सरकार परिवर्तनबाट संविधान बन्छ र शान्ति प्रक्रिया टुंगोमा पुग्छ त्यसमा कोही पनि बाधक बन्नु हुँदैन।
उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनबाट प्रधानमन्त्री माधवकुमार नेपाल सुरुकै दिनदेखि झस्केका छन्। संयन्त्रका तीन सदस्यमध्ये सरकारको विकल्पको खोजीरहेका आफ्नै पार्टी अध्यक्ष झलनाथ खनालप्रति विश्वस्त नभएकाले उनी बढी सशंकित भएका हुन्। माओवादीले संयन्त्रको बैठकमा सरकार परिवर्तनको प्रस्ताव राखेपछि उनको शंकामा निराधार नभएको प्रमाणित भएको छ।
माओवादीको प्रस्तावसँगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ। दलहरू एकअर्काविरुद्ध सिंगौरी खेल्न थालेका छन्। विभिन्न दलका नेताका भिन्नभिन्न अभिव्यक्तिले राजनीतिमा परिवर्तनको संकेत देखिन थालेको छ। प्रधानमन्त्री नेपाल सत्ता गुम्ने डरले झस्किएका छन् भन्ने संकेत उनका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तले दिइसकेका छन्। पन्त भन्छन्( 'सरकार परिवर्तन संयन्त्रको कार्यक्षेत्र हुँदै होइन।' मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार संयन्त्रको सबभन्दा बढी विरोधमा उत्रिएका छन्। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई संकेत गर्दै उनले खाटमा सुतेर कसैले पनि मुलुक सञ्चालन गर्न सक्तैन भनेर नेपालको बचाउ लागेका छन्। उनको अभिव्यक्तिभित्र भावी सरकारमा हालकै जस्तो भूमिका नपाइने चिन्ता लुकेको हुनसक्छ। अर्कातिर उपपप्रधानमन्त्री सुजाता कोइराला सार्वजनिकरूपमै सरकार परिवर्तनको पक्षमा उभिएकी छन्। राजनीतिक परिवर्तनको सम्भावना देखेर होला उनले सरकार गठन भएको नौ महिनापछि मन्त्रिपरिषद् बैठक एमाले पोलिटब्यरोजस्तो हुन लागेको अनुभूति गर्न थालेकी छन्।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले समेत घुमाउरो पारामा माओवादी सत्तामा जान नहुने धारणा अघि सारेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले भट्टराईलाई भारतले प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको छ भनी सार्वजनिक गरेपछि उनी पार्टीभित्र अप्ठेरामा परेका छन्। भट्टराईको धारणा त्यसैको सूचक हो। त्यसमा दाहाल प्रधानमन्त्री हुनुहुन्न भन्ने मनसाय लुकेको छ। कांग्रेस नेतृत्वमा सरकार बन्यो भने पार्टी सभापति गिरिजाप्रसाद कोइराला या संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्री हुने हुन् कि भन्ने चिन्ताले शेरबहादुर देउवा पनि नयाँ सरकारको विपक्षमा उभिएका छन्। सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका देउवामा कोइराला या पौडेल प्रधानमन्त्री भए भने महाधिवेशनको परिणाम आफ्नो अनुकूल नहुन सक्छ चिन्ता देखिन्छ।
माओवादी सुरुदेखि नै वर्तमान सरकारको विपक्षमा थियो। उसले नयाँ सरकार गठनको प्रस्ताव राख्नु अनौठो होइन। तर यसअघि आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा रहेको माओवादी संयन्त्रमा सरकार परिवर्तनको प्रस्ताव राख्दा नेतृत्वको सबालमा मौन छ। त्यही भएर माओवादीको यो प्रस्ताव रहस्यमय छ। यसले अरू पार्टीका नेतालाई प्रधानमन्त्री स्वीकार्न माओवादी तयार भएको संकेत गरेको छ। विभिन्न दलका नेताबाट माओवादी प्रस्तावको विरोध र समर्थन आआफ्नै फाइदा/बेफाइदाको जोडघटाउका आधारमा भइरहेको छ। सत्तालाई केन्द्रमा राखेर हेर्नेहरूबाट त्यस्तो टिप्पणी आउनु स्वभाविकै हो।
अन्तरिम संविधानअनुसार दलहरू सामु आगामी जेठ १४ सम्ममा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु र संविधानसभाबाट संविधान जारी गर्नुबाहेक अर्को विकल्प छैन। संकटकालको स्थितिमा मात्र संविधानसभाको म्याद छ महिना लम्याउन सकिन्छ। संविधानसभाको म्याद थप्नकै लागि मुलुकमा संकटकाल लगाउन सकिँदैन। संविधान निर्माण र शान्ति प्रक्रियालाई बेवारिसे बनाएर प्रमुख दलहरू सरकार परिवर्तनतिर लाग्नु संविधानसभा चुनावमा जनताले दिएको जनादेशविपरीत जानु हो। दुर्भाग्य, दलहरूको अहिलेको व्यवहार हेर्दा भने उनीहरूको प्राथमिकता भने संविधान निर्माण नभएर सरकार बनेको देखिएको छ। जेठ १४, २०६७ सम्म संविधान बनेन भने मुलुकमा संवैधानिक संकट आउँछ। त्यसपछि मुलुक असफल राष्ट्रको बाटामा जान सक्छ। त्यति बेला दलहरूसित पछुताउनुबाहेक अर्को विकल्प बाँकी रहने छैन।
प्रमुख तीन दल संविधान निर्माणप्रति जिम्मेवार भए भने चाहिँ यही सरकारलाई जारी राख्ने या नयाँ बनाउने भन्ने सबाल गौण हुनेछ। नयाँ सरकार बनाउँदा संविधान बनाउन सबै दल एक ठाउँमा आउँछन्, माओवादीसहितको राष्ट्रिय सहमतिको सरकार बन्छ र सबै ठूलासाना दललाई सहमतिमा ल्याएर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन भने प्रधानमन्त्री नेपालमात्र होइन कोही पनि त्यसमा बाधक बन्नुहुँदैन। राष्ट्रिय सहमति सरकार गठनका लागि खुसीसाथ राजिनामा दिनु नै प्रधानमन्त्रीका लागिसमेत हितकर हुनेछ। तर, माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर्याउन होइन नेपालका ठाउँमा अध्यक्ष खनाल, कांग्रेसका कोइराला या अरू कसैलाई प्रधानमन्त्री बनाउन मात्र नयाँ सरकार गठनको प्रस्ताव ल्याएको हो भने त्यो जनताप्रति बेइमानी हो। व्यक्तिमात्र परिवर्तन गरेर विद्यमान राजनीतिक समस्याको समाधान हुन सक्तैन।