मुलुकलाई उग्रदक्षिणपन्थी भासमा पर्नबाट जोगाउने हो भने माओवादीले अधिनायकवादी विचार र सत्ता कब्जाको हठ छाडेर लोकतान्त्रिक संविधान निर्माणका लागि लचिलो हुनुको विकल्प छैन।
बीचबीचमा रोकिएर कछुवाको गतिमा अघि बढ्ने संविधानसभाबाट नयाँ संविधान जारी हुन करिब सय दिनमात्र बाँकी छ। विभिन्न विषयगत समितिले डेढ वर्ष लगाएर तयार पारेका प्रतिवेदनमा पनि प्रमुख राजनीतिक दलबीच ९८ प्रतिशतसम्म मत बाझिएको छ। संविधानका आधारभूत विषयहरू राज्यको शासकीय स्वरुप, राज्यको पुनःसंरचना, प्राकृतिक स्रोत साधनको बाँडफाँट, व्यवस्थापकीय स्वरूप निर्धारण समिति र न्यायिक समितिका प्रतिवेदनमा नेपाली कांग्रेस र एनेकपा (माओवादी) बीच गंभीर मतभेद छ। संविधानको प्रस्तावनामा पनि माओवादीको असहमति छ। संविधानसभाको पहिलो बैठकद्वारा पारित संघीय लोकतान्त्रिक गणतन्त्र र जनआन्दोलनको निर्देश बहुलवाद मान्न माओवादी तयार देखिँदैन। संसदीय व्यवस्थाको "स" पनि सुन्न नचाहने माओवादीको जनगणतन्त्र र बहुदलीय प्रतिस्पर्धाको अडान मान्नु नेपाली कांग्रेसका लागि आत्मघाती हुनेछ। प्रमुख दल माओवादी र कांग्रेसकै यस्तो अडान हेर्दा सहजरूपमा सय दिनभित्र संविधान जारी हुनसक्ने देखिँदैन। कथित सहमतिमा जारी गरियो भने पनि ब्रह्माजीले सबभन्दा सुन्दर प्राणी सृष्टि गर्छु भन्दा उँट तयार भएजस्तै लोकतान्त्रिक आत्माविहीन कुरुप संविधान बन्नसक्छ। त्यसले नेपाली जनताको ६० वर्षदेखिको लोकतान्त्रिक आकांक्षा पूरा गर्ने छैन र मुलुक जातीय र क्षेत्रीय द्वन्द्वको चक्रव्यूहमा फस्नेछ।
शासकीय स्वरूप निर्धारण समितिमा माओवादी सहमतीय राष्ट्रपति प्रणाली र बहु सदस्यीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली तथा कांग्रेस र एमाले संवैधानिक राष्ट्रपतिसहित कार्यकारी प्रधानमन्त्री रहने शासन प्रणाली र मिश्रित सदस्यीय समानुपातिक निर्वाचन प्रणालीको अडानमा रहेकाले कुनै पनि प्रस्तावमा बहुमत पुगेेन। अतः समितिको ठोस निर्णयबिनै सबै प्रस्ताव संविधानसभामा पेस गरिएको छ। एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पूर्व अडान छोडेर समितिमा कांग्रेसको प्रस्तावलाई समर्थन गर्यो तर पार्टीभित्रको गुटगत मत भिन्नताले केही सदस्यद्वारा पूर्व मतदानविपरीत पुनः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको भन्दै विवाद सिर्जना गरेका छन्। एमालेको कुनै पनि विषयमा स्पष्ट अडान देखिँदैन। शासकीय स्वरूप निर्धारण समितिमा कांग्रेसलाई साथ दिएको एमालेले राज्यको पुनः संरचना संघीय स्वरूप निर्धारणमा माओवादीलाई साथ दियो। एमालेको समर्थनले जातीय आधारमा १४ संघ बनाउने माओवादीको प्रस्ताव पारित भयो र कांग्रेसलगायत अन्य दलद्वारा प्रस्तुत ६ वटा संघको प्रस्ताव अस्वीकृत भयो। एमालेको द्वैध चरित्रले सरकारमा सहभागी प्रमुख दल कांग्रेस अप्ठेरोमा पर्ने गरेको छ। सर्वत्र भ्रष्टाचार, गिर्दो शान्ति सुरक्षा र शून्य गतिमा रहेको विकास निर्माणका कारण कांग्रेसका लागि वर्तमान सरकार "नखाउँ भने दिन भरको सिकार, खाउँ भने कान्छा बाको अनुहार" भएको छ। कांग्रेसले समर्थन फिर्ता लिए यो सरकार एक दिन पनि टिक्तैन। आफ्नो मुख्य पहिचान र मान्यतामा आघात पुग्ने गरी कांग्रेसले कति दिनसम्म एमालेसँंग सहकार्य गर्ने भन्ने प्रश्न कांग्रेस नेतृत्व समक्ष कार्यकर्ताले गर्न थालेका छन्।
कांग्रेस र एमाओवादीबीच अर्को गंभीर मतभेद स्वतन्त्र अदालतका सम्बन्धमा पनि छ। अदालतलाई व्यवस्थापिका मातहतमा राख्ने, व्यवस्थापिकाभित्र कै समितिद्वारा न्यायाधीशको नियुक्ति, मूल्यांकन र राजनीतिक प्रकृतिका मुद्दा अदालतबाट झिकेर व्यवस्थापिकाले हेर्न पाउनुपर्ने र न्याय क्षेत्रभन्दा बाहिरको व्यक्ति पनि प्रधानन्यायधीश हुनुपर्ने पक्षमा माओवादीे छ। कांग्रेस र अन्य कतिपय दलहरू शक्ति पृथकीकरणको मान्यताअनुसार अदालत कुनै पनि किसिमको हस्तक्षेपबाट मुक्त, स्वतन्त्र र सक्षम हुनुपर्छ भन्नेमा छन्। विभिन्न समितिमा उठेका विवादका अन्य प्ाक्ष हुन् जातीय अग्राधिकार, भूमिको व्यवस्था अहिले नै गर्ने कि संघहरूलाई दिने र आदिवासी/जनजाति सभासदहरूद्वारा अघि सारिएको अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को प्रस्ताव १६९ अनुसार जल, जमिन र जंगलमा अग्राधिकार हुनुपर्ने माग।
नयाँ संविधान निर्माणसंँग अन्तर सम्बन्धित अर्को विवादास्पद र महत्वपूर्ण विषय माओवादी लडाकुको समायोजन छ। संविधान जारी हुनुभन्दा पहिले माओवादी लडाकूहरूको समायोजन र माओवादीद्वारा हिंसाको पूर्णरूपमा परित्यागको घोषणा। यथार्थमा त्यो नभई गरिएको संविधान घोषणाको कुनै अर्थ रहने छैन। सेना समायोजन नभई संविधान जारी भयो भने माओवादीलाई सत्ता कब्जाको वैधानिक बाटो खुला हुनेछ। उसले हिंसा परित्याग नगरेसम्म मुलुकमा शान्ति र स्थिरता आउने छैन। लडाकुको समायोजनको विषयलाई लिएर दलहरूमा आन्तरिक विवाद छ। त्यतिमात्र होइन सरकारमा रहेका कतिपय दलले समूहगतरूपमा विद्रोही लडाकु समायोजन गरेमा नेपाली सेनाको व्यावसायिकता र अराजनीतिक चरित्रमा गंभीर असर पर्ने र यसैलाई नजिर बनाएर अहिले तराई र पूर्वी पहाडमा भूमिगतरूपमा रहेका सशस्त्र विद्रोहीले पनि समूहगत प्रवेशको माग गर्नसक्ने भएकोले लडाक सेनामा समायोजन गर्न नहुने अडान राखेका छन्। प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै अध्यक्षतामा रहेको विशेष समितिमा ५ हजार लडाकुलाई सुरक्षा निकायमा राख्न सकिने प्रस्ताव प्रस्तुत गर्नु भएको छ। तर प्रधानसेनापति छत्रमान सिंह गुरुङ र अन्य वरिष्ठ जर्नेलहरूले रक्षा मन्त्री विद्यादेवी भण्डारीलाई भेटेर समूहगतरूपमा र कतिपय द्वन्द्वग्रस्त मुलुकमा अपनाइएको ‘सेक्यूरिटी सेक्टर रिफर्म' ( एसएसआर) मोडेल आफूहरूलाई मान्य नहुने जनाएका छन्। उनीहरुको तर्क छ - यस्तो मोडेल असफल घोषित द्वन्द्वग्रस्त मुलुकमा प्रयोग गरिएको हो, नेपाल असफल राष्ट्र घोषित भएको छैन र विद्रोही लडाकु नेपाली सेनालाई हराएर आएका पनि होइनन्। माओवादी संसद्वादी दलहरूसँंग १२ बुँदे समझदारी गरेर हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमार्फत् आएका हुँदा एसएसआर मोडेल नेपालमा लागु हुन सक्दैन। तर माओवादी सेनाका डिपुटी कमान्डर चन्द्रप्रकाश खनालले भने एकीकृत शान्ति सम्झौताको मुख्य आधार नै एसएसआर भएको हुँदा यही आधारमा दुवै सेनाको समायोजन हुनुपर्ने आफ्नो पार्टीको अडान रहेको दोहोर्याएका छन्।
संविधानसभामा अहिलेसम्म भएका छलफलमा भिन्न राजनीतिक दर्शनमा विश्वास राख्ने कांग्रेस र माओवादीबीच संविधानको अवधारणाका विषयमा गंभीर मतभेद प्रकट भएको छ। माओवादी घुमाइफिराइ चिनियाँ मोडेलको संविधानको पक्षमा छ। विगतको संसदीय कालमा कुनै पनि संसद्ले कार्यकाल पूरा गर्न नपाएको, पटकपटकको सरकार परिवर्तनले संसदीय व्यवस्था असफल भएको दलिल दिँंदै स्थिरताका लागि कार्यकारी अधिकारसहितको राष्ट्रपति प्रणालीमा माओवादीले जोड दिएको छ। यसको ठीकविपरीत नेपाली कांग्रेस विश्वव्यापी प्रजातान्त्रिक मान्यताका आधारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार स्पष्टरूपमा किटान भएको, प्रेस स्वतन्त्रता र मौलिक हकमा कुनै पनि किसिमको बन्देज लगाउनु नहुने गरी कार्यकारी अधिकारसहितको प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति र बहुलवादमा आधारित संविधानका पक्षमा छ।
ओँठे समर्थनबाहेक कुनै पनि दलले संविधान निर्माणलाई प्राथमिकता दिएका छैनन्। यति गंभीर मतभिन्नता रहेर संविधान निर्माणले तीव्रता लिन नसके पनि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एमालेका अध्यक्ष झलनाथ खनाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अहिलेसम्म संविधानसभाको कुनै पनि समितिमा भएका छलफलमा भाग लिएका छैनन्। समय एकदम छोटो छ, मतभेद गंभीर छन्, सभासद आआफ्नो दलीय आधारमा अडिएका छन्, गाँठो कसरी फुकाउने? सहमति कसरी जुटाउने? विषयमाभन्दा उच्चस्तरीय संयन्त्रमा छलफलको विषय दाहाल प्रधानमन्त्री बन्ने न सके कोइरालालाई समर्थन गरेर भने पनि यो सरकार ढाली छाड्ने विषयले प्राथमिकता पाएपछि नेताहरू संविधान बनाउनमा गंभीर छैनन् भन्ने सन्देश जनतामा प्रवाह भएको छ।
मूलतः नेताहरू सरकार गिराउने र बनाउने खेलमा लागि परेका हुँदा नै २०६७ साल जेठ १४ गते संविधान जारी हुने संभावना कम हुँदै गएको हो। समयमा नै संविधान बनाउन छाडेर संविधान संशोधन गर्ने कसरतमा नेताहरू लागेका छन्। यसमा अग्रपंक्तिमा एमाले छ। एमालेका प्रमुख सचेतक भीम आचार्य र सरकारका प्रवक्ता सूचना तथा संचार मंत्रीले पार्टी र सरकारको धारणा सार्वजनिक गरिसकेका छन्। अन्य विषयमा वर्तमान सरकारसँंग असहमत माओवादी पनि अवधि बढाउने विषयमा असहमत देखिदैन। दुवै कम्युनिस्ट पार्टीबीच कुरा मिलेपछि कांग्रेसमात्र किन अलग हुन्थ्यो र? कांग्रेसका कतिपय नेताले अवधि बढाउनुपर्छ भनी मुख खोली सकेका छन्। वर्तमान संविधानसभाले सातौँ पटक संविधान संशोधन गरिसकेको छ भने आठौंँ, नवौँं पटक गर्न नसक्ने भन्ने तर्क हुन सक्तैन। संविधान संशोधन गरेर ६ महिना वा एक वर्ष समयावधि बढाइएला तर दुई वर्षमा नबनेको संविधान ६ महिना वा वर्ष दिनमा बन्छ भन्ने ग्यारन्टी कसले दिने? संविधान संशोधनले संवैधानिक जटिलता टर्ला तर के यो राजनीतिक दृष्टिले उचित हुन्छ? आफ्नो अकर्मण्यता र अक्षमता ढाक छोप गर्न जनतासँंग गरेको प्रतिबद्धता उल्लंघन गर्नु कति नैतिक कार्य होला?
समयमा संविधान नबनाएर म्याद थप्दै जानु मुलुकलाई पाकिस्तानी बाटोमा लैजानु हो। अंग्रेजबाट सँगै स्वतन्त्र भएको भारतमा समयमा संविधान बनेर मुलुक लोकतान्त्रिक बाटोबाट अघि बढ्यो भने पाकिस्तानी नेताहरूको अदूरदर्शिता र सत्ता लोलुपताले पाकिस्तानमा लोकतन्त्र चल्न सकेन। मुलुकै टुक्रियो। अब पनि के हुन्छ भन्न सकिने अवस्था छैन। भारत संसारको महाशक्ति हुने बाटामा छ।
संविधान संशोधन गरेर समस्याको समाधान खोज्न थाले मुलुकमा अरू जटिल समस्या थपिने छन्। तराई र पूर्वी पहाडमा देखिएको हिंसात्मक प्रवृत्तिले प्रोत्साहन पाउनेछ र मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा फस्नेछ। संविधानसभामा रहेको सबभन्दा ठूलो दलको हैसियतले अबको मुलुकको राजनीतिलाई कता लग्ने भन्ने माओवादीको हातमा छ। माओवादीले जतिसुकै कसरत गरे पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम हेर्दा उसको नेतृत्वमा सरकार बन्ने संभावना देखिदैन। अबको मुलुकको राजनीति उग्रदक्षिणपन्थी मार्गमा नजाओस् भन्ने माओवादीको चाहना हो भने संविधानसभा र सेना समायोजनमा हठ त्यागेर पूर्ण लोकतान्त्रिक संविधान बनाउन लचिलो हुनुको विकल्प छैन।