धर्म के हो? यो विषयमा संसारमा धेरै बहस चलेका छन् र मानव जीवनको अस्तित्व रहेसम्म चली नै रहनेछ। कोही यसलाई भगवानको पूजाआजासँग जोडेर अर्थ लगाउँछन् त कोही मानव कल्याण र सेवाको अर्थमा लिन्छन्। शास्त्रीय आधारमा हेर्ने हो भने, धर्मको अर्थ यी दुवै होइन। सेवा वा पूजाभन्दा धर्मको अर्थ बिलकुल पृथक छ।शास्त्रले कुनै पनि तत्वको धारण गर्नुलाई धर्म भनेको छ। के धारण गर्ने भन्नेबारेमा उल्लेख भएको शास्त्रलाई धर्मशास्त्र। यहाँ कहीँकतै पनि धर्मलाई न त भगवानसँग जोडेको पाइन्छ न त मानव सेवासँग। यो त नितान्त मानिसको जीवनशैली हो, मानिसको आदर्श र सिद्धान्त हो। यसअर्थ धर्म भनेको मानिसको कर्म हो, कर्मबाहेक अरु कुनै धर्म हुनै सक्दैन। सबै प्रकारका धर्मशास्त्रले मानिसले के कर्म गर्ने र के नगर्ने भन्छ, अरु केही भन्दैन। कुनैकुनै स्थितिमा भगवानका उदाहरणहरू कर्मको परिभाषा बुझाउन किताबहरूमा उल्लेख भएका हुन सक्छन्, तर भगवानको आराधनालाई नै धर्म भनेको चाहिँ कतै पाइन्न।
स्पष्टरूपमा भन्नुपर्दा, धर्म भनको यस्तो आचारसंहिता हो जसले मानिसका कर्मलाई व्यवस्थित गर्छ। धर्म शब्द आउनेबित्तिकै कर्म स्वतः जोडिएर आउँछ– आउनैपर्छ। अतः कर्म नै धर्म हो, वृत्ति नै धर्म हो। भगवान धर्म हैन र हुनै सक्दैन। भगवान त आस्था हो अनि कसैले कहिल्यै आफ्नो आस्थालाई धर्म बनाउनु हुँदैन। जसले आस्थालाई भगवान बनायो, उसले आफूलाई कर्मबाट बिमुख पार्दै रिस, राग र क्रोधको बाटोमा आफूलाई प्रवेश गरायो भन्दा हुन्छ। किनकि, मानिसले आस्थामाथिको प्रहार खप्न सक्दैन। तर, दैनिक जीवनमा हरेक दिनजसो उसको कर्ममाथि समाजले प्रहार गरिरहेको हुन्छ। त्यस्ता प्रहार खप्दै–सहँदै ऊ आफ्नो कर्ममा निरन्तर लागिरहन्छ र लागिरहनुपर्छ।
धर्मको परिभाषा अझ स्पष्ट पार्नुपर्दा के भन्न सकिन्छ भने, प्रत्येक पदार्थले आफ्नो गुणअनुसारको वृत्तिनिर्बाह गर्नु नै धर्म हो। अब सुन्तला गुलियो हुनु, बिषले मार्नु र मानिसले कर्म गर्नु ती सबैको आआफ्नो गुणअनुसारको वृत्ति हो र त्यही नै धर्म हो। धर्मको कमीबाट पदार्थको गुणको क्षय हुन्छ। बिषले मार्ने काम गरेन भने मान्छेले बिषलाई विश्वास गर्न छाड्छन्, त्यस्तै मानिसले कर्म गरेन भने उसको क्षय हुन्छ। यसअर्थमा धर्म निरन्तरता पनि हो। धर्म स्वभावको परिवर्तनता भने हैन। जहाँनेर कुनै वस्तुको स्वभावको परिवर्तन हुन्छ त्यहाँ उसको धर्म नास भयो भन्ने बुझे हुन्छ। यति कुरा भनिसकेपछि धर्म परिवर्तन हुन्न भनिरहनु परेन। जसले धर्म परिवर्तन हुन्छ भनेर भन्छ, त्यो समाजको सबैभन्दा मुर्ख हो। कहीँकतै मानिस क्षणिकरूपमा भएको आस्थाको परिवर्तनलाई धर्म परिवर्तनको संज्ञा दिन्छन्। तिनीहरू त धर्म र आस्थाको अर्थ र मान्यता नबुझ्ने मान्छे हुन्। धर्म माया पनि हो। किनकि, मानिसले गर्ने सबैभन्दा पवित्र कर्म भनेकै माया हो र यो निरन्तर हुन्छ, मायामा कुनै परिवर्तनको सम्भावना हुन्न। मायाले मानिसको स्वभावमा अर्थ राख्छ, तसर्थ जहाँ माया हुन्छ, त्यहाँ धर्म हुन्छ।
मानिस भएका र देखिने तत्वसँग कहिल्यै डराएन। तर, ऊ सधैँ नदेखिने अनि छ र छैन थाहा नभएकासँग डराइरह्यो। तसर्थ, विगतमा धर्मलाई भगवानसँग जोडेर हेर्ने काम भयो। यो परम्परा यसरी मौलायो कि कालान्तरमा धर्मको पर्याय भगवान र भगवानको पर्याय धर्म हुनपुग्यो, यो गलत हो। आज पनि मानिसलाई कुनै काम गराउन वा नगराउन पर्यो भने समाज देखाएर हुन्न बरु भगवान नै देखाउनुपर्छ। यो एकमात्र कारण हो मानिसले भगवान अनि पूजापाठलाई धर्म मान्न थाल्यो। यो विश्वास हजारौँ वर्षअघि सुरु भएको र परम्पराजस्तै भइसकेकोले यसलाई मानिसको जीवनबाट हटाउन पनि अझै धेरै समय लाग्छ। तर, बुझेकाले कोसिसचाहिँ छाड्नु हुन्न। किनकि समाजमा अब कुनै कर्म नगरी भगवानको नाममा केही गरी वा नगरी खाएर बस्न हुन्न। यसको अर्थ धर्मको रूप कर्तव्य कर्ममात्रै हो भनेर बुझ्नुपर्छ।
परम्परादेखि नै केही मानिस धर्मलाई विभिन्न रूप र प्रयोगको वस्तुमा विकास गर्नुपर्छ भनेर लागिपरे, तर त्यो धार त्यति सफल हुन सकेन। उनीहरू धर्मलाई एकातिर कुनै वस्तुको विधान गर्ने विधि नै हो भनेर यसको वास्तविक रूपको परिचर्चा गर्न थाले। तर, एकैसाथ अर्कोतिर यो शब्दलाई भगवान शब्दसँग जोड्न थाले। यसरी एउटै प्रकारका मानिसबाट धर्म शब्दको अर्थ बिगारिदिनाले सामान्य मानिस रनभुल्लमा पर्नु स्वाभाविकै हो। साथै, शब्दकोशले पनि कुनै महापुरुषले चलाएको मत वा सम्प्रदायलाई धर्म मानेर यसको अवमूल्यन गर्ने काम गरेको छ। वास्तवमा त्यस्ता मत धर्म नभई आस्था हुन्। महापुरुषहरूले स्वतन्त्ररूपमा धर्म कहिल्यै चलाएनन्, उनीहरूले त धर्मको नाम भजाएर आस्था चलाए र मानव जातिलाई डर देखाउने काम गरे। पाप र पुण्यको फलको कारण बताएर कर्मलाई व्यवस्थित गर्ने कार्य गर्न खोज्दाखोज्दै मानिसले कर्म एकातिर पन्छायो र धर्मको नाममा आस्थालाई केन्द्रबिन्दु बनाएर काम गर्न थाल्यो।
समाजमा कुन शब्दको अर्थ के हो भनेर बुझाउने काम जहिले पनि सिद्धान्तमा चल्ने मानिसको हुन्छ। यदाकदा ऊ चिप्लिँदा समाजको गति बक्ररूपमा परिवर्तन हुन जान्छ। यहाँ पनि समाजले गरेको सबैभन्दा ठूलो गल्ती यही नै हो। जतिजति धर्मको रूपमा भगवानको रूपसँग हेरेर चर्चा गरिन्छ त्यति नै वास्तविक धर्मको ह्रास हुन्छ। जब धर्मको ह्रास हुन्छ, त्यहाँ रुढीबादी अनि अन्धविश्वासले स्थान पाउँछ। विज्ञानका तर्कहरू बेकार लाग्छन् अनि कुनै महापुरुषले भनेका शब्दले मानिसलाई यति प्रभाव पार्छ कि ऊ संसारलाई धमिलो देख्न थाल्छ। उसका हरेक कर्म भगवानसँग जोडिएका हुन्छन् र भगवान कर्मसँग। जुन दिन ऊ भगवानबाट विमुख हुन्छ त्यही दिनबाट ऊ कर्मबाट पनि विमुख हुन्छ।
मानिसको स्वभाव हो, दुःखमा भगवान पुकार्ने अनि खुसीमा बिर्सने। जब कुनै मानिसले आफ्नो कर्मलाई धर्मसँग जोडेको छ र धर्मलाई भगवानसँग, ऊ भगवानसँग विमुख भएकै दिन उसका सबै कर्म कुकर्ममा परिवर्तन हुन पुग्छन्। तर, यदि कसैले धर्मलाई कर्मसँग मात्र जोडेको हुन्छ, उसका सबै कर्म सदा निरन्तर हुन्छ र ऊ सदैव धर्मात्मा हुन्छ।
धर्मका केही लक्षण छन्। धर्मका लक्षणलाई विद्वानहरूले ३ भागमा वर्गीकरण गरेका छन्– सुन्नु, मनन गर्नु र सदाचारी हुनु नै यसका लक्षण हुन्। राम्रा जीवन सिद्धान्तका कुरा सुन्ने, ती कुराको मनन गर्ने र मनन गरेको कुरालाई व्यवहारमा उतार्नु नै धर्मका लक्षण हुन्। धर्मका लक्षणको पालना गर्नाले समाज समुन्नतितर्फ जान मद्दत हुन्छ। यी ३ लक्षणलाई नै धृति, क्षमा, बुद्धि, शौच, इन्द्रीय निग्रहजस्ता योगका १० लक्षण भनेर विद्वानहरूले अर्थ लगाएको पाइन्छ। जति, जे र जुनसुकै सम्प्रदायसँग सबन्धित शास्त्र पल्टाए पनि धर्म शब्द भगवानसँग जोडिएको पाइन्न। यो मानव आफुसँगै सम्बन्धित शब्द हो र यसको पालना आफूले आफ्नै लागि गर्नुपर्छ। डर वा मरेपछि स्वर्ग जानको लागि भनेर गरिने धर्म ढोंग हो, जसलाई कर्मको रूपमा परिभाषित गर्न हुन्न र सकिन्न।
मानिसको शरीर धर्मको साधन हो र धर्मको साध्य कर्म हो। जसरी कुनै कर्म गर्न साधनलाई जहिले पनि काम गर्न सक्ने अवस्थामा राख्नुपर्छ, त्यसैगरी कर्मरूपी धर्म गर्न मानिसले आफूलाई शारीरिक र मानसिकरूपमा स्वस्थ राख्नुपर्छ। शारीरिकरूपमा स्वस्थ हुन आहारविहार र व्यायामको नियमियतामा ध्यान दिनुपर्छ भने मानसिकरूपमा स्वस्थ हुन सत्यतालाई ग्रहण गर्नुपर्छ। झुटको सहारामा बाँच्ने मानिस कुनै कर्म गर्न सक्षम हुन्न र उसले गरेका सबै कर्म धर्म हैन, अधर्म हुन पुग्छन् र ऊ अधोगतितर्फ लाग्छ। धर्मको ह्रास भनेको आफ्नो र सन्ततिको ह्रासको पहिलो पाइला पनि हो।
जब मानिसको शरीर र मन स्वस्थ हुन्छ, तब उसलाई ऊर्जा प्राप्त हुन्छ। सकारात्मक ऊर्जा नै कर्मको बीज हो। सकारात्मक ऊर्जाबाट प्राप्त कर्मले धर्म दिन्छ र समाज कल्याण गर्छ। समयसँगै धर्मको अर्थ परिवर्तन गर्ने प्रयास गरियो। जब यो शब्दको सृजना भयो, यसलाई सबैले कर्म वा कर्तव्य कर्मकै रूपमा बुझे र पालना गरे। तर, समयसँगै यसको अर्थ आचारसंहिताको रूपमा विकास भयो। यो शब्द बन्धनकारी शब्द बन्न गयो। अब अहिले आएर गलत बुझाइका कारण जब धर्म शब्दले आआफ्नो आस्थाअनुसार मानिने भगवानसँग यो शब्दलाई हेर्न थालियो। यसले यो शब्दलाई विश्वास शब्दको पर्याय बनाइदियो, जुन सरासर गलत हो। धर्म विश्वास हुँदै हैन र कसैले यसलाई आफ्नो विश्वास बनाइरहेका छन् भने त्यो बाटो तुरुन्त त्याग गर्नुपर्छ।
यति भनिसकेपछि एउटा गम्भीर प्रश्न उठ्न सक्छ– के भगवानप्रति आस्था नराख्ने? जवाफ स्पष्ट छ, आस्था राख्ने तर धर्म र आस्थालाई नजोड्ने। आस्थाले जीवन बाँच्न प्रेरणा दिन्छ भने धर्मले कर्म गर्न। दुवै मानव जीवनका अपरिहार्य तत्व हुन सक्छन्, तर यी अलगअलग प्रकृतिका हुन्। जब यी दुईलाई जोडेर कर्म गरिन्छ तब दुवैको ह्रास हुन्छ। न त्यो मानिसले धर्म गर्न सक्छ न त आस्थालाई जीवित राख्न सक्छ! तसर्थ, कर्म गर्दा धर्म सम्झौँ अनि आस्थामा भगवान। कहिले पनि र कुनै पनि स्थितिमा दुईलाई नजोडौँ, जीवन खुसी बनाऔँ।