राजनीतिले बाटो बिराएको मुलुकको सबै क्षेत्र तहसनहस हुन्छ । बाटो बिराएका बखत केही समय एकाध क्षेत्रले राम्रो गरेको देखिए पनि अन्त्यमा सबै धराशायी हुन्छन् । अन्तर्राष्ट्रिय अनुभवले सिकाएको पाठ हो यो । प्रजातन्त्रको सुन्दर पक्ष भनेको सशक्त सत्तापक्ष र जिमेवार प्रतिपक्ष नै हो । संसद्मा बहुमत हासिल गर्ने दलले कार्यकारी व्यवस्था सञ्चालन गर्ने र अल्पमतमा रहेको विपक्षीले सरकारले गरेको गल्तीको पर्दाफास गर्ने जिम्मेवार लिनुपर्छ । त्यस्तो व्यवस्थाले संसद्मा शक्ति सन्तुलन कायम हुन्छ । जनचाहनाअनुसारका निर्णय गर्न सरकार बाध्य हुन्छ । तर, नेपालमा त्यसको विपरीत अवस्था देखियो । सत्तापक्ष र प्रतिपक्ष दुवै देशको गलत दोहन गर्न लागेका छन् । दलहरूले आलोपालो सरकार सञ्चालन गर्ने अनि एउटा पक्षले गरेको खराब कामको प्रतिरक्षा अर्को समूहले गरेको देखियो ।
अफ्रिकी मुलुक सुडानमा भएको क्षेत्रीय तथा जातीय दंगा नियन्त्रण गर्न तथा शान्ति स्थापनाका निम्ति अफ्रिकी युनियन र संयुक्त राष्ट्रसंघको सहभागितामा झन्डै १ अर्ब ३० करोड अमेरिकी डलर व्ययभार पर्नेगरी सन् २००७मा राष्ट्रसंघीय मिसन बन्यो । शान्ति स्थापनामा ख्याति कमाएका नेपाली सुरक्षाकर्मीले सुडानको डार्फर क्षेत्रमा अमनचयन कायम गर्ने दायित्व पाए । सेनाको बदला त्यसपटक मिसनमा नेपाल प्रहरीले शान्ति कायम गर्ने दायित्व पाएको थियो । खटिएका प्रहरीलाई आवश्यक बन्दोबस्तको सामान खरिद गर्ने दायित्व पनि नेपाललाई नै सुम्पियो राष्ट्रसंघले । संयोगले त्यसैबेला ज्ञानेन्द्र शासनको पतन भयो, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । कांग्रेसमा आन्तरिक विवाद हुँदाहुँदै पनि माओवादीको विश्वासपात्र कृष्णप्रसाद सिटौला गृहमन्त्री बने । गृहमन्त्रीको हैसियतले उक्त बन्दोबस्ती सामग्रीको अन्तिम स्वीकृतिकर्ता उनै सिटौला बने । उनको पालामा नेपालमार्पmत् किनिएका बख्तरबन्द गाडीहरू बारम्बार बिग्रिएर गुड्नैनसक्ने भएको र त्यसले गर्दा खटिएका सुरक्षाकर्मीको ज्यान खतरामा परेको खबर विश्वभर सम्प्रेषण भयो । मिसनमा गएका सुरक्षाकर्मीको ज्यान जोखिम हुने भएपछि राष्ट्रसंघले थप रकम खर्चिएर नेपालले किनेका सामग्री प्रतिस्थापन ग¥यो । अन्तराष्ट्रियस्तरमै समाचार बनेपछि उक्त घटनाको छानबिन गर्न अधिकार सम्पन्न समिति बन्यो नेपालको संसद्मा । त्यसो त संयुक्त राष्ट्रसंघले आफ्नो आन्तरिक छानबिनबाट सिटौलाको पालामा किनिएका सामानमा व्यापक भ्रष्टाचार भएको निष्कर्ष निकालिसकेकै थियो । कांग्रेसको साख गिराउन सके आफूलाई फाइदा हुने ठहरसहित सिटौलाको कर्तुत खोतल्न एमालेका सांसदहरू क्रियाशील भए । तर, घटना सार्वजनिक भएर छानबिन हुँदासम्म लामो समय लागिसकेको थियो। उक्त अवधिमा एमाओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रधानमन्त्री भएर पनि नेतृत्व फेरि एमालेकै हातमा आइसकेको थियो । सरकार परिवर्तनसँगै एमालेका वामदेव गौतम र एमाओवादीका कृष्णबहादुर महरा गृहमन्त्री बनिसकेको अवस्था थियो । अधिकारसम्पन्न संसदीय समितिले लामो समय र ठूलै लगानी गरेर सत्यतथ्य पत्ता लगायो । तर, सुडान घोटालाका नायक कांग्रेसका सिटौला नै भए पनि त्यसपछिका गृहमन्त्रीहरू एमालेका गौतम तथा एमाओवादीका महरासमेत कमसल सामान आपूर्ति गरेको जान्दाजान्दै ठेकदारलाई पैसा भुक्तानी गरेर आफ्नो दायित्वबाट चुकेको देखियो । सिटौलालाई फसाउन पाए आफ्नो दलको उत्थान हुने ठहर गर्दै मुख जोर्न पुगेका एमाले तथा एमाओवादीका सांसद आफ्ना दलका नेता पनि फस्ने भएपछि अघि बढ्न हच्किए । सुरुदेखि नै सिटौलालाई जोगाउन गिरिजाप्रसाद लागिपरेकै थिए । त्यसमा आआफ्नालाई चोख्याउन एमाले र एमाओवादीका नेतृत्वसमेत लागेपछि उक्त अनुसन्धानात्मक प्रतिवेदन तुहियो । सबै दोष प्रहरी प्रमुखहरूमाथि थोपरेर नेताहरूलाई चोख्याइयो । उक्त प्रतिवेदनलाई आधार मान्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यस अवधिका आइजीपीहरूलाई जेल पठायो, तर नेताहरू भने मज्जैले चोखिए ! यसरी ३ जना भ्रष्टलाई जोगाउन देशका ३ ठूला राजनीतिक दल गठजोड गर्छन् भने उक्त मुलुकमा प्रजातन्त्रको हविगत कस्तो होला ?
कुनै पनि देशमा स्थायी सरकार नहुन्जेल विकास हुन सक्दैन । सरकार गठन र विघटन प्रत्येक देशमा खर्चिलो हुन्छ । त्यसमा पनि संसद्मा 'म्याजिक नम्बर' पु¥याउन सांसद किनबेचमा समेत ठूलो धनराशि खर्चनुपर्ने हाम्रोजस्तो देशमा सरकार गठनले भित्राउने विकृति बारम्बार देखेकै हो ।
प्रजातन्त्र पुनस्र्थापनापछि नेपाली कांग्रेसले दुई पटक संसद्मा बहुमत ल्यायो । तर, दुवै पटक पार्टीभित्रको आन्तरिक कलहले संसद् विघटन भयो । मनमोहन अधिकारी सरकारले ल्याएको 'आफ्नो गाउँ आपैm बनाऔँ' कार्यक्रममार्पmत् स्थानीय निकायलाई आफ्नो विकास निर्माण स्वयंले गर्न पाउनेगरी प्रत्यक्ष रकम दिने योजना तथा 'बूढापाकालाई कम्युनिस्टले मार्छन्' भन्ने आरोपको झुट साबित गर्न वरिष्ठ नागरिकलाई प्रोत्साहनस्वरूप वृद्धभत्तालगायतका सामाजिक कार्यक्रमले एमालेको लोकप्रियता चुलिएको थियो । आसन्न चुनावमा पार्टीले जित्ने पक्का हँुदाहुँदै एमाले विभाजन हुन पुग्यो । प्रथम संविधानसभाको निर्वाचनमा एमाओवादी संसद्मा सबैभन्दा ठूलो दल बन्यो अनि अध्यक्ष दाहाल प्रधानमन्त्री बने । उनले कार्यकारी हत्याउनेबित्तिकै कहिले बाबुराम भट्टराई त कहिले मोहन वैद्यले पार्टी फुटाउने धम्की दिइरहे । अन्त्यमा भट्टराई र वैद्य दुवैले माउपार्टी छोडे, तर पुरानो संस्कार अहिले पनि जीवित छ एमाओवादीमा । तसर्थ, संसद्मा जतिसुकै सुविधाजनक अवस्था भए पनि कुनै पनि दलको नेताले पूरा अवधि देशको कार्यकारी चलाउन नसक्ने अवस्था देख्दादेख्दै समानुपातिक सासदसमेतको व्यवस्था गरेर संविधान लेखियो । प्रत्यक्ष निर्वाचनमा समेत एकै दलले संसदीय बहुमत हत्याउन कठिन भएको अवस्थामा समानुपातिक प्रावधानले भविष्यमा कुनै पनि दलले एकलौटी बहुमत पाउने अवस्था रहेन । मुलुकका लागि घातक देख्दादेख्दै दलहरू किन समानुपातिक प्रावधानलाई स्वीकार गर्न बाध्य भए ?
एमालेको कोटाबाट सभासद् भएकी राज्यलक्ष्मी गोल्छाले करोडाँै रकम खर्चिएर आफू सासद बनेको यथार्थ सार्वजनिक गरिन् । यो शृंखला केवल एमालेमा सीमित छैन । रकम खर्चिएर दर्जनाँै व्यक्ति सभासद् बनेका छन् । कांग्रेस नेता ओमकार श्रेष्ठ पार्टीबाट समानुपातिकमा प्रतिनिधित्व गर्ने २० प्रतिशत पनि कांग्रेसमा पसिना चुहाएका मानिस नभएको ठोकुवा गर्छन् । नेताका नातेदार तथा आर्थिक चलखेलले अधिकांश सभासद् बने भन्ने पुराना कांंग्रेसी ओमकारमात्र होइनन् । ठूला दलमा श्रीमती तथा पारिवारिक नातागोताले सभासद्को पद पाएको सबैले देखेकै कुरा हो । मधेसवादी दलमा श्रीमती तथा प्रेमिकालाई समेत सभासद् बनाएको पनि जगजाहेर छँदैछ । सबै दलमा समानुपातिकको कोटाको दुरूपयोग भए पनि उक्त व्यवस्थालाई अहिलेको संविधानमा निरन्तरता दिइनुको एकमात्र कारण नेताले आफन्तलाई पदमा पु¥याउन पाउनुमात्र हो । सबै प्रतिगामी भए, दलका नेताहरूको स्वार्थ मिल्यो यस विषयमा । मुलुकको दीर्घकालीन हितभन्दा आफ्नो निजी स्वार्थ साध्न नेताहरू एकजुट भए ।
संसदीय प्रजातन्त्रमा बहुमत हासिल गरे नै पनि कुनै प्रधानमन्त्रीले स्थायित्व नपाउने अवस्थालाई दृष्टिगत गर्दै लामो समयदेखि एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गरिरहेको थियो । सर्वाधिकार सम्पन्न राष्ट्रपतिले मात्र मुलुकलाई निकास दिन सक्ने भएकाले जननिर्वाचित राष्ट्रपतिभन्दा अन्य विषय सोच्नै नसक्ने भन्दै थिए एमाओवादी अध्यक्ष दाहाल । ठूला ३ दलमा नेपाली कांग्रेसमात्र संसदीय प्रजातन्त्रको वकालत गर्ने दल थियो । एमाले र एमाओवादी प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गरिरहेको अवस्थामा संसद्को बहुमतले चुन्ने बेलायती ढाँचाको संसदीय प्रजातन्त्रले निरन्तरता पाउला भन्ने कसैले भरै गरेको थिएन । तर, दुई ठूला दल कांग्रेसनिकट पुगे अनि संविधानमा वेस्टमिन्सटर सिस्टमको प्रजातन्त्रले निरन्तरता पायो । एमाले र एमाओवादीले कांग्रेसले वकालत गरेको संसदीय प्रजातन्त्रको समर्थन गर्नुको मुख्य कारण उक्त पद्धतिमा मुलुकले विकास गर्ला भनेर हुँदै होइन, बरु बेलायती ढाँचाको प्रजातन्त्रलाई निरन्तरता दिन सके भविष्यमा प्रधानमन्त्री परिवर्तन हँुदा आफू पनि परिन्छ कि भन्ने लोभमात्र हो । प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था भएको संयुक्त राज्य अमेरिकामा २२७ वर्षमा जम्मा ४४ जना राष्ट्रपति बने भने गणतन्त्रपछिको ८ वर्षमा नेपालमा ८ जना प्रधानमन्त्री बनिसकके । प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिँदा व्यक्ति परिवर्तन आवधिक हिसाबमा मात्र हुने भएकाले मुलुकमा संसदीय प्रजातन्त्र कायम गर्न सके आफू पनि प्रधानमन्त्री बन्न पाउने सम्भावनाको लोभकै कारण संविधानमा वेस्टमिन्सटर सिस्टम कायम गर्न अधिकांश नेता सहमत भए । तसर्थ, बेलायती ढाँचाको प्रजातन्त्रको संवैधानिक निरन्तरतामा मुलुकहितलाई केन्द्रमा राखिएको हँुदै होइन बरु नेताहरूको व्यक्तिगत स्वार्थलाई ध्यान दिइएको हो ।
मुलुकमा भ्रष्टाचार व्याप्त छ । राजनीतिकर्मी र कर्मचारीमा आर्थिक अपचलन नगर्ने व्यक्ति पाउन कठिन छ । भ्रष्टाचारको लहरो तान्दा पहरो गर्जने अवस्था भयो । नेपाली कांग्रेसका धेरैले भ्रष्टाचारको अभियोगमा सजायँ पाएका छन् भने केही पैmसलाको प्रतीक्षामा छन् । एमालेको हकमा पार्टी विभाजनका बेला पार्टीले नै आधिकारिकरूपमा देशकै सबैभन्दा भ्रष्टको आरोप लगाएको वामदेव अहिले पनि दलमा शक्तिशाली नेता छन् । माओवादी सेनाको क्याम्प व्यवस्थापन तथा भत्ता खर्चमा भएको अनियमितताको खोजी गर्दा दर्जनाँै नेताले झ्यालखान बस्नुपर्ने देखिन्छ । मधेसवादी दलहरूको अवस्था अन्यको भन्दा कुनै पनि अर्थमा फरक देखिन्न । प्रचलित नियम–कानुन तथा खुमबहादुर खडका र जयप्रकाश गुप्ताकै नजिरमा सम्पत्तिको छानबिन हुने हो भने सबै दलका दर्जनौँ प्रभावशाली नेताको चिसो छिँडीमा बास हुने पक्का छ । यसरी ठूलो संख्यामा दलका नेताहरू कारबाहीमा पर्ने सम्भावना भएपछि उक्त बाटो सदाका निम्ति बन्द गर्न संविधान नै संशोधन गरी अख्तियारलाई निकम्मा बनाउन सबै दल एकजुट भएको नदेखेको होइन । नागरिक विरोधका कारण अख्तियारलाई नपुंसक बनाउने प्रयास असफल भएपछि निश्चित चरित्रका व्यक्तिहरूलाई आयुक्त नियुक्त गरी आफू सुरक्षित हुन दलका नेताहरूले गरेको गठजोड सर्वविदित छँदैछ । तसर्थ, एक दलका नेताले गरेको भ्रष्टाचारको अर्को पक्षले सार्वजनिक गर्नुपर्नेमा प्रजातान्त्रिक मान्यताविपरीत सबै दलका नेता भ्रष्टलाई कानुनी संरक्षण दिन एकजुट भएको अवस्थामा कसरी देशले सुमार्ग पहिल्याउला ? अन्य क्षेत्रमा भएको अनियमितताको अन्तिम पैmसला गर्ने निकाय अदालतमा समेत पार्टीका कार्यकर्ता तथा पार्टीका तर्पmबाट सभासद् भएका व्यक्तिहरूको सिफारिस गरिएको अवस्थामा कस्तो कानुनी शासन कायम होला सहजै अन्दाज गर्न सकिन्छ । देशका प्रत्येक क्षेत्रमा अनियमितता र बेथिति हुँदाहुँदै पनि देशचाहिँ राम्रो बन्ला भन्ने जनताको आशालाई यथार्थपरक मान्ने कि सपनाको महल निर्माणको संज्ञा दिने !