स्वच्छ नेपालका लागि सामूहिक पहल
०८ माघ २०८२
•
५ मिनेट पाठ
स्वच्छ नेपालका लागि सामूहिक पहल
कुनै समय नेपालको ऋतुचक्र एउटा कविता जस्तो थियो। वसन्तको आगमनसँगै पलाउने रातो–पहेँलो गुराँस, गर्मीमा लहराउने खेत, शरदमा स्वच्छ निलो आकाश र जाडोमा सेतो हिमालको चम्किलो दृश्य, त्यो नेपाल जहाँ बाल्यकालमा सुत्दा पनि झरेका पातको सुगन्ध आउने गर्थ्याे, जहाँ नदीको पानी सिधै पिउन मिल्थ्यो र हावामा धुलोको सट्टा फूलको महक हुन्थ्यो। हाम्रा बुबा–हजुरबुबाको कथा होइन, मजस्ता चालिस पार गरेकाहरूको बाल्यकालको यथार्थ हो तर आज त्यो यथार्थ इतिहास बन्न लागेको छ। आजको नेपालमा वसन्त धुलो र धुवाँमा मडारिन्छ, गर्मी प्लास्टिकको तापले जलेको हुन्छ, शरद ऋतुको आकाश धुवाँधुलोले लुकेको हुन्छ र सेतो हिमाल कालो हुँदै गएको छ, प्लास्टिकको मैलो लुगा लगाएको जस्तो देखिन्छ।




यस परिवर्तनको मूल कारण के हो? यो प्रकृतिले उकालेको रिस होइन, मानवकै सिर्जना हो। हामीले आफ्नो सुविधाका लागि प्रकृति सताउँदै गएका छौं। कुनै समयमा हामी ‘रिसाइकल’ को अर्थ बुझेर बाँच्थ्यौं? त्यो समयमा २० चाउचाउको खोल ल्याउँदा एक चाउचाउ फ्रि जस्ता नारा दिइन्थ्यो। यो बिक्रीयुक्त थिएन, एउटा सुन्दर र सर्कुलर इकोनोमीको उदाहरण थियो। खाली खोलहरू पसलमै फर्किन्थे, उद्योगले संकलन गथ्र्यो र पुनः प्रयोग वा रिसाइकल ल्याउँथ्यो।

त्यस्तै सिसाको बोतलमा पेय पदार्थको स्वाद अलिक फरक त हुन्थ्यो तर त्यो बोतल धोएर, सफा गरेर फेरि भरिन्थ्यो। हामीले ‘धरौटी’ तिरेर पेय पदार्थ किन्थ्यौं र खाली बोतल फिर्ता गरेपछि त्यो धरौटी फर्काइन्थ्यो। यो प्रक्रियाले न फोहोर कम गर्थ्याे तर हामीमा उपभोगपछिको जिम्मेवारीको चेतना पनि सिर्जना गर्थ्याे तर के परिवर्तन आयो त? समय बित्दै जाँदा हामी ‘आधुनिक’ भयौं। एकल पटक मात्र प्रयोगमा आउने प्लास्टिक, सुविधाजनक प्याकेजिङ र प्रयोग गरेपछि फ्याँकिने संस्कृतिले हाम्रो जीवनमा प्रवेश गर्‍याे।

सरल भयो, सस्तो भयो तर हामीले के मूल्य तिर्‍याैं र तिर्दैछौ? त्यो मूल्य, हाम्रो स्वच्छ वातावरण, हाम्रो नदीनाला, हाम्रो स्वास्थ्य र हाम्रो भविष्य हो। आज काठमाडौंको हावा विश्वकै प्रदूषित हावामध्ये एक हो। वाग्मती नदी सफा पार्न करडौं रुपैयाँ खर्च भइसकेको छ र हुँदैछ तर नदीमा प्लास्टिक फाल्ने मानसिकता अझै रोकिएको छैन। वातावरण, नदीनाला, पानी, वायु आदिको संरक्षण नेपाल सरकारको प्रमुख दायित्वमा कहिल्यै परेको छैन। यो खालि सरकारको असफलता होइन, यो हामी सबैको सामूहिक चेतनाको संकट हो।

यसको उत्तम मार्ग भनेकै, विस्तारित उत्पादक दायित्व हो। उत्पादकले आफ्नो उत्पादनको जन्मदेखि मृत्युसम्मको जिम्मेवारी लिनुपर्छ। यसका लागि कानुन मात्र बनाउँदैमा हुँदैन। उत्पादकले उत्पादन गरेको वस्तु बजारमा गएपछि, उपभोगपछिको व्यवस्थापनको जिम्मेवारी पनि उत्पादककै हुनुपर्छ। हामीले हराएको त्यो सर्कुलर इकोनोमीको संस्कृति पुनर्जीवित गर्नुपर्छ। यसको लागि सबै क्षेत्र (सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज, समुदाय, आदि) को सामुहिक पहल चाहिन्छ

पहिलो, सरकारको भूमिका, सरकारले कानुन बनाउने मात्र नभएर कार्यान्वयनको निगरानी गर्ने “वातावरण प्रहरी’ को सशक्त इकाइ बनाउनुपर्छ। भएका नीतिहरू, जस्तै फोहोरमैला व्यवस्थापन ऐन, २०६८ लाई परिमार्जन गरी प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्छ।

उद्योगहरूलाई विस्तारित उत्पादक दायित्व लागू गर्न बाध्य पार्नुपर्छ तर साथै रिसाइकल गर्ने उद्योगलाई कर छुट, सहुलियत सहयोग जस्ता प्रोत्साहन पनि दिनुपर्छ। नेपालको संविधान २०७२ को धारा ३० ले ‘स्वच्छ वातावरणमा बाँच्न पाउने हक’ को व्यवस्था कागजमा मात्र सीमित नराखी, एउटा जीवन्त वास्तविकता बनाउनुपर्छ।

दोस्रो उत्पादक तथा उद्योगहको भूमिका, उद्योगले सामाजिक उत्तरदायित्वबाट पर जानुपर्छ। उनीहरूले वातावरणमैत्री प्याकेजिङ अपनाउनुपर्छ। ‘खरिद गर्नुहोस्, फिर्ता गर्नुहोस’ को मोडेल पुनः स्थापना गर्नुपर्छ। चाउचाउको खोल, पेय पर्दाथको बोतल फिर्ता गरेमा छुट वा अंक दिने, उपभोक्तालाई प्रोत्साहित गर्ने प्रणाली हुनुपर्छ। उद्योगसंघहरूले सामूहिक रूपमा संकलन र पुनर्चक्रण केन्द्रहरू स्थापना वा स्थापना भएका रिसाईकलहरूलाई सहयोग गर्नुपर्छ। यो उनीहरूको खर्च होइन, भविष्यमा लाग्ने विशाल पर्यावरणीय भुक्तानीभन्दा राम्रो लगानी हो।

तेस्रो नागरिकको भूमिका, हामी सबै उपभोक्ता हौं, हाम्रो हातमा शक्ति छ। हामीले ‘फोहोर कम गर्ने, पुनः प्रयोग गर्ने, रिसाइकल गर्ने” सिद्धान्त आत्मसात गर्नुपर्छ। फोहोरलाई स्रोतमै वर्गीकरण गