विवादरहित र सकारात्मक समाचारमा समेत व्यक्तिगत पूर्वाग्रहबाट उठ्न नसक्ने सञ्चार संस्थाले कुन धरातलमा उभिएर आदर्शको खेती गर्ने? तिनले अरू विषयमा झन् कति आग्रह राखेर काम गरिरहेका होलान्?
केही समयअघि (२२ पौषमा) मैले कान्तिपुर दैनिकको आफ्नो स्तंभ ‘नितान्त व्यक्तिगत'मा लेखेको ‘यस्तो डाक्टर पो डाक्टर' शीर्षक लेखमा यस पत्रिकाका पत्रकार गुणराज लुईँटेलको समाचारको प्रशंसापूर्ण उद्धरण गरेको थिएँ। त्यसपछि मेरा केही पत्रकार साथीले भने, ‘ओहो! कान्तिपुरमा नागरिकको प्रशंसा?" त्यसभन्दा केही महिनाअघि मैले यसै दैनिकमा लेखेको ‘पूर्व राजालाई खुला पत्र' मेरा एकजना पत्रकार मित्रलाई देखाउँदा उनले भनेका थिए, ‘हामीकहाँ हो भने यो छाप्न अलि गाह्रो हुन्छ, किनभने यहाँ पूर्व राजालाई ‘सरकार' ‘हजुर, बक्स्योस्' जस्ता शब्द प्रयोग गरिएको छ।' पछिल्लो घटना चाहिँ यस प्रकारको छः गत साता म आबद्ध कल्याणकारी संस्थालाई उद्योगपति सिद्धार्थ राणाले एक करोड रूपैयाँ चन्दा दिए। आफ्नो या आफ्नो परिवारका सदस्यसँग कुनै सरोकार नभएको कल्याणकारी संस्थालाई त्यति ठूलो रकम दान दिनु नेपालको परिप्रेक्षमा आफैंँमा असाधारण समाचार थियो। त्यसैले संस्थाको तर्फबाट हामीले प्रेस विज्ञप्ति जारी गर्र्यौं। प्रेस विज्ञप्ति पठाइएका दैनिक पत्रिकामध्ये अधिकांशले सो समाचार छापे तर केहीले छापेनन्। उनीहरूले सो समाचार छाप्न योग्य नभएर या स्थान अभावले गर्दा त्यसो गरेका होइनन्। त्यसको कारण बेग्लै छ।
कुरोको चुरो के हो भने हामी प्रायशः ठूला कुरा गर्छैँ तर हाम्रो मुटु भने भँगेराको जत्रो छ। हामी त्यसबाट माथि उठ्ने प्रयास नै गर्दैनौ। तर नेताहरूको चाहिँ मुटु ठूलो हुनुपर्छ भनेर दिनदिनै टोल, छिमेक, अन्तरक्रिया, गोष्ठी, भाषण र पत्रपत्रिकामा फलाक्छौंँ। अरूमा जेजस्तो कमजोरी भए पनि कमसेकम दिनदिनै आदर्श, सन्तुलन, न्याय, समानता र निष्पक्षता आदिको खेती गर्ने सञ्चार संस्थाका मालिक, तिनका व्यवस्थापक र सञ्चारकर्मीमा चाहीँ ‘भंगेराको मुटु जत्रो सोच' हुनुहुँदैन। जनसाधारणको विचार र चिन्तन जे सुनेर र पढेर निर्माण हुन्छ त्यही नै ब्यक्तिगत आग्रहपूर्वाग्रह ग्रस्त भएपछि सकारात्मक सामाजिक रूपान्तरण कसरी संभव होला? हामीभित्रैबाट उत्पादन हुने राजनीतिकर्मीमा सकारात्मक सोच कसरी आउला? यहाँ म सञ्चार संस्थाका मालिक, व्यवस्थापक र सञ्चारकर्मीहरू सबैलाई उल्लेख गरिरहेको छु किनभने समय परिस्थितिअनुसार कहिले को, कहिले को र कहिले सबै दोषी देखिने गरेका छन्।
सबभन्दा पहिला, कान्तिपुरमा नागरिकको प्रशंसा गर्न किन नहुने? या नागरिकमा कान्तिपुरको प्रशंसा गर्न किन नहुने? उदाहरणका लागि कान्तिपुरले धेरै राम्रा काम गरेको छ तर कल्याणको प्रवर्धन मेरो विशेष चासोको क्षेत्र हुनाले झट्ट मनमा आएको एउटा प्रसंग उल्लेख गरिहालौँं। मैले कतिपय मेरा ‘मालिक' मित्रहरूलाई भन्नेे गरेको छु, ‘कान्तिपुर दैनिकले विक्री भएको हरेक प्रतिको एक पैसा कल्याणका लागि छुट्टाएर साह्रै राम्रो काम गरेको छ। सक्ने सबै प्रकाशन गृहले त्यसो गरे कति राम्रो हुनेथियो।' यद्यपि कान्तिपुरजस्तो संस्थाले त्यसभन्दा धेरै बढी गरेर कल्याणको क्षेत्रमा असाधारण उदाहरण प्रस्तुत गर्नसक्छ भन्नेे मेरो विश्वास हो, जुन मैले सम्बन्धित पक्षलाई पनि भनेको छु। अब यो लेखेँ भनेर ‘कान्तिपुरको प्रशंसा नागरिकमा गर्न हुँदैन' भन्नेे? कान्तिपुर फुटेर नागरिकको जन्म भयो। त्यो एउटा व्यक्तिगत विमतिको परिणाम थियो, सकियो। अब के त्यही कटुता पालेर बसिरहने? व्यक्तिगत विमतिलाई पेसागत अभ्यासमा प्रतिविम्बित हुन दिनु राम्रो होला? पत्रकारिताको एउटा दायित्व नै नराम्रो कोट्याउने र नराम्रोको आलोचना गर्ने हो। तर त्यसको साथमा हामीले राम्रोको प्रशंसा गर्न जानेनौ भने हामीभन्दा पछिका पुस्तालाई के सिकाउने? इर्ष्या, द्वेष, कलुषित भावना, अस्वस्थ प्रतिस्पर्धा? हरेक दिन हामीले बोलेको सुन्ने र लेखेको पढ्ने श्रोता र पाठकसँग हामीले कुन नाकले आदर्श र नैतिकताका कुरा गर्ने? घमण्ड गर्ने विषय होइन तर हामीले बुझ्नु पर्यो यो समाजको सकारात्मक परिवर्तन चाहने हो भने पत्रकारिता त्यसका लागि सबभन्दा बलियो सम्बल हो। त्यसैले प्रतिद्वन्द्वी भएपनि कमसेकम राम्रा काम हुँदा सबैले सबैको प्रशंसा गर्न जान्नुपर्यो। त्यो पेसागत आदर्श हो। त्यसो गरेर न त ब्यापारमा घाटा हुन्छ, न त पेसामा। बरू ठूलो छाती राख्नेको रबाफ ठूलै हुन्छ। उसको नैतिक धरातल उचा हुन्छ। आफ्नो प्रतिद्वन्द्वीको प्रशंसा देख्न नसक्ने, राम्रो काम गर्दा पनि खुट्टा तान्न खोज्ने हो भने नेताहरूले त्यसै गर्दा कुन आधारमा उनीहरूको आलोचना गर्ने? त्यतिमात्र होइन, दिनरात अरूको आलोचना गर्ने हामीले आफ्नै मूल्याँकन गर्ने चरित्रको विकास गरेको खै? म आफैं भुक्तभोगी छु, सञ्चार माध्यमका मालिक या पत्रकारिता अभ्यासमा भएका कमीकमजोरीको चर्चा गर्यो भने, त्यस्तो लेख छापिँदै छापिँदैन। तर त्यस्तै आलोचना अरूका बारेमा गर्ने हो भने ती खुसीसाथ छापिन्छन्। आफ्नो आलोचनालाई पनि ठाउँ दिएका छाँैं भन्नेे देखाउन सञ्चार माध्यमले स्रोता र पाठकका छोटाछोटा टिप्पणीलाई अघि सार्ने गर्छन्। तर खै, एकाध घटनाबाहेक कहिले कतै प्रमुख सम्पादकीय विषयमा, प्रकाशकहरूले ब्यापार र पत्रकारिताबीच राख्नुपर्ने सन्तुलनका विषयमा चर्चा भएको छ? त्यो हुनै सक्दैन। किनभने त्यसोगर्दा स्वभावतः त्यसमा प्रकाशक, सम्पादक र पत्रकारहरूको आलोचना हुनजान्छ, जुन छापिँदैन। सञ्चार संस्थाका मालिक र पत्रकार गल्ती नै नगर्ने महामानव या उपल्लो दर्जाका नागरिक हैनन्। तिनका कमीकमजोरीका बारेमा पनि अरूको जस्तै टीकाटिप्पणी हुनैपर्छ। एउटा निष्पक्ष टिप्पणीकारलाई या योग्य छ भने कटु आलोचकलाई पनि, कान्तिपुर या नागरिकका कमीकमजोरी के, के छन् र के, केमा सुधार हुनुपर्छ भनेर तत्तत् पत्रिकामा सिँगो लेख लेख्न किन नलगाउने? होस्न खुला बहस।
केही समयअघिको कुरा हो यो लेखक कार्यरत बीबीसी नेपाली सेवामा त्यसको खोट भेट्टाइरहने दुईजना नियमित स्रोता र सम्बन्धित क्षेत्रका विज्ञ, बरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी र सञ्चार विश्लेषक प्रत्युष वन्तलाई निम्त्याएर हामीले नेपाली सेवाका कमजोरीका बारे टिप्पणी गर्न लगाएर प्रसार गरेका थियाँैं। के त्यसो गर्दा हामीलाई लाज भयो? बरू, हामी सजग भयौँ। स्रोताहरूले पनि कस्ता कुरा विचार गर्न पर्दोरहेछ भनेर थाहा पाए। ती विज्ञको टिप्पणीबाट अन्य प्रतिस्पर्धीले पनि केही सिके होलान्। आखिर सबैलाई फाइदा भयो।
अब लागौं, मेरा पत्रकार मित्रले ‘हामीले हो भने यो छाप्न अलि गाह्रो हुन्छ, किनभने यहाँ पूर्व राजालाई ‘सरकार, हजुर, बक्स्योस्' जस्ता शब्द प्रयोग गरिएको छ' भनेेको तिर। पत्रपत्रिकाका आफ्ना निश्चित् सम्पादकीय मापदण्ड हुन्छन्। त्यो हतपती पार गर्नु हुँदैन। तर समाचार होइन विचारका रूपमा ‘बाइलाइन ' सहित प्रकाशित हुने लेखमा नियमित टिप्पणीकारले सोचीविचारी र त्यस्तो भाषा किन प्रयोग गरियो भनी अर्थ्याईकन लेखिएको लेखलाई छाप्न नै अनुपयुक्त ठहर गर्नु ठीक हो कि होइन? हो, मानहानि हुने या अन्य कारणले सम्पादकीयरूपमा अनुपयुक्त लेख छाप्दा छाप्ने पत्रिकाले पनि जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ। जस्तो, दरबार हत्याकाण्डपछि कुनै प्रमाणबिना नै माओवादी नेता बाबुराम भट्टराईले हत्याकाण्डको जिम्मेवार तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र नै हुन् भनी लेखेको लेखलाई लिन सकिन्छ। त्यतिबेला कतिपयले त्यस्तो लेख छाप्न हुँदैनथ्यो भनि सम्पादक, प्रकाशक दुबैलाई दोष दिए। विचार पृष्टमा छापिने अधिकांश लेखका हकमा त्यसमा व्यक्त विचारलाई लिएर सम्पादक वा प्रकाशकलाई हैन लेखकलाई दोष दिने गरिन्छ। सम्पादकले या प्रकाशकले विचार पृष्टमै वैचारिक हस्तक्षेप गर्ने हो भने तिनले खुला बहस र लोकतन्त्रको वकालत कसरी गर्ने? के नाकले समावेशी र सद्भावपूर्ण समाजको वकालत गर्ने?
अब चर्चा गरौँं, कल्याणकारी कार्यकालागि दिइएको एक करोड रुपैँयाको चन्दाको समाचार नछाप्ने केही पत्रिकाको निर्णयका बारे। पत्रिकामा समाचार दुईवटा कारणले छापिँदैनन्। पहिलो, छाप्न योग्य समाचार नठानिएर। र, दोस्रो, अन्य महत्वपूर्ण समाचार बढी हुँदा स्थान अभावले। यसका कारण कयौं पटक चाहेर पनि कतिपय समाचार छाप्न नसक्ने अवस्था हुन्छ। अब कुन चाहिँ समाचार संस्थाले भन्नसक्छ, नेपालको बर्तमान परिप्रेक्षमा एकजना अग्रणी उद्योगपतिले आफ्नो कुनै सरोकार नभएको कल्याणकारी संस्थालाई दिएको एक करोड रूपैँयाको दान छाप्न योग्य समाचार थिएन भनेर? सो समाचार नछाप्ने कुनचाहिँ पत्रिकाले भन्न सक्छ सो समाचार दिनदिनै डुँगडुँग गन्हाउने गरी बोलिएका कयौं राजनीतिकर्मीका ‘रिसाइकल' गरिएका भाषणभन्दा कम महत्वपूर्ण थियो, त्यसैले बढी महत्वपूर्ण समाचारलाई ठाउँ दिँदा स्थान अभाव भयो भनेर? त्यस्तो विवादरहित र सकारात्मक समाचारमा समेत व्यक्तिगत पूर्वाग्रहबाट उठ्न नसक्ने सञ्चार संस्थाले कुन धरातलमा उभिएर आदर्शको खेती गर्ने? तिनले अरू राजनीतिक विषयमा झन् कति आग्रह राखेर काम गरिरहेका होलान् सहजै अनुमान लगाउन सकिन्छ।
पत्रकारिताको बजार बढी प्रतिस्पर्धात्मक र पेसागत हुँदै जाँदा ‘विचार' त परै छाडिदिउँ ‘समाचार'का हकमा समेत व्यक्तिगत आग्रहबाट माथि उठ्न नसक्नेहरूले बुझे हुन्छ, ती समय अन्तरालमा स्वतः पछि पर्दै जान्छन् र सकिन्छन् पनि। अहिले नै, पहिलाका कतिपय अग्रणी भनिएका पत्रिकालाई तुलनात्मकरूपमा नयाँ पत्रिकाहरूले प्रतिस्थापन गरिसकेका छन्। सम्पादकहरूले भन्दा पनि यो कुरा पूर्वाग्रह राख्नमा बढी माहिर प्रकाशक र तिनकै निर्देशनमा काम गर्ने व्यबस्थापकले बुझ्नु जरुरी छ।
मूल कुरा के भने ठूलो काम गर्छु भन्ने र गरेँ भन्नेको मुटु पनि ठूलो हुनुपर्यो। सानो मुटु भएका त दोषका भागी छँदैछन् तर ठूलो मुटु राख्नेहरूका लागि पनि यहाँ समस्या नभएको भने होइन। पेसाप्रति पूर्णतः इमान्दार र उदार कयौं पत्रकार मित्र बाध्यताको सिकार भएको मैले देखेको छु। किनभने, यही काठमाडौं खाल्डोभित्र जागिर खाएर तिनले गुजारा गर्नुपर्छ र त्यही बाध्यतामाथि गर्नेले रजाईँ गर्छ। हामीले हाम्रा यी यावत् कमजोरीका बारे सार्वजनिक बहस छेडेमात्र सानो मुटु राखेर काम गर्ने प्रकाशक, व्यवस्थापक र पत्रकारलाई गैरपेसागत संकीर्णता देखाउँदा लाज होला र हामी सबैलाई फाइदा होला। अन्यथा यो चरित्र सहजै जानेवाला छैन।