सङ्कटग्रस्त राजनीति रानो हराएको मौरीको दिग्भ्रान्त गोलोतुल्य भएको थियो। बाटो देखाउने अगुवा दृश्यपटलबाट अलप हुँदा सर्वत्र अन्योल, कलह र कोलाहल व्याप्त थियो। दलहरूको आपसी कलह, द्वन्द्व र विनाशमा मात्र आफ्नो भविष्य उज्यालो देख्ने पश्चगामीहरू मखलेल थिए। माउ दलका माउ नेता सँगै बसेर बातचित गरी टुटेको मितेरी साइनो गाँस्ने चौतारी थिएन। कहिले गिरिजाबाबु र प्रचण्ड अन्धकारको बर्को ओडेर लुक्दै बात मार्न पुराना दरबारिया नोकरशाह लोकमान सिंह कार्कीको खोपीमा सुटुक्क छिर्थे। कहिले प्रचण्ड गिरिजाबाबुको दर्शन गर्न तिलस्मी शैलीमा सिंहापुर हानिन्थे। आखिरमा भेटघाट गरी बात मार्ने र बेमेल राजनीतिलाई मेलमिलापको बाटोमा फर्काउने संयन्त्र बन्यो। लामो समय कनेर बनेको यो संयन्त्र शुभसूचक थियो। तर, यो बनेकोमा खुसी मनाउनै नपाई यसमा अशुभ दृष्टिगोचर भयो। अशुभको कारण हो, यसका कर्ता त्रयको दयनीय दलीय हैसियत।
'उच्चस्तरीय' भनिएको यो संयन्त्र यथार्थमा उत्पीडित संयन्त्र हो। यो उत्पीडित त्रिमूर्तिको निम्छरो संयन्त्र हो। गिरिजाबाबु काङ्ग्रेसका सभापति हुन्, सभापति होइनन्को हालतमा छन्। तिनको दलका कतिपय राजावादी उनको बाह्रबुँदे कृतिमाथि तरबार चलाउन कम्मर कसेर तम्सेका छन्। पश्चगामीहरूको बोलीमा लोली मिलाउँदै सङ्घीयताविरुद्ध ती कुर्लिँदा छन्। गिरिजाबाबुमाथि माओवादीको लहैलहैमा लागेर गणतन्त्रको उद्घोष गर्दै काङ्ग्रेसलाई घर न घाटको बनाएको फत्तुर लगाउँदै ढलेको सिंहासन हेरेर ती रोइरहेका छन्। उता काङ्ग्रेसका कुर्सीमार्गीहरू पिताश्रीले पुत्रीलाई पद टक््रयाएर आफ्नो भाग हरण गरेकोमा हुनुसम्म क्षुव्ध छन्। दलको लोकतान्त्रीकरणको नाउँमा यी पिताश्रीलाई निस्तेज तुल्याउन दलभित्रको ठूलै जम्बोरी पसिना काड्दै यत्नरत छ। उत्पीडित गिरिजाबाबु वृद्ध र कृषकाय त यसै छँदैछन्।
एमाले माउ झलनाथ खनालको हरिबिजिोक झनै भयानक छ। हुनलाई ती दलका निर्वाचित अध्यक्ष हुन्, तर हुन् नाममात्रका सजावटी अध्यक्ष। अध्यक्षको कुर्सीमा ती छन्, अध्यक्षको अदृश्य कार्यकारी लगाम केपी शर्मा ओलीका हातमा छ। उनै केपी ओलीका हातमा जो आन्दोलनताका संविधानसभा र गणतन्त्रका ज्यानी दुस्मन थिए। उनै ओलीका हातमा जो अहिले सेना समायोजनविरुद्ध हुंकार गर्दै लोकतन्त्रको ढाड सेकाउन शाही संस्कारको धङधङीबाट मुक्त भइनसकेको सैनिक नेतृत्वलाई उचाल्दै हिँडेका छन्। माध्यम विद्या भण्डारी छिन्। पाठ केपी ओली घोकाउँछन्। तयारी पाठ जङ्गी अड्डाबाट आउँछ। नाउँले अध्यक्ष खनाल आफ्नो दलको संसदीय टोलीका नेता हुन्। तर ती हुनुपर्ने प्रधानमन्त्रीको कुर्सीमा बुद्धि र हुती, इच्छाशक्ति र निर्णय क्षमता, इख र इमान, लाज र सरमका अतिशय गरिब श्री माधवकुमार नेपाल छन्। झलनाथका भागमा अख्तियारी र पद दुबै फाँटमा उत्पीडनको चाङमात्र परेको छ।
उता एनेकपा माओवादीका प्रथम पुरुष प्रचण्ड छन् झनै उत्पीडित। यिनमाथिको उत्पीडन बहुआयामिक छ। यिनमाथि चौतर्फी घेराबन्दी, आक्रमण र आखेटको उत्पीडन त यसै छँदैछ, यी आफ्नो अनियन्त्रित आवेग र खुकुलो जिब्रोबाट पनि उत्पीडित छन्। शाही ताबेदारहरूलाई 'राष्ट्रवादी' भनेर बोक्दा यिनका काँध चर्को उत्पीडनमा परेका छन्। पार्टी पदको दीर्घजीवन, प्रधानमन्त्रीय गद्दीको मोह वा प्रतिष्ठाको हानथाप केले गर्दा हो थाहा छैन प्रचण्ड आफ्नो चुल्बुले जिब्रोबाट फुत्किने बन्धुघाती अभियोगबाट पनि उत्पीडित छन्। परनिर्मित र स्वनिर्मित उत्पीडनको आघातले थला परेका प्रचण्ड आफ्नो दलमा कति निर्णयकारी हैसियत राख्छन्, भन्न गाह्रो छ।
यी उत्पीडित त्रयको उत्पीडित संयन्त्र जब बन्यो, माधव नेपालले आफ्नो गद्दीबाट पुतपुत धुवाँ उडेको देखे। अशक्त, अकर्मण्य र निरीह माधवलाई माध्यम बनाएर राजनीतिको दुनो सो‰याउन लागिपरेकाहरू तिल्मिलाए। संयन्त्रमाथि ती खनिए। तिनले नौ सिङ्गे कानुनको तुलोमा संयन्त्रको वैधानिकता जोखे। यो समानान्तर शक्ति केन्द्र हो भनेर ती बम्किए। तिनले यो माधव सरकारलाई धुलिसात् गराउने खेल हो भने। मानौ, माधव सरकार साक्षात् भगवान् हो, जसलाई धुलिसात् गराउँदा सृष्टिको चक्र नै ठप्प हुन्छ।
यी माधवभक्त गुरुजीहरूको आशंका र भय सही हो। दम भए उत्पीडित संयन्त्रले गर्नुपर्ने पहिलो काम नै माधव सरकारको खारेजी र सहमतिको सरकारको बहाली हो। प्रश्न छ, माधव सरकार कसको हो? यो सरकारको पंगुपना र अनैतिकताको अर्थ यही प्रश्नको उत्तरबाट खुल्छ। सोझो चित्तका एमालेहरूलाई लाग्दो हो, यो एमालेको सरकार हो। यो सरासर तिनको भ्रम हो। माधव सरकार कांग्रेसको एमाले सरकार हो। प्रधानमन्त्रीको कुर्सीमा एमालेका माधव छन्, कुर्सीको लगाम छ कांग्रेसका हातमा। जब कुर्सी हल्लिन्छ, माधव हाँफ र झाँप गर्दै कुदेर गिरिजाबाबुका चरण स्पर्श गर्न पुग्छन्। जब कुर्सी हल्लिन्छ, माधव आतेसको भावमा सहारा खोज्दै दिल्ली, बेइजिङ र वासिङटनतिर पल्याकपुलुक हेर्छन्। माधवको नितम्बमुनि गद्दी छ, अधिकार एकरत्ती छैन। प्रधानमन्त्रीको गद्दीमा उनी फगत ढोडका लौरो हुन्। टेक्न नमिल्ने, बाटाको झारपात पन्छाउन नमिल्ने, बाटाका सर्पहरूमाथि बजार्न पनि नमिल्ने।
काङ्ग्रेसको माधव सरकारले केही गतिलो काम गरे जसको भुँडे भाग काङ्ग्रेसलाई जान्छ। यसले नकाम गरे अपजसजति एमालेका थाप्लामा ओइरिन्छ। यसले गरिआएको, गरिरहेको र गर्ने त नकाम, नकाम र फेरि पनि नकाम न हो। नागरिकहरूको तिरोबाट सञ्चित राज्यको ढुकुटी रित्याउनुसिबाय सरकार नाउँको माधवीय बगालले अरु के गरेको छ? जोक्करतुल्य माधव सकारका दुई शक्ति केन्द्र छन्। एउटा माधवको खल्तीमा, अर्को विद्यादेवीको पोल्टोमा। माधवको शक्ति केन्द्र सर्वथा शक्तिहीन छ, विद्याको शक्ति केन्द्र छ भयङ्कर शक्तिसम्पन्न । विद्या लोकतन्त्रको शान्तिपथमा तेजाब वर्षा गर्छिन्। माधव निस्तेज मुद्रामा ट्वाँ परेर हेर्छन्। विद्या दलहरूले गरेका सहमतिमा आगलागी गर्दै हिँड्छिन्। माधव मरेको मुख लाएर कन्सिरी कन्याउँदै लाचारीपूर्ण उछ्वास पोख्छन्। विद्या नागरिकहरूमाथि सैनिक बूट बजार्न ज्यान फालेर लागिपरेकी छिन्। चिन्ता र चेष्टाशून्य माधव प्रधानमन्त्रीको गद्दीमा हाई काड्दै र उङदै समय बियाँलिरहेका छन्। माधवमा न विद्यालाई बर्खास्त गर्ने हुती छ न त आफ्नो नालायकी स्वीकार गरी गद्दी त्याग्ने नैतिकता नै छ।
काङ्ग्रेसका प्रधानमन्त्री माधवको चरित्र हेरेर लोकले दुईटा घतलाग्दा ठट्टाको रचना गरेको छ। ठट्टा भन्छ - माधव नेपाल जब जगत्सामु आफ्नो अनुहार देखाउँछन्, पटकैपिच्छे एमालेका पाँच सय भोट घट्छन्। माधवका एकजना दारीधारी सल्लाहकार जब लोकलाई अफ्ना वाणी प्रदान गर्छन्, पटकैपिच्छे एमालेका एक सय भोट घट्छन्। लाग्छ, सत्तामा माधव सरकारको अस्तित्व जति बढी दिन घिसारिन्छ, एमालेलाई त्यति नै बढी घाटा हुन्छ। माधव सरकारका दुई शक्ति केन्द्र एमालेलाई दुई चिरा पार्ने धारिला छुरा हुन्। छुरा अहोरात्र क्रियाशील छन्। माधव प्रधानमन्त्रीको गद्दीमा बसीबसी विद्यादेवीलाई बेलगाम हुन दिएर एमालेको सैन्यवादी छवि निर्माण गरिरहेछन्। यी यावत् विनाश लीलाबीच माधव सरकार लोकतन्त्रलाई घोप्टे भीरको थाप्लोतिर डोर्याइरहेको छ। अचम्म लाग्छ, आफ्नो दललाई घाटासिबाय कुनै योगदान नगर्ने माधव सरकारलाई गद्दीबाट पन्छाउन एमाले महलमा चेत, चिन्ता र चेष्टा किन नदेखिएको होला?
माधव सरकारको शिघ्रातिशिघ्र अवसान र सहमतिको सरकारको निर्माणमा मात्र शान्ति र संविधानको कल्याण छ। नेता त्रयको उत्पीडित संयन्त्र यसबारे के गम खाँदो हो कुनि?