सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पछिल्लोपटक सतहमा देखिएको विवाद अध्यक्ष र सदस्यबीचको मात्र हो भनेर कम आँक्न सकिन्न। सबैभन्दा पहिले त यो आयोगको आवश्यकता किन महसुस भयो भनी बुझ्नु आवश्यक छ।आयोग गठनमा धेरै लामो समयसम्म तत्कालीन विद्रोही एमाओवादी (त्यो बेला माओवादी) र राज्य दुवै पक्ष उदासीन थिए। सरकार र बृहत शान्ति सम्झौतापछि मुलुकको राजनीतिक मूलधारमा आएको पूर्वविद्रोही दलले आयोग गठनको विषय सुन्नै चाहेनन्। गठन गर्ने समझदारी गरे पनि परपर सार्ने काममै आफूलाई व्यस्त गराए तर यसको गठनका निम्ति चारैतिरबाट आवाज उठिरह्यो। विशेषगरी द्वन्द्वका दुवै पक्षको चेपुवामा परेका पीडितको आवाजलाई सधैं कुल्चिन सक्ने स्थिति रहेन। त्यति मात्र होइन, द्वन्द्वको शान्तिपूर्ण रुपान्तरणतर्फ मुलुक गएको हो भने पीडितका आवाज नसुनी सुख थिएन। आयोग गठन हुनै नदिने, गठन भइहाले पनि त्यसलाई कमजोर बनाउने रणनीति सरोकारवालाको थियो। धेरै ढिलो गरी आयोग गठन भयो। यद्यपि, त्यसलाई काम गर्न सक्ने गरी प्रभावकारी ढंगले अघि बढाएको अनुभव भएको छैन।
झन्डै एक वर्ष लामो निद्राबाट आयोग ब्युँझिएर द्वन्द्वकालीन घटना भएका ठाउँहरूको भ्रमण गर्ने काम सुरु भयो। आयोगका अध्यक्ष तथा सदस्यबाट नेपाली सेनाबाट माओवादी मारिएका ठाउँ अध्ययन भ्रमण भयो। तर, अचानक चितवनको बाँदरमुढेमा अध्ययन गर्न जाने कार्यक्रम रोकियो। त्यो भ्रमण रोकिएको समाचार सार्वजनिक भएपछि आयोग अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य माधवी भट्ट पराजुलीबीचको विवाद चुलियो। आयोग प्रवक्तासमेत रहेकी भट्टलाई त्यो जिम्मेवारीबाट मुक्त गर्दै अध्यक्ष आफैंले अधिकार केन्द्रित गरे। अध्यक्ष गुरुङलगायत आयोगका अन्य सदस्य मिडियामा जानु नहुने र सबै काम गोप्य ढंगले गर्नुपर्ने पक्षमा देखिए। तर, यो आयोगले पीडितलगायत समाजका सबै पक्षको विश्वास जित्नुपर्ने भएकाले पारदर्शिता यसको अभिन्न अंग बन्न जान्छ। निसन्देह आयोगमा पारदर्शिता नहुने हो भने यसबाट अन्तर्राष्ट्रिय मापदण्डअनुकूलको काम हुन्छ भन्ने विश्वास गर्न नसकी विरोधमै रहेका पीडित पक्षलाई आफ्नो आशंका पुष्टि गर्न बल पुग्ने देखिन्छ। त्यसैले सत्यनिरुपण र मेलमिलाप आयोगले सबैभन्दा बढी जनविश्वास आर्जन गर्नुपर्छ। त्यति मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई समेत यो आयोगबाट भरलाग्दो काम भएको आश्वस्तता दिलाउनुपर्छ। त्यसरी काम भएन भने यो आयोग मात्र होइन, यसका सदस्यहरूको विश्वसनीयता समेत समाप्त हुन्छ।
जघन्य अपराधका मुद्दामा समेत आममाफी गराउने प्रयास सरोकारवाला माओवादी र सरकारी दुवै पक्षले पटक–पटक कोशिस गरेको अनुभव हामी सबैलाई भएको छ। नागरिक समाज र पीडितको निरन्तरको खबरदारीले मात्र यो रोकिएको हो। द्वन्द्वकालका घटनालाई कोट्ट्याइए अपेक्षित शान्ति प्राप्त हुँदैन भन्ने भावना राजनीतिको मूलधारमा पुगिसकेका वा सत्ताप्रवाहमा रहेकालाई लाग्न सक्छ तर मुलुकले दिगो शान्ति पीडितका आँसुलाई बेवास्ता गरेर प्राप्त गर्न सक्दैन। बरु यसले हिंसाहत्याको अर्को शृंखला सुरु गर्न चाहने समूहलाई प्रोत्साहित गर्छ। मानवताविरुद्धको अपराध राजनीतिको आवरणमा छोपियो भने त्यसको जवाफदेही भविष्यमा हुनुपर्छ भन्ने सन्देश आयोगका कामकारबाहीबाट दिनुपर्छ। हो, पीडितले चाहे पीडकलाई माफी दिने प्रक्रिया अवलम्बन गर्न सकिने कानुनी व्यवस्थामै छ तर आयोगले कुनै एक पक्षको अभीष्ट पूरा गराउने नियतले काम गर्न सक्दैन। द्वन्द्वका जघन्य घटनामा माफी दिन सकिन्छ तर तिनलाई बिर्सन सकिन्न। त्यसकारण नै यो आयोगको दायित्व सत्यको निरुपण हो। सत्यनिरुपण नगरी हिजोका घटनामा मेलमिलाप हुन सक्दैन। पीडितलाई बेवास्ता गरेर हासिल गरिने शान्ति फोस्रो हुन्छ। सत्यनिरुपण र मेलमिलापको अभ्यास गरेको दक्षिण अफ्रिकाबाट हामीले पक्कै पनि शिक्षा लिएका छौं। आयोग सदस्यहरूले आफूलाई नियुक्त गर्ने दलहरूको सुविधाअनुसार काम गर्न थाले भने त्यसले अपेक्षित परिणाम ल्याउँदैन। त्यसले उनीहरूलाई अर्को नियुक्तिका निम्ति मात्र योग्य बनाउन सक्छ। आयोगका जिम्मेवार अध्यक्ष र सदस्यले पारदर्शिता अपनाउँदै सर्वमान्य ढंगले कामकारबाही अगाडि बढाउन सक्नुपर्छ।