुकम्पमा परेका सर्वसाधारणलाई मद्दत गर्न तयार पारिएको पुनर्निर्माण प्राधिकरण विधेयक केही दिनदेखि संसदमा प्रवेश गर्नै सकेको छैन।तराई केन्द्रित नेताहरूले भूकम्प पीडितप्रति थोरै भए पनि संवेदनशीलता प्रर्दशन गर्दै विधेयक संसदमा प्रस्तुत गर्न दिने भनेका थिए। कांग्रेसले यो विधेयक सँगै आफूले संविधान संशोधनका निम्ति अघि सारेको विधेयकलाई पनि एकसाथ प्रस्तुत गर्न भन्दै संसद बैठक अवरुद्ध गरिरहेको छ। एकातिर यो स्थिति छ भने अर्कोतिर मधेसी नेताहरू अहिलेकै अवस्थामा संविधान संशोधन विधेयकलाई अघि सार्न दिने पक्षमा छैनन्। दलहरूले एकअर्कासँग खोचे थाप्दाथाप्दै सर्वसाधारणले भूकम्पको त्रासदीबाट मुक्ति नपाउने भएका छन्। भूकम्पले घर भत्किएको यो वर्ष सर्वसाधारणका निम्ति अत्यन्तै कष्टकर छ। यो जाडोमा उनीहरूले कहर काटिरहेको महसुस गर्न नसक्ने राजनीतिलाई कसरी जनमुखी मान्नु? तिनको अवस्थाप्रति अलिकति पनि संवेदनशीलता दलहरूमा देखिएको भए यसो भन्नु पर्ने थिएन।




भूकम्पको एक महिना पुग्दा नपुग्दै पुनर्निर्माणको कामलाई गति दिनुअघि संविधान निर्माणको कामलाई अघि बढाउने निष्कर्षमा दलहरू पुगे। संविधान बनेपछि पुनर्निर्माण र राहतको कामले तिव्रता पाउने विश्वास थियो। संविधान जारी भएपछि मुलुक अर्को द्वन्द्वमा प्रवेश गर्योर भने भारतीय नाकाबन्दीले भूकम्पको भन्दा ठूलो क्षति यो मुलुकमा गर्योम। तराईको नेताहरू भारतमा गएर आएपछि पुनर्निमाण आयोग गठनसम्बन्धी विधेयक अघि बढाउने दिने निष्कर्षमा पुगे। यो स्थितिले भूकम्प पीडितहरूमा आशाको सञ्चार गरेको थियो। ढिलोचाँडो राजनीतिक संक्रमण टुंगिने बाटोमा लाग्ला भन्ने अपेक्षा पनि थियो। भूकम्प पीडितलाई सहायता र त्यसबाट भएको क्षतिको पुनर्निर्माणका निम्ति भनी गठन हुन लागेको आयोग गठनको काम सुरुदेखि नै राजनीतिको शिकार हुन पुगेको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालका पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेललाई पुनर्निर्माण आयोग मुख्य कार्यकारी अधिकृतको समेत जिम्मेवारी दिइएको थियो। अध्यादेशलाई संसदबाट स्वीकार गरी कानुन बन्न नसक्दा त्यतिकै तुहेर गयो। अध्यादेश अन्तर्गत नियुक्त कार्यकारी अधिकृत पनि स्वतः खारेजीमा परे।

सदन चल्न नसकेपछि सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको प्रमुख दलका शिर्ष नेताको बैठकले कुनै निकास निकाल्न सकेन। जुँगाको लडाइँको कुनै निकास पनि हुन्न। उच्चस्तरीय बैठकमा कांग्रेसले संविधान संशोधन र पुनर्निर्माण आयोग दुबै विधेयकलाई एउटै कार्यसूचीमा राख्नुपर्ने आफ्नो अडान दोहोर्यारएको छ। कांग्रेसले राखेको यो प्रस्तावलाई मधेसी मोर्चाले नमाने सम्झाउन सकिने विकल्प पनि कांग्रेसको थियो। तर, एमाले र माओवादीले आधा घण्टाको फरकमा बैठक राखेर दुबै विधेयकलाई टेबल गर्नुपर्ने तर्क अघि सारे। आखिर यी दुबै प्रस्तावलाई जसरी प्रस्तुत गरे पनि हुने हो। सतहमा यी दुई विधेयकलाई अलग–अलग वा सँगसँगै प्रस्तुत गर्ने भन्ने विषयमा विवादजस्तो देखिए पनि भित्री कारण अर्कै हो। सबैजसो दलका आँखा भने पुनर्निर्माण आयोगले खर्च गर्ने ७ खर्ब रूपैयाँमा छ। सर्वसाधारण जनताको दुःखदर्दलाई सम्झेर भन्दा पनि त्यसबाट आउन सक्ने ठूलो कमिसनको खेलले गर्दा लाजै लाग्ने गरी दलहरूले आयोगको कामलाई अघि बढाउन चाहेका छैनन। ऊबेलामा अध्यादेश अन्तर्गत प्रमुख कार्यकारी नियुक्त हुँदा एमालेको चित्त कांग्रेसले बुझाएन। अहिले मौका परेका बेला एमाले त्यो प्रमुख पद आफैँ लिन तत्पर भएको छ। सर्वसाधारणको पीडामा आफ्नो उन्नति खोज्ने दलहरूको अहिलेको प्रवृत्ति अत्यन्तै लज्जास्पद छ। यो परिस्थितिले गर्दा भूकम्प पीडितलाई सहयोग गर्न तत्पर अन्तर्राष्ट्रिय सहयोगी मुलुकहरू समेत आश्चर्यमा परेका छन्। दलहरूले समयमै जुँगाको लडाइँ अन्त्य गरेनन् भने लोक तिरस्कारमा पर्ने छन्। संसदीय राजनीतिमा भिजेको पार्टी कांग्रेसले कम्तीमा यो परिस्थितिलाई बुझेर अघि बढोस्।
अर्को समाचार
नेताहरूको ‘जुँगाको लडाइँ’ भयो : ज्ञानेन्द्र शाही
२० जेष्ठ २०८३
•
१ मिनेट पाठ
नेताहरूको ‘जुँगाको लडाइँ’ भयो : ज्ञानेन्द्र शाही
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राजनीतिक दलभित्र देखिएको आन्तरिक विवादलाई एकताबद्ध हुन आग्रह गरेका छन्।     




सामाजिक सञ्जालमार्फत उनले नेताहरूबीचको व्यक्तिगत अहंकार, पदको प्रतिस्पर्धा र आपसी आरोप–प्रत्यारोपका कारण उनीहरुको डिएनए मिलेको बताएका छन्। 

उनले लेखेका छन्,  ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं। कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन।’ 

शाहीले आरोप लगाएर विभाजित हुने नभई एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै एक पक्षले लगातार चुनावी हारपछि पनि नेतृत्व नछोड्न खोजेको र अर्को पक्षले चुनाव नै नलडी नेतृत्व प्राप्त गर्न चाहेको बताएका छन्।  

उनले पदमा टाँसिएर बस्नु मात्र उपयुक्त नहुने भन्दै नेताहरूले विज्ञप्ति निकाल्ने, भेला आयोजना गर्ने र विभाजनका संकेत दिने गतिविधिले संगठन, कार्यकर्ताको मनोबल तथा युवाहरूको भरोसा कमजोर  हुने बताएका छन्।   
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस