हाम्रो र राम्रो संविधानका लागि
१७ माघ २०६६
•
१२ मिनेट पाठ
हाम्रो र राम्रो संविधानका लागि
संविधानसभाले पाएको जनादेशअनुसारको अवधि सकिन चार महिनामात्र बाँकी छँदा पनि निर्धारित समयमा नयाँ संविधान जारी नहुने शंका बढेको छ। विशेषतः ठूला राजनीतिक दल तथा तीनका शीर्ष नेतृत्वमा संविधान निर्माणप्रति देखिएको संवेदनहीनता र संविधानसभालाई राजनीतिक उपयोगको साधन बनाउने प्रयासका कारण यसको कार्यतालिका आठौं पटक संशसोधन गरिएको छ।
साथमा राजनीतिक दलहरूले नियतवश आफ्नो अक्षमता लुकाउन मस्यौदा संविधानमाथि जनतासंग गरिने अन्तर्क्रिया तथा छलफलको समयलाई छोट्याउनुले सामान्य नागरिकको जनप्रतिनिधिमार्फत् सहभागितामूलक राम्रो संविधान बनाउने आशामा तुषारापात भएको छ।
संविधानसभाका विभिन्न समितिबाट विषयगत अवधारणा तथा प्रारम्भिक मस्यौदा पेस भइसकेका छन्। संविधानसभाको पूर्ण वैठकमा सभासद्हरूले आआफ्ना धारणा राख्ने औपचारिकता पनि पूरा गरिरहेका छन्। विडम्बना, संविधानसभाको बैठकमा सभासद्हरूको उपस्थिति भने लाजमर्दो छ। ठूला दलका प्रमूख नेता बेलाबखत अनुहार देखाउनेबाहेक बैठकमा भाग लिँदैनन्। पूर्ण बैठकमा सभासद्बाट पनि समितिको प्रतिवेदन तथा सम्बन्धित विषयमा छलफल हुँदैन बरु सन्दर्भहीन विषयमा विरक्तलाग्दो भाषणवाजी हुन्छ। तिनका स्रोतामा कुर्ची तथा मर्यादापालक हुने गरेको पाइन्छ। उदाहरणका लागि एनेकपा (माओवादी) वरिष्ठ नेता बाबुराम भट्टराईले शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमाथि भनाइ राख्ने समयमा स्रोताका रुपमा नेपाली कांग्रेसका प्रदीप गिरीसहित दुई दर्जन सभासद्मात्र संविधानसभामा उपस्थित थिए। यसबाट जनमत र संविधानसभाको अपमान भएको छ।
नेपालले संविधान बनाउने संख्यात्मक होडबाजीमा गिनिज बुकमा ‘रेकर्ड' राख्नेगरी विश्वका सबै देशलाई उछिनेपनि शासकहरूबाट बनेका संविधानले अपनत्व हासिल गर्न सकेका थिएनन्। फलस्वरूप राज्यको पुनर्संरचना तथा रुपान्तरणका लागि जनताका प्रतिनिधिबाट संविधान निर्माण गर्न संविधानसभाको निर्वाचन भएको हो। त्यसपछि संविधान लेखन प्रक्रियाले वैधानिकता पाएको हो। दुर्भाग्य, संविधान निर्माण प्रक्रिया दलीय अभिमतमा विभाजित भएको छ र जनताको सहभागितालाई पूर्णतः बेवास्ता गरिएको छ। संविधान मस्यौदाका लागि सभासद्हरूको नेतृत्वमा जनमत संकलन अभियान संचालन गरिएपनि त्यसबाट आएका सुझावको हैसियत बारेमा केही जानकारी दिइएको छैन। समितिको प्रतिवेदन तयारीका क्रममा सहमति हुन नसकेका विषयमा समस्याको निराकरण मतदानबाट गरियो र फरक मत पनि समावेश गर्ने अवसर दिइयो। जनताका सुझावका बारेमा भने कुनै आधिकारिक जानकारी सर्वसाधारणका लागि उपलब्ध भएन। मूलतः विवादास्पद प्रस्तावहरूको छिनोफानो जनमतबाट हुनुपर्थ्यो तर दलीय चेपुवाका कारण जनताका सुझावलाई लत्याइयो। जनतालाई संविधान निर्माणमा सक्रिय सहभागी हुनबाट वञ्चित गरिएकाले देशका राजनीतिक शक्तिहरू जनताप्रति जिम्मेवार नभएको पुष्टि भएको छ।
नेपाली नागरिकले नयाँ‘ संविधानबाट देशमा राष्ट्र निर्माणको अभियान प्रारम्भ हुने र बिद्यमान संक्रमणकालीन अवधिको अन्त्य भई इतिहासदेखि जकडिएका समस्याको समाधानका आधार तयार हुने विश्वास लिएका थिए। तर, संविधानसभा त समस्या समाधान गर्नेभन्दा दलीय विभाजनका कारण थप समस्या सिर्जना गर्ने थलोका रूपमा देखा परिरहेको छ। राजनीतिक दलहरू संविधान निर्माणभन्दा सरकारमा टिक्ने वा परिवर्तन गर्ने प्रतिस्पर्धामा व्यस्त भएकाले संविधान समयमा नबन्ने र संविधानसभाको अवधि बढाउनैखपर्ने बाध्यात्मक अवस्था उत्पन्न भइरहेको छ। अर्कातिर, जनजाति सभासद् पासाङ शेर्पाको नेतृत्वमा मौलिक अधिकार समितिको मस्यौदा प्रतिवेदन जलाइएको पृष्ठभूमिमा समग्र जनताको अपनत्वसहितको संविधान निर्माण हुन नसके निकट भविष्यमा जारी हुने संविधानलाई पनि देशका सबै समूह तथा वर्गले आत्मसात् नगर्ने जोखिम छ।
राजनीतिक अदूरदर्शिताका कारण तत्कालका समस्या किनारा लगाउने नाममा लहडवाजीमा निर्णय गर्ने प्रवृत्तिका कारण संविधानसभाको कार्य थप जटील बन्दै गएको हो। उदाहरणका लागि कुनै पनि आधार निर्माण नगरी गृहकार्यबिना संविधानसभाको कार्यादेशलाई समेत प्रभाव पार्ने गरी राजनीतिक नेतृत्वबाट भएको संघीयतासम्बन्धी निर्णय अहिले संविधाननिर्माणका सबालमा सबैभन्दा जटिल विषयका रूपमा देखापरेको छ। राज्य तथा उपराज्यको संख्या किटानी, नामाकरण र सीमा निर्धारणबाहेक राज्यको शक्ति तथा स्रोतको विभाजनका कारण संघीयताले समाज तथा समुदायलाई थप विभाजित बनाउँदै छ। यसैगरी राज्यको शासकीय स्वरूप निर्धारण समितिमा कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा विद्यधान संसदीय व्यवस्थाका स्वरुपहरूको निर्माण, न्यायपालिकाको सबाल, संवैधानिक आयोगहरू, मौलिक हकजस्ता महत्वपूर्ण सबालहरूमा राजनीतिक दलहरूबीच न्यूनतम सहमति हुन सकेको छैन। यस्ता दूरगामी प्रभाव पार्ने सबालमा जनताको अभिमतलाई बेवास्ता गरिएको छ। जनतालाई निर्णय प्रक्रियामा सहभागी गराउने प्रयत्न नगरी राजनीतिक दलहरू दलीय डम्फु बजाउनमा व्यस्त भएकाले संविधानसभाको महत्वसमेत संकटमा पर्न थालेको छ।
आधिकारिक बहस नभएपनि आन्तरिकरूपमा राजनीतिक वृत्तमा संविधानसभाको अवधि बढाउने विषयमा सबै दलको स्वार्थ मिलेकाले सजिलै सहमति हुनसक्छ। अन्तरिम संविधानले संकटकालका कारणमात्र संविधानसभाको समयावधि ६ महिना थप्नसक्ने व्यवस्था गरेको छ। तर, अहिलेको अवस्था हेर्दा राजनीतिक सहमतिमा अन्तिम समयमा कम्तीमा ६ महिना र बढीमा एक वर्ष संविधानसभाको अवधि थप्नुको विकल्प देखिँदैन।
नेपालको भविष्य निर्धारण गर्ने, राष्ट्रलाई एकजुट बनाउने र समाजमा सद्भाव कायम राख्न सक्ने संविधान निर्माणका लागि पर्याप्त समय आवश्यक पर्छ। हतारमा निर्णय गरेर पछुताउनुभन्दा अवधि बढाउनु न्यायसंगत तथा उपयुक्त हुन्छ। तर यसको औचित्य पुष्टि नगरी हचुवा ढंगले संविधानसभाको अवधि थपिएमा देशका लागि दुर्भाग्यपूर्ण पनि हुनसक्छ। शान्ति प्रक्रिया असफल पार्न र गणतन्त्र संस्थागत हुन नदिन ठूलैे समूह सक्रिय रहेको छ। त्यस्तो समूहले यही बहानामा कुनै पनि समयमा राजनीतिक अस्थिरता सिर्जना गर्ने र साम्प्रदायिक हिंसा भड्काउन सक्ने प्रबल संभावना देखिन्छ।
अवरुद्ध शान्ति प्रक्रिया, संविधान निर्माण तथा राजनीतिक असम्कदारीको अन्त्य गर्ने लक्षका साथ उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण भएको छ। तर, संविधानसभामा उपस्थिति बढ्ने र भाषण गर्ने तरिकामा सुधार भएको देखिएको छैन। हाजीरी कापीमा हस्ताक्षर गरेपनि सभाहलमा बिरलै उपस्थित हुने र भइ हाले पनि आफ्नो भाषण ठोकेर कुलेलम ठोक्ने प्रवृत्ति कायमै छ। मुख्य राजनीतिक दलका वरिष्ठ नेताको ध्यान संविधानसभा आकर्षित हुन सकेको छैन। संविधान लेखनसंँग सम्बन्धित कुनै पनि महत्वपूर्ण सबालमा नेतृत्वतहमा अहिलेसम्म छलफल र बैठक जानकारी सार्वजनिक सञ्चारमा आएको छैन।
राजनीतिक लाभ तथा हानीमा रुमलिएको राजनीतिक नेतृत्व र अलिखित वा अनिर्देशित ह्विप पालक सभासद्बाट आउने संविधानले जनताका आशा तथा आकांक्षालाई सम्बोधन गर्न मुस्किलै छ। गैरजिम्मेवार राजनीतिक दल तथा तीनका नेता र निस्त्रि्कय सभासद्बाट जनताको अपनत्व सुनिश्चित् गर्ने संविधान बन्नेमा आशंका भएपनि यसको विकल्प खोज्न भने सकिँदैन। कारण त्यसो गरिएमा देशलाई थप अन्याल, अस्थिरता, अधोगति र अनिर्णयको बन्दी बनाउने काम हुनेछ। त्यसैले राजनीतिक दलहरूलाई संविधानसभा र जनताप्रति जिम्मेवार एवम् जवाफदेही बनाउन नागरिकहरूको सक्रिय सहभागिता आवश्यक छ। नागरिकको सामूहिक सहकार्यबाट विश्वमा ठूला परिवर्तन भएको सन्दर्भमा राज्यको पुनर्संरचना तथा आर्थिक रूपान्तरण गर्न र राष्ट्र निर्माणको खाका तयारीका लागि पुनः एकपटक नागरिकहरू जुर्मुराउनुपर्ने देखिएको छ। नागरिकहरूको व्यापक सहकार्यबाट मात्र राजनीतिक दलहरूलाई संविधानसभाप्रति उत्तरदायी बनाउन सकिन्छ भने जनताको आफ्नो र राम्रो संविधान बनाउने उपयुक्त आधार निर्माण गर्न सम्भव हुन्छ।
लेखक द्वन्द्व विश्लेषक हुन्।


अर्को समाचार
संविधानका अन्तर्वस्तुमा दलहरु सहमति नजिक
०४ माघ २०७१
•
२ मिनेट पाठ
संविधानका अन्तर्वस्तुमा दलहरु सहमति नजिक
काठमाडौं–प्रमुख दलका शीर्ष नेताले संविधानका अन्तर्वस्तुमा प्रमुख दलहरु सहमति नजिक पुगेक बताएका छन्। संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन आइतवार दिउँसो संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकले संविधानका मुख्य विवादित विषयमध्ये संघीयताबाहेकका विषयमा सहमति जुटेको नेताहरुले बताएका छन्।




कांग्रेस उपसभापति रामचन्द्र पौडेलले छलफल निकै सकारात्मक भएको भन्दै विवादित सबै विषयमा सहमति नजिक पुगेको बताए। 'आजको छलफल निकै उपलब्धीमूलक रह्यो,' पौडेलले संचारकर्मीसँग भने,'भोलीसम्म (सोमवार) सबै विवादित विषयमा सहमति जुट्ने आशा जगाएको छ।' मधेसी मोर्चाका नेता एवं मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संघीयताबाहेक सबै विषयमा सहमति जुटेको बताए।

'संघीयताका बाहेक सबै विषयमा कुरा मिल्यो,' गच्छदारले भने,'संघीयताका विषयमा पनि सहमति नजिक छौं भोलीसम्ममा सहमति जुट्छ।'

संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने प्रमुख तीन दल र मधेसी मोर्चाको आइतवार विहान बसेको बैठक विना निष्कर्ष सकिएको थियो। त्यसपछि दलहरुले अनौपचारिक तथा द्विपक्षीय छलफल गरेका थिए।

संविधानका अर्न्तवस्तुमा सहमति जुटाउन दलहरु आइतवार विहानैदेखि छलफलमा जुटेका थिए । दलहरुबीच संघीयता, शासकीय स्वरुप, तथा निर्वाचन प्रणाली र न्यायप्रणालीलगायतका विषयमा विवाद छ। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल आइतवारबाट सकिएपछि दलहरुले घनिभूत रुपमा छलफललाई अगाडि बढाएका छन्। प्रमुख तीन दल र मधेसी मोर्चाको अर्को बैठक भोली विहान नौ बजे बस्ने छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस