विभिन्न पृष्ठभूमिबाट आएका नेताको विगतका क्रियाकलाप हेर्दा नेपालमा संविधान सभाले संविधान बनाउला र बनेको संविधानअनुसार मुलुकको राजनीति निर्देशित होला भन्ने विश्वास थिएन। तैपनि, २०७२ वैशाखको सालको विध्वंसकारी भूकम्पपछि नेताहरूको चेत खुलेर नेपालको आवश्यकतानुसार संविधान बन्ला भन्ने आशा भने कताकता जागेको थियो।हजारौं जनाको ज्यान गएको, लाखौं परिवारको घरवास नष्ट भएको र मुलुकले विश्वप्रसिद्ध सांस्कृतिक धरोहरहरू समेत गुमाएको अवस्थामा जनताको साथसहयोग लिएर एउटा संक्षिप्त, खँदिलो संविधान बनाइएला र भूकम्पले तहसनहस पारेको मुलुकमा पुनर्निर्माण र नवनिर्माणका लागि समेत ढोका खुल्ला कि भन्ने आशा बढ्दै गएको थियो। तर अहिले परिस्थिति बदलिएकोछ।
मुलुकमा सामान्य अवस्था भएको बखत विविध प्रकृतिका अतिसंवेदनशील विषयको उठान गरी जनताको ध्यान त्यतातिर मोडेर आफूहरू निरन्तर सत्ताको दाउपेचमा रुमल्लिएर पहिलो सविधान सभालाई निरर्थक बनाई दिए। चार वर्षे पदावधिका लागि चुनिएको संविधान सभाबाट हतारहतारमा अधुरोअपुरो संविधान बनाउने कसरतमा लागेर प्रमुख दलका शीर्ष नेता जनतालाई पुनः अलमल्याउन लागिपरेका छन्। यस्तो कपटपूर्ण राजनीतिक खेलले मुलुकलाई अर्को द्वन्दतर्फ अग्रसर गराइरहेको २०७२ असार ४ गते चार दलबीच भएको सम्झौताले स्पष्ट गरेको छ। अन्तरिम संविधानको धारा १३८ मा भएको संवैधानिक व्यवस्थालाई उक्त सम्झौतासँग भिडाएर हेरेमा त्यसलाई कसैले पनि संवैधानिक व्यवस्थाबमोजिमको मान्न सत्तै्कन। उक्त सम्झौताका विषयमा अदालतले दिएको आदेश ठीकबेठीक जे भए पनि संविधानको सो धारा र उल्लिखित सम्झौताबीच तालमेल मिले नमिले निर्क्योल त त्यसै पनि गर्न सकिन्छ। त्यसैले संविधान सभाको नामबाट जनताको प्रतिक्रियाका लागि सार्वजनिक गरिएको संविधानको मसौदा अहिले त्यसैका कारणबाट समेत विवादमा परेको हो। त्यो सोह्र बुँदे सम्झौताका कारण विदेशी मित्रराष्ट्रसमेत तरंगित भएका रहेछन् भन्ने त अहिले एकपछि अर्का नेता विदेश भ्रमणमा जानु परेको परिस्थितिले समेत प्रमाणित गरेको छ।
नेपालका लागि संघीय शासन प्रणाली उपयुक्त हुँदैन भन्ने ठूलो जनमत मुलुकमा अहिले पनि विद्यमान छ। मुलुकका केही क्षेत्रका जनताका लागि संघीयता नभै हुन्न भन्ने केही नेताको जिद्दीका कारणले पनि यो देश अव संघीयतातर्फ जाने निश्चित छ। त्यसैले अब राज्यको पुनःसंरचना गर्दा मुलुकको सबै भेगका जनतालाई संविधानको दायरामा ल्याउन पनि संघीयता आवश्यक भइसकेको वस्तुुगत तथ्य स्वीकार गर्दा नै उत्तम होला । संघीयतालाई देशले कति धान्ला भन्ने छलफल अहिले असान्धर्भिकजस्तै भएको छ। त्यसैले भोलिको जिम्मा नलिएर पनि नामांकन र सीमांकनसहितका प्रदेशको व्यवस्था अहिले नै संविधानमा समावेश गनर्ुु आवश्यक छ। संविधानको घोषणा सँगसँगै संघीय शासन प्रणालीले ल्याउने विविध चुनौतीलाई भविष्यमा यी वा यस्तै प्रवृत्ति र स्वभावका नेताले कसरी सम्बोधन गर्ने हुन् भन्ने पनि भविष्यकै जिम्मा छाड्नु नै अहिले बद्धिमानी हुुनेछ।
संघीय व्यवस्थामा जानका लागि प्रदेशहरूको संरचना तय गर्नु पक्कै पनि सजिलो काम होइन। अन्ततः संविधान सभाले यो काम बुद्धिमतापूर्णरूपलेे नै गर्नुपर्छ। अन्तरिम संविधानमा संविधान सभाले गर्ने भनी किटानीसाथ तोकेको आफ्नो जिम्माको कामबाट संविधान सभा उम्कन पनि पाउँदैन। आफ्नो अख्तियारीभित्रको काम संविधान सभाले विधायिका संसद् वा अरू कसैलाई सिद्धान्ततः प्रत्यायोजन गर्न मिल्दैन, सत्तै्कन।
चार दलका नेताको चालामाला हेर्दा वर्तमान संविधान सभाको चारवर्षे कार्यकालको करिब तीन वर्षको अबधि बाँकी छँदै कसैलाई सत्ता सुम्पने हतारले गर्दा औपचारिकतामात्र पूरा गर्ने गरी हाटहुट र हुलबलका आधारमा संविधान जारी गर्ने कोसिस भइरहेको छ। यस्तो कामबाट कसैको पनि हित हुनसत्तै्कन। यसरी संविधान जारी गरिए जनताले कसरी स्वामित्व लेलान्?
भूकम्पको अनुकम्प गइरहेकै नै छ। जनतामा भूकम्पको त्रास अझै बाँकी छ। खेतीपातीको याम हुँदा जनता एकातर्फ व्यस्त छन् भने अर्कोतर्फ साउने झरीका कारण आएको र आउन सक्ने प्राकृतिक प्रकोपसमेतबाट जो बाँकी जीउधन जोगाउने चिन्तामा जनता छन्। यसरी बाढी पहिरोको डर एकातिर छ भने अर्कोतर्फ बाटोघाटो, पुलपुलेसासमेत ध्वस्त भएको विषम परिस्थितिमा संविधानको मसौदा केलाएर मत प्रकट गर्न कति सजिलो होला भन्नेमा सर्वोच्च जनप्रतिनिधि संस्था संविधान सभाबाट समेत विचार पुर्याकउन नसक्नु ठूलो दुःखको विषय हो।
संविधान सभा चार दलका शीर्ष नेताको कब्जामा परेकाले पनि यस्तो भएको हुुनसक्छ। सभासद्लाई मात्र होइन दलगतरूपमा चारै दलले जनताका नाममा कार्यकर्तालाई गरेकेा आह्वानले समेत यही प्रमाणित गर्छ। यसबाट के पनि शंका गर्न सकिन्छ भने जनताको सुझावका आधारमा मसौदा संविधानलाई परिमार्जन गरिएको भन्ने बहानामा चार शीषर््ा नेताले चाहेजस्तो दस्तावेजलाई अन्तिमरूप दिने र त्यसपछि त्यसैलाई कथित 'फास्टट्रय्राक'बाट सैद्धान्तिकरूपमा अहिलेको मसौदालाई स्वीकारे जस्तैगरी यसैलाई स्वीकार्न नलगाइएला भनेर ढुक्क हुने अवस्था छैन। यस दिशातर्फ सबैको खबरदारी आवश्यक भएको छ।
संविधान सभा निर्वाचनका क्रममा सबै उम्मेदवार र सम्बन्धित सबै राजनीतिक दलले यो यस्तो प्रक्रिया पुर्याअएर संविधान निर्माण गरिन्छ, मसौदा तयार भएपछि जनताको घर दैलोसम्म पुर्यायइन्छ, जनतालाई अध्ययन गरी प्रतिक्रिया व्यक्त गर्न पर्याप्त समय दिइनेछ भनेको त सबैले सम्झेकै हुनुपर्छ। तर संविधान सभाको बैठकमा ' पूर्ण वाक् स्वतन्त्रता'जस्तो विशेषाधिकार पाएका सभासद्ले समेत संविधान मसौदामा बोल्ने समय तीन मिनेट'मात्र पाउनु र त्यसलाई सबै सभासद्ले लाचारीपूर्वक गर्ने र गर्न लगाउने काम भयो। यसबाट नेपालीको सार्वभौम अधिकार कस्ले कसरी दुरुपयोग गर्दारहेछन् भन्ने तथ्य अहिले उजागर भएको छ।
संविधानको प्रस्तावनादेखि यसका सबै भाग र धारा आफैँमा गम्भीर एवम् संवेदनशील तथा दूरगामी अर्थ र महŒव राख्ने हुन्छन्। सर्वाधिक महत्व र जनचासोका यस्ता विषयमा समेत जनताका प्रतिनिधिका हैसियतले सभासद्ले संविधान सभाको दोस्रो कार्यकालमा पहिलो पटक बल्लतल्ल प्रवेश पायो। मसौदामा सभासद्ले नै लागे जति विचार व्यक्त गर्न पाएनन् भने संविधान कस्तो बन्ला, कसरी बन्ला र कस्ले भनेबमोजिम बन्ला वा कुन कुनामा बसेर परिमार्जन होला?
संविधानसभाले मसौदा सार्वजनिक गर्ने निर्णय गरेकै दिनलाई एक दिन कायम गरी पन्ध्र दिनको म्याद दिएर जनताको प्रतिक्रियाका लागि भनेर मसौदा सार्वजनिक गरिएको छ। 'हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता'ले 'संविधान सभामार्फत यो संविधान नेपालका लागि जारी भएको घोषणा गर्दछौँ' भन्ने समेत वाक्यांश उल्लेख गरी बाहिर आएको मसौदामा जनतालाई छलफल र प्रतिक्रियाका लागि अहिले दिइएको समय यथार्थमा सझाव लिन नभएर झारा टार्नेमात्र हो भन्ने पुष्टि हुँदैगएको छ।
संविधान जारी भएपछि बहालवाला प्रधानमन्त्रीले पद त्याग गर्ने र राजनीतिक नेताहरूबाट प्रस्तावित प्रधानमन्त्रीले पद ग्रहण गर्ने भाषण हुनथालेको धेरै भइसकेको छ। यस्का खातिर जेजस्तो रंगढंगको भए पनि एक थान संविधान तुरुन्त ल्याइहाल्नु पर्ने चटारो एक पक्षलाई छ भने प्रतिकूल मौसमका साथै जनता भूकम्पको मारबाट त्राहीमाम भएका अवस्थामा पनि संविधान दिन नसके संविधान निर्माणसम्बन्धी काम थप जटिल हुनसक्ने र संविधान निर्माणको जस अर्कैले लिनसक्ने डर अर्काथरी नेताका मनमा बसेको छ। यसैले पनि यस्तो अव्यवस्थित ढंगले कडा सुरक्षाबिच यो काम भएको छ।
हुनत, अहिलेको अवस्थामा संविधान जारी गर्दा त्यसविरुद्ध सडक कम नै तात्ने अवस्था हुन्छ। चाडबाडको मौका पनि अब सुरु हुँदैछ। भूकम्पको मार खेपेका जनताको ध्यान घर व्यवहारतर्फ केन्द्रित छ। जसरी जस्तो संविधान आए पनि चित्त नबुझेका कुराका सम्बन्धमा टाठाबाठा कार्यकर्ताबाहेक अरूको ध्यान खासै जानसक्ने अवस्था छैन। यस्तो मौका छोपेर अति संक्षिप्त विधि प्रक्रिया अपनाएरै भए पनि सीमित दल र नेताले तयार गरेको अन्तिम मसौदालाई संविधान सभाको बैठकमा पेस गरी ताली बजाएकै भरमा 'नेपालको संविधान, २०७२ ' पारित भएको घोषणा हुने सन्देह धेरैमा देखिन्छ। पहिलो मसौदामाथिको छलफलमा चार दलका नेताको सल्लाहबमोजिम संविधान सभाका अध्यक्षले बैठकमा प्रतिसभासद् तीन मिनेटका दरले बोल्ने समय दिए। अर्थात्, सभासद्ले खासै महŒव पाएनन्। सरकारी कर्मचारीले त हाकिमको कानुनविपरीतको दबाबको अवज्ञा गर्छन् भने संविधानमा धारणा व्यक्त गर्ने आफ्नेा मुख्य हक अधिकार प्रयोग गर्नसमेत हिम्मत नगर्ने सभासद्हरूको हैसियत राजनीतिक दलमा कस्तो रहेछ भन्ने तथ्य अहिले उजागर भएको छ । सार्वभौम सत्ता सम्पन्न जनताका प्रतिनिधिको त यो गति छ भनेे त्यस्ता नेताका दृष्टिमा सर्वसाधारण जनताको मतको कुन स्थान होला? त्यसमाथि पनि मसौदा प्राप्त गरेका जनताले पनि फुर्सद निकालेर राम्रोसँग पढ्न सम्झनसमेत पर्याप्त समय नपाएको अवस्थामा माथि गरिएका शंकामा कुनै दम छैन भन्न सकिँदैन।
यति हुँदाहुँदै पनि नेपालको भावी संविधानलाई परिपक्व बनाउने अवस्था भने अझै गुजि्रसकेको छैन। वर्तमान मसौदामा भएका परस्पर विरोधी प्रावधान हटाउने, मुलुकले थेग्न सक्नेसम्मको मौलिक हक जनतालाई प्रत्याभूत गर्ने, विगतका तीता अनुभव दोहोरिन नपाउने गरी शासकीय स्वरूप निर्धारण गर्नेगरी संविधानको मसौदाको परिमार्जन गर्नुपर्छ। यस्तै सधैँ अस्थिरताको पीडा भोग्नु परेको अनुभवबाट शिक्षा लिँदै स्थिर सरकारको परिकल्पनासहितको लक्ष्य र उद्देश्य राखी संवैधानिक व्यवस्था मिलाउने, प्रदेशहरूमा प्रदेश सभा हुने भएकाले सघीय व्यवस्थापिका संभव भएसम्म सानो बनाउने, प्रतिनिधिसभाको निर्वाचन प्रत्यक्ष मताधिकारका आधारमा र राष्ट्रिय सभाको निर्वाचन समावेशी आधारमा सभानुपातिक निर्वाचन पद्धति अनुसार गर्ने, प्रदेश सभाको गठन समानुपातिक समावेशी आधारमा गर्ने, मिश्रित निर्वाचन प्रणली खारेज गर्ने गरिएमा संविधान कार्यान्वयनपछि समस्या कम हुनेछ। राजनीतिक प्रभाव र दबाबबाट न्यायपालिकालाई मुक्त गर्न सर्वोच्च अदालतबाहेकका सबैतहका न्यायाधीशको नियुक्ति न्यायाधीश योग्यता परीक्षा समेतलाई आधार मानेर गर्ने, त्यसकालागि न्यायपरिषद्को पुनःसंरचना गर्ने गरिएमा न्यायपालिका पनि स्वतन्त्र र सक्षम हुनसक्छ। नेपालमा सनातनदेखि चलिआएको हिन्दु र उत्पत्तिदेखि चलिआएको बौद्ध धर्मको संरक्षण राज्यले गर्र्र्दै आएको तथ्यलाई आत्मसात् गर्दै संविधानवाद अनकूल हुनेगरी अहिलेको मसौदा परिमार्जन गर्नु आवश्यक छ। त्यसकालागि मसौदा सम्पादनमा निपुण व्यक्तिलाई त्यसको जिम्मा लगाउने हो भने केही समय धैर्य त गर्नुपर्छ। तर संघीयताको संख्या, नामांकन र सीमांकनसमेतको संविधान आउन धेरै महिना कुर्नुपर्ने पनि छैन। राम्रो परिणम प्राप्त गर्न अझै केही महिना लाग्छ भने लागोस् तर संविधान नेताकेन्द्री होइन जनमुखी बनेर आओस््। अब यस दिशातर्फ सम्बन्धित सबैको ध्यान जानुपर्छ।
वरिष्ठ अधिवक्ता