माधवकुमार नेपालको नेतृत्वमा नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम, तराई-मधेस लोकतान्त्रिक पार्टी, नेकपा (माले), नेकपा (संयुक्त) लगायतका दल मिलेर सरकार बनाउँदा नेकपा (एमाले) भित्रकै कतिपय 'क्रान्तिकारी'ले यसलाई 'दक्षिणपन्थी गठबन्धन' सम्म भने।
माओवादीका नेताहरूको त मुखमै यही थेगो झुण्डिएको छ। तर, अहिले तिनै 'क्रान्तिकारी' ले 'दक्षिणपन्थी र यथास्थितिवादी' भन्दै प्रहार गरिएको नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा 'उच्चस्तरीय राजनीतिक संयन्त्र' निर्माण गरेका छन्। शान्ति स्थापना र नयाँ संविधान निर्माणका लागि कित्ताकाट गरेर हुँदैन भन्ने चेतना उनीहरूमा ढिलै भए पनि पलाउनु खुसीको विषय हो। माओवादीले उठाउँदै आएको कथित क्रान्तिकारी ध्रुवीकरणको भुलभुलैयामा परेका नेता पनि यस घटनापछि थप स्पष्ट भएको हुनुपर्छ।
वर्तमान गठबन्धनलाई कमजोर बनाउन एमालेभित्रकै कतिपय नेता खुलेआम लागिरहेका छन्। पुष्पकमल दाहालसँग आफूलाई बलियो बनाइदिन सार्वजनिक रूपमै आग्रह गर्ने वामदेव गौतममात्र एक्ला छैनन्। माओवादीले नै भन्ने गरेका शब्द र उनीहरूकै शैलीमा सरकारको विरोध गर्नेहरू कहिलेकाहीँ माओवादीले उनीहरूलाई थाहै नदिई अर्कै चालबाजी चल्दा निक्कै अक्करमा पर्ने गरेका छन्। अहिले त्यस्तै भएको छ। एकातिर उनीहरूका शुभेच्छुकहरू तथाकथित 'वामपन्थी एकता' का नाममा सार्वजनिकरूपमा माओवादीको वकालत गर्दैछन् भने अर्कातिर माओवादीले संयन्त्रको मात्र होइन, 'सुती-सुती सरकारकै नेतृत्व गर्न' कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई आग्रह गरेका समाचार सार्वजनिक भइरहेका छन्। त्यसअघि शेरबहादुर देउवालाई पनि उनीहरूले प्रधानमन्त्रीको प्रस्ताव राखेको समाचार सञ्चारमाध्यमले बाहिर ल्याएका थिए। माओवादी उधारोमा जसलाई जे पद बाँडेर हुन्छ, वर्तमान सरकार ढाल्न चाहन्छ। तथाकथित 'नागरिक सर्वोच्चता' र 'राष्ट्रिय स्वाधीनता' को आन्दोलनको मूल लक्ष्य नै यही हो। यसका पछाडि खास कारण छ। माओवादीलाई राम्ररी थाहा छ - एमालेलाई कमजोर नपारी आफू बलियो हुन सकिँदैन। त्यही कारणले यसले जानाजान एमालेलाई कमजोर र निस्तेज बनाउनमा आफूलाई केन्द्रित गरिरहेको छ।
कुनै एक दलले मात्र अहिलेको समस्या समाधान गर्न सक्दैन र त्यसका लागि सबैका बीचमा न्यूनतम समझदारी हुनुपर्छ। तर, माओवादीले जसरी अरुमाथि संगीन आरोप लगाउँदै थर्काएरै सत्ता प्राप्त गर्छु भन्ने सोचेको छ, त्यो असम्भव छ। सहमतिको अर्थ उसको नेतृत्वमा मात्रै सहमत हुने भन्ने होइन। हिजो उसको नेतृत्वमा बनेको सरकार ढल्यो, आज एमालेको नेतृत्वमा बनेको छ। यसलाई उसले किन स्वीकार गर्न सक्दैन? सहमति नै चाहन्छ भने माओवादीले यथार्थलाई स्वीकार गर्नैपर्छ।
माओवादीमा अहिले अपूर्व छटपटी देखिन्छ। फेरि पनि आफ्नै नेतृत्वमा सरकार बनिहाल्छ भन्ने आँकलनका आधारमा पुष्पकमल दाहालले राजीनामा गरेयता ऊ संकटबाट गुजि्रँदै गइरहेको छ। एकातिर चर्का नगर्ने हो भने उग्रपन्थी कार्यकर्ताको चित्त बुझाउन असम्भव छ भने अर्कातिर त्यस्ता चर्का कुराबाट सरकारमा जाने सम्भावना झन्झन् टाढिँदै गएको छ। भारतलाई धम्क्याएर आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने सूत्र पूर्णरूपमा असफल भएपछि उसका नेताहरूमा थप किंकर्तव्यविमुढता देखिन्छ। त्यही भएर उनीहरू लन्डन, सिंगापुर र हङकङदेखि बूढानिलकण्ठ र महाराजगन्ज धाइरहेका छन्।
सुजाता कोइरालाका मुखबाट 'सरकारको विकल्प सोच्नुपर्ने' सार्वजनिक भएपछि माओवादीलाई सम्भवतः ठूलो सहुलियत मिलेको छ। गिरिजाप्रसाद कोइरालाबाहेक कांग्रेसमा कसैको सहमति नहुँदानहुँदै उपप्रधानमन्त्री बनाएको प्रतिफलस्वरूप सायद उनको महत्वाकांक्षा बढेको छ। तर, कांग्रेसभित्रको यथार्थ दुनियाँका सामु लुकेको छैन। संस्थागतरूपमा कांग्रेस अहिले निकै अघि बढिसकेको छ। विगतमा जस्तो पारिवारिक हुकुमप्रमांगीबाट चल्ने पम्परा कांग्रेसमा निकै कम भइसकेको छ। कांग्रेसमा एकभन्दा एक वरिष्ठ, पाका र त्यागी नेता हुँदाहुँदै पनि सुजाताले के कारणले मन्त्री र उपप्रधानमन्त्री पाइन् भन्ने सबैलाई थाहै छ। यति हुँदाहुँदै पनि सुजातालाई के अपुग भएको हो भन्ने जिज्ञासा उत्पन्न हुनु अस्वाभाविक होइन। फेरि समीकरण परिवर्तन भयो भने आफ्नै पालो आउँछ भन्ने उनको विश्लेषण मनको लड्डु मात्रै हो।
पार्टीपार्टीबीचमा र एउटै पार्टीभित्र पनि नेतानेताबीचमा खेल्ने माओवादीको पुरानै कार्यनीति हो। माधव नेपाललाई भेट्दा 'झलनाथ खनालसँग कुरा गरेका कारण धोका पाइयो' भन्ने र झलनाथ खनालललाई भेट्दा 'माधव नेपाललाई हटाएपछि तपाईंकै पालो हो' भन्ने माओवादीको शैलीबाट सायद अब कोही पनि अनभिज्ञ छैन। त्यही भएर प्रधानमन्त्रीको उधारो पद दिँदा शेरबहादुर देउवाले आफ्ना निकटस्थसँग 'मलाई कांग्रेसको सभापति हुन नदिनका लागि गरिएको दाउपेच हो' भन्नुभएको होला। यसो नहोला भन्न पनि सकिँदैन। किनभने, एकातिर ताकेर अर्कातिर हान्ने माओवादीको पहिलादेखिकै बानी हो। बहुदलीय प्रजातन्त्रका विरुद्ध राजा वीरेन्द्रसँग 'कार्यगत एकता गर्ने' यही माओवादी हो। आफ्नो त्यही चरित्रलाई माओवादीले पुनरावृत्ति गर्न खोजिरहेको छ। कांग्रेस र एमालेलाई भिडाउन सके त्यसबाट फाइदा लिन सकिन्छ भन्ने निष्कर्ष निकालेको माओवादीले अहिले आफ्नो प्रयत्न त्यसैमा केन्द्रित गरिरहेको छ। दुनियाँका अनेक 'प्रभु' हरूका ढोका चाहर्दा पनि हातमा ठोस उपलब्धि नलागेपछि अहिले उसले दलहरूका बीचमा खेल्न सुरु गरेको छ। त्यसकै मोहरा भएर मन्त्रीकै तहबाट अभिव्यक्तिबाहिर आउँदा अन्योल सिर्जना भएको छ। तर, एउटा निश्चित् छ - वर्तमान गठबन्धन कुनै एक दलको चाहनाका कारणमात्र सम्भव भएको होइन, न त कसैले माधव नेपालको माया मानेर नै बनाइदिएको हो। माओवादी अतिवाद र सत्ताकब्जाको नीतिलाई परास्त गर्दै नयाँ संविधान बनाउन सबै दलको सहमतिमा निर्माण भएको हो र यो जहिलेसम्म रहन्छ, दलहरूकै सहमतिका आधारमा रहन्छ पनि।
राजनीतिक जटिलता नबुझेका र विश्लेषण नगर्नेहरूले माओवादीका कुरा तत्कालै पत्याए पनि बाँकी दल र नेतामा त्यस्तो भ्रम रहेको देखिँदैन। 'माओवादी नआईकन संविधान बन्छ?' भनेर वकालत गर्नेहरूले यो पनि बुझ्नुपर्दछ- माओवादी मात्रैले एक्लै पनि संविधान बनाउन सत्तै्कन। त्यसैले सहमति चाहिने हो भने अरु दललाई मात्र होइन, माओवादीका लागि पनि चाहिन्छ। त्यसका लागि लोकतान्त्रिक वा वामपन्थी ध्रुवीकरणका नाममा मुलुकलाई विभक्त गर्ने त्रुटि गर्नुहुँदैन। किनभने, अहिले कसैले कसैलाई निषेध गरेर जाने अवस्था छैन। एक त त्यसै पनि माओवादीलाई मनको बाघले खाइरहेको छ। आफैँ सत्ता छोडेपछि अहिले 'हामीलाई एक्लो पारिँदैछ' भनेर माओवादीका नेताहरू चियाको कपमा तुफान ल्याउन कोसिस गर्दैछन्।
सबभन्दा मुख्य प्रश्न- माओवादी शान्ति प्रक्रियाप्रति इमानदार छ कि छैन भन्ने नै हो। ऊ शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन चाहन्छ भने उसले समायोजन विशेष समितिलाई सहयोग गर्नैपर्दछ। 'संविधान जारी नगरी निशस्त्र हुँदैनौँ' भन्ने माओवादी निष्कर्ष शान्ति प्रक्रिया भाँड्ने सुनियोजित योजनाको एउटा कडी हो। किनभने, माओवादी लडाकुको समायोजन र पुनःस्थापना नगरी शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सकिँदैन र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा नपुर्याई नयाँ संविधान निर्माण गर्न सकिँदैन भन्ने माओवादीले पनि राम्ररी बुझेको छ। सायद त्यसैले नै उसले नयाँनयाँ बखेडा सिर्जना गरिरहेको छ।