टिकटकमा तीजको महत्व
११ भदौ २०७९
•
६ मिनेट पाठ
टिकटकमा तीजको महत्व
वास्तवमा पहिले पहिले तीज नजिकिनुको अर्थ नै विवाहित महिलाका लागि नयाँ सारी चोलीको अपेक्षा हुन्थ्यो। चेली माइत आउने भनेर माइती पक्षले चेलीबेटीलाई आफ्नो गच्छेअनुसारको सारी चोली किनेर राखेका हुन्थे। रातो पहिरन हिन्दु महिलाको सौभाग्यको परिचय त्यसैले पनि आफ्नी चेलीको सौभाग्य अटल रहोस्, श्रीमान् श्रीमतीबीचको सुन्दरता र प्रेम जीवित रहोस् भन्ने भावले तीजका गीत पनि त्यस्तै भावपूर्ण रचिएका हुन्थे।  




रातो चुरा रातो सारी रातै टीका लाएर  

चिटिक्कै परेकी म उनकै लागि हो  

के वास्तवमै अब नेपालीहरू आर्थिक रूपमा सम्पन्न र विकसित भएकै कारण आफ्नो पारिवारिक भावना र प्रेमभन्दा देखासिकी र प्रविधिमैत्री बनेका हुन् त ? त्यसकै परिणाम तीजे भाका, तीजका पहिरन र स्वरूप फेरिएर नृत्य र गीतको मौलिकता टिकटकतिर रूपान्तरण भएको हो त ?

चाहिन्न मलाई हङकङको सारी  

चाहिन्न मलाई जापानको सारी  

एउटा मोबाइल किन्देऊ बुढा  

टिकटक बनाउँछु  

हिन्दु धर्मको प्रचलन र आस्थाअनुसार तीजको व्रत एवम् उपासना गर्नु श्रीमतीले श्रीमान्प्रति दर्शाउने प्रेमको अभिव्यक्ति पनि हो। श्रीमान्को दीर्घायुको कामना गर्नु नराम्रो कसरी हुन्छ र ? हामी जे सोच्छौं, त्यही हुन्छ। त्यसैले शुभ भाव, प्रेम भाव र आस्थाका भावना तीजे गीत र भाकामा छचल्किन्छन्। टिकटक अकाउन्ट नै नभएका हामीजस्ता र आमाहरूका लागि त तीज त्यत्तिकै आफ्नो श्रद्धा र पारिवारिक पर्व नै हो। तीजको ट्रेन्ड टिकटकमा नभेट्नेहरूका लागि पनि तीजको मौलिकता उति नै प्रिय छ।

तीजको व्रत बस्छु म त खान्न पानी पनि  

बर माग्छु स्वामीज्यूलाई केही नहोस् भनी

मै राम्री भएको तिम्रै लागि हो  

मै मन्दिर गएको तिम्रै लागि हो...

भक्तिभाव र ऋतुअनुसारको पर्व  

नेपाली संस्कारमा मनाइने हरेक पर्व ऋतु र मौसमअनुसार आफ्नै सन्देश बोकेर आएका हुन्छन्। हिन्दु नारीहरूको एक महŒवपूर्ण पर्वका रूपमा चिनिने तीज पर्व बिल्कुल पारिवारिक पर्व हो। नेपाल कृषिप्रधान देश हो। हाम्रो जीवनयापनको माध्यम नै कृषि थियो र अहिले पनि छ। सहरी क्षेत्रमा बस्ने केही प्रतिशत व्यापारी र नोकरीमा लागेका जनसङ्ख्यालाई मात्र हेरेर हामी पूर्णतया परिवर्तन भएका छौं भन्न मिल्दैन। वर्षा ऋतुमा पर्ने यो पर्व वर्षे खेतीपाती विशेषगरी धान रोप्ने, गोडमेल गर्ने काम सकेर थोरै फुर्सदको अनुभूति गरी बिहे गरेर कर्मघर गएका चेली माइतीघर फर्की आराम गर्ने एउटा अवसर पनि हो तीज। धार्मिक पुराण र किंवदन्तीमा शिव पार्वतीको प्रसङ्गलाई उल्लेख गरेर पार्वतीले शिवको आराधना गरेको प्रसङ्ग पनि प्रेम र परिवारसँग नै जोडेर हेर्न सकिन्छ। अहिले आधुनिकता र सम्पन्नताका आधारमा तीजको लवाइखुवाइमा परिवर्तन आएको भए पनि यसको मौलिकता आफ्नै छ।  

वर्षा ऋतुमा प्राप्त तरकारी, फलफूलको प्रयोग गर्ने र महिलाहरू आफ्नो सौभाग्यमा सजिएर प्रसन्नता र प्रफुल्लता अभिव्यक्त गर्ने एवम् पारिवारिक जमघट गर्ने एउटा महŒवपूर्ण अवसरको पर्व हो। वर्षाभरि पानीमा भिजेर खेतीपातीमा लगाएको शरीरलाई चिसोबाट मुक्त गर्न अनदीको चामललाई घ्युमा फुराएर खाजा अर्थात् चाम्रे भात र साथमा कर्कलो, करेला, भिन्डी, घिरांैलाजस्ता मौसमी तरकारी र वर्षाको समय दुध पनि प्रशस्त उपलब्ध हुने हुँदा खिरको परिकार बनाएर खाने प्रचलन यसको मौलिकता हो। खेतीपाती गर्दा सफा र नयाँ कपडा अवश्य लगाइँदैन। त्यसैले साँचेर राखेको रातो सारी, पोते, चुरा, सिन्दुर लगाएर पर्वोत्सव मनाउने गरेका हुन् हाम्रा हजुरआमा, आमाहरूले। गहना र कपडाको देखासिकी र बढीबढाउ नगरीकन पनि हाम्रा हजुरआमा, आमाहरूले पर्वको महŒवलाई कायम राखेका थिए। श्रीमान्को नाममा व्रत बस्नु प्रेमको अभिव्यक्ति हो, मन्दिर जानु श्रद्धा र भक्तिको परिचय हो भने उपवास वैज्ञानिक हिसाबले शरीरलाई सफा राख्ने एउटा अवसर हो। पर्वलाई तोडमोड गरेर जति तडकभडक बनाए पनि भित्रबाट मन प्रसन्न र प्रफुल्ल छैन भने बाहिरी शृङ्गार र देखावटी केही दिनको क्षणिक अभिव्यक्ति मात्र बन्न जान्छ। पहिरनले कसैको परिचय झल्किँदैन। 

वास्तविक परिचय त व्यक्तिको प्रेमिल, करुणादायी भावना, निष्कपट, स्वच्छ मन, सहयोगी भावना र आफैमा सुखी अनि आनन्दित रहने गुणबाट प्रस्टिन्छ। तीजको अर्को मौलिकता भनेको वर्षभरि साँचेर राखेका, हृदयबाट सृजित भएका भावनाहरूलाई तीजे लोकभाकाको माध्यमबाट प्रस्तुत गरी लोक नृत्यको माध्यमबाट आफूभित्र रहेका कुण्ठालाई छताछुल्ल पारी खाली हुनु हो। जसरी भाँडामा रहेको पुरानो चिजलाई नफ्याकी नयाँ सामान राख्न योग्य हुँदैन, त्यसैगरी मनरूपी भाँडोभित्र रहेका पुराना कुण्ठालाई नफ्याकी नयाँ शुद्ध विचार आउने अवसर रहँदैन। भावनात्मक अभिव्यक्ति तीजे गीतका मौलिकता हुन्। जसमा परिवारका गुनासा, खुसी, दिदीबहिनीको प्रेम, आमाबुबा र दाजुभाइको महŒवलाई आफ्नै रचनाबाट प्रस्तुत गरिन्छ। यी रचना हृदयबाट प्रस्फुटन हुन्छन्। निर्मल, कोमल, स्वच्छ, नैतिकवान् र पारिवारिक परिवेशमा समेत सुन्न सकिने र सुन्दा हृदयको झङ्कार र आँखाबाट आसु झर्ने खालका हुन्छन्। के आजकल प्रस्तुत हुने तीजे गीतले यस्तो महŒवलाई समेट्न सकेका छन् त ? के आजकल मनाइने तीजको दर÷खानपान र लवजले हाम्रो संस्कृति र मौलिकतालाई जीवन्त राखेका छन् त ?  

व्यावहारिक र सहज पर्व बनाउनुपर्छ तीजलाई  

हाम्रा पर्व र तिनलाई मनाउने तरिका सामाजिक, आर्थिक, भावनात्मक र पारिवारिक रूपमै व्यावहारिकता झल्किने खालको हुनुपर्दछ। तीजलाई कहाँ र कसरी मनाउने भन्ने मुद्दामा अल्झिनुभन्दा पनि यो प्रत्येक घरको पारिवारिक पर्व भएकाले आफूले कसरी यसलाई सरल, सहज र नैतिकवान् भएर महŒवका साथ मनाउन सकिन्छ, त्यसमा ध्यान दिनु उपयुक्त हुन्छ। हाम्रा पर्वले सहरमा बस्नेहरूको मात्र प्रतिनिधित्व गर्दैनन्। हाम्रो गाउँ, हाम्रो ठाउँ, हाम्रो पहिचान के हो भन्ने कुरालाई आजै भुलिहाल्न सकिने अवस्था छैन। सहर पस्नु रहर नभएर बाध्यता भएकाहरूले आफ्नो वास्तविकतालाई भुल्नु व्यावहारिक र दीर्घकालीन समाधान पक्कै होइन। ऋतु, मौसम, प्राकृतिक सुन्दरता र स्वभावलाई सम्झाउन आउने पर्वहरूलाई अप्राकृतिक तरिकाले मनाउन थाल्यौँ भने हाम्रो संस्कार कु–संस्कारमा धकेलिन सक्छ। नजानिँदो तरिकाले हामीले नै अप्राकृतिक जीवनशैली र तडकभडकलाई प्रश्रय दिइरहेका छौँ र जसको सिकार हामी आफै पनि भएका छौँ।  

जीवनशैली र संस्कारको परिचय बन्नुपर्छ तीज

आफ्नो जीवन बाँच्ने तरिका र शैली आफ्नै स्वतन्त्रतामा हुन्छ। तर, जब सामाजिक पर्व, पारिवारिक पर्व र पारिवारिक महत्व सँगै जोडिएर आउँछन् भने त्यसको संस्कार कायम राख्न हाम्रो पहिरन, लवाइखुवाइ र जीवनशैलीले अरूलाई सकारात्मक प्रभाव पार्न सकोस् र सही सन्देश दिन सकोस्। त्यता पनि ध्यान दिन सक्यौँ भने असल संस्कारको परिचय दिन सक्छौँ। कस्तो खाने, कस्तो लगाउने, कस्तो जीवनशैली अरूका सामु प्रस्तुत गर्ने र यसले हाम्रो स्वास्थ्य, मनस्थिति र परिस्थितिलाई कतातिर लैजान्छ भन्नेसमेत थाहा पाउदैनौँ भने हामीले खोज्ने समृद्धि कस्तो खालको होला ? अधिकार र स्वतन्त्रताको नाममा आफ्नो मौलिकता नै गुम्छ कि भनेर ख्याल गर्नुपर्ने समय आएको छ। विकासको परिचय त आफ्नो आत्मविकासमा खोज्नुपर्दछ। दुईचार पैसा कमाउन सक्ने भयौँ भन्दैमा त्यसको दुरूपयोग किन गर्नुप¥यो र ? ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेझैँ हामीले कति आर्जन गरेका छौँ, भौतिक रूपमा कति सम्पन्न छौँ भन्ने कुरालाई हामी भित्रबाट शान्त, प्रसन्न, आनन्दित छौँ कि छैनौँ भन्ने कुराले मापन गर्छ। सहजता, सरलता, प्रसन्नता, करुणाजस्ता बिनामूल्य प्राप्त भएका हाम्रा अमूल्य गहनाको जतन गर्न जान्यौँ र तिनै गहनाले सिँगारिन जान्यौँ भने हाम्रो मौलिक परिचय झल्किने छ।
अर्को समाचार
टिकटकमा रमाइलो गर्नुभन्दा महिलाका अधिकार र मुद्दाका बारेमा कुरा उठाऔँ: आरजु राणा
०१ भदौ २०७९
•
१ मिनेट पाठ
टिकटकमा रमाइलो गर्नुभन्दा महिलाका अधिकार र मुद्दाका बारेमा कुरा उठाऔँ: आरजु राणा
प्रधानमन्त्री पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले तीजमा टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिला अधिकार वा महिलाका मुद्दा उठाउनुपर्ने बताएकी छन्।




मंगलबार नेपाल महिला संघ केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तीजको महत्व र गरिमालाई घट्न दिन नहुने बताइन्। पछिल्लो समय टिकटकका कारण तीजको मौलिकता हराउँदै गएको उनले बताइन्।  

कार्यक्रममा उनले भनिन्,‘तीजमा महिला अधिकार कुरा गरौं, महिलाका मुद्दा उठाऔं, ‘तीजको महत्व र गरिमा घट्न दिन हुन्न। टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिलाका मुद्दा उठाऔं।’

यस्तै स्थानीय तह चुनावको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको र मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि पार्टीलाई ठूलो बनाउनका लागि सबै जुट्नुपर्ने उनले बताइन्।

‘आमचुनावबाट कांग्रेसलाई एक नम्बरको पार्टी बनाउनुपर्छ। यसका लागि सबै जुटौं,चुनावको तयारीमा सबै इमान्दारिताका साथ लागौं।’, उनले भनिन्। 
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३८ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस