दलहरुको मूल दायित्व
१३ चैत्र २०७२
•
११ मिनेट पाठ
दलहरुको मूल दायित्व
नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनपछि राजनीतिक बजारमा सरकार परिवर्तनको हल्ला फैलाइँदैछ। लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तन सामान्य विषय हो। संसदीय प्रणालीमा संसद्ले यो पद्धतिलाई सहज निकाश दिने विषय हो। नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएसँगै सरकार परिवर्तनका स्वर सतहमा आएका छन्। नेपालमा २०५२ सालमा सुरु भएको सशस्त्र द्वन्द्वपछिको सङ्क्रमणकालको अन्तिम चरणमा छौं हामी यतिबेला। लामो सशस्त्र द्वन्द्वमा १७ हजारभन्दा बढीको ज्यान गयो। हजारौं अपाङ्ग र घाइते भए। अरबौँको भौतिक संरचना नाश भयो। अमूल्य अकल्पनीय मानवीय विकासको क्षति भयो। यति ठूलो मानव स्रोत र मानवीय मूल्य/मान्यताको क्षतिपछि भएको १२ बुँदे विस्तृत शान्ति सम्झौता, अन्तरिम सरकार, संसद् पुनर्स्थापना, अन्तरिम संविधान २०६३, पहिलो संविधान सभा निर्वाचन २०६४, दोस्रो संविधान सभा २०७० जस्ता घटना ऐतिहासिक छन्। २०७२ असोज ३ मा नयाँ संविधान घोषणा भएपछि मुलुक सङ्क्रमणकालको अन्तिम चरणमा आइपुगेको छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपाली जनता र सहिदको सपना पूरा भएको छ तर नेपाली जनताको सपना राजनीतिक व्यवस्थामात्र होइन भन्ने बुझ्नु पनि उत्तिकै आवश्यक छ। सार तत्वमा भन्नुपर्दा विकसित मानव चेतनाले माग गरेको न्यायपूर्ण, स्वतन्त्र नागरिकको उच्चतम विकाससहितको समृद्ध, समतामूलक मानव जातिको आनन्दको जीवन नै हो। हामीले अपनाएको परिमार्जनसहितको नयाँखाले संसदीय प्रणाली हो। विश्वका अन्य देशका संसदीय प्रणालीलाई नै आधार मानेर नेपालको द्वन्द्व समाधान, पहिचान र सामर्थ्य सम्बोेधनका लागि समानुपातिकता, सङ्घीयता, समावेशिता, निर्वाचन प्रणाली, स्रोतको बाँडफाँट, अर्थव्यवस्थाको चरित्र बदल्न गरिएका प्रबन्ध परम्परागत संसदीय प्रणालीभन्दा मानव जातिको विकासका चरणले हामीले नेपाली भूमिमा प्रयोगमा ल्याएको अंशमा नयाँ प्रयोग नै हो भन्न हिच्किचाउनुपर्दैन।

त्यसैले राज्य व्यवस्थामा संविधान अर्थात् मूल कानुनले परिकल्पना गरेका मान्यताको कार्यान्वयन त्यसको स्थायी सरकार, कर्मचारीतन्त्र मूलतः राणाशाही वा राजतन्त्रको हुकुमी मनोविज्ञानबाट हुर्कियो। २००७ सालको पहिलो क्रान्तिपछि प्रतिगमन भोगेको कर्माचारीतन्त्र २०४६ सालको दोस्रो क्रान्तिसम्म हुकुमी प्रमाङ्गीमै चल्यो। योग्यता/क्षमताका आधारमा लोक सेवा आयोगका नियुक्ति प्रक्रियालाई लिन सकिए पनि सम्पूर्ण कर्माचारीतन्त्र तानाशाही व्यवस्था अनुकूल नै रहेको पाइन्छ। संयुक्त जनआन्दोलनपछि कर्माचारीतन्त्रका करिब सबै अङ्ग निजामती, प्रहरी, शिक्षक सेवासहित पेशागत क्षेत्रमा पार्टीकरणले कर्माचारीतन्त्र संविधान कार्यान्वयनमा बाधक सावित भएको छ। अनुभूति सबै तहमा छ। अब यसको वैज्ञानिक समाधानको बाटो भनेको पेशागत हकहितका लागि ट्रेड युनियनको व्यवस्था गर्दै श्रमका हरेक क्षेत्रमा आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल सम्पूर्ण क्षेत्रमा गरिनुपर्छ।

संसदीय क्षेत्रको प्रयासबाट निजामती क्षेत्रमा २०७२ चैत २८ गते तोकिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन सत्ताधारी दलमध्येकै लाभ–हानि हेरेर स्थगन गर्न प्रयास हँुदैछ भन्ने खबर पनि सञ्चारमाध्यममा आएका छन्। तोकिसकिएको यो निर्वाचन निष्पक्षरूपले गराएर जनतालाई प्रशासनिक सुधारको आभाष दिन आवश्यक छ। त्यसैगरी बाँकी काम श्रम क्षेत्रमा पनि छ। श्रम सम्बन्धलाई आजको बदलिँदो युग सुहाउँदो बनाएर लैजान नसके उत्पादन क्षेत्रमा रूपान्तरण सम्भव छैन। त्यसैगरी भोलिका कर्णधार उत्पादन गर्ने विश्वविद्यालयमा विशुद्ध शैक्षिक वातावरण बनाउन आवश्यक छ। वास्तविक विद्यार्थीबीचको शैक्षिक उन्नयनका लागि आवाज उठाउनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनहरु विद्यार्थी उमेर कटिसकेका राजनीतिकर्मीको चलखेलको थलो भएका छन्। शिक्षालय र विश्वविद्यालय आज सभ्य नागरिक उत्पादन गर्नेभन्दा पनि जागिर खाने र राजनीति गर्ने थलोमात्र बनेको छ। नत्र वास्तविक विद्यार्थीले सम्पदाको रूप धारण गरेका आफ्नै शिक्षालयका पुस्तकालय, पुस्तक र शोधग्रन्थ जलाउने आँट गर्न सक्छन्? त्यसैले आजको आवश्यकता शैक्षिक उन्नयनका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्कालै गराउनु पनि हो। विद्यार्थी हित, शैक्षिक उन्नयन र अराजकता फैलन नदिन पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जरुरी ठानिएको हो।

लोकतान्त्रिक व्यवस्थालाई जगैदेखि बलियो बनाउन स्थानीय सरकार बलियो हुन आवश्यक छ। नेपालको संविधानको नयाँ व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारको निर्वाचन हुन समय लाग्ने अवस्था छ। नयाँ संविधानले भाग ३३ को सङ्क्रमणकालीन व्यवस्थाको धारा ३०३ मा स्थानीय निकायसम्बन्धी व्यवस्थामा 'यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका सथानीय निकायहरुमा स्थानीय निकायका पदाधिकारीहरुको निर्वाचन कानुनबमोजिम हुने' व्यवस्था छ। त्यसैले अर्को निर्वाचन नभएसम्म अहिलेकै अवस्था कायम रहने संवैधानिक व्यवस्था भएकाले यथासम्भव चाँडो निर्वाचन कानुन बनाइ निर्वाचनमा जानु संक्रमणकाल छोट्याउने अति जरुरी कार्यभार हो। तसर्थ यी तीन निर्वाचन नेपाली समाजलाई सारतत्वमै पद्धतिगत रूपान्तरणका लागि अति आवश्यक काम हुन। सरकार र राजनीतिक दल निर्वाचनतर्फ नजाने हो भने महाभूकम्पपछिको पुननिर्माण र व्यवस्थापन, ७५ जिल्लाका जनतालाई नागरिक प्रत्याभूति दिन, श्रम सम्बन्धलाई नयाँ गति प्रदान गर्न, शैक्षिक पुनर्संरचना र रूपान्तरण गर्न कम्मर कसेर लाग्नुपर्छ। यसका लागि कर्माचारीतन्त्रमा रूपान्तरण गरी परिणाममुखी सेवातर्फ अग्रसर गराउनुपर्छ। 'राजाको काम, कहिले जाला घाम' भन्ने मनोविज्ञान फेरेर जनताको सेवामा समर्पित कर्मचारीतन्त्र निर्माण नभएसम्म यी कुनै पनि विषयले सफलता हासिल गर्न सक्दैनन्। त्यसैले यो पक्षमा पनि गम्भीर विचार पुर्यारउनु आवश्यक छ।

नेपाली कांग्रेसको महाधिवेशनबाट भर्खरै चुनिएको नेतृत्वका काम आमपदाधिकारीको हिजोको प्रवृत्ति केलाउँदा र अधिवेशनका क्रममा मत माग्न प्रयोग भएको नारा केलाउँदा देशलाई अग्रगमनतिर लैजाने मुद्दाहरु ध्ाार्मिक स्वतन्त्रता, संघीयता, समावेशिता र लोकतन्त्रलाई बलियोे बनाउने देखिँदैन। यसमा प्रतिबद्धताभन्दा पनि बाध्यताले पुगिहालियो भन्नेखालको अवस्था देखिन्छ। त्यही नेतृत्व सरकार बनाउने/भत्काउने खेलमा नै केन्द्रित भएर लाग्दैन भन्न सकिँदैन। तर देशको आवश्यकता अर्को आमनिर्वाचन अगाडिसम्म च्यातिएको १६ बँुदेमै अडेर नेपाली कांग्रेस पनि यसै सरकारमा सामेल भएर राष्ट्रिय सरकारको रूप दिएर अगाडि बढ्नु रहेको छ। जसले स्थानीय निर्वाचन, पुनर्निर्माण र विकासका मुद्दामा केन्द्रित भएर संक्रमणकालको भरपर्दो व्यस्थापन गर्दै जानुपर्छ। मधेसकेन्द्रित दलले उठाएका जायज माग पनि सम्बोधन गर्न आवश्यक छ। मुख्य कुरा, अब कुनै पनि बहानामा निर्वाचन टार्ने भूल भने गर्नुहुँदैन। यसले कसैको पनि हित गर्दैन।

एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य एवं सांसद
अर्को समाचार
दीगो शान्ति र युवा सहभागिता
१९ फागुन २०७०
•
११ मिनेट पाठ
दीगो शान्ति र युवा सहभागिता
संविधान सभाको निर्वाचन २०७० पछि संविधान सभाभित्रको राजनीतिक अंकगणित र दलहरुको उपस्थितिमा बदलाव आएको छ तथापि जनताले चाहेको संविधान लेख्ने संविधान सभाको मूल दायित्व र उद्देश्य फेरिएको छैन। तर पनि प्रधान मन्त्री र संविधान सभा अध्यक्षको निर्वाचन सम्पन्न हुने क्रमसम्म आइपुग्दा मुख्य जिम्मेवारी पाएका दलहरु एवं तिनका नेतृत्व पंक्तिमा सार्वभौम जनता र राष्ट्रप्रतिको जिम्मेवारीलाई लिएर सोच र आचरणमा सकरात्मक परिवर्तन आउन सकेको संकेत पाउन सकिएको छैन।सत्ता समीकरण, शक्ति बाँडफाँट र कुर्सी नै बरु सर्वोपरि हुन् भन्ने जस्ता दलगत प्राथमिकता सार्वजनिक भइरहेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबाट भएको मिलीजुली सरकार बनाउने प्रयास नै त्यस अवस्थाको पहिलो सूचक हो भन्ने मान्न सकिन्छ।
नियन्त्रण र सन्तुनलका आधारभूत प्रजातान्त्रिक मूल्य मान्यतालाई तिलाञ्जली दिएर नेका र एमालेले सत्ता समीकरणको खेलमा जनताले दिएको जिम्मेवारीलाई दाउमा लगाएकै हुन्। नत्र विश्वव्यापी संसदीय प्रजातन्त्रका सफल र जिम्मेवार अभ्यासहरुलाई आधार मान्ने हो भने सदनका सबैभन्दा दुई ठूला दल मिलेर सरकार बनाउने प्रजातान्त्रिक प्रचलन छैन। प्रतिपक्षीबिहीन अवस्था र व्यवस्था प्रजातन्त्रको परिकल्पना होइन। सवल एवं प्रभावकारी प्रतिपक्ष बरु प्रजातान्त्रिक पद्धतिको अपरिहार्यतामात्र नभएर सौन्दर्यसमेत हो। राजनीतिक नैतिकतालाई आत्मसात गरेर त्यसकारण नेका र एमालेले स्वभावतः सत्तापक्ष र प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने हो तर विडम्बना त्यो मान्यता र राजनीतिक चेतले स्थान पाउन सकेन।
गल्ती सच्याउनुपर्छ भन्ने बोध मूल जिम्मेवारी पाएका दलहरुमा देखिएन। नेका, एमाले र एनेकपा माओवादीले निर्वाचनको क्रममा जनतासमक्ष हिजोका गल्तीबाट पाठ सिक्छौं भन्ने रट लगाएका थिए। गल्ती कमजोरीबाट पाठ सिक्ने भनेको तिनै गल्ती दोहार्याटउनुपर्छ भन्ने पक्कै होइन। तर पनि अवस्था सुधारोन्मुख देखिएको छैन। आन्तरिक मामिलाहरुमा वैदेशिक परामर्श र आशीर्वाद लिने प्रचलनले विश्राम पाउँछ भनेर विश्वस्त हुनसक्ने दर्बिलो आधार भेटिएको छैन। विदेशी पात्र र दूतहरुसमक्ष नेका, एमाले, माओवादी नेतृत्व पंक्तिले मर्यादा भुल्दै गर्ने गरेको गल्तीहरु सच्याउनेतर्फ अग्रसरता आएको छैन। ‘एक वर्षभित्र संविधान' भन्ने ती दलका नारा यस्तै यस्तै परिवेशमा नारामै सीमित हुने हो कि? भन्ने शंका व्याप्त छ। यस अवस्थामा राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तालाई अक्षुण्ण राख्न सक्ने जनताले चाहेको संविधान लेख्नुपरेको छ। यो मूल उद्देश्यबाट संविधान सभा कतै चुक्नुहुँदैन 
तीन उपलब्धि र न्याय
तीनवटा ऐतिहासिक आन्दोलनका उपलब्धि– सात सालको आन्दोलनले दिएको प्रजातन्त्र, ४६ सालको आन्दोलनले दिएको संवैधानिक राजसंस्था र ६२, ६३ को आन्दोलनले दिएको सामाजिक न्यायको सिद्धान्त लिएर संविधान सभा २०७० को निर्वाचनमा हामी जनतामाझ गयौं। निर्वाचनमार्फत मातृपार्टी राप्रपा नेपाल देशको चौथो ठूलो राजनीतिक शक्ति बन्यो। संविधान सभामा चार सदस्य संख्याबाट २४ सीट प्राप्त गर्नु अवश्य पनि उपलब्धि नै हो यद्यपि जनतामाझ जाँदा उठान गरिएका मूलतः राजासहितको प्रजातन्त्र, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र, आर्थिक समृद्धिलगायत मुद्दालाई सही गन्तव्यमा पुर्यापउन अझ गर्न धेरै बाँकी छ। सांगठनिक संरचना विस्तार गर्दै प्रजातन्त्र, संवैधानिक राजसंस्था र सामाजिक न्यायका सिद्धान्त एवं अवधारणा समयानुकूल परिभाषा गर्दै तत्सम्बन्धी व्यवस्थालाई व्यवहारमा उतार्नु छ। भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, कहिले बन्द नगर्ने प्रतिबद्धता सामाजिक मान्यताको कडीको रूपमा स्थापित गर्नुछ। पछाडि परेका अल्पसंख्यक क्षेत्र, वर्ग, समुदाय, भाषा, धर्म, लिङ्ग, जातजातिलाई प्रजातान्त्रिक दर्शन एवं निष्ठाअनुरूप स्वावलम्बन, सशक्तीकरण र समावेशीकरणको अभ्यासमा अभ्यस्त गराउनु छ। यसबाट नै दीगो शान्ति एवं राष्ट्रिय समृद्धिको खाका कोर्न सकिन्छ र कोर्नुपर्दछ।
यवा सहभागिता
राप्रपा नेपालको आगमनपश्चात दुईवटा संविधान सभाको निर्वाचन सम्पन्न भएका छन्। ती दुईवटै निर्वाचनमा राप्रयुसं नेपालले सक्रिय एवं सिर्जनात्मक भूमिका निर्वाह गर्दै आएको छ। २०६४ को निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीमात्र नभएर समानुपातिक विधिअनुरूप उमेदवारी दिनु पनि त्यस अवस्थामा चुनौतीपूर्ण थियो। प्रजातन्त्र र समावेशीकरणको दुहाई दिएर नथाक्ने आफूलाई ठूला भन्ने दलहरुबाट नै निषेधको राजनीति लादिएका कारण नयाँ प्रजातन्त्रमा कसैलाई काखा कसैलाई पाखा भन्ने अवस्था व्याप्त थियो। तर पनि राप्रयुसं नेपालसँग आबद्ध युवा तरुण साथीहरुले राजनीतिक जोखिम मोलेर २०६४ को संविधान सभाको निर्वाचनमा सहभागिता जनाए, उमेदवारी दिए। मातृपार्टीको होस्टेमा हैंसे गर्ने जिम्मेवारी सम्पन्न गरिए।
सोही संस्थागत पृष्ठभूमिको निरन्तरता रह्यो संविधान सभा २०७० को निर्वाचनको सन्दर्भ पनि। देशव्यापीरूपमै युवक संगठनमा सक्रिय तरुण पुस्ताले निर्वाचनको मोर्चामा सक्रिय जिम्मेवारी निर्वाह गरे। संगठनको नेतृत्व तह केन्द्र, जिल्ला, क्षेत्र तहका सदस्यहरु दुवै निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा उमेदवारसमेत बने। केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यहरु प्रत्यक्षतर्फ उमेदवार बनेको अवस्था मध्यनजर गर्ने हो भने राप्रपा नेपालसम्बद्ध जनवर्गीय संगठनहरुमध्ये संविधान सभाको निर्वाचनमा सबैभन्दा बढी उमेदवारी राप्रयुसं नेपालबाट नै पर्योग। पद्धतिमाथि नै प्रश्न उठ्ने गरी आमराजनीतिक वृत्त एवं पार्टी पंक्तिभित्रसमेत देखिएको समानुपातिक पद्धतिप्रतिको गलत झुकाव र प्रत्यक्ष निर्वाचनबाट भाग्ने नियतिका अतिरिक्त राप्रयुसं नेपालका बहुसंख्यक उमेदवारहरु प्रत्यक्षतर्फकै प्रतिस्पर्धी थिए। यो यथार्थ अवस्था संस्थागत निरन्तरताकै प्रतिछायाँ हो भन्ने हाम्रो निर्क्योल छ।

हिस्सेदार युवा 
युवा पुस्ता चाहना, सपना र वितृष्णाको माखेसाङ्लोमा अल्भि्कएको वर्तमान अवस्थामा, शिक्षा, रोजगारी र सुन्दर भविष्यका लागि विदेश भासिनुपर्ने अहिलेको परिवेशमा, युवा ऊर्जा र सम्भावनालाई सही दिशावोध गर्नु/गराउनु अपरिहार्य राष्ट्रिय आवश्यकता बनेको हो। किनभने शान्त र समृद्ध राष्ट्र निर्माणको उद्देश्य साकार तुल्याउन युवा साझेदारी दर्बिलो आधारशीला हो। चलनचल्तीको भाषामा साधारणतया भनिने गरेजस्तो युवा पुस्ता भविष्यको कर्णधार मात्र नभएर वर्तमानको हिस्सेदारसमेत हो। राष्ट्र र समाजको सर्वाङ्गीण क्षेत्रमा युवा सहभागिता र योगदान यसै सत्यको परिचायक हो। यो यथार्थ अवस्था मनन् हुन सके राष्ट्र र समाजकै दीर्घ कल्याण हुनेछ। त्यसकारण यसतर्फ अग्रज पुस्ता, आमसमाज र मातृपार्टीको समेत गम्भीर ध्यानाकर्षण हुनुपर्छ। भन्ने हाम्रो चाहना र अनुरोध छ।
सभापति, राप्रयुसं नेपाल
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस