मासिक विद्युत खपत १० खर्ब किलोवाट घण्टा पार गर्ने पहिलो देश चीन
१४ असोज २०८२
•
६ मिनेट पाठ
मासिक विद्युत खपत १० खर्ब किलोवाट घण्टा पार गर्ने पहिलो देश चीन
सन् २०२५ अगस्ट २१ मा चीनको राष्ट्रिय ऊर्जा प्रशासनले प्रकाशित गरेको तथ्याङ्कअनुसार, जुलाई महिनामा चीनको कुल विद्युत खपत १० खर्ब २२ अर्ब ६ करोड किलोवाट घण्टा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६% ले वृद्धि भएको हो। चीनको मासिक विद्युत खपत १० खर्ब किलोवाट घण्टा नाघेको यो पहिलो घटना हो। साथै, कुनै देशको मासिक विद्युत खपत १० खर्ब किलोवाट घण्टाभन्दा बढी हुनु विश्वमै पहिलो पटक हो। यसले जापान, जर्मनी, फ्रान्स र बेलायत जस्ता देशहरूको वार्षिक विद्युत खपतलाई समेत उछिनेको छ।




SpaceX का संस्थापक एलन मस्क र चिनियाँ लेखक लिउ छ्-सीन (Liu Cixin) ले विश्वप्रसिद्ध काल्पनिक विज्ञानकथा त्रि- शरीर (The Three Body) मा पनि भनेका छन्, सभ्यताको विकास स्तर मापन गर्ने एउटा प्रमुख तरिका भनेको त्यसको कार्दासियभ सूचांक (Kardashev Scale) मा प्रगति हो। यसको अर्थ हो, ऊर्जा दक्षता र ऊर्जा विकासको स्तर नै कुनै सभ्यताको विकास स्तर नाप्ने महत्वपूर्ण मापदण्ड हो।

उत्पादन क्षेत्रमा उपलब्धि

वर्षौको विकास र निर्माणपछि, चीनले कोइलामा आधारित विद्युतलाई “सन्तुलन प्रदान गर्ने तौल ढुंगा”, जलविद्युतलाई “स्थिरता दिने आधार”, र आणविक तथा नयाँ ऊर्जालाई “दुई पखेटा” बनाई व्यापक विद्युत उत्पादन प्रणाली तयार गरेको छ। त्यसमा बतास र सौर्य ऊर्जामा उल्लेखनीय प्रगति भएको छ। सन् २०२४ मा चीनले ७९.९ गिगावाट नयाँ बतास ऊर्जा र २७८ गिगावाट नयाँ सौर्य ऊर्जा क्षमता थपेको छ।

सन् २०२४ सम्म चीनको बतास र सौर्य ऊर्जा विश्वको कुल क्षमताको ४७% पुगेको छ। नयाँ थपिएको क्षमतामा भने चीनले विश्वको ६३% हिस्सा ओगटेको छ। बतास र सौर्य ऊर्जा क्षमतामा चीन लगातार १० वर्षदेखि विश्वमै पहिलो स्थानमा छ। ऊर्जा उद्योगको पूर्वाधारमा आकार, संरचना र लचिलोपन सबैमा निरन्तर प्रगति हुँदै आएको छ, जसले आर्थिक विकासलाई अटुट शक्ति प्रदान गर्दै आएको छ।

प्रसारण र वितरण प्रणाली

“चौधौँ पंचवर्षीय योजना” सुरु भएपछि राष्ट्रिय ग्रिडले जम्मा १८ हजार किलोमिटरभन्दा बढी विशेष उच्च भोल्टेज प्रसारण लाइन (१००० किलोभोल्ट वा सोभन्दा माथिको एसी, र° ८०० किलोभोल्ट वा सोभन्दा माथिको डीसी प्रविधि) निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। सन् २०२५ अगस्टसम्म, चीनमा विशेष उच्च भोल्टेज प्रसारण परियोजनाको कुल दूरी ५० हजार किलोमिटर नाघिसकेको छ। यो विश्वकै सबैभन्दा विशाल र आधुनिक विद्युत ग्रिड प्रणाली हो। चीनको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म जोड्ने यी विशेष उच्च भोल्टेज प्रसारण परियोजनाहरू ऊर्जाका “राजमार्ग” जस्तै बनेका छन्। यसले चीनको उत्तरपूर्व, उत्तर र पश्चिम क्षेत्रमा उत्पादित बतास-सौर्य ऊर्जा, चीन-शा (Jinsha) नदीको जलविद्युत तथा तटीय क्षेत्रमा रहेको आणविक ऊर्जाको अन्तर - क्षेत्रीय वितरणलाई कुशलतापूर्वक सम्भव बनाएको छ। यसले “जहाँ उत्पादन गर्ने हो त्यहीँ खपत गर्नुपर्ने” भौगोलिक समस्या मात्र समाधान गरेको छैन, विश्व ऊर्जा रूपान्तरण प्रक्रियामा पनि चिनियाँ समाधान प्रस्तुत गरेको छ। १० खर्ब किलोवाट घण्टा विद्युत खपतको पृष्ठभूमिमा फेरि एकपटक “पूर्वाधार निर्माणमा उन्मादी” उपनामद्वारा चिनिने चीनको पूर्वाधार निर्माणको जीवन्त कथा देखिन्छ।

ऊर्जा आपूर्ति र आर्थिक स्थिरता

आर्थिक गतिविधिको सहज सञ्चालन स्थिर र भरपर्दो ऊर्जा आपूर्तिबिना सम्भव हुँदैन। विद्युत आपूर्ति सञ्जालको स्थिरता भनेकै औद्योगिक वातावरणको गुणस्तर मापन गर्ने महत्वपूर्ण संकेत हो। कुनै देशको विद्युत माग लगातार उच्च रहँदा विद्युत प्रणाली कमजोर छ भने बारम्बार लोडसेडिङ हुन सक्छ, जसले औद्योगिक र आपूर्ति श्रृंखलामा ठूलो असर पार्छ।

तर चीनमा, जुलाई महिनामा माग तीव्र रूपमा बढ्दा पनि (जुलाई १६ मा देशको अधिकतम विद्युत लोड पहिलो पटक १.५ अर्ब किलोवाट नाघ्दा समेत) राष्ट्रिय विद्युत व्यवस्थापन प्रणाली व्यवस्थित ढंगले सञ्चालनमा रह्यो। देशका प्रमुख क्षेत्र र मुख्य उद्योगहरूमा कुनै प्रणालीगत विद्युत अभाव देखिएन।

यस प्रकारको स्थिरताले राष्ट्रिय ऊर्जा सुरक्षा रणनीतिको प्रभावकारी कार्यान्वयनलाई झल्काउँछ, विद्युत व्यवस्थापन - नियन्त्रण प्रणालीको वैज्ञानिक र कुशल सञ्चालन देखाउँछ, र औद्योगिक वातावरण “स्थिर र प्रगतिउन्मुख” छ भन्ने वास्तविक चित्र प्रस्तुत गर्छ।

बजार-केन्द्रित सुधार

आजको चीनमा विद्युत बजार- -केन्द्रित सुधार निरन्तर अघि बढिरहेको छ। उच्च-न्यून माग (Peak-Valley) मूल्य प्रणाली अझ पूर्ण हुँदै गएको छ, र बहुआयामी सहभागिताले विद्युत आपूर्ति प्रणालीको लचिलोपन र दक्षता बढाएको छ। विद्युत सञ्जाल व्यवस्थापन विभागले डिजिटल प्रविधिमार्फत् मागलाई सही रूपमा पूर्वानुमान गरी स्रोतहरूको अनुकूल वितरण गर्छ।

यसका कारण करोडौं व्यवसाय र परिवारहरू उष्ण गर्मीयाममा पनि कारखानाका मेसिनहरूको कोलाहलमा रमाउन र झिलिमिलि बत्तीहरू बाल्न सक्षम भएका छन्। यस्तो वातावरण विश्वव्यापी पूँजी आकर्षित गर्न र औद्योगिक स्तरवृद्धि गर्न महत्वपूर्ण प्रतिस्पर्धात्मक शक्ति हो।

औद्योगिक विद्युत खपत

मुलुकभरको विद्युत खपत वृद्धिमा औद्योगिक क्षेत्रको विद्युत खपत सधैं प्रमुख स्थानमा रहँदै आएको छ। जुलाई महिनामा दोस्रो उद्योग (निर्माण तथा उत्पादन) क्षेत्रको विद्युत खपत ५.९३६ खर्ब किलोवाट घण्टा पुगेको छ, जुन गत वर्षको तुलनामा ४.७% ले बढेको हो। यसले चीनको उत्पादन उद्योगको पुनःउत्थान र निरन्तरताको प्रतिबिम्ब गर्छ।

उच्चस्तरीय उपकरण निर्माण, नयाँ ऊर्जामा आधारित सवारीसाधन, र इलेक्ट्रोनिक सूचना उद्योगजस्ता नयाँ क्षेत्रमा विद्युत माग तीव्र रूपमा बढेको छ, जसले नयाँ प्रकारको उत्पादन क्षमताले छिटो आकार लिदैछ भन्ने देखाउँछ। त्यसैगरी, परम्परागत उद्योगहरूले प्राविधिक सुधार र हरित रूपान्तरणमार्फत ऊर्जा दक्षताको स्तर उकासेका छन्, जसका कारण प्रति एकाइ उत्पादनमा विद्युत खपत घटेको छ। तर कुल उत्पादनमा वृद्धि भएकाले विद्युत खपत समग्रमा अझै बढिरहेको छ। “परिमाणमा वृद्धि र गुणस्तरमा उन्नति” को यो प्रवृत्तिले चीनको औद्योगिक प्रणालीको लचिलोपन र स्तरोन्नतिको बाटो स्पष्ट देखाउँछ।

चीनको औद्योगिक क्षमता

विश्व औद्योगिक श्रृंखलामा गहिरो समायोजन भइरहेको आजको सन्दर्भमा, चीनको पूर्ण औद्योगिक वर्गीकरण र विशाल उत्पादन क्षमताको पृष्ठभूमिमा औद्योगिक विद्युत खपत एउटा “बस्तुगत सूचक” बनेको छ। यसले चीन निर्माण उद्योग क्षेत्रमा विश्वको केन्द्रका रूपमा रहेको स्पष्ट देखाउँछ।

औद्योगिक विद्युत खपतको पछाडि केवल कार्यशालामा गुन्जिने आवाज वा उत्पादन लाइनको व्यस्तता मात्र होइन, त्यहाँ करोडौँ कामदारहरूको मेहनत, पसिना र बुद्धिमत्ता पनि निहित छ। यही शक्ति नै “चीनमा बनेको” बाट “चीनको बुद्धिमत्ताबाट बनेको” तर्फको रूपान्तरणलाई अघि बढाउने शक्तिशाली इन्जिन हो।

निष्कर्ष

ऊर्जा उद्योगको पूर्वाधार निर्माण क्षमतादेखि लिएर विद्युत सञ्जालको स्थिर सञ्चालनसम्म र औद्योगिक प्रणालीको प्रचण्ड शक्तिसम्म नियाल्दा, चीनको विद्युत खपत १० खर्ब किलोवाट घण्टा नाघ्नु पूर्वनिश्चित उपलब्धि हो भन्ने प्रष्ट देखिन्छ।

यसले चिनियाँ अर्थतन्त्रको बलियो आधार, विकासको प्रचुर गतिशक्ति, र औद्योगिक उन्नयनको ठोस आधार प्रस्तुत गर्छ। भविष्यतर्फ हेर्दा, हरित रूपान्तरण गहिरिंदै जाँदा र नयाँ प्रकारको उत्पादन शक्ति निरन्तर सशक्त हुँदै जाँदा, चीनको विद्युत वक्र रेखा अझ नयाँ उचाइमा पुग्ने देखिन्छ। चिनियाँ अर्थतन्त्रको “१० खर्ब शक्ति” ले अझ प्रचण्ड ऊर्जा प्रवाहित गर्नेछ र विश्वको हरित रूपान्तरण तथा दिगो वृद्धिका निम्ति साझा अवसर प्रदान गर्नेछ।

(छन सङ नेपालका निम्ति जनवादी गणतन्त्र चीनका राजदुत हुनुहुन्छ।)
अर्को समाचार
मासिक विद्युत खपत १० खर्ब किलोवाट घण्टा पार गर्ने पहिलो देशः चीन
१४ असोज २०८२
•
६ मिनेट पाठ
मासिक विद्युत खपत १० खर्ब किलोवाट घण्टा पार गर्ने पहिलो देशः चीन
सन् २०२५ अगस्ट २१ मा चीनको राष्ट्रिय ऊर्जा प्रशासनले प्रकाशित गरेको तथ्याङ्कअनुसार, जुलाई महिनामा चीनको कुल विद्युत खपत १० खर्ब २२ अर्ब ६ करोड किलोवाट घण्टा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६% ले वृद्धि भएको हो। चीनको मासिक विद्युत खपत १० खर्ब किलोवाट घण्टा नाघेको यो पहिलो घटना हो। साथै, कुनै देशको मासिक विद्युत खपत १० खर्ब किलोवाट घण्टाभन्दा बढी हुनु विश्वमै पहिलो पटक हो। यसले जापान, जर्मनी, फ्रान्स र बेलायत जस्तादेशहरूको वार्षिक विद्युत खपतलाई समेत उछिनेको छ।




SpaceX का संस्थापक एलन मस्क र चिनियाँ लेखकलिउ छ्-सीन (Liu Cixin) ले विश्वप्रसिद्ध काल्पनिक विज्ञानकथा त्रि-शरीर (The Three Body) मा पनि भनेका छन्, सभ्यताको विकास स्तर मापन गर्ने एउटा प्रमुख तरिका भनेको त्यसको कार्दासियभ सूचांक (Kardashev Scale) मा प्रगति हो। यसको अर्थ हो, ऊर्जा दक्षता र ऊर्जा विकासको स्तर नै कुनै सभ्यताको विकास स्तर नाप्ने महत्वपूर्ण मापदण्ड हो।

उत्पादन क्षेत्रमा उपलब्धि

वर्षोंको विकास र निर्माणपछि, चीनले कोइलामा आधारित विद्युतलाई "सन्तुलन प्रदान गर्ने तौल ढुंगा”, जलविद्युतलाई "स्थिरता दिने आधार", र आणविक तथा नयाँ ऊर्जालाई "दुई पखेटा" बनाई व्यापक विद्युत उत्पादन प्रणाली तयार गरेको छ। त्यसमा बतास र सौर्य ऊर्जामा उल्लेखनीय प्रगति भएको छ। सन् २०२४ मा चीनले ७९.९ गिगावाट नयाँ बतास ऊर्जा र २७८ गिगावाट नयाँ सौर्य ऊर्जा क्षमता थपेको छ।

सन् २०२४ सम्म चीनको बतास र सौर्य ऊर्जाविश्वको कुल क्षमताको ४७% पुगेको छ। नयाँ थपिएको क्षमतामा भने चीनले विश्वको ६३% हिस्सा ओगटेको छ। बतास रसौर्य ऊर्जा क्षमतामा चीन लगातार १० वर्षदेखि विश्वमै पहिलो स्थानमा छ। ऊर्जा उद्योगको पूर्वाधारमा आकार, संरचना र लचिलोपन सबैमा निरन्तर प्रगति हुँदै आएको छ, जसले आर्थिक विकासलाई अटुट शक्ति प्रदान गर्दै आएको छ।

