लगभग ५,००० मेगावाट बिजुली उत्पादन भइसकेको छ, घरघरमा बिजुली बाल्न, खान पकाउन मात्र होइन, उद्योगधन्दा र कलकारखाना चल्न पनि बिजुलीको कुनै खाँचो छैन। नेपाल विद्युत् प्राधिकरणलाई प्रसारण कम्पनी, उत्पादन कम्पनी र वितरण कम्पनीमा विभाजित गरेर तीनै कम्पनी चुस्त भइसकेका छन्। प्रचुर बिजुली उत्पादनले पेट्रोलियम पदार्थको आयात घट्दो छ। नेपालले भारतलाई बिजुली बेच्ोर व्यापार घाटा कम गर्ने क्रम जारी छ।बिजुली पर्याप्त भएकाले काठमाडौंमा बिजुलीबाट चल्ने ट्राम र विद्युतीय सवारी साधन चल्न थालिसकेका छन्। बिजुली उत्पादन लागतदेखि बिजुलीको महसुल दर पनि विद्युत् नियमन आयोगले नियमन गरेका कारण विजुली उपलब्ध ऊर्जाका स्रोतहरुमध्ये सबैभन्दा सस्तो भइसकेको छ। बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माण भएर हालै सञ्चालनमा आएको छ।
गत डेढ दशकमा बनेका सरकारका बिजुलीबारे नीति, नियम, कार्यदल, रिपोर्ट र कानुन पढ्नेले यी माथिका अवस्था प्राप्त भइसकेको सहजै अनुमान गर्न सक्छन्। तर यथार्थमा ती सबै कागजी घोडामात्र सावित भइसकेका छन्। यी माथिका कल्पना कोर्ने योजनाविद् र विज्ञहरु आज आएर कवि ठहरे किनकि ती योजना कविका स्वैरकल्पना बन्न पुगे। कार्यान्वयनमा नआएपछि कुनै पनि लक्ष्य हासिल भएनन् अहिलेको जस्तो लोडसेडिङ तत्कालीन प्रधान मन्त्री पुष्पकमल दाहालकै पालामा २०६५ सालमै थियो। उनको र त्यसपछिका प्रधान मन्त्री माधवकुमार नेपालको पालामा दुइवटा कार्यदल बने र तिनले २० वर्षे अनि १० वर्षे योजना बनाए। १० वर्षमा १० हजार मेगावाट अनि २० वर्ष २५ हजार मेगावाटको लक्ष्य। अनि ५ वर्षमा ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने भनियो। त्यसो भनेको पनि ५ वर्ष भइसक्यो। गएको ६ वर्षमा १०० मेगावाटभन्दा पनि कममात्र बिजुली थपिएको छ। पाँच वर्षमा लोडसेडिङ हटाउने योजनामात्रै २०६५, २०६८ र २०६९ सालमा छुट्टाछुट्टै बनाइए। कुनै कार्यक्रमबिनाका ऊर्जा संकटकाल घोषणा गरिए। तर ती सबै योजना कल्पनामै रहे।
नयाँ कल्पनाकार प्रधान मन्त्री
तर यसैबीच अर्का स्वच्छन्द कल्पनाकार निस्किए बहालवाला प्रधान मन्त्री केपी शर्मा ओली। ऊर्जा सुरक्षामा नेपाल अत्यन्त नाजुक छ भन्ने उनले प्रधान मन्त्री भएपछिमात्र थाहा पाए। च्ाार दशकभन्दा बढी राजनीति गरेका एमालेका नेता तथा प्रम ओलीले भारतीय नाकाबन्दीपछि मात्र थाहा पाए अनि ऊर्जा संकट समाधान गर्न एक वर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने स्वैरकल्पना गरे र त्यही कुरा भाषण अनि घोषणा पनि गरे। एक वर्षमै २ सय मेगावाटको सोलारबाट बिजुली निकाल्ने। अनि एक वर्षभित्रै ३ सय मेगावाट र तीन वर्षभित्र दश गुना बढी अर्थात् ३,००० मेगावाट हावाबाट बिजुली निकाल्ने प्रस्तावमा काम थाल्न लगानी बोर्डलाई लगाएका छन्। कल्पनाका धनी प्रधान मन्त्री ओली आफैँ हुन्। एलपिजी ग्यास र सार्वजनिक सवारी नपाएका, इन्धन अभावमा पेशा व्यवसायबाट कमाई गुमाएका नेपालीले ओलीका स्वैरकल्पना सुनेर आशावादी भए कि भएनन् थाहा छैन। तर यिनले हाम्रो सबैभन्दा भरपर्दो र मागलाई पुग्ने स्रोत भनेको जलविद्युत् नै हो भन्नेचाहिँ बुझेका रहेनछन्।
सुरु भइसकेका बिजुली उत्पादन गर्ने आयोजनाहरुमा समस्या छन्। सकिनै लागेका आयोजना सकेमात्र पनि जनताले राहतको सास फेर्थे। तर ती सल्टाउन छाडेर सौर्य, फोहोर अनि हावाबाट बिजुली उत्पादन गर्ने भाषणले चुलो चल्दैन, बत्ती बल्दैन। सानो क्षमतासम्म सौर्य ऊर्जा सम्भव छ तर हाम्रो मागमा निकै थोरै मात्रै त्यसले समेट्न सक्छ। अर्को सौर्यलाई धेरै जग्गा चाहिन्छ। महँगोमा जग्गा किनेर सौर्य प्लान्ट सम्भव छैन। २५ मेगावाटको सोलार प्लान्ट बनाउन त जग्गा नपाएर प्राधिकरणले मकवानपुरको कुलेखानी अनि नुवाकोटको त्रिशूली र देवीघाटमा गरी तीन ठाउँमा राख्न लागेको हो।
ऊर्जा मन्त्री पनि कवि
कवि प्रधान मन्त्रीका ऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि कवि नै रहेछन्। रायमाझी एमाओवादीका नेता हुन्। उनले हालै भाषण गर्दा सुनाए– २००० मेगावाटको सोलार जडान गरिहाल्ने। काम गर्ने इच्छा भए केही न केही गर्न भने सक्लान् तर यस्तो स्वैरकल्पना र मञ्च पाएपछि र प्रमुख अतिथि भेट्टाएपछि भाषण गरेजस्तो हुँदैन काम। माओवादीले राजालाई विकासका वाधक र शत्रु ठान्थे। राजाले नारायणहिटी छाडेको पनि करिब आठ वर्ष भयो। २०६५ सालमा राजाले छोड्दाभन्दा लोडसेडिङ घटेको छैन, बरु बढेको छ। यी मन्त्रीले पनि गएको दुई महिनामा सिन्को भाँचेका छैनन्। कुलेखानी तेस्रो, चमेलिया, माथिल्लो त्रिशूल्ाी ३ ए, बूढी गण्डकी जस्ता आयोजनामा एक दिन पनि विलम्ब र बाधा अवरोध हुन नदिई काम गराउँछु भन्ने हो भने पक्कै केही न केही काम गर्न सक्छन्।
४ महिला भो बैठक नबसेको
हप्तामा दुई पटक बैठक बस्दा पनि नुपग्ने प्राधिकरणको बोर्ड बैठक नबसेको चार महिना पुगिसकेको छ। कारण– ऊर्जा मन्त्रालय र प्राधिकरणका कार्यकारी निर्देशकबीचको विवाद। मन्त्रीले दुई महिनामा बैठक बसाउने प्रयास सुरुमात्र गरेका छन्। हालै तयार पारिएको ऊर्जा विकास कार्ययोजनाअन्तर्गत कुलेखानी तेस्रो र चमेलिया अर्को वर्षको मंसिरसम्म निर्माण सक्ने योेजना छ। तर यी दुवै फरक फरक समस्याबाट ग्रस्त छन्। कुलेखानी ३ मा इलेक्ट्रोमेकानिकलको काम पाएको चाइनिज ठेकेदारले कामै गरेको छैन। ठेक्काबारे निर्णय लिन ढिला भइसकेको छ।
यसैगरी चमेलियाको सिभिल ठेक्केदारलाई भुक्तानी नदिनू भनेर लेखा समितिले निर्देशन दिएकोमा अब के गर्ने भन्ने निर्क्यौलको खाँचो छ। यसमा मन्त्रीले परामर्शसमेत थाल्ोका छैनन्। भूकम्पले निजी क्षेत्रका ८० मेवा बढीका आयोजनालाई सञ्चालनमा ल्याउन सके पनि ठूलै राहत मिल्ने थियो यतिबेला।
वर्षेनि १० अर्बको बिजुली आयात
झण्डै एक दशकमा निजी क्षेत्रले सानातिना आयोजना बनाउन थालेका छन् तर सरकारी आयोजना भने २०६५ मा जोडिएको मध्यम्ार्स्याङ्दीपछि कुनै पनि सञ्चालनमा आएनन्। पर्याप्त बिजुली नहुँदा नेपालमा व्यवसायको लागत ठूलो छ, ऊर्जाकेन्द्रित उद्योगको कल्पना पनि गर्न सकिँदैन। बिजुली बेचेर विदेशी मुद्रा आर्जन गर्नु त कता हो कता, बिजुली आयात वर्षेनि बढ्दो छ। गत वर्षमात्रै १० अर्ब रुपियाँको बिजुली आयात गरेको प्राधिकरणले अगामी वर्ष आयातमा गुणात्मक वृद्धि हुने र उसको घाटा पनि त्यही अनुपातमा बढ्र्दै जाने पक्का छ। सरकारको भारतसँगको व्यापार घाटामा यो आयातलाई जोडेको छैन। यी मन्त्रीका दुई महिनाको काम हेर्दा हामी हाम्रो आफ्नै पानीबाट बिजुली निकालेर ऊर्जा प्रयोग गर्न सक्छौँ भनेर पत्याउन मुस्किल छ।
ग्राहकबारे अनविज्ञ प्राधिकरण
प्राधिकरण नेपालीको ऊर्जा प्रयोग गर्ने बानी जान्दैन, तिनका दिमागमा यति धेरै ज्ञान भरिएको छ कि त्यो पुरै नमेटेसम्म ऊर्जा प्रयोगको कुरा र मागको व्यवस्थापन गर्न सकिने कुरा सुन्न पनि सक्दैनन् त्यहाँका कर्मचारी, योजना बनाउनु त परको कुरा। आफ्नो व्यापार चलाउन निजी क्षेत्रले आफैँ डिजेल जेनेरेटर सेट खरिद गर्छन् हालैका वर्षमा वर्षेनि ६० मेगावाट भन्दा बढीको जेन सेट आयात भइरहेको छ। काठमाडाँै उपत्यकामा कुल डिजेल खपतमध्ये ६० प्रतिशत बिजुली निकाल्न प्रयोग हुन्छ। खाना पकाउने एलपिजी र बिजुली निकाल्न प्रयोग हुने डिजेलमात्रै करिब ५० अर्ब रुपियाँ बराबरको छ, पर्याप्त बिजुली भए यो दुवै विस्थापन गर्न सम्भव छ।
खाना पकाउनमात्रै ४०० मेगावाट माग
नाकाबन्दीपछि खाना पकाउने ग्यास अभावमा इन्डक्सन चुलोलगायतका विद्युतीय सामग्री भित्रिएका छन् जसले करिब नयाँ ४०० मेगावाटको माग बढेको छ। विद्युत् प्राधिकरणको नेतृत्व यो तथ्य स्वीकार्दैन। उनीहरुको रटान छ– ती उपकरण ग्यास सहज भएपछि प्रयोगमै आउँदैनन्। ऊर्जाविज्ञ अमृत नकर्मीका अनुसार मुलुकमा हाल उत्पादित बिजुलीमा थप १३०० मेगावाटको माग छ। तर प्राधिकरण पुरातन मागको अंकमा जोड/घटाउ गरेर बसेको छ। अहिले प्राधिकरणले भारतबाट आयात गरेको करीब २०० मेगावाटबाहेक हिउँदमा करिब ४०० मेगावाट भन्दा न्यून बिजुली वितरण गर्र्दैछ।