माओवादी लडाकुको व्यवस्थापन साझा चिन्ता र सरोकारको विषय हो। तर, माओवादीले यसलाई निजी विषय बनाउन खोजेकाले समाधान जटिल बन्दै गएको छ। 'अयोग्य' लडाकुको बहिर्गमनपछि उत्पन्न परिस्थितिले झन् स्पष्ट पारेको छ- समस्याको दीर्घकालीन समाधान नखोज्ने हो भने स्थिति सोचेभन्दा जटिल हुनसक्छ।
अयोग्य साबित लडाकु भारी मन लिएर बिदा भएका छन्। अवश्य पनि केही समय शिविरमा बसौँला र माला लगाएर बिदा होउँला भनेर उनीहरू 'जनयुद्ध' मा लागेका थिएनन्। सत्ताको लुछाचुँडीमा व्यस्त माओवादी नेतृत्वलाई बिदाइका बेला उनीहरूले चुँडाएको फूलको माला कुनै दिन बारुद भएर पड्किन सक्छ भनेर सोच्ने फुर्सत छैन।
पढ्नेलेख्ने उमेरका बालबालिका र युवालाई उरालेर माओवादीले 'जनयुद्ध' मा होमेको थियो। नेताका छोराछोरीले महँगा विद्यालयमा पढ्दै गर्दा जनताका छोरीछोरीले परिवर्तनका नाममा ज्यान होमेका थिए। तीमध्ये कतिपयले ज्यान गुमाए भने कतिको अहिले पनि बिचल्ली छ। अहिले 'अयोग्य' बनेर शिविरबाट निस्किने लडाकुलाई पनि माओवादीले अनेक सपना देखाएको थियो। युद्ध जितिन्छ र आफूले भनेको गर्न पाइन्छ भन्ने गलत कुरा सिकाएर तिनको भविष्यलाई माओवादी नेतृत्वले सत्ता स्वार्थको भर्याङ बनाएको थियो। तर, युद्ध जितिएन र भने जस्तो पनि भएन। बिनासित्ति तिनलाई तीन वर्षसम्म शिविरमा राखियो। बरु, तीन वर्षअघि नै मुक्त गरिदिएको भए आजसम्म उनीहरुले आआफ्नो बाटो समातिसक्ने थिए। पढ्ने उमेर थियो, पढ्थे। रोजगारीमा लाग्न सक्थे। तर, संख्या बढी देखाएर मोलमोलाई गर्ने बानी परेको माओवादी नेतृत्वले तिनलाई मुक्त गरेन।
देशको इतिहासमा तीन वर्ष लामो समय नहोला तर, व्यक्तिको जीवनमा तीन महिना पनि निकै लामो समय हो। यति धेरै युवालाई बिनाकारण तीन वर्षसम्म शिविरमा राख्दा न उनीहरूले कुनै सीप सिक्न पाए न बाहिरी संसारबारे जान्न पाए। समायोजन हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि उनीहरूलाई फौजी अभ्यास गराइयो। यो तिनको जीवनसँग गरिएको खेलबाड थियो। अहिले शिविरबाट मुक्त हुँदा न उनीहरूसँग शिक्षा छ, न त कुनै सीप। खुला राजनीतिको अभ्यास छैन। सिकाइएको मार्न र मर्न हो। अनि समाजमा उनीहरू कसरी पुनःस्थापित हुन सक्छन्? आर्थिक/सामाजिक आधारबिना २२ हजार बाटो खर्च र फूलको मालाले यस उमेरका युवाको भविष्य सुरक्षित हुनछ र?
शिविरमा ४ हजार ८ जना 'अयोग्य' लडाकु रहेको तथ्यांक सार्वजनिक भएको थियो। तर, बहिर्गमन हुँदा मुश्किलले ६० प्रतिशत मात्र देखिए। यसबाट स्पष्ट हुन्छ,सबै लडाकु माओवादीको नियन्त्रणमा छैनन् र मन लागेको बेला निस्किन स्वतन्त्र रहेछन्। अमिलो मन लिएर फर्किएका अब माओवादीकै नियन्त्रणमै रहलान् भन्न सकिँदैन। बन्दुक चलाउन माओवादीले सिकाएकै छ, अहिले त्यस्ता पसल अरूले थापेकै छन्। मातृका यादवको मनोबल त्यसै बढेको हैन। अब प्रश्न उठ्छ - प्रमाणीकृत १९ हजारमध्ये कति लडाकु शिविरमा छन्? अवश्य पनि सबै त शिविरभित्र छैनन्। कोही खाडी मुलुक पुगेका छन्, कोही अन्य दलको सम्पर्कमा आएका छन्, कोही फर्केर आफ्नै गाउँ पुगेका छन्। तर, माओवादीले सरकारबाट १९ हजारकै नाममा तलब बुझिरहेको छ। एकमुष्ट रूपमा बुझिने रकममध्ये लडाकुको हातमा कति पर्छ, त्यसको बेग्लै कथा छ। नियमित र बलियो आर्थिक स्रोत भइरहेका कारणले त माओवादीले लडाकु समायोजनमा आलटाल गरिरहेको त हैन?
माओवादी सेनाका लडाकुहरुको व्यवस्थापन नभएसम्म संविधान निर्माण हुन सक्दैन। तर, माओवादीले 'सेना समायोजन र संविधान निर्माण सँगसँगै' भन्दै नयाँ बखेडा सिर्जना गरेको छ। यो अडान उसले विगतमा आफैँ गरेका प्रतिबद्धता र अन्तरिम संविधान प्रतिकूल छ। आफू नौ महिना सत्तामा बस्दा पनि समायोजनका बारेमा कुनै ठोस काम गर्न नसकेको माओवादीले समायोजनको जस अरूलाई जाने भयले मूल कार्यभारबाट पन्छिन खोजिरहेको छ। आफूले पनि गर्न नसक्ने र अरूलाई पनि गर्न नदिने नियतका पछाडि कुनै न कुनै रूपमा आफ्नो हातमा सैन्य शक्ति राखिरहने र त्यही आधारमा अर्को निर्वाचनमा पनि वितण्डा मच्चाउने मनसाय लुकेको हुनसक्छ। तर, अब अरू दल त्यति बद्धु छैनन् र तिनले आफ्नो पुरानो गल्ती दोहोर्याउने छैनन्।
विशेष समितिले माओवादी लडाकुको समायोजनका आधार तयार गरेको छ। तर, संख्या र मापदण्ड बारे माओवादी मौन छ। १९ हजार प्रमाणीकृतमध्ये एक तिहाइ जति मात्रै वास्तविक लडाकु हुन् भन्ने तथ्य सार्वजनिक भइसकेको छ। 'शक्तिखोर भिडियो' मा पुष्पकल दाहाल स्वयम्ले '६-७ हजार जनसेनालाई बढाएर कसरी यति धेरै पुर्यायौँ' भनेर छापामारसमक्ष दिएको खुला मन्तव्यले पनि यसलाई स्पष्ट पारिसकेको छ। यस्तै, दाहालले विगतमा पटकपटक माधवकुमार नेपाल, गिरिजाप्रसाद कोइारालालगायतका नेतासँग ३ देखि ५ हजार लडाकुलाई सुरक्षा निकायमा समायोजन गरिदिन अनुरोध गरेको पनि सार्वजनिक भइसकेको छ। यस्तो अवस्थामा माओवादी लडाकुको संख्याका बारेमा पनि ठोस निष्कर्ष निकालेर छिट्टै समायोजन र पुनःस्थापनामा लाग्नुपर्छ। नत्र, न शान्ति प्रक्रिया सार्थक निष्कर्षमा पुग्छ न निर्धारित मितिमा संविधान बन्छ।