खेलकुद नबुझेका व्यक्तिलाई राजनीतिक नियुक्ति दिएर जिम्मा लगाएपछि दुर्दशा नभए अरू के हुन्छ?
'अब कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा अनावश्यक पदाधिकारी जाने छैनन्, खेलाडी र प्रशिक्षकले मुख्य प्राथमिकता पाउनुपर्नेछ। अनावश्यक पदाधिकारीसहितको जम्बो टोली नलान मैले कडा निर्देशन दिएको छु,' राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संरक्षकसमेत रहेका प्रधानमन्त्री माधवकुमार नेपालले यस्तो प्रतिक्रिया दिएको धेरै भएको छैन। प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएको पाँच महिना नबित्दै राखेपकै एक जिम्मेवार पदाधिकारीबाट चालु दक्षिण एसियाली खेलकुद (साग) का लागि अनावश्यक पदाधिकारीसहितको जम्बो टोली बंगलादेश लगेकोमा आक्रोश पोखेको सुनियो।
राखेपका सदस्य मीनकृष्ण महर्जन सागका लागि आफैलाई सुइँको नदिई जम्बो प्रतिनिधिमण्डल बंगलादेश लगेर देशको बदनाम गरेको भन्दै एक कार्यक्रममा आक्रोश पोखिरहेका थिए। खेलकुदमा २५ वर्ष बिताएका महर्जनको आक्रोश वास्तवमा सही थियो।
कारण, सागका लागि राष्ट्रको ढुकुटी नासेर लगिनेमा धेरै यस्ता व्यक्ति छन्, जसको खेलकुदसँग गोरु बेचेको साइनोसमेत छैन। खेलकुदका लागि आएको बजेट यस्ता व्यक्तिका लागि खर्च गरेर खेलकुदले कहिल्यै केही नपाउने उनलाई राम्ररी थाहा थियो।
युवा तथा खेलकुदमन्त्री गणेश नेपाली तथा राखेप सदस्यसचिव हरिबाबु चौधरी राजनीतिक सन्तुलन र पद जोगाउने खेलमा लाग्दा अनावश्यक व्यक्ति नेपालको आधिकारिक प्रतिनिधि बनेर ढाका पुगे। जसको प्रत्यक्ष मार खेल प्राविधिकले बेहोर्नुपर्यो। राजनीतिक कार्यकर्ता र शक्तिवालालाई ढाका लगेर जस लिन खोज्दा धेरै प्रशिक्षकको कोटा काटियो। झन्डै दुई दर्जन विधामा २४ खेलाडी सहभागी हुने एथलेटिक्सका लागि यसपाली दुई प्रशिक्षक मात्र ढाका पुगेका छन्। फरक विधाको प्रविधि फरक हुने गर्छ। त्यसका लागि विशेषज्ञ प्रशिक्षक आवश्यक पर्छ, तर मन्त्री र सदस्यसचिवलगायत नेतृत्वको राजनीतिका लागि प्रशिक्षकको कोटा काटिँदा त्यहाँ नेपाली खेलाडीको प्रदर्शनमा असर पर्ने निश्चित छ।
तर खेलकुदका 'ख' नबुझेका मन्त्री र सदस्यसचिवले त्यसको हेक्का राख्न सकेनन्। उनीहरूले खेलकुदका प्राविधिकको साटो राजनीतिक कार्यकर्ता र आफ्ना मान्छेलाई ढाका सयर गराएर खेलकुदलाई ठगी मात्र गरेका छैनन्, उनीहरूले प्रधानमन्त्रीको निर्देशनको उल्लंघन गरेर राखेपका सर्वोच्च व्यक्तिको समेत मानमर्दन गरेका छन्। वास्तवमा खेलकुद नबुझेका व्यक्तिलाई राजनीतिक नियुक्ति दिएर राखेप जिम्मा लगाउनुको प्रतिफल हो यो। प्रधानमन्त्रीले साग टोलीलाई बिदाइ गर्ने क्रममा अघिल्लो साता पनि राखेप नेतृत्वलाई अनावश्यक व्यक्ति नलान निर्देशन दिएका थिए, तर उनैबाट नियुक्त मन्त्री र सदस्यसचिवले टेरेनन्।
यही सागका लागि पाकिस्तानी प्रधानमन्त्री युसुफ राजाले हस्तक्षेप नै गरेर ५२ अनावश्यक पदाधिकारीको नाम काटेर एउटा उदाहरण प्रस्तुत गरिसकेका थिए। हाम्रा प्रधानमन्त्रीको विवेकले त्यसो गर्न नसक्दा देशको ढुकुटीको दुरुपयोग भइसकेको छ, तर अझै पनि प्रधानमन्त्री नेपाललाई राष्ट्रिय ढुकुटी अपचलन गर्नेलाई नसियत दिएर त्यसको सोधभर्ना गर्ने अवसर छ।
आफ्नो निर्देशन नटेर्ने मन्त्रालय र परिषद् नेतृत्वलाई साग सकिएलगत्तै प्रधानमन्त्रीले कारवाही गर्नुपर्छ। अन्यथा भविष्यमा पनि कुनै प्रधानमन्त्रीको सही निर्देशन कुनै मन्त्री वा सदस्यसचिवले टेर्ने छैनन्। प्रधानमन्त्री एकोहोरो निर्देशन दिइरहने छन् भने उनी मातहतले यसैगरी अटेर गरिरहने छन्। यो मात्र होइन भविष्यमा मन्त्रीलाई सदस्यसचिवले नटेर्ने, सदस्यसचिवलाई सदस्यले नटेर्ने अनि सदस्यलाई त्यो भन्दा तलकाले नटेर्ने नयाँ कुसंस्कार स्थापित हुनेछ। देशको प्रतिष्ठा र देशवासीको भावनासँग जोडिएको विषयमा प्रधानमन्त्रीले राजनीतिक समीकरण मिलाउने नाममा दण्डहीनतालाई प्रश्रय दिनु हुँदैन। साथमा भविष्यमा यस्ता राजनीतिक नियुक्ति गर्दा आफ्नो पद र राजनीति मात्र ध्यानमा नराखी सम्बन्धित क्षेत्रमा विशेषज्ञता हासिल गरेकालाई ल्याउने आँट गर्नुपर्छ, किनकि उनले पनि आफू र आफ्नो दलका लागि मात्र नभई राष्ट्रका लागि राजनीति गरेको प्रमाणित गर्नु जरुरी छ।