केही दिन पहिले वीरगंजमा उपप्रधानमंत्री सहितको मंत्रीहरूको टोली आयो। त्यस दिन वीरगंजमा कर्फ्यु लागेसरह सुरक्षा प्रबन्ध थियो। लाग्थ्यो, वीरगंजमा ठूलै आतंकवादी समूह प्रवेश गरेको छ। हरेक रोड गली चोकमा सुरक्षाकर्मीको उपस्थिति थियो। डरले सामानइ जनता सडमा हिँडडुल गर्न डराएका थिए। मरली चोक, माईस्थान, आदर्शनगर जस्ता मुख्य बजारका पसल पनि बन्द थिए।
अर्कातिर, वीरगंज नगरभित्रै अंचल प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालयलगायतको टेलिफोन तार चोरी हुनबाट जोगाउन सकिएको छैन। प्रहरी कार्यालयकै टेलिफोनको तार चोरिएको एक साता भएको छ।
माघ २ गते पर्सामा माओवादीका रामप्रकाश यादव, दारा यादव, अम्विका महतो र राजेश मण्डलको हत्या, सप्तरीमा अशोक मण्डलको अपहरणलगायतका घटना भएका छन्। सिरहामा माघ चार गते मन्टु आदवको अपहरण, पुस सात गते सप्तरीको मञ्जुदेवीमाथि गोली प्रहार, पुस नौ सप्तरीमा चन्द्र नाायाण यादवमाथि गोली प्रहार, पुष १० कपिलवस्तुमा साउथ बेगम उपर गोली प्रहार, पुष ११ सर्लाहीका शिक्षक अपहरण, पुष १४ लाहनका व्यापारी उपर गोली प्रहार,पुष १९ गते बारा पिप्रामा गोली प्रहार, पुष २२ गते जनकपुरमा अपहरण, पुष २७ गते पर्साका सहायक प्रजिअउपर गोली प्रहारलगायतका अपराधिक घटना सार्वजनिक भएका छन्।
अर्बौको लगानी गरेर लागु गरिएको योजना पा"च महिना नबित्दै किन विफल भयो त? यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने समीक्षा हुनुपर्छ। कारण, सरकारले कमजोरी सच्याएर जनतालाई सुरक्षाको अनुभूति दिनैपर्छ।
सरकारले सुरक्षा विशेष योजनालाई सशस्त्र समूहसितको वार्तासँगै लैजानु पर्ने विषय योजना लागू भएपछि सरकारले बिर्स्यर्ोे। सशस्त्र समूहलाई शक्रि प्रयोग गरेरै दबाउन सकिन्छ भन्ने ठानियो। मुलुकमा अहिले तीन किसिमका सशस्त्र समूहबाट अपराधका घटना भइरहेको देखिन्छ। पहिलो सशस्त्र भूमिगत राजनीतिक समूह, दोस्रो, छिमेकी मुलुक र स्वदेशका अपराधी समूह र तेस्रोमा मूल प्रवाहका राजनीतिक दलका नेताले आफ्नो दबदबा कायम राख्न संरक्षण प्रदान गरेका समूह। यी तीनैलाई वर्गीकरण गरेर छुट्टाछुटेटै तरिकाले नियन्त्रण गर्नुपर्थ्याे। तर सरकारले विशेष योजनाका नाममा एकै किसिमले सम्बोधन गर्न खोज्यो। फलस्वरूप सबै एक भएर सरकारी संयन्त्रभन्दा पनि शक्तिशाली बन्ने। सशस्त्र राजनीतिक समूहले युद्धमा फिर्ता भएको घोषणा गर्दा पनि सरकार वास्ता गरेन। कर्मचारीको सुरक्षालाई समेत बेवास्ता गरियो। सुरक्षा फौजमाथि आक्रमण हुनसक्ने सम्भावना भए पनि हेलचेक्य्राइँ गरियो। अर्थात्, सरकार पटक्कै गम्भीर भएन।
असुरक्षा बढाउने प्रमुख कारण हतियार हो। पहिले मुलुकभित्रका हतियार व्यवस्थापन गर्न सक्नुपर्छ। सरकारले हतियार व्यवस्थापन गर्नै सकेन। छिमेकी मुलुकका सीमावर्ती क्षेत्रमा खेलिएका अवैध हतियार कारखाना बन्द गराउने पहलसम्म सरकारले गर्न सकेको देखिएन। सरकारले अनुमति दिएकैे करिब ३४ हजार हतियारको कुनै अत्तोपत्तो छैन। यस्ता हतियार कहा" र कसरी प्रयोग भएका छन् भन्ने थाहा नहुनु सुरक्षा योजना विफल बनाउने कारण हो।
योजनालाई सफल पार्न सामान्य नागरिकको सहयोग पनि भएन। ससाना कुरामा नागरिक तहबाट पनि बन्द हडताल भएकै छन्। योजनाको पहिलो चरणमै सुरक्षाकर्मीबाट नागरिकउपर ज्यादती भयो। सरकारले दोषी सुरक्षाकर्मीलाई दण्डित गरेन। सरकारले नागरिकका मनबाट सुरक्षाबलप्रतिको अविश्वास र त्रास हटाउन सकेन। मुलुकभित्र गा"जा अफिमलगायत अवैध खेती हुने गरेको छ। त्यसलाई बचाउन नागरिकले हतियार लिने गरेका छन्। हतियार भएपछि चलाउन सिक्नै पर्यो। नजराना लिएर अवैध लागू पदार्थको खेती गर्न आखा चिम्लेका सुरक्षाकर्मीले त्यसलाई देखेको नदेख्यै गर्नुपर्ने हुन्छ।
सशस्त्र द्वन्द्वकालको पीडाले कतिपय नागरिकमा बदलाको भावना जन्माएको छ। राज्यले पीडितलाई न्याय नदिने र कतिपय घटनामा पीडकलाई माफी दिने गरेकाले पनि अपराधको भय बढेको छ। सरकारले हजारौ अफियुक्तको मुद्दा फिर्ता लिएर जेल मुक्त गरेको छ। तिनीहरू अपराधमा प्रयोग हुन सक्ने जोखिम भए पनि सरकारले निगरानी गरेको देखिन्न। प्रमुख राजनितिक दलका कार्यकर्ताबाट हुने अपराधमा कार्यवाही र सजाय नहुनु पनि असुरक्षाको एउटा हो। राष्ट्रिय मानव अधिकार आयोगल दोष्ी ठहर गरेकालाई पदोन्नति गर्दा पनि अपराधीसँग साँठगाँठ गर्नेको मनोबल बढेको छ।
यिनै समस्यालाई सम्बोधन गरेर सुरक्षा योजनामा सुधार नगर्ने हो भने मुलुक अराजकताको भुमरीमा फस्ने निश्चित् छ।
लेखक वीरगंजमा कार्यरत अधिवक्ता हुन्।