प्रजातन्त्रमा स्वतन्त्रताको स्थान धेरै माथि हुन्छ, त्यसमा पनि अभिव्यक्ति स्वतन्त्रता त सर्वोच्च हो। समयसँगै अभिव्यक्ति स्वतन्त्रताको माध्यम परिवर्तन भइरहन्छ, जुन अचेल धेरै हदसम्म सामाजिक सञ्जाल हुन पुगेको छ। एकातिर सामाजिक सञ्जालमा व्यक्तिहरूले लेखेका सामग्री तथा हालेका फेटो, भिडियो समाचार बन्छन् भने अर्कोतिर विभिन्न माध्यमका समाचार सामाजिक सञ्जालमा हालेपछिमात्रै धेरैले पढ्छन्। जति द्रुतगतिमा सामाजिक सञ्जालको विकास हुँदैछ, त्यति नै यसका सकारात्मक र नकारात्मक पक्ष उजागर हुँदैछन्।
केही वर्षअघिसम्म सीमित व्यक्ति सदस्य हुने सामाजिक सञ्जाल अहिले संसारका सबैजसो सरकारसमेत सक्रिय सदस्य हुँदा यसको महत्व बढेको छ। जतिमात्रामा यसका सदस्य बढे पनि सबैभन्दा बढी प्रयोग भने संसारका युवा नै रहेको विभिन्न तथ्यांकले देखाएका छन्। युवाद्वारा यसको प्रयोगमा देखिएको विविधताले समाज अब कता जाँदैछ भन्ने कुराको चिन्ता पनि हुन थालेको छ। सामाजिक सञ्जाललाई सूचनाको माध्यम मान्नेभन्दा पनि युवाजमातमा मनोरञ्जनको थलो बनाउने होडबाजी बढेकाले यसको प्रयोग कतिपय अवस्थामा दुर्व्यसन बन्न पुगेको छ।
खासगरी नेपालजस्तो देश, जहाँ सीमित पढेलेखेका मानिसमात्रै सामाजिक सञ्जालमा देखिन्छन्। उनीहरूले कुनै विषयमा एउटा विचार बनाउन सक्छन्। ती मानिसले यो सञ्जाललाई गरेको दुरूपयोगले समाजमा विकृति फैलाउन निकै हदसम्म भूमिका खेल्छ।
यसै सन्दर्भमा केही यस्ता व्यवहार यहाँ प्रस्तुत गरिन्छ, जसले नेपाली युवाद्वारा सामाजिक सञ्जालमा हुँदै आएका गल्ती जसले उनीहरू आफै र समाजलाई गलत दिशातर्फ लगिरहेको छ।
१. आवश्यकताभन्दा बढी समय सामाजिक सञ्जालमा बस्नुः कतिपय स्थितिमा युवा धेरै समयसम्म फेसबुक र टि्वटरमा भुल्ने गरेको पाइएको छ। यसले युवालाई मानसिकस्तरमा मात्रै असर गर्ने हैन, ऊ पूरापूर त्यो सञ्जालको दुर्व्यसनी भैसकेको हुन्छ। एक्लै, परिवारका साथ, साथीहरूबीचमात्रै हैन, कार्यालय समयमा पनि एकैछिन मोबाइल वा कम्प्युटरबाट बाहिर निस्कनुपरेमा उसलाई कठिन हुन थालिसकेको हुन्छ। यो समस्या युवामा बढी देखिए पनि सामाजिक सञ्जाल चलाउने अलि बढी उमेरका मानिसमा पनि देखिन थालेको छ। यसले उनीहरूलाई काम र उद्देश्यबाट टाढा भगाइरहेको हुन्छ। सामाजिक सञ्जालले मानिसको उत्पादकत्वमा धेरै नै ह्रास ल्याएको हुनुपर्छ। यसैकारण कतिपय संस्थामा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने नियम बनेको छ। हिजोका दिनमा इन्टरनेटमा हेरिने अश्लील साइटले भन्दा आज सामाजिक सञ्जालको अधिक प्रयोग मानिसका लागि घातक बनेको विभिन्न अध्ययनले बताएका छन्।
कुनै व्यक्ति दिनमा १० पटकभन्दा बढी फेसबुक र टि्वटर आफ्ना निजी विचारहरूले अपडेट गर्छ भने ऊ कार्यालय वा घरको काममा निकम्मा भइसकेको ठोकुवा गरिदिए हुन्छ। तर, कुनै खेलकुद भएको बेलामा, देशविदेशमा कुनै ठूलो घटनाका बखत भने एकैदिनमा धेरै कुरा सामाजिक सञ्जालमा लेख्न सकिन्छ। साथै, कसैको कामको सिलसिलामा लेख्ने वा कुनै विषयमा नियमित गरिने अपडेटलाई भने दुर्व्यस्ानकोे परिभाषाबाट हटाउन सकिन्छ। यसरी दिनमा धेरै पटक सामाजिक सञ्जालमा अपडेट भइरहने मानिसलाई त विभिन्न प्रकारको मानसिक उपचारकै आवश्यकता हुन्छ। कुनै अवस्थामा ऊ सामाजिक सञ्जाल चलाउन नपाउने स्थानमा गयो भने झर्किने र रिसाउने गर्न थाल्छ। त्यतिमात्र हैन अचेल कुनै रेस्टुराँमा खान जाँदा सबैभन्दा पहिला त्यहाँ युवाले सोध्ने भनेको वाइफाइ पासवर्ड हुने गरेको छ। यसबाट पनि समाज कति दुर्व्यसनी बनिसक्यो भन्ने थाहा हुन्छ। साथीभाइसँगको भेटमा समेत हिजो मेरो फोटो वा पोस्ट हेरिस्? किन लाइक वा फेव गरिनस्? भन्नेजस्ता प्रश्न सबैभन्दा पहिले आउनाले पनि यसप्रतिको आशक्ति थाहा हुन्छ।
२. नकारात्मक पोस्टहरूः सकारात्मकता र नकारात्मकता दिमागका उपज हुन्। मानिसले जुन धेरै सोच्यो उसको जीवन त्यतै जान्छ। समाजका हरेक व्यक्तिको जीवनमा दुःख र सुखको उत्तिकै महत्व छ। युवामा पनि दुवैखाले विचार आउनु स्वाभाविकै हो। तर, युवाजमात विहानैदेखि सामाजिक सञ्जालमा नकारात्मक विचार प्रवाहमा व्यस्त देखिन्छन्। यसले उनीहरू आफैलाई र पोस्ट पढ्ने दुवैथरिलाई गलत बाटोतर्फ लाग्न प्रेरणा दिइरहेको हुन्छ। सामान्यतया यस्ता नकारात्मक लेखाइ समाजका कुनै घटना र सरकारप्रति लक्षित हुन्छन्। जब मानिस नकारात्मक सोच्न थाल्छ, उसले हरेक घटनालाई नकारात्मकमात्र देख्छ। चौबीसै घन्टा सरकारका कामको एउटा पक्षले विरोधमात्रै गरिरहँदा समाजमा त्यसले पार्ने असर भोलिका दिनमा कति भयावह हुन्छ भन्ने कल्पना गर्न कठिन छ।
३. नितान्त व्यक्तिगत फोटो र अन्य सामग्रीः नेपाली समाजमा अचेल फोटो खिच्ने एउटैमात्र कारण फेसबुकमा हाल्न हो भन्ने धारणा पलाउन थालेको छ। त्यसमध्ये पनि कतिपय नितान्त व्यक्तिगत र भविष्यमा त्यो नै समाजमा नकारात्मक हुन सक्ने खालका फोटोहरू एकछिनको खुसीका निम्ति फेसबुक वा अन्य सञ्जालमा हाल्ने होडबाजी कुनै हालतमा राम्रो हैन। अझ अरु कसैको कुनै समारोहमा खिचेका फोटोलाई त्यो मान्छेलाई नसोधी निर्धक्कसँग सामाजिक सञ्जालमा राख्ने चलन त सामाजिक र कानुनी दुवैरूपमा गलत हो।
नितान्त व्यक्तिगत जीवन र दैनन्दिनका हरेक पाइलाका विषयमा सामाजिक सञ्जालमा राख्दै जाँदा हामीले हरेक दिन आफूलाई नांगो र असुरक्षित बनाइरहेका हुन्छौँ। यो कुराको हेक्का आजका युवामा हुनु जरुरी छ। यतिमात्र होइन, कसैको मृत्यु हुँदा मृतशरीरका फोटो अनि दुर्घटनाका फोटो सामाजिक सञ्जालमा राख्ने होडबाजीले त्यो हेर्ने–पढ्नेलाई मात्र नभई मृतक वा दुर्घटनाका पात्रको समेत धज्जी उड्न गएको हुन्छ। यस्तो कार्यलाई तुरुन्त दण्डित गरिनुपर्छ।
४. यौन र प्रेमसम्बन्धी प्रसंगः भर्खर स्कुल जीवन सकेका किशोर–किशोरीको धेरैजसो पोस्ट यौन र प्रेमसँग सम्बन्धित रहेको पाइन्छ। उनीहरूको उमेरका आधारमा ती विचार मनमा आउनु ठीकै पनि होलान्, तर ती पोस्टले उनीहरूको कुण्ठामात्रै बाहिर आएको नभई व्यक्तिगत जीवन पनि उजागर भइरहेको हुन्छ। यसलाई कम गर्न उनीहरूलाई स्कुल–कलेजदेखि नै यौन शिक्षासँगै सामाजिक सञ्जालको प्रयोग र असरसम्बन्धी चेतना दिइनु जरुरी छ।
५. नबुझी गरिने सेयरः हुँदै नभएका कपितय घटना र ती घटनासँग सम्बन्धित भनेर राखिने फोटो अनि समाचारका सेयरहरूले नकारात्मकता वृद्धि गरेको भेटिएका छन्। कुनै अन्य मुलुकका फोटोसँग हाम्रा घटना भन्दै समाचारको रूपमा प्रस्तुत गर्ने परिपाटीले कतिपय नयाँ र सोझा सामाजिक सञ्जालका सदस्यको दिमागमा असर गरिरहेको हुन्छ। यसलाई रोक्ने न त कुनै कानुन छ न त सामाजिक नियम नै! कतैबाट यो रोकिन सक्छ भने सामाजिक सञ्जालकै सदस्यको सक्रियताबाट नै हो।
६. अर्थ नलाग्ने साहित्य र भाषाः आफूलाई जान्नेसुन्ने र साहित्य पनि लेख्छु वा बुझ्छु भनी भ्रम पाल्नेह–ले ४–५ वटा साहित्यिक शब्द प्रयोग गरेर बिहानदेखि बेलुकीसम्म सामाजिक सञ्जालमा पोस्ट गर्छन्। तर, ती कतिपयका न अर्थ लाग्छन् न त भाषा नै शुद्ध हुन्छ। यसले ती व्यक्तिको हैसियत त देखाइरहेकै हुन्छ, साथै नेपाली भाषाको समेत खिल्ली उडाइरहेका हुन्छन्। यसरी गल्ती गर्दै जाँदा उनीहरू भविष्यमा चार हरफ शुद्ध र अर्थ लाग्ने कुरा लेख्न नसक्ने स्थितिमा पुगिसकेका हुन्छन्। यो आजको अर्को विडम्बना हो।
७. सामाजिक सञ्जाल चलाउने समयः कतिपय युवा आफ्नो हातमा भएको समयको पूरा अवधि सञ्जालमै देखिन्छन्। उनीहरूले सञ्जालमा गर्ने गरेका पोस्टका समय मध्यरातिदेखि लिएर मध्यदिनसम्म देखिनु दुःखद कुरा हो। यो आज तिनैका लागि र भोलि देश दुवैका निम्ति हानिकारक छ। सामाजिक सञ्जालका कारणमात्र नभई उनीहरूकै स्वास्थ्यका दृष्टिकोणले पनि यो हानिकारक भइसकेको छ।
८. छद्मभेषी सदस्यः सामाजिक सञ्जालमा भएका सबै नाम सक्कली हुँदैनन्। कतिपय एकाउन्ट छद्मभेषी हुन्छन्। उनीहरूको काम नै अरुको इज्जतमा हिलो छ्याप्ने हुन्छ। कसैको नितान्त निजी जीवनको बारेमा गरिने टीकाटिप्पणीको जिम्मेवार पनि पोस्ट गर्ने व्यक्ति नै हुन्छ। यस्ता छद्मभेषीबाट बच्न नसकिने हुँदा आफूले सञ्जालमा के हाल्ने–के नहाल्ने भन्ने कुरामा हामी आफै गम्भीर हुनुपर्छ।
उपचार के त?
कुनै युवायुवतीको २४ घन्टाबीच हुने सयभन्दा बढी टि्वटले ती दिनभरि केही गर्दैनन् वा ध्यान दिएर कुनै पनि काम गर्दैनन् भन्ने बुझ्न सकिन्छ। हरेक दिन उनीहरू फेसबुक र अन्य सञ्जालमा पनि त्यत्तिकै सक्रिय देखिन्छन्। त्यस्तै, कुनै अर्थ नलाग्ने साहित्य, बिगारेर लेख्ने नेपाली वा अंग्रेजी शब्द वा वाक्यले त झन् भोलि उनीहरू कुनै पनि भाषामा दुई हरफ लेख्न नसक्ने हुन्छन्। साथै, चौबीसै घन्टा आफू भएको स्थान र एक्लै हिँड्दै गरेका जस्ता प्रचारले उनीहरूकै सुरक्षामा गम्भीर प्रश्न उठ्न सक्छ।
बिहान सूर्योदयदेखि अबेर रातिसम्म प्रेम र यौनका विषयमा चर्चा र सरकार अनि समाजको नकारात्मकताको प्रचारमा लागेका युवालाई राम्ररी सम्झाउनु अत्यावश्यक भइसकेको छ। सबैभन्दा पहिला त मानिस आफैलै बुझ्नुपर्यो अनि समाजले र घरका अभिभावकले बुझाउनुपर्योा, सामाजिक सञ्जाल कति खतरनाक हुन सक्छ भनेर। सामाजिक सञ्जालका कारण भएका अपराधहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ। परिवारका सदस्यहरू एउटै सञ्जालको सदस्य हुँदा पनि गलत वा नकारात्मक कुरा लेख्ने क्रममा धेरै हदसम्म कमी आउँछ। सामाजिक सञ्जालका सक्रिय सदस्य र समाजका प्रबुद्ध वर्गले यो ठीक–यो बेठीक भनेर सञ्जालमै लेखिदिने हो भने पनि समस्या समाधानमा केही मद्दत पुग्छ।