प्रसारणर वितरण प्रणाली

"चौधौं पंचवर्षीय योजना" सुरु भएपछि राष्ट्रिय ग्रिडले जम्मा १८ हजार किलोमिटरभन्दा बढी विशेष उच्च भोल्टेज प्रसारण लाइन (१००० किलोभोल्ट वा सोभन्दा माथिको एसी, र ±८०० किलोभोल्ट वा सोभन्दा माथिको डीसी प्रविधि) निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। सन् २०२५ अगस्टसम्म, चीनमा विशेष उच्च भोल्टेज प्रसारण परियोजनाको कुल दूरी ५० हजार किलोमिटर नाघिसकेको छ। यो विश्वकै सबैभन्दा विशाल र आधुनिक विद्युतग्रिड प्रणाली हो। चीनको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म जोड्ने यी विशेष उच्च भोल्टेज प्रसारण परियोजनाहरू ऊर्जाका "राजमार्ग" जस्तै बनेका छन्। यसले चीनको उत्तरपूर्व, उत्तर र पश्चिम क्षेत्रमा उत्पादित बतास-सौर्य ऊर्जा, चीन-शा (Jinsha) नदीको जलविद्युत तथा तटीय क्षेत्रमा रहेको आणविक ऊर्जाको अन्तर -क्षेत्रीय वितरणलाई कुशलतापूर्वक सम्भव बनाएको छ। यसले "जहाँ उत्पादन गर्ने हो त्यहीँ खपत गर्नुपर्ने" भौगोलिक समस्या मात्र समाधान गरेको छैन, विश्व ऊर्जा रूपान्तरण प्रक्रियामा पनि चिनियाँ समाधान प्रस्तुत गरेको छ। १० खर्ब किलोवाट घण्टा विद्युत खपतको पृष्ठभूमिमा फेरि एकपटक "पूर्वाधार निर्माणमा उन्मादी" उपनामद्वारा चिनिने चीनको पूर्वाधार निर्माणको जीवन्त कथा देखिन्छ ।

ऊर्जा आपूर्ति र आर्थिक स्थिरता

आर्थिक गतिविधिको सहज सञ्चालन स्थिर र भरपर्दो ऊर्जा आपूर्तिबिना सम्भव हुँदैन। विद्युत आपूर्ति सञ्जालको स्थिरता भनेकै औद्योगिक वातावरणको गुणस्तर मापन गर्ने महत्वपूर्ण संकेत हो। कुनै देशको विद्युत माग लगातार उच्च रहँदा विद्युत प्रणाली कमजोर छ भने बारम्बार लोडसेडिङ हुन सक्छ, जसले औद्योगिक र आपूर्ति श्रृंखलामाठूलो असर पार्छ।

तर चीनमा, जुलाई महिनामा माग तीव्र रूपमा बढ्दा पनि (जुलाई १६ मा देशको अधिकतम विद्युत लोड पहिलो पटक १.५ अर्ब किलोवाट नाघ्दा समेत) राष्ट्रिय विद्युत व्यवस्थापन प्रणाली व्यवस्थित ढंगले सञ्चालनमा रह्यो। देशका प्रमुख क्षेत्र र मुख्य उद्योगहरूमा कुनै प्रणालीगत विद्युत अभाव देखिएन।

यस प्रकारको स्थिरताले राष्ट्रिय ऊर्जा सुरक्षा रणनीतिको प्रभावकारी कार्यान्वयनलाई झल्काउँछ, विद्युत व्यवस्थापन-नियन्त्रण प्रणालीको वैज्ञानिक र कुशल सञ्चालन देखाउँछ, र औद्योगिक वातावरण "स्थिर र प्रगतिउन्मुख" छ भन्ने वास्तविक चित्न प्रस्तुत गर्छ।

बजार-केन्द्रित सुधार

आजको चीनमा विद्युत बजार-केन्द्रित सुधार निरन्तर अघि बढिरहेको छ। उच्च-न्यूनमाग (Peak-Valley) मूल्य प्रणाली अझ पूर्ण हुँदै गएको छ, र बहुआयामी सहभागिताले विद्युत आपूर्ति प्रणालीको लचिलोपन र दक्षता बढाएको छ। विद्युत सञ्जाल व्यवस्थापन विभागले डिजिटल प्रविधिमार्फत् मागलाई सही रूपमा पूर्वानुमान गरी स्रोतहरूको अनुकूल वितरण गर्छ।

यसका कारण करोडौं व्यवसाय र परिवारहरू उष्ण गर्मीयाममा पनि कारखानाका मेसिनहरूको कोलाहलमा रमाउन र झिलिमिलि बत्तीहरू बाल्न सक्षम भएका छन् । यस्तो वातावरणविश्वव्यापी पूँजी आकर्षित गर्न र औद्योगिक स्तरवृद्धि गर्न महत्वपूर्ण प्रतिस्पर्धात्मक शक्ति हो।

औद्योगिक विद्युत खपत

मुलुकभरको विद्युत खपत वृद्धिमा औद्योगिक क्षेत्रको विद्युत खपत सधैं प्रमुख स्थानमा रहँदै आएको छ। जुलाई महिनामा दोस्रो उद्योग (निर्माण तथा उत्पादन) क्षेलको विद्युत खपत ५.९३६ खर्बकिलोवाट घण्टा पुगेको छ, जुन गतवर्षको तुलनामा ४.७% ले बढेको हो। यसले चीनको उत्पादन उद्योगको पुनःउत्थान र निरन्तरताको प्रतिबिम्ब गर्छ।

उच्चस्तरीय उपकरण निर्माण, नयाँ ऊर्जामा आधारित सवारीसाधन, र इलेक्ट्रोनिक सूचना उद्योगजस्ता नयाँ क्षेत्रमा विद्युत माग तीव्र रूपमा बढेको छ, जसले नयाँ प्रकारको उत्पादन क्षमताले छिटो आकार लिदैछ भन्ने देखाउँछ। त्यसैगरी, परम्परागत उद्योगहरूले प्राविधिक सुधार र हरित रूपान्तरण मार्फत ऊर्जा दक्षताको स्तर उकासेका छन्, जसका कारण प्रति एकाइ उत्पादनमा विद्युत खपत घटेको छ। तर कुल उत्पादनमा वृद्धि भएकाले विद्युत खपत समग्रमा अझै बढिरहेको छ। "परिमाणमा वृद्धि र गुणस्तरमा उन्नति" को यो प्रवृत्तिले चीनको औद्योगिक प्रणालीको लचिलोपन र स्तरोन्नतिको बाटो स्पष्ट देखाउँछ।

चीनको औद्योगिक क्षमता

विश्व औद्योगिक श्रृंखलामा गहिरो समायोजन भइरहेको आजको सन्दर्भमा, चीनको पूर्ण औद्योगिक वर्गीकरण र विशाल उत्पादन क्षमताको पृष्ठभूमिमा औद्योगिक विद्युत खपत एउटा "बस्तुगत सूचक” बनेको छ। यसले चीन निर्माण उद्योग क्षेत्रमा विश्वको केन्द्रका रूपमा रहेको स्पष्ट देखाउँछ।

औद्योगिक विद्युत खपतको पछाडि केवल कार्यशालामा गुन्जिने आवाज वा उत्पादन लाइनको व्यस्तता मात्र होइन, त्यहाँ करोडौँ कामदारहरूको मेहनत, पसिना र बुद्धिमत्ता पनि निहित छ। यही शक्तिनै "चीनमा बनेको" बाट "चीनको बुद्धिमत्ताबाट बनेको" तर्फको रूपान्तरणलाई अघि बढाउने शक्तिशाली इन्जिन हो।

निष्कर्ष

ऊर्जा उद्योगको पूर्वाधार निर्माण क्षमतादेखि लिएर विद्युत सञ्जालको स्थिर सञ्चालनसम्म र औद्योगिक प्रणालीको प्रचण्ड शक्तिसम्म नियाल्दा, चीनको विद्युत खपत १० खर्ब किलोवाट घण्टा नाप्नु पूर्वनिश्चित उपलब्धि हो भन्ने प्रष्ट देखिन्छ।

यसले चिनियाँ अर्थतन्त्रको बलियो आधार, विकासको प्रचुर गतिशक्ति र औद्योगिक उन्नयनको ठोस आधार प्रस्तुत गर्छ। भविष्यतर्फ हेर्दा, हरित रूपान्तरण गहिरिदै जाँदा र नयाँ प्रकारको उत्पादन शक्ति निरन्तर सशक्त हुँदै जाँदा, चीनको विद्युत वक्र रेखा अझ नयाँ उचाइमा पुग्ने देखिन्छ। चिनियाँ अर्थतन्त्रको "१० खर्ब शक्ति" ले अझ प्रचण्ड ऊर्जा प्रवाहित गर्नेछ र विश्वको हरित रूपान्तरण तथा दिगो वृद्धिका निम्ति साझा अवसर प्रदान गर्नेछ।

(छन सोङ्ग नेपालका निम्ति जनवादी गणतन्त्र चीनका राजदूत हुनुहुन्छ।)
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस