मुलुक संघीयतामा जाने निश्चित भइसकेपछि शैक्षिक जगत्को अहिलेको संरचना, गुणस्तरलगायतमा शिक्षाविद्हरूबीच बहस चलाउनु आवश्यक छ। यही बहसले मुलुकको भविष्यको शिक्षा नीति कस्तो हुनुपर्छ भन्ने निर्धारण गर्नेछ। देशमा ७ प्रदेश रहने पक्का भइसकेको अवस्थामा केन्द्र, प्रदेश र स्थानीय निकायबीचको शक्ति बाँडफँाटपश्चात् उच्च शिक्षाको दायित्व कसले, किन र कसरी लिने भन्ने मुद्दा उठाउनु जरुरी छ।अन्यथा भविष्यमा गाह्रो पर्नेछ। यी प्रश्नहरूको जवाफ दिन वर्तमानको थोरै समीक्षा गर्नु पनि आवश्यक छ। देशमा हाल ९ वटा विश्वविद्यालय सञ्चालनमा छन् भने खुल्ला विश्वविद्यालय, नेपालगन्ज विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय खोल्नेबारे विधेयक व्यवस्थापिका संसद्को प्रक्रियामा प्रवेश गरिसकेको छ। यसबाहेक ख्वप विश्वविद्यालय र मनमोहन विश्वविद्यालय स्थापनाबारे विश्वविद्यालय अनुदान आयोगले आफ्नो सिफरिसमा आवश्यक प्रक्रिया पूरा गरी शिक्षा मन्त्रालयमा पठाइसकेको छ। सामुदायिक क्याम्पसका प्राध्यापकहरू, पब्लिक प्राध्यापक संघ पब्लिक विश्वविद्यालय खोल्न बुलन्दरूपमा अगाडि बढिरहेका छन्। निजीस्तरमा समेत विश्वविद्यालय खोल्ने सोचमा कतिपय शिक्षा क्षेत्रका अगुवा लागिपरेका छन्।
देशका विश्वविद्यालयहरूमा जेठो त्रिभुवन विश्वविद्यालयमा १३६९ क्याम्पसमध्ये ११२३ क्याम्पस, ९१५७ शिक्षकमध्ये ७९६६ र विद्यार्थी ३८४४९९ अध्ययनरत छन्। उच्च शिक्षाको लागि छुट्याइएको ७ अर्ब ७ करोड ६८ लाखमध्ये त्रिविलाई ५ अर्ब ५ करोड वार्षिक अनुदान जाने गरेको छ। यसरी हेर्दा सबैभन्दा पुरानोमात्र होइन ठूलो विश्वविद्यालय नै त्रिवि देखिएको छ। तर, गुणस्तरका हिसाबले इन्जिनियरिङ र चिकित्साशास्त्र संकायले मात्र त्रिविको इज्जत जोगाएको देखिन्छ। यसरी नै विश्वविद्यालयको तहमा प्रवेश गर्ने प्रथम चरणमा रहेका स्वास्थ्य प्रतिष्ठानहरू क्रमशः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। स्वास्थ्य क्षेत्रमा एमबीबीएस र मेडिकल कलेजहरू खोल्नेबारेको तमासाले जटिलता थप्ने काम गरेको छ। शिक्षा क्षेत्रमा राजनीति हाबी हुनाले ठूलो समस्या उत्पन्न भएको छ।
उच्च शिक्षा सुधारका निम्ति विगतमा गरिएका नीतिगत निर्णयका कारण केही गम्भीर समस्या भोग्नु परिरहेको अवस्था छ। विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार विद्यार्थी संख्या, शिक्षक, कर्मचारी, कक्षा सञ्चालन भवन र पुस्तकालय चाहिन्छ। यी सबै पूर्वाधार भएको पोखराको पृथ्वी नारायण क्याम्पसलाई नै विश्वविद्यालयमा रूपान्तरण गरिनुपर्नेमा करोडौँ रुपैयाँ खर्चेर पोखरा विश्वविद्यालय स्थापना गरिए पनि प्रतिफल हात लाग्न नसकेको गुनासो जताततै छ। यसरी नै एउटा विश्वविद्यालय बन्न सम्पूर्ण पूर्वाधारयुक्त महेन्द्र मोरङ आदर्श बहुमुखी कलेजलाई नै विश्वविद्यालय बनाइनु पर्नेमा पूर्वाञ्चल विश्व विद्यालय खोल्ने काम गरियो। एउटा सुदृढ क्याम्पसलाई स्तरोन्नति गर्न छाडेर सोही क्षेत्रमा नयाँ विश्वविद्यालय खोल्ने कार्य आफैमा अदूरदर्शी काम सावित भएको छ। अबर्ौंको लगानीमा निर्मित आधुनिक भवन भएको गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय लैजाने–नलैजानेबीच जुहारी चलिरहेको यो विश्वविद्यालय भ्रष्टाचारको अखडा बन्न पुगेको छ।
विद्यावारिधि (पीएचडी) कार्यक्रमबाट अगाडि बढेको लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्धिक जगत्मा थुप्रै टीकाटिप्पणी खप्दै गर्दा गतवर्षदेखि स्नातकोत्तर तहको पढाइका साथ मन्द गतिमा चलिरहेको अवस्था छ। धार्मिक क्षेत्र लुम्बिनीमा बौद्ध विश्वविद्यालय सञ्चालन गर्दा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सफल हुने आशा गरिए पनि त्यसो नभई नेपाल सरकारको मुख ताकेर बसेको देखिन्छ। दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय पुरानै ढर्रामा चलिरहेको छ। तर पनि विगतको नेतृत्वबाट नेपाल राष्ट्रिय सांस्कृतिक अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी संस्कृत एकल जातिको नभई सबैको हो भन्ने भावना जगाउने प्रयास हुनु सह्रानीय छ। यसरी नै त्रिवि र अन्य तीन विश्वविद्यालयः कृषि तथा वन विज्ञान, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम, भएका सम्पत्ति र शिक्षक कर्मचारी/जनशक्ति बाँडफाँटमा समन्वय, सहकार्य र सहयोगी भावना रहेको पाइँदैन। विकासमा पछाडि परेको मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयलाई राज्यले संरक्षण दिन नसकेको अनुभव हुनुका साथै कृषि प्रधान मुलुकमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको आवश्यकता र महŒवलाई ध्यानमा राखेर सञ्चालन गरिनुपर्ने भए पनि सरकार लाचार रहेको तीतो अनुभव छ। समस्याको चुरो भनेकै कानुनी त्रुटि हो। र, यसैमा टेकेर हिँडेका त्रिभुवन विश्वविद्यालयका विगतका विद्वान् पदाधिकारीहरूको संकुचित सोचका कारण यी नयाँ तीन विश्वविद्यालय फस्टाउन पाएनन्। यसरी विश्वविद्यालयहरूमाथि हुनुपर्ने विश्वाससमेत संकटमा पर्न गएको वर्तमान अवस्थालाई शिक्षाविद्हरूले मात्र नभई सरकारले पनि चुनौतीका रूपमा लिन आवश्यक छ।
अबको बाटो
उच्च शिक्षालाई गुणस्तरीय, सर्वसुलभ, आकर्षक, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै लैजाने सन्दर्भमा सरकारले विश्वपरिवेशअनुरूप समयसापेक्ष कदम चाल्ने साहस देखायो भने सुधार हुन सक्छ। यस क्षेत्रमा निम्न सुधार गर्न उपयुक्त हुनेछ :
१. कृषि तथा वन, इन्जिनियरिङ र चिकित्साजस्ता प्रत्यक्ष रोजगार, राष्ट्रिय उत्पादन एवं जनसरोकारसँग सम्बन्धित प्राविधिक र व्यावसायिक विश्वविद्यालय केन्द्र सरकारको पूर्ण लगानी तथा पूर्ण दायित्वमा राखेर सञ्चालन गरिनु उपयुक्त हुनेछ।
२. त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसलाई अनुसन्धानुमुखी बनाउने सन्दर्भमा उद्देश्यसहित एमफिल र विद्यावारिधि अध्ययन–अनुसन्धान आवासीय विश्वविद्यालय क्याम्पस बनाउने र केन्द्र सरकारको पूर्ण लगानी/दायित्व/अधिकार क्षेत्रभित्र राखिनुपर्छ।
३. पोखरा विश्वविद्यालयलाई पृथ्वीनारायण क्याम्पसमा समाहित गर्दै पृथ्वीनारायण विश्वविद्यालयमा रूपान्तरण गर्नु उपयुक्त हुनेछ भने पूर्वाञ्चल विश्वविद्यालयलाई महेन्द्र मोरङ आदर्श बहुमुखी विश्वविद्यालयमा रूपान्तरण गरेर शिक्षा ग्रहण गर्न शान्त स्थान गोठगाउँमा सञ्चालन गर्न उपयुक्त हुने देखिन्छ। गोठगाउँजस्तो शान्त र फराकिलो स्थानमा बनेका भवनहरू प्रयोगमा नआउनु अत्यन्त दुःखको विषय हो।
४. हाल सञ्चालनमा रहेका सुदूरपश्चिम, मध्यपश्चिम, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयलगायत भविष्यमा खोलिने नयाँ विश्वविद्यालयहरू प्रादेशिक सरकारका दायित्वभित्र राख्दा उपयुक्त हुने देखिन्छ। साथै, त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरू यिनै विश्वविद्यालयमा क्षेत्रानुसार मिलान गरी लैजाँदा त्रिविको बोझ कम हुन्छ। यसले त्रिवि केन्द्रीय क्याम्पस उत्कृष्ट अध्ययन–अनुसन्धान केन्द्र बन्न सक्छ। कीर्तिपुर विश्वविद्यालय क्याम्पसलाई विदेशी विद्यार्थीसमेत पीएचडी उपाधिका लागि अनुसन्धान गर्न आउने केन्द्र बनाउन सकिन्छ।
५. पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालय तथा नेपालगन्ज, वीरगन्ज र जनकपुरमा विश्वविद्यालय खोल्दा उच्च शिक्षा मधेस केन्द्रित देखिनुका साथै धनकुटा, इलाम, दिपायल, डडेलधुराजस्तै पहाडी क्षेत्रमा पनि विश्वविद्यालय खोल्न सकिनेतर्फ सोच विकास हुन मद्दत पुग्ने देखिन्छ। मुलुकका लागि केकस्तो जनशक्ति कति संख्यामा चाहिने हो हिसाब गरेर नक्सांकन गरेरमात्र योजनाबद्ध ढंगले नयाँ विश्वविद्यालय खोल्ने अनुमति दिन उपयुक्त हुनेछ।
६. उच्च शिक्षालाई गुणस्तरीय, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउने सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगलाई क्याम्पस र विश्वविद्यालयहरूलाई अनुदान वितरण गर्ने हुलाकी जिम्मेवारीभन्दा पनि विश्वविद्यालयहरूको नेतृत्व गर्न सक्ने अधिकार सम्पन्न बनाउन अब बन्ने छाता ऐनलाई परिमार्जित गर्नु आवश्यक छ। यसबाट हाल उच्च शिक्षा क्षेत्रमा भोग्नुपरेको विकृति–विसंगतिमा कमी आउनेछ। र, कम्तीमा वार्षिक प्राज्ञिक कार्यतालिका (एकेडेमिक क्यालेन्डर) भित्र प्रवेश गराउने र आर्थिक पारदर्शितामा सुधार गर्न सकिने अपेक्षा गर्न सकिन्छ।
७. प्रत्येक विश्वविद्यालयका आआफ्ना सेवा आयोग भएको व्यवस्थालाई खारेज गरी स्वतन्त्र ढंगले काम गर्न सक्ने विश्वविद्यालय सेवा आयोग गठन गरिनुपर्छ। सबै विश्वविद्यालयमा छुट्टाछुट्टै सेवा आयोग हाम्रोजस्तो गरिब मुलुकले आर्थिकरूपमा धान्न सक्दैन। सबै विश्वविद्यालयलाई मागअनुसार शिक्षक, कर्मचारी निष्पक्ष ढंगले छनोट र सिफारिस गर्न सक्ने सेवा आयोग गठन गरिनु उपयुक्त हुन्छ।
८. प्रत्येक क्याम्पस र विश्वविद्यालयको गुणस्तर सुनिश्चितताका निम्ति 'क्वालिटी एस्योरेन्स एन्ड एक्रिडिटेसन बोर्ड स्थापना गरिनु आवश्यक छ। गुणस्तर राम्रो नभएका क्याम्पहरूमा पढ्न जाने विद्यार्थी कमै हुन्छन्, अर्थात् नेपालमा पनि अविभावक आफ्ना छोराछोरीलाई गुणस्तरका हिसाबले राम्रा क्याम्पस रोज्ने दिन नजिक आउँदै छ।
माथि उठाएका समस्या र चुनौतीका लागि समाधानको एउटै उपाय हो, यथाशीघ्र उच्चस्तरीय शिक्षा आयोग गठन गरी काम गर्ने वातावरण मिलाउनु। सम्बन्धित मन्त्रीको ध्यान अविलम्बन जाने अपेक्षा गर्न सकिन्छ।
सदस्य, व्यवस्थापिका-संसद्