भोग र कर्म
२३ फागुन २०७२
•
१३ मिनेट पाठ
भोग र कर्म
मानिसले हरेक क्षण कुनै न कुनै कर्म गरिरहेको हुन्छ । कर्म नगरी एक सेकेन्ड पनि कोही बाँच्न सक्दैन । शास्त्रले त स्वास फेर्नु पनि एउटा कर्म हो भनेको छ । बिहान उठेदेखि राति नसुतेसम्म गरिने सबै काम अनि सुताइको बेलामा फेरिने स्वाससमेत कर्म हुन् । कर्मलाई शास्त्रका विभिन्न विधामा र विभिन्न विद्वान्ले अनेक अर्थमा व्याख्या गरेको पाइन्छ।गर्न हुने र नुहुने आधारमा कर्म, विकर्म र अकर्मका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने कर्मको प्रकृतिको आधारमा नित्य कर्मदेखि लिएर कर्तव्य कर्मसमेत गरी यसलाई ५ भागमा विभाजन गरिएको पाइन्छ । मानिसले गर्ने हरेक कर्म गर्नैपर्ने नभई यदाकदा विकर्म वा गलत कर्म पनि हुन जान्छ । कतै आफूले गरेको कर्म अकर्म त परेन भनेर मानिस सदा सचेत भइरहनुपर्छ । यो जन्मको लागि चाहिने अर्थ र मुक्ति तथा अर्को जन्मको लागि चाहिने धर्म र भोग दुवै अहिलेको कर्मका फल हुन् ।




कर्मजस्तै अर्को शब्द प्रचलनमा छ– भोग । आखिर भोग के हो ? भोग र कर्मबीच समानता छ ? शब्दकोश र शास्त्रले भोगलाई फरक ढंगले व्याख्या गरेको छ । शब्दकोशले भोगलाई उपलब्ध साधनको प्रयोग गर्ने प्रक्रियाको रूपमा बुझाएको छ । अधिकारको प्रयोग नै भोग हो भन्नेसमेत शब्दकोशमा भेटिन्छ । तर, शास्त्रले त्यसो भन्दैन । यदाकदा भोगलाई विलासितासँग जोडिएको देखिन्छ । कर्म नगरी नहुने र भोग सन्तुष्टिको लागि गरिने हुँदा यसलाई विलासितासँग जोडिएको हो ।

शास्त्रले भोगलाई इन्द्रीयतृप्तिका लागि गरिने प्रयोगका रूपमा व्याख्या गरेको छ । यसअर्थमा भोग नगरे पनि मानिस बाँच्न सक्छ । विद्वान्हरूले त्यागलाई नै भोगको रूपमा व्याख्या गर्दै, भोग र त्यागबीच गहिरो सम्बन्धलाई समेत दर्शाएको पाइन्छ । बोलिचालीको भाषामा यौनसम्पर्कलाई पनि भोग भनेको पाइन्छ, जुन सही हैन । शास्त्रले मानेको भन्दा बाहिरको कामवासनालाई भोग भने मानिन्छ । तर, शास्त्रनिहित कामवासना भने कर्तव्य कर्मभित्र पर्छ ।

शास्त्रले बताएजस्तै भोगको विषय इन्द्रीयतृप्तिलाई मान्दा यो प्रकृतिसँग जोडिन्छ, किनकि इन्द्रीय भनेको प्रकृतिका प्रमुख अंग हुन् । प्रकृतिका स्वाभाविक गुण शब्द, स्पर्श, रूप, रस र गन्ध अनि त्यसमा मन, बुद्धि र अहंकार जोडेपछि हुन आउने ८ तŒवको सम्मिश्रण नै मूलरूपमा प्रकृति हो । आकास, वायु, अग्नि, जल र पृथ्वी तŒवले माथिका ५ गुणको प्रतिनिधित्व गर्छन् ।

यसअर्थमा समस्त जीवात्माले यिनै ८ तŒवको अधिनमा रही भोग गर्छ । भोग शब्दले साकारात्मकता र विलासी जनाउने हुँदा भोगको बखत र भोग गरिसकेपछि मानिस खुसी वा तृप्त हुन्छ । तर, कर्ममा त्यसो नहुन पनि सक्छ । कर्म गर्दा हुने दुःखको फल पछि पाइन सकिन्छ, तर भोगको फल भने तुरुन्त पाइन्छ । कुनै काम फलको लागि भन्दा पनि गर्नैपर्ने कारणले गर्ने कर्म हो भने गर्नु नपरे पनि शरीर र मनको आनन्दको लागि गरिने भोग हो । प्रकृतिका ८ तŒवमध्ये जुनसुकै तŒवको भोग गरे पनि मानिसका अरु सबै इन्द्रीय खुसी र सुखी हुन पुग्छन् । यसअर्थमा भोगको सम्बन्ध सम्पूर्णरूपमा शरीरसँग हुन्छ । शरीरका अंग हुँदै मनसमेतको खुसीलाई नै भोगको सोझो अर्थमा लिँदा पनि गलत हुँदैन । सबैजसो भोग रजोगुण र तमोगुणका कारक हुन्छन् । कुनैकुनै बेला बुद्धिसँग मिसिएर आउने भोगलाई सत्व गुणसँग मिलाएर हेर्न सकिए पनि त्यसले सृजना गर्ने प्रतिफल तल्लो श्रेणीको वा तमोगुणयुक्त हुन्छ ।

मानिसले शब्दको भोग कानमार्फत् सुनेर गर्छ । आत्मीय मानिससँगको घन्टौँको फोन वा प्रत्यक्ष कुराकानी, संगीत सुन्ने, भगवान्को नाम, पुराण आदि शब्दको भोग हो । शब्दको भोगमा एकाग्रता प्रमुख हुन जान्छ । मानिसले स्पर्शको भोग छालामार्फत् गर्छ । चाहे त्यो स्पर्श हावाको होस् वा आत्मीयजनको । सानो बच्चालाई उसकी आमाले स्पर्श गर्दा बच्चा र आमा दुवैले चरम स्पर्शको भोग गर्छन् । त्यतिमात्र नभई मायाको स्पर्शले विगतका रिस आदिलाई भुलाउने र विभिन्न प्रकारका रोग निको पार्न थेरापीको समेत काम गर्छ । दुःख परेको बेलमा आफन्तले आएर एकपटक हातमात्रै समाइदिँदा पनि मानिसले राहत अनुभव गर्छ । त्यो उसले गरेको स्पर्शभोग हो । शब्दको भोगमा एकाग्रताको जरुरी हुन्छ भने स्पर्शको भोगले एकाग्रता भंग गर्ने काम गर्छ ।

मानिसले रूपको भोग आँखामार्फत हेरेर गर्छ । सिनेमा हेर्नु, तमासा हेर्नु, आफूलाई धेरै समयसम्म ऐनामा हेर्नु रूपको भोग हो । हरेक जीवात्माले सबैभन्दा धेरै माया गर्ने भनेको आफैलाई हो । तसर्थ, रूपको भोगमा ऊ आफैमा रमाउँछ । एक्लै गीत गाउनु, आफ्नै अंगहरू मुसार्नु अन्य उदाहरण हुन् । रूपको भोग जुनसुकै स्थानमा पनि गर्न सकिन्छ । बाटोमा हिँड्दा नचिनेका राम्रा मानिस देख्दा पनि प्रसन्न हुने मन त्यसको उदाहरण हो ।

मानिसले रसको भोग जिब्रोमार्फत् स्वादबाट गर्छ । स्वाद ६ प्रकारका हुन्छन् । गुलियो, अमिलो, पिरो, टर्रो, तीतो, नुनिलो । यी सबै शरीरका लागि अकारक हुन्छन् । तर पनि मानिस आफ्नो हरेक खानामा यी वस्तुको प्रयोग गर्छ, रसको भोगका लागि । मानिस प्रकृतिको सबैभन्दा पहिलो अमृत दूधमा समेत चिनी हालेर बिख बनाएर पिउँछ । हामी रसको भोगले खानालाई जिब्राको लागि मीठो र शरीरको लागि खराब गराउँछौँ । यसबाट पनि स्पष्ट हुन्छ, भोग कर्म हैन ।

गन्धको भोग मानिसले नाकको माध्यमबाट सुँघेर गर्छ । अत्तरको बासना, फूलको सुबास लिएर मन आनन्दित बनाउने यसको तरिका हो । खानामा समेत स्वादका अतिरिक्त बासना, चियाको सुगन्धको भोग अन्य उदाहरण हुन् । फूलको सुगन्धलाई छाड्ने हो भने धेरैजसो गन्ध पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् र कर्मभन्दा बाहिर पर्छन् ।

माथिका ५ पृथ्वीका पञ्च तŒवसँग सम्बन्धित भोग हुन् । यी भोग प्रत्यक्षरूपमा इन्द्रीयसँग सम्बन्धित छन् । यी भोग गर्दा मानिस खुसी हुन्छ, तर बाँच्नको लागि नभई नहुनेचाहिँ हैन । बाँकी ३ प्रकारका भोग भने दिमागका भोग हुन् । मन, बुद्धि र अहंकार हरेक प्राणीमा हुने गुण हुन् । यिनले प्रकृतिका ३ गुण सत्व, रज र तमको प्रतिनिधित्व गर्छन् । तसर्थ, यी भोगले मानिसलाई त्यही गुणको अधिनमा पु¥याउँछ ।

मानसम्मान, पुरस्कार, पद अनि आफूले भनेको कुरा अरुले मानोस् भन्ने चाहना मनको भोग हो । यो भोग सात्विक भए पनि यसमा लिप्त मानिसमा सात्विक गुण भेटिँदैन । यस्तो भोग राख्ने मानिस अरुको तल बसेर कर्म गर्न हिच्किचाउँछन् । यस्तो भोगमा लागेको मानिस बाहिर देखिने एउटा र भित्र अर्कै पनि हुन सक्छन् । कतिपय स्थितिमा यसले मानिसलाई राम्रा कर्म गर्न प्रेरित गरिरहेको हुन्छ भने धेरैजसो घमण्डतर्फ आकर्षित गरिरहेको हुन्छ ।

दिमागको भोगको दोस्रो र रजोगुणले युक्त भोग भनेकोे बढाइँ, प्रशंसाबाट खुसी हुने भोग हो । यस्ता मानिस अरुलाई होच्याएर बोल्छन् । धेरैजसो आफूभन्दा तलका मानिससँगको संगतमा हुन्छन् र आलोचना सुन्न तयार हुँदैनन् । सधैँ प्रशंसा सुन्न मन पराउने यस्ता मानिस आफ्नो धन खर्चेर आफ्नो बढाइँ गर्ने मानिस जम्मा गर्न रूचाउँछन् । हरेक विकर्मलाई कर्म देख्छन् र गलत बाटोमा हिँड्छन् । हिजो आफूले हिँडेको बाटो गलत रहेछ भनेर यिनीहरू ढिला भइसकेपछि बुझ्छन् । बढाइँ र प्रशंसाका भोगीहरू परिवार र आत्मीय मानिसबाट धेरै टाढा पुग्छन् । यस्ता मानिसमा मनको शान्ति कहिल्यै हुँदैन । यस्ता मानिसका प्रशंसक आफ्नो स्वार्थ पूरा नहुन्जेल सँगै हुन्छन् गुणगान गाउँछन् । नेता, ठूला प्रशासक र समाजसेवी तिनै प्रशंसकका कारण गलत कर्मतर्फ आकर्षित हुन्छन् ।

मनको भोगको तेस्रो र प्रकृतिको भोगको अन्तिम तथा तामसी भोग भनेको आराम र सुखसयल हो । यस्ता मानिसको लक्षण धेरै सुत्ने, काम नगर्ने, बिनाकाम यात्रा गरेर रमाइलो गर्ने, काममा लागेका मानिसलाई आफ्नो खुसीको लागि बिगार्नेलगायत हुन्छ । यस्ता मानिस आफू कर्म गरेर धन उपार्जन गर्दैनन्, बरु अरुले कमाएको धन खर्च गर्छन् । रक्सी, जुवा र शास्त्रबाट वर्जित कामबासना यो प्रकारका भोगका प्रमुख उदाहरण हुन् । यो भोगमा लागेका मानिसमा सही र गलत छुट्याउन सक्ने शक्ति हुन्न । को आफ्नो र को पराइसमेत चिन्दैनन् र गलत संगततर्फ आकर्षित हुन्छन् । यस्ता मानिस एकान्तमा दुःखी हुन्छन् । यिनको जीवनको पछिल्लो समय अत्यन्त दुःखमय हुन्छ ।

माथिका आधारहरूबाट के कर्म हो र के भोग हो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । भोगमा प्यास हुन्छ, कर्ममा आस्था । कर्ममा स्वच्छपन हुन्छ भने भोगमा तृष्णा । जो भोगको पछि लाग्छ उसले प्रायः कर्मको बाटो त्याग्छ । जब कर्मको बाटो त्यागिन्छ मानिस फेरि पापको कुवामा खस्छ । सायद यही कारणले विद्वान्हरूले भनेका होलान्– जसले त्याग्यो उसले भोग्यो, जसले भोग्यो उसले त्याग्यो ।
अर्को समाचार
ज्ञान, भक्ति र कर्म
३० फागुन २०७२
•
१३ मिनेट पाठ
ज्ञान, भक्ति र कर्म
मानिस सदैव चारवटा कुराको पछि लाग्छ– अर्थ, भोग, काम र मोक्ष। यी सबैको एउटै आधार कर्म हो र कर्म नगरी माथिका चारै तत्व प्राप्त हुन सक्दैन। अर्थ जीवनयापनको लागि अपरिहार्य हुन्छ। अर्थको प्राप्तिपछि मानिस भोगतिर लाग्छ। भोगबाट कामको विकास हुन्छ र अन्त्यमा ऊ मोक्षको बाटो खोज्छ।जसले जति चाँडै मोक्षको बाटो खोज्यो, त्यो त्यति नै सुखी हुन्छ । तर, यदाकदा कर्म गर्दा चुक्ने कारणले ऊ माथिका चारै तत्वको प्राप्तिबाट विमुख हुन पुग्छ । उसलाई कर्म गर्नुपर्ने कुरा थाहा हुन्छ, तर कर्मका बाटोबारे अनभिज्ञ हुन्छ । जब उसले बुझ्छ कि कर्मको बाटो भनेको ज्ञान र भक्ति हो, तब ऊ आफ्नो लक्षमा सजिलै पुग्छ । के हो त कर्मको बाटो ? कर्मको सीधा बाटो भनेका ज्ञान र भक्ति हो । आधुनिक जमानामा यसैलाई मन र वचन पनि भनिन्छ । शास्त्रले भन्ने गरेको ज्ञान, भक्ति र कर्मलाई आधुनिक विज्ञानका ज्ञाताहरूले मन, वचन र कर्म भनेर अर्थ लगाउन थालेका छन् । जेजस्तो अर्थ लगाए पनि यो नै कर्मको बाटो हो, प्रकाश हो र धर्म, अर्थ, काम र मोक्षको जग हो ।




ज्ञानको अर्थ बुझ्नु हो । तर, यो यति सजिलो छैन । सबैभन्दा पहिला त मानिसले के बुझ्ने भन्ने नै बुझ्दैनन् । ज्ञानका हिसाबले मानिसलाई विभिन्न भागमा बाँडिएको पाइन्छ । मानिस सदैव ज्ञानआर्जन गर्न चाहन्छ, तर जब ऊ ज्ञान र अज्ञानबीचको बाटोमा रुमलिन्छ तब उसको दिमागले काम गर्दैन । किनकि, के ज्ञान हो र के अज्ञान हो भन्ने कुरा नै उसले बुझ्दैन। ज्ञान आर्जन गर्ने चाहनाको हिसाबबाट शास्त्रले मानिसलाई चार भागमा बाँडेको छ ।

पहिलो, ज्ञानी । ऊ सदैव सिक्न चाहन्छ, उसलाई थाहा छ ज्ञानको अन्त्य छैन । उसको स्वभाव बच्चाको जस्तो पवित्र हुन्छ । गुरु वा अरु कसैले दिएको ज्ञान उसले आदरभावले ग्रहण गर्छ र आफ्नो घरव्यवहारको स्थितिअनुसार त्यसलाई उतार्छ ।

दोस्रो, अज्ञानी । ऊ बुद्धिहीन हुन्छ । ऊ कहिल्यै झुक्दैन । ऊ सधैँ आफस्लाई सबै कुरा थाहा छ र मलाई कसैले सिकाउन वा सम्झाउन सक्दैन भनेर घमण्ड गर्छ । ऊ केही सोध्नै परे पनि गुरुको परीक्षाको लागि मात्रै सोध्छ । उसलाई ज्ञान र अज्ञानबीचको भेदसमेत थाहा हुँदैन । उसले ज्ञानलाई परीक्षाको रूपमा प्रयोग गर्छ र असफल हुन्छ । ऊ सदैव दुःखी हुन्छ, तर दुःखको कारण उसले कहिल्यै बुझ्दैन । ऊ अरुसँग भन्दा आफैसँग रिसाउँछ ।

तेस्रो, मुढ । ऊ केही सोध्दैन, किनकि ऊ सोच्छ अब जीवनमा जान्नुपर्ने केही छैन । ऊ जीवनमा समस्या छ भनेर पनि बुझ्दैन । ऊ रागी हुन्छ र विषय तथा इन्द्रीयभोगमै मस्त हुन्छ । ऊ सामाजिक हिसाबमा खुसी देखिन्छ । ऊ अर्थ र भोगको बाटोमा मात्रै हुन्छ । धर्म र मोक्ष उसले बुझ्दैन ।

चौथो, मुमुक्षु । उसमा जहिले पनि मोक्षको आकांक्षा हुन्छ र मोक्षको बाटो ज्ञान हो भन्ने पनि उसले बुझेको हुन्छ । ऊ जहिले पनि गुरुको शरणमा हुन्छ र चौबीसै घन्टा केही न केही सिक्न चाहन्छ । ऊ सरल र पवित्र हुन्छ र जान्न तथा सिक्नको लागि सोध्छ । आफूले जानेका कुरा मनन् गर्छ, व्यवहारमा लागु गर्छ र अरुलाई पनि सिकाउँछ ।

माथिका चार प्रकारका मानिसमध्धे जबसम्म कुनै मानिस मुमुक्षु हुन सक्दैन तबसम्म कि त ऊ सिक्दैन वा सिके पनि उसले सिकेको कुरा व्यवहारमा ल्याउन सक्दैन । व्यवहारमा नल्याईएको ज्ञानको कुनै अर्थ हुँदैन । सिक्न चाहने तरिकाबाट मानिसलाई चार भागमा बाँडिनुको मुख्य कारण ज्ञानले उसलाई कता लैजान्छ भनेर नै हो । ज्ञानले अधर्मीलाई धर्मतिर लैजान्छ, अकर्मीलाई कर्मतिर लैजान्छ र बाटो बिराएकालाई फेरि आफ्नो हिँड्नुपर्ने बाटोतिर लैजान्छ । यो सबै हुन ज्ञान हासिल गर्ने बेलामा मुमुक्षु हुनु जरुरी छ ।

जब मानिस ज्ञानको खोजीमा हुन्छ, तब उसमा विषाद आउँछ । यदाकदा विषादलाई नकारात्मक मानिए पनि खास ज्ञान आर्जन गर्न चाहने सन्दर्भमा विषाद शब्दलाई सकारात्मकरूपमा लिइन्छ । जब मानिसमा ज्ञानको भोक चढ्छ, विषाद आउँछ, तब ऊ ज्ञान आर्जन गर्न दौडन्छ । कसैले जबर्जस्ती बताएर वा बताउन खोजेर ज्ञान लिन वा दिन दुवै सकिन्न । यसको लागि त लिने र दिने तयार हुनुपर्छ । आधुनिक संसारमा ज्ञान दिन तयार धेरै भेटिन्छन्, तर ज्ञान लिने मानिसको भने खाँचो छ ।

कसरी हुने मुमुक्षु ? यो कठिन काम हो । यसका लागि सबैभन्दा पहिला दिमागलाई स्वच्छ बनाएर रिस, राग र घमण्ड त्याग गर्नुपर्छ । आफ्ना, पराया र गुरुलाई चिनेको दिनमा माथिको समस्या समाधान हुन्छ । त्यसपछि मानिस मुमुक्षु हुन्छ । ज्ञान हासिल गर्न गुरुको सेवामा नै लाग्नुपर्छ भन्ने छैन । आजको जमानामा गुरु, यात्रा, टीभी, किताब तथा अन्य विभिन्न माध्यमबाट ज्ञान हासिल गर्न सकिन्छ । के ज्ञान र के अज्ञान हो भन्नेचाहिँ मुमुक्षुले छुट्याउने गर्छ ।

ज्ञान आर्जन निरन्तर प्रक्रिया भएकोले मानिस अब ज्ञान आर्जनसँगै त्यसको प्रयोग पनि गर्न थाल्छ । ज्ञानको प्रयोग सदा भक्तिमा गर्नुपर्छ । भक्ति भन्ने शब्द सुन्नेबित्तिकै कतिपय मानिस धर्मसँग जोडेर हेर्छन्, जुन सरासर गलत हो । हिजोको भक्ति शब्दलाई अहिलेको एकाग्रता र निरन्तरताले प्रतिस्थापन गरिसकेको छ । भक्तिको मुख्य अर्थ, जे काम गर्ने हो त्यसैमा पूर्णरूपमा समर्पित हुनु हो । तसर्थ, हिजोको भक्ति शब्दलाई अहिले वचन शब्दले बुझाइन्छ । वचन शब्द मुखले बोल्नेरूपमा मात्र नभई कामले अरुलाई आफ्नोबारे चिनाउन र बुझाउनसमेत प्रयोग हुन्छ । यो अर्थमा नराम्रा वचन तथा विकर्म पाप हुन् जसलाई कुकर्मको रूपमा व्याख्या गरिन्छ ।

भक्तिको पहिलो र अन्तिम सर्त भनेको समर्पण हो । आफ्नो मन र वचन आफूले गर्ने कर्मप्रतिको समर्पण नै भक्ति हो । जो ज्ञानी छ, जसले संसारलाई चिनेको–बुझेको छ, उसले आफूलाई समर्पण गर्छ । जो रागी छ, अबुझ छ, जो मुढ छ उसले भक्ति परिवर्तन गर्छ । खानाको स्वाद फेरेजस्तै उसले ज्ञानको बाटो परिवर्तन गर्छ । उसका लागि आफन्त र माया भनेको लुगा फेरेजस्तो हुन्छ । यस्ता मानिस बाहिर हाँसे पनि भित्र अत्यन्त दुःखी हुन्छन् । गृहस्थीमा रहेका सामान्य मानिसलाई भक्तिको मार्ग कठिन हुने भन्दै गीतामा श्रीकृष्णले भक्तिमय कर्ममार्गको व्याख्या गर्नुभएको छ । जसअनुसार, पहिलो ज्ञान आर्जन गर्दै मनलाई स्थिर गर्ने हो । यसको अर्थ ध्यान गर भन्ने हो । त्यो नसक्नेले इन्द्रीयतृप्तिको चाहनालाई कम गर्ने अनि आफ्नो कर्ममा आफूलाई निरन्तर लगाउने हो । अझ दोस्रो मार्ग पनि अँगाल्न नसक्नेले सामान्य जीवनका नियमहरू आत्मसात गर्दै कर्म गर्ने हो भने अन्तिमचाहिँ कर्म फलमा आशक्ति नगर्ने हो । यसअर्थमा कर्मफलको त्याग वा आशक्ति नराख्नु नै आफ्नो कर्मप्रतिको भक्ति हो । आजको कोलाहलपूर्ण समाजमा योभन्दा ठूलो भक्ति अरु केही हुनैसक्दैन । तर, जसलाई कर्ममय भक्तिमार्ग पनि कठिन लाग्छ, उसले ज्ञानमार्गमै आफूलाई सीमित राख्न सक्छ । यसो गर्दा कमसेकम उसले बाटो बिराउँदैन र कुकर्मतिर लाग्दैन ।

यदाकदा ज्ञानीहरू पनि कसको भक्ति गर्ने भनेर रुमलिएका पाइन्छन् । यसको जवाफ स्पष्ट छ, आफ्नो कर्मको भक्ति गर्ने अरु कसैको हैन । जब मानिस भक्तिमय कर्ममार्गमा लाग्छ तब उसको अगाडि धर्म, अर्थ, काम र मोक्षका चारवटै ढोका एकैपटक खुल्छन्, यसमा कुनै सन्देह छैन । ती चार ढोकामध्ये कुन ढोकामा कहिले प्रवेश गर्ने भन्नेबारे ज्ञानीलाई पहिल्यै जानकारी भइसकेको हुँदा अब यहाँ ऊ अल्मलिँदैन । ज्ञानी भन्नाले भक्तिमय कर्ममार्गमा लागेका, दुःखमा नआत्तिने अनि सुखमा खुसी नहुने र अहंकारशून्य व्यक्ति हुन् । त्यतिमात्रै नभई उनीहरू समभाव राख्ने र आफूले अनुशरण गरेको मार्ग अरुलाई देखाउनेसमेत गर्छन् । तर, मानिस भक्तिमार्गमा छ कि छैन ? भक्त कसरी चिन्ने ? यो प्रश्नको जवाफ सजिलो छ । कर्ममय भक्तिमार्गमा लागेका मानिसका केही फरक लक्षण हुन्छन् । ऊ आत्मसंयमी हुन्छ, संकल्पवान् हुन्छ, आफूलाई कहिल्यै कर्मको स्वामी मान्दैन, सहनशील हुन्छ र उसको मन तथा बुद्धि स्थिर हुन्छ । उसको माया र विश्वास अटल हुन्छ, ऊ सम्बन्धलाई दिगो बनाउन कुनै पनि प्रकारको त्याग गर्न तयार हुन्छ र क्षमा माग्न तयार हुन्छ ।

यति भैसकेपछि अब मानिसका छ वटा गुण आफू र समाज कल्याणमा आउँछन् । विद्या, तपस्या, धन, शरीर, युवावस्था र उच्चकुलयी छ वटा यस्ता तŒव हुन्, जुन ज्ञानी र भक्तका लागि गुण र अज्ञानी र मुढका लागि वैगुण हुन् । जब मानिसले यी तŒवलाई गुणमा परिवर्तन गर्छ, तब उ मोक्ष हुन्छ र आफू जाँदा पनि समाजमा धेरै ज्ञान छाडेर जान्छ जसको अध्ययन कालान्तरसम्म मानिसले गर्छन् ।

@rajunepal
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस