स्वाधीन, समृद्ध, समावेशी नयाँ नेपाल निर्माण गर्न, राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्न, समुन्नत समाजवादको आधार तयार गर्न सात सालदेखिको आन्दोलनमुखी राजनीति हैन, अब विकासमुखी राजनीति आवश्यक छ । र, समावेशी, समानुपातिक, सहभागितापूर्ण लोकतन्त्र स्थापित गर्नका लागि नयाँ शक्तिको आवश्यकता छ । नयाँ शक्ति भन्नाले पुरानो शक्ति पनि छ भन्ने बुझिन्छ । नयाँ जनवाद भन्नाले पुरानो जनवाद पनि थियो वा छ भन्ने बुझिन्छ । पुरानो जनवाद पुँजीपति वर्गको नेतृत्वमा आएको थियो । त्यो जनवाद समाजवादमुखी नभएर एकाधिकार पुँजीवाद र साम्राज्यवादमुखी भयो । समाजवादमुखी जनवादका लागि सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति अर्थात् पुँजीवादी जनवादी क्रान्ति आवश्यक भयो । त्यस्तै पुरानो शक्ति मनोगतवाद, एकमनावाद, नोकरशाही केन्द्रीयतावाद र भ्रष्ट अपारदर्शी व्यक्तिवाद र लोकतन्त्रको नाममा चरम अधिनायकवादमा पतन भएकाले नयाँ शक्ति आवश्यक परेको हो।नयाँले पुरानोलाई निषेध गर्छ । पुराना पात झरेर यहाँ पात पलाउँछ । प्रकृति विज्ञानको यो नियम सामाजिक, आर्थिक र सांस्कृतिक विज्ञानमा पनि लागु हुन्छ । पुरानो रूपान्तरित भएर नयाँ हुन सक्नुप¥यो अन्यथा नयाँले पुरानोलाई निषेध गर्छ र परिवर्तित वस्तुगत परिस्थितिअनुसार अगाडि बढ्छ । तर पुरानाको कुनै काम हुँदैन भन्ने हैन । पुरानाको होस र नयाँको जोसको समागमबाट अगाडि बढ्ने प्रयास हुनुपर्छ । पुरानोलाई पूरै निषेध गर्न खोज्दा रुसमा स्तालिनको पालामा ७२ जना केन्द्रीय सदस्यलाई भौतिक सकाया गरिएको तीतो अतीत छ ।
नयाँमा पुरानो अवशेष बाँकी रहन्छ । वन मान्छे (चिम्पाञ्जी) र मान्छेमा थोरै अन्तर लगभग १ प्रतिशत हुन्छ । तर कहाँको बाँदर कहाँको मान्छे ? प्रकृति विज्ञानको यो नियम सामाजिक विज्ञानमा पनि लागु हुन्छ । नेपालमा सामन्ती एकात्मक राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रात्मक व्यवस्था आएको भए पनि सामन्तवादको अवशेष बाँकी छ । परनिर्भर अर्थतन्त्र र दलाल नोकरशाहीखालको भए पनि मूलतः उपरी संरचनामा पुँजीवाद आएको छ र समाजवादको ढोका खुलेको छ । सामन्ती अधिनायकवादी राजतन्त्र अन्त्यका लागि लखन थापाको विद्रोहदेखि माओवादी जनयुद्धसम्म सशस्त्र विद्रोहात्मक राजनीतिक गतिविधि चल्यो । त्यस क्रममा हजारौं वीर वीरङ्गनाले ज्यान आहूति दिए, बलिवेदीमा चढे । तिनको रगतले नेपाली धर्ती लछप्प भिज्यो, त्यो आन्दोलनमुखी राजनीति थियो । संघीय लोकतान्त्रिक गणतन्त्र संविधानतः संस्थागत भएपछि अब आर्थिक विकास गरेर देशलाई समृद्ध बनाउन विकासमुखी राजनीतिक गतिविधि अगाडि बढाउनुपर्छ । त्यसैले नयाँ शक्तिका अभियन्ताहरुले अभियानको मुख्य नारा नै आर्थिक क्रान्ति भनेका छन् ।
नयाँ शक्तिको मुख्य कार्यभार बदलिएको वर्तमान परिस्थितिमा अगाडि बढेको राजनीतिक सम्बन्ध र पछाडि परेको आर्थिक सम्बन्धका बीचको प्रमुख अन्तरविरोधको हल गर्न नै हो । राजनीति र अर्थतन्त्र अन्तरसम्बन्धित हुन्छन् । अर्थतन्त्रको अधिरचना राजनीति हो । त्यो त प्राप्त भयो । तर देशमा गरिबी, पछौटेपन, परनिर्भरता कायमै छ । त्यसबाट मुक्त हुन आर्थिक समृद्धि आवश्यक छ । त्यसैले आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर केही दशक आर्थिक क्रान्तितिर ध्यान केन्द्रित गर्नुपर्छ ।
दोस्रो अन्तरविरोध नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक जाति, जनजाति, लिङ्ग र क्षेत्रका जनता बसोबास गरेको देश हो । विविधताभित्र एकरूपता र अनेकताभित्रको एकता नेपालको वास्तविक पहिचान हो । खस आर्यलाई मात्र नेपाली ठान्ने र पहाडिया अहङ्कार गरेर उनको मात्र नेपाल ठान्ने अन्धराष्ट्रवादबाट मुक्त भएर देशभित्रका सबै नेपाली हुन् र नेपाल ती सबैको साझा फूलबारी बनाउने कार्यभार हो ।
तेस्रो अन्तरविरोध भू–राजनीतिक अवस्थाले गर्दा निर्माण गरेको बाह्य अन्तरविरोध हो । आन्तरिक अन्तरविरोधलाई आन्तरिक ढंगले हल गर्दै राष्ट्रिय एकता मजबुत बनाउने र बाह्य अन्तर विरोधलाई कूटनीतिक ढंगले हल गरी दुई छिमेकीसँग समदूरी र समनिकटताका आधारमा सम्बन्ध कायम गरी दुवै देशका बीच गतिशील पुलका रूपमा दुवैको सहयोग लिई आर्थिक विकास गर्नु तेस्रो कार्यभार हो ।
यी कार्यभार पूरा गर्न नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठनात्मक पद्धति, नयाँ संस्कृति र शैली आचरण र सदाचार आवश्यक हुन्छ । चक्कुले तरकारी काट्न सकिन्छ, खसी काट्न त खुकुरी नै चाहिन्छ । पुराना हतियारले नयाँ जमानाका चुनौतीको सामना गर्न सक्दैन । माक्र्सवाद गीता, बाइबल र कुरान हैन, गायत्री मन्त्र पनि हैन । गीताको अर्थ के हो थाहा छैन, बिहान उठेर नुहाएर धोती पासा कसी 'धर्म क्षेत्रे कुरुक्षेत्रे' भन्दै पाठ गर्ने । गायत्रीको अर्थ थाहा छैन, गुरुले कानमा फुकिदिए । मनमन जप्ने भने । के भन्या हो थाहा छैन । माक्र्सवाद लेनिनवाद माओवाद जपेको जप्यै, त्यसको अर्थ थाहा छैन, माक्र्सवाद भनेको त द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो । त्यसको सारतत्व त्यही हो । त्यो विज्ञान हो । विज्ञान गतिशील हुनछ । परिवर्तित परिस्थितिअनुसार त्यसको विकास गर्नुपर्छ । माक्र्सवाद छाड्ने हैन, त्यसको सिर्जनात्मक विकास गर्ने हो । नयाँ शक्तिले माक्र्सवाद छाड्यो, कम्युनिष्ट विचार परित्याग ग¥यो भनेर स्यालहुइड्ढयाँ गर्नु व्यर्थ छ । नयाँ शक्तिले माक्र्सवादको विकास गर्छ, विनाश गर्दैन । बरु जडसूत्रवादले माक्र्सवादको विनाश गर्छ ।
नयाँ शक्तिको मुख्य वैकल्पिक एजेन्डा पाँच 'स' हो। पहिलो 'स' स्वाधीनता र सार्वभौमिकता । दोस्रो 'स' समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्र। तेस्रो 'स' समतामूलक समृद्धि। चौथो 'स' समुन्नत समाजवाद । पाँचौं 'स' सदाचार, सुशासन र सुसंस्कृति। यिनै पाँच 'स' भित्र नयाँ जनवाद छ। नयाँ जनवाद भन्ने पुरानै जनवादमा सहवरण हुने एमाले कांग्रेसीकरण हुने, एमाओवादी एमालेकरण हुने र नारा नयाँ नयाँ लगाउने तर व्यवहारमा नयाँ बोतल पुरानै रक्सी हुने जुन विडम्बना छ, त्यसबाट नयाँ शक्ति मुक्त हुन चाहन्छ र समाजवादी क्रान्तिका लागि जुन ढोका खुलेको छ समाजवादी क्रान्तिका लागि जुन आर्थिक क्रान्तिको आवश्यकता छ, त्यो अभिभारा बहन गर्नका लागि नयाँ शक्ति उदय भएको छ। यसले नयाँ तरङ्ग पैदा गरेको छ । यसको लहर चलेको छ । पक्कै निकट भविष्यमा देश नयाँ शक्तिमय हुनेछ।