वचन र श्रवणभन्दा मनन ठूलो हो। मनन भनेको इमानदारी पनि हो। भारतीय चलचित्र 'मिर्च मसाला'मा खुर्सानी पिँध्ने कारखानाको मुसलमान चौकीदार अबु मियाका लागि ज्यानभन्दा ठूलो कारखानाको सुरक्षा भएको छ। एक प्रसंगमा ऊ भन्छ, 'म यस कारखानाको चौकीदार हुँ। चौकीदारको अर्थ निर्जीव घर र सामानमात्र होइनन्, कामदार पनि हुन्।'
चलचित्रको कथा बृटिस इन्डिया कालमा गाउँगाउँमा 'लगान' उठाउने सुवेदारको अत्याचारविरुद्ध घुम्छ। ऊ गाउँका युवतीमाथि रोजीछाडी 'अत्याचार' गर्छ। मुखिया, पुजारी र अरु थुप्रै ताबेदार यसमा सहयोगी भूमिका खेल्छन्। सोनबाई नामकी युवती समाजमा आफूमाथि खुलेआम हातपात गर्न खोज्ने सुवेदारविरुद्ध प्रतिकार गर्छे र गाउँकै खुर्सानी पिँध्ने कारखानामा शरण लिन पुग्छे। वृद्ध चौकीदार अबु मिया कारखानाको मूल ढोका बन्द गरेर उसलाई सुरक्षा दिन्छ। मुन्सी, पुजारी, व्यापारी, कारखाना मालिक र गाउँका सम्पूर्ण पुरुष सोनबाईलाई सुम्पन चौकीदारलाई दबाब दिन्छन्। मुन्सीकी पत्नीको नेतृत्वमा उठेका महिला र गान्धीवादी शिक्षकको प्रतिकारलाई नराम्ररी दबाइन्छ। सोनबाईलाई सुम्पन कारखानाकै महिला चौकीदारलाई दबाब दिन्छन्। तर, वृद्ध चौकीदार आफ्नै हत्याको मूल्यमा पनि सोनबाई र कारखानाका कामदारलाई सुरक्षा दिन्छ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, प्रशासक, बुद्धिजीवी खास अर्थमा देशका चौकीदार हुन्। तिनले ऐनमौकामा देश र देशवासीको सुरक्षा गर्न सक्नुपर्छ। हाम्रो सन्दर्भमा विडम्बना के भइदियो भने ती चौकीदार इमानदार भइदिएनन्। बरु कति अर्थमा ती 'मुन्सी' वा 'सुवेदार'कै भूमिकामा देखिए। नयाँ संविधान घोषणा गर्न अब चार महिनामात्र बाँकी छ। शान्ति प्रक्रिया पूरा गरेर र देशलाई अब्बल, प्रगतिशील नयाँ संविधान दिएर अविस्मरणीय नाम राख्ने अवसर अझै उनीहरूलाई छ। त्यसका लागि अविचल इमानदारीको खाँचो छ। सायद यही मनन गरेर गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, झलनाथ खनालले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रशंसनीय पहल गरेका छन्। यसको उद्देश्य, कार्यविधान, आचारसंहिता किटान गरेर संविधान निर्माण र शान्ति प्रक्रियालाई गति दिने पहल भएको छ। माओवादीले अनिश्चितकालीन हड्ताल फिर्ता लिएर र कोइराला तथा प्रधानमन्त्री माधव नेपालले माओवादी मुद्दा सम्बोधन गर्नेबारे छलफल गरेर थप सराहनीय पहल गरेका छन्। यसको सफलता अर्को पक्षको समस्या बु‰ने र आफ्नो गल्तीको प्रायश्चित गर्ने आत्मबलमा भर पर्छ।
राष्ट्रपति रामवरण यादवले नागरिक सर्वोच्चता लत्याए भन्दै माओवादीले गरेको आन्दोलनका कारण देश छ महिनासम्म 'फ्रिज' भयो। अवश्य, संवैधानिक राष्ट्रप्रमुखले कार्यकारी प्रमुखले जस्तो शक्तिको अभ्यास गरेर लोकतान्त्रिक पद्धतिको धज्जी उडाएका थिए। तत्कालीन प्रधान सेनापतिलाई कारबाही गर्न राष्ट्रपतिलाई सिफारिस नगरेर माओवादीले राष्ट्रपतिले भन्दा पहिल्यै संवैधानिक गल्ती गरिसकेको थियो। राष्ट्रपति कदमविरुद्ध देशलाई छ महिनासम्म उसले चालमाथ गराइराख्यो। संविधानसभा, संसदीय कारबाही अवरुद्ध भए। संविधान लेखन र शान्ति प्रक्रिया प्रभावित भए। तर, कुनै पनि पक्षले 'हामी दुवैबाट गल्ती भएको हो, दुवैले आत्मालोचना गरेर अग्रगमनको बाटोमा अवरोध नगरौँ' भन्ने आत्मबल देखाएनन्। उता, बुद्धिजीवी वर्गलाई पनि थाहा थियो, माओवादी र राष्ट्रपति दुवैबाट गल्ती भएको थियो। माओवादीको गल्तीलाई 'ठीक पार्न' राष्ट्रपतिले अर्को संवैधानिक गल्तीको सहारा लिनु हुँदैनथ्यो। तर, ऊ माओवादीप्रति हदै आग्रही देखियो। उसको 'तर्क' त रामेले गरेको बलात्कार ठीक र कृष्णेले गरेको बेठीक भनेजस्तो पो देखियो! बलात्कार जसले गरे पनि अपराधै हो।
शान्ति प्रक्रिया पूरा गर्ने र समयमै नयाँ संविधान जारी गर्न सहज वातावरण बनाउने उद्देश्यले उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको हो। यसप्रति नेपाली जनता र अन्तराष्ट्रिय समुदाय पर्याप्त आशावादी छन्। त्यसमा सबै पक्षको सहयोग जरुरी छ। अर्को पक्षको समस्या मनन गर्न र आफ्नो गल्तीको प्रायश्चित गर्न सबै पक्ष प्रतिबद्ध हुने हो भने संयन्त्र सफल हुनेछ। कांग्रेस-एमालेले सत्ता संरचना परिवर्तन हुनै नदिने र माओवादीले सत्तामा आफ्नै नेतृत्वको जिद्दी गर्ने हो स्थिति फेरि गतिरोधमै फर्कनेछ। के नेताहरूले यो सत्य मनन गर्लान्? सन् १९८७ मा हवाई फिल्म उत्सवमा उत्कृष्ट चलचित्र घोषित केतन मेहताको 'मिर्च मसाला'मा त चौकीदार अबु मिया शत्रुको गोली शरीरभरि थापेर पनि कारखानाका महिलालाई सुरक्षा दिन्छ। हाम्रा नेतालाई त त्यस्तो कुनै खतरा नउठाई देशलाई स्वर्ण युगमा प्रवेश गराउने अवसर छ!