भारतले १२ वर्षअघि अनुदानमा हुलाकी राजमार्ग बनाइदिने सपना बाँड्यो। तर, बनाउनु त परै जाओस् बीचमै अलपत्र छोडेर नेपालतिरै पन्छायो। अनावश्यक सर्त तेर्स्याएर पनि पन्छाएको काम गर्न दिएको छैन। भारतजस्ता दातानिर्भर पूर्वाधार आयोजना सर्त र स्वार्थको सिकार बनेको यो एउटामात्र नमूना होइन। अरू धेरै घटना छन्। भारतले अहिले यही प्रवृत्ति राहुघाट जलविद्युत् आयोजना निर्माणमा दोहोर्या उन खोजेको छ।प्राविधिक र आर्थिक दृष्टिले सस्ता आयोजना विदेशी कम्पनीलाई सुम्पिने परिपाटीले पनि यस्ता खेल हुने गरेका छन्। विदेशी र स्वदेशी निजी कम्पनी वा अन्य निकायले बनाउने नसक्ने 'भालुको कम्पट' आयोजना सरकारले अघि सार्छ। भनौँ– आयोजना निर्माणको अधिकार पाएको विद्युत् प्राधिकरणलाई भिडाइन्छ। सरकार, राजनीतिक दल र त्यहीँकै कर्मचारीको स्वार्थपूर्ति हुने हुँदा यस्ता आयोजना बनाउन प्राधिकरण कस्सिन्छ।
गलत छनोटकै कारण काम सुरु गरे पनि आयोजना नबन्ने संस्कार फस्टाएको छ। दार्चुलामा बन्दै गरेको ३० मेगावाट चमेलिया, १४ मेगावाट कुलेखानी तेस्रो, ६० मेगावट माथिल्लो त्रिशूली–३ 'ए' र ३२ मेगावाट राहुघाट थला परेका छन्। यी तिनै आयोजना हुन्, जुन राजनीतिक दल, दलाल, कमिसनखोर र प्राधिकरणकै कर्मचारीको स्वार्थ पूरा गर्न छानिए। हरेकको लागत सुरुभन्दा दोब्बर भइसक्यो। तर, पूरा हुने टुंगो छैन।
चमेलिया, कुलेखानी र त्रिशूलीमा देखिनेगरी केही काम नभएको होइन। तर, तिनले कर्मचारी पाल्ने, स्थानीय राजनीतिक दललाई चन्दा बाँड्ने र केन्द्रका नेता रिझाउनमा बढी जोड दिएका छन्। प्राधिकरणको ढुकुटी रित्याउनुमा तिनको पनि मुख्य भूमिका छ। राहुघाट यीभन्दा महा 'राहु'भएर उदायो। प्राधिकरणमात्र होइन यसले मुलुकै टाट पल्टाउने खिम्ती–भोटेकोसीको रूप लिँदैछ।
सन् १९९८ मै यसको सम्भाव्यता अध्ययन भएको थियो। भौगोलिक, आर्थिक, प्राविधिक र व्यापारिक कुनै दृष्टिले पनि सम्भाव्य नदेखिएको आयोजनाको निर्माण प्राधिकरणको काँधमा थोपरियो। थप अध्ययनको नाममा पटकपटक डिजाइन परिवर्तन गरेर क्षमता २७ बाट ३२ मेगावाट पुर्यायइयो। जतिपटक अध्ययन गर्दा पनि कमजोर भौगोलिक कारणले आयोजना सम्भाव्य थिएन।
अध्ययनले बनाउनै नहुने किटान गर्दागर्दै जबर्जस्ती अघि बढाउनुले त्यतिबेलै आयोजना भ्रष्ट्राचारको अखडा बनेको पुष्टि हुन्छ। तत्कालीन सरकार, दलाल र कर्मचारीको स्वार्थ पूरा गर्न भारतीय एक्जिम बैंकले सहुलियत ऋणको पासा फ्याँक्यो। सरकारले पैसा हाल्नैनपर्ने भएपछि दलालहरू दाउ मार्न अझ बढी सल्बलाए।
प्राधिकरणले २०६५ माघमा यसको लागत करिब ९ करोड ३० लाख अमेरिकी डलर अनुमान गर्योत। भारतले यो रकम सहुलियत ऋणमा दिन तयार भयो। यही रकमको आधारमा सिभिल निर्माण गर्न २०६७ कात्तिक १८ मा भारतीय आइभीआरसीएल कम्पनीसँग ठेक्का सम्झौता पनि भयो। जलविद्युत् होस् वा सडक हरेक आयोजनामा सिभिल ठेक्का गर्नुअघि परामर्शदाता चयन हुनुपर्छ। यो खरिद प्रक्रियाको मापदण्ड नै हो। भ्रष्टाचारको बीउ रोप्नकै लागि यसमा परामर्शदाता नछानी सोझै सिभिल ठेक्का गरियो। सिभिल ठेक्का भएको लामो समयसम्म एक्जिम बैंकले परामर्शदाता छनोट स्वीकृत दिएन। बैंकका सर्त, भारतीय दूतावासको ढिलाइ र दलालका तिक्डमका कारण काम सुरु नहुँदै आयोजना रुग्ण बन्यो। भारतकै पैसा, परामर्शदाता र ठेकेदार छनोट गर्नुपर्ने भए पनि उसले लामो समय 'टाङ' अड्काएर बस्यो। यता सिभिल ठेकेदार कमिसनको जाल थापेर बस्यो।
सिभिल ठेक्का भएको १ वर्षपछि (२०६८ फागुन ४) मात्र परामर्शदाता छानियो। एक वर्ष काम गर्न नपाएको बहानामा ठेकेदारले प्राधिकरणसँग क्षतिपूर्ति माग्यो। आयोजनास्थलमा उपकरण उभ्याएकै आधारमा उसले करिब ६० करोड रुपैयाँ अग्रिम भुक्तानी पायो। यही भुक्तानी दिँदा दलाल र प्राधिकरण उच्च अधिकारीले गतिलै दाउ मारे र यस्तो क्रियालाई निरन्तरता दिए।
झन्डै चार वर्षसम्म ठेकेदारले १० प्रतिशत पनि काम गरेन। कामै नगरी पटकपटक अग्रिम भुक्तानी मागिरह्यो। पैसामात्र माग्न थालेपछि प्राधिकरण आजित भयो। दाउ मार्ने कर्मचारीले पनि बिनाकाम भुक्तानी दिन संकोच माने। कामै नगरी पैसामात्र भर्नुपर्ने भएपछि प्राधिकरणले गत जेठ २८ मा ऊसँगको ठेक्का तोड्यो। ठेक्का तोडेपछि तत्काल नयाँ प्रक्रिया थालेर काम अघि बढाउनुपर्थ्यो। तर, यसमा अहिले प्राधिकरण नै बाधक बनेको छ। पुनः आयोजनाको 'रिडिजाइन' गरी अहिले क्षमता ४० मेगावाट पुर्या इएको छ। अब यो बनाउने–नबनाउने भन्नेमा प्राधिकरण कर्मचारी आपसमा कुस्ती खेल्दैछन्।
३२ मेगावाट बनाउन नहुने भन्दै आयोजना व्यवस्थापनले सहायक कम्पनीबाट बनाउन सकिने सुझाव दिएको छ। तर, भारतको लगानी हुने हुँदा उसैले खोचे थापेर ३२ मेगावाटमै आयोजना बनाउन दबाब दिएको छ। प्राधिकरण उच्च अधिकारी यही निहुँमा ४० मेगावाट बनाउने फाइल च्यापेर बसेका छन्। यसो गर्दा भारतको आज्ञा शिरोपर हुने र आफ्नो स्वार्थको भाँडो पनि भरिने अवस्था छ।
भारतको दबाबमा व्यवस्थापनले फाइल अड्काउँदा सञ्चालक, टे्रड युनियन कर्मचारी, दलाल र राजनीतिक दलका आसेपासे खेल्ने चौर फराकिलो भएको छ। ती कसरी हुन्छ भारतले दिनेमध्ये आधा रकम कुम्ल्याउन पाइन्छ भन्नेमै छन्। 'भैँसीले पाडो पाओस् कि पाडी, भतुवालाई बिगौती' भनेझैँ ३२ वा ४० मेगावाट जुन बने पनि तिनको धन्दा सक्दो लुट्ने हो। तर, यो कमिसन खेल र दलाल रजाइँसँग प्राधिकरणको कुनै साइनो छैन। व्यवस्थापन लुट्ने, लुटाउने र संस्था ध्वस्त पार्ने खेलमा मखलेल छ। उता भारत पैसा दिने नाममा गलत र सही छुट्याइदिने 'रेफ्री' बनेको छ।
ठूला आयोजना बनाउनबाट बञ्चित गरी खुद्रेमै अल्झाएर नेपाललाई अँध्यारोमा धकेल्ने भारतको इच्छा यतैकाले पूरा गर्दैछन्। कुरो बुझेर बुझपचाउने स्वाँठको संख्या झन बढ्दैछ। सरकार ठूला आयोजना निर्माण परिकल्पना गर्दैछ। तर, जाबो ३२ मेगावाट च्यापेर उज्यालो मुलुक देखाउने सपनाको ओथारो बसेको छ। प्राधिकरणलाई खुद्रे आयोजना भिडाएर संरचना ध्वस्त पार्ने र सिंगो कर्मचारी भ्रष्ट बन्न उक्साउने धन्दा सरकारले नै चलाएको छ।
आयोजना मुलुक र जनताका लागि हो भने ३२ वा ४० मेगावाट जुन क्षमतामा भए पनि तुरुन्त निर्माण प्रक्रिया थाल्नुपर्योक। व्यवस्थापनले फाइल च्यापेर कमिसनको गौँडो ढुक्ने होइन। भारतीय दूतावास र एक्जिम बैंकसँग परामर्श गरी समस्याको गाँठो फुकाउनुपर्योे। कमिसनमै कुस्ती खेल्ने हो भने तत्काल खारेज गरेर गतिलो जलाशय आयोजना बनाउन लाग्नुपर्योो। खुद्रे आयोजना च्याप्ने, कमिसन ढुक्ने र यसैमा रमाउने प्रवृत्ति रहँदासम्म 'राहुहरू'को अन्त्य हुँदैन। न जलविद्युत् विकास गरेर उज्यालो मुलुकको कल्पना नै पूरा हुन्छ!