'तपाईँले मेरा कुरा मान्ने हो,' रक्षामन्त्रीले भन्नुभो-'मैले तपाईँका कुरा मान्ने होइन।'
'त्यसो होइन,' प्रधानमन्त्रीले भन्नुभो-'मन्त्रीले प्रधानमन्त्रीका कुरा मान्ने हो , मैले तपाईँका कुरा मान्ने होइन।'
'कसरी?' रक्षामन्त्रीले सोध्नुभो-'तपाईँका कुरा मैले किन मान्ने?'
'किनभने तपाईँ मन्त्री हो।' प्रधानमन्त्रीले भन्नुभो-'मचाहिँ प्रधानमन्त्री हुँ, लोकतन्त्रमा प्रधानमन्त्रीले भनेको मन्त्रीले मान्नुपर्छ।'
'गणतन्त्रमा चाहिँ त्यस्तो हुँदैन।' रक्षामन्त्रीले जवाफ दिनुुभो-'मन्त्रीले भनेको प्रधानमन्त्रीले मान्नुपर्छ।'
'म मान्दिन,' प्रधानमन्त्रीले भन्नुभो-'गणतन्त्रमा पनि मन्त्री प्रधान होइन, प्रधानमन्त्री प्रधान हो।' थप्नुभो-'किन भने ऊ प्रधानमन्त्री हो।'
'तपाईँ कविता भन्न थाल्नुभो।' रक्षामन्त्रीले भन्नुभो-'कवितामा तपाईँ प्रधान भए पनि गणतन्त्रमा मन्त्री प्रधान हुन्छ।'
'कुनै उदाहरण?' प्रधानमन्त्रीले सोध्नुभो-'तपाईँसँग यससम्बन्धी कुनै प्रमाण छ?'
'परराष्ट्रमन्त्री,' रक्षामन्त्रीले भन्नुभो-'उहाँले भनेको तपाईँले मान्नुभो, तपाईँले भनेको मन्त्रीले मान्नु भएन।'
'किन मान्नु भएन?' प्रधानमन्त्रीले भन्नुभो-'मलार्इृ थाहा छैन।'
'परराष्ट्रमन्त्री भारत जान मान्नुभएन,' रक्षामन्त्रीले भन्नुभो-'तपाईँ एक्लै जान मान्नुभो।'
'मेले बुझेँ,' प्रधानमन्त्रीले भन्नुभो-'त्यसबेला उहाँलाई सञ्चो थिएन।'
'मलाई पनि सञ्चो छैन,' रक्षामन्त्रीले भन्नुभो-'बेला बेला उपचार गर्न परिरहेको छ।' गुनासो गर्नुभो-'यो भेदभाव किन?'
'किनभने तपाईँ विद्या हो,' प्रधानमन्त्रीले फकाउनुभो-'थाहा छ विद्याले के दिन्छ?'
'के दिन्छ?' रक्षामन्त्रीले आग्रह गर्नुभो-'तपाईँ नै भन्नोस्।'
'विद्या ददाति विनयमः,' प्रधानमन्त्रीले भन्नुभो-'विनयमः ददाति पात्रताम्।' सोध्नुभो-'कुरा बुझ्नुभो?'
'बुझिनँ,' रक्षामन्त्रीले भन्नुभो-'बुझ्ने गरी भन्नोस्।'
'विद्याले विनय दिन्छ,' प्रधानमन्त्रीले भन्नुभो-'विनयले पात्रता प्रदान गर्छ।'
'मैले पनि त्यसै गरेकी छु,' रक्षामन्त्रीले सोध्नुभो-'हो कि होइन?'
'होइन', प्रधानमन्त्रीले गुनासो गर्नुभो-'तपाईँले पात्रता होइन वक्तव्य प्रदान गर्नुभो।'
'हो मैले गरेँ,' रक्षामन्त्रीले भन्नुभो-'भनेँ नि म माथि भेदभाव भयो।'
'कस्तो भेदभाव?' प्रधानमन्त्रीले प्रतिवाद गर्नुभो-'मैले त्यस्तो गरेकै छैन।'
'सञ्चो नभएक िपराष्ट्रमन्त्रीको कुरा मान्ने,' रक्षामन्त्रीले भन्नुभो-'विसञ्चो भएकी मेरा कुरा नमान्ने? 'थप्नुभो-'मेरा कुरा तपाईँले मान्नुपर्छ।'
'प्ा्रधानमन्त्रीले भनेको मन्त्रीले मान्ने हो,' प्रधानमन्त्रीले अडान दोहोर्याउनुभो- 'किनभने ऊ मन्त्रीहरुको प्रधान हो।'
'तपाईँले मेरा कुरा मान्नुपर्छ,' रक्षामन्त्रीले भन्नुभो-'किनभने म रक्षामन्त्री हुँ।'
'तपाईँका कुरा मानने,' प्रधानमन्त्रीले सोध्नुभो-'अरु मन्त्रीले भनेको के गर्ने?'
'नमान्ने,' रक्षामन्त्रीले सल्ल्ााह दिनुभो-'मेरो चाहिँ मान्ने।'
'यसको कारण?' प्रधानमन्त्रीले सोध्नुभो-'तपाईँले भनेको मात्र किन मान्ने?'
'किनभने रक्षामन्त्रीले सबैको रक्षा गर्नुपर्छ।' रक्षामन्त्रीले भन्नुभो-'तपाईँको, तपाईँका मन्त्रीको।' थप्नुभो-'सम्पूर्ण देशको।'
'कसरी?' प्रधानमन्त्रीले आग्रह गर्नुभो-'यसलाई प्रस्ट पार्नाेस्।'
'किनभने रक्षामन्त्रीसँग नेपाली सेना छ,' रक्षामन्त्रीले भन्नुभो-'सेनाले सबैको रक्षा गर्छ।'
'जो सँग सेना हुन्छ त्यसका कुरामात्र मान्ने?' प्रधानमन्त्रीले भन्नुभो-'यो मिल्ने कुरा होइन।'
'त्यसो भए अरण्यवासीका कुरा किन मानेको?' रक्षामन्त्रीले सोध्नुभो-'तिनका कुरा मान्ने मेरा चाहिँ नमान्ने?'
'तिनका कुरा शान्ति सम्झौतामा छन्,' प्रधानमन्त्रीले भन्नुभो-'विशेष समितिले काम गर्छ।'
'त्यसो भए मलाई समितिमा राख्नोस्,' रक्षामन्त्रीले भन्नुभो-'म तिनको काम तमाम गर्छु।'
'तपाईँलाई राख्न मिल्दैन,' प्रधानमन्त्रीले भन्नुभो-'झमेला नगर्नोस्।'
'किन मिल्दैन?' रक्षामन्त्रीले सोध्नुभो-'यसको कारण के हो?'
'म बनाउँदै जान्छु,' प्रधानमन्त्रीले भन्नुभो-'तपाईँ बिगार्दै जानु हुन्छ।' सोध्नुभो-'कसरी राख्ने?'
'किनभने रक्षामन्त्री पहिले पनि समितिमा थिए,' रक्षामन्त्रीले सोध्नुभो-'थिए कि थिएनन्?'
'थिए,' प्रधानमन्त्रीले भन्नुभो-'किनभने त्यस बेला वर्षात थियो।'
'वर्षातमा हुने,' रक्षामन्त्रीले सोध्नुभो-'अहिले किन नहुने?'
'वर्षात्मा बादल हुन्छ।' प्रधानमन्त्रीले भन्नुभो-'हिउँदमा हुँदैन।'
'म वर्षातसम्म पर्खिन्छु,' रक्षामन्त्रीले भन्नुभो-'त्यसपछि बस्छु।'
'वर्षातअघि समायोजन गरिसक्नुपर्छ,' प्रधानमन्त्रीले भन्नुभो-'अन्यथा लडाईँ हुन्छ।'
'गरौँ लडाईँ,' रक्षामन्त्री सुरिनुभो-'म लड्न तयार छु।'
'कोसँग लडने?' प्रधानमन्त्री दिक्दार देखिनुभो-'द्वन्द्व बढ्यो भने देश बर्बाद हुन्छ।'
'तपाईँसँग,' रक्षामन्त्रीले भन्नुभो-'म मेरा सेना उतार्छु, तपाईँ आफ्ना उतार्नोस्।'
त्यसपछि प्रधानमन्त्रीले सञ्चारमन्त्री उतार्नु भो। त्यतिले नपुगेर संसद्मा आफै उत्रनु भो। उता रक्षामन्त्रीले उतार्ने भनेका सेना रक्षामन्त्रीको साटो प्रधानमन्त्रीकै तर्फबाट उत्रिए। सिनेमा चालू छ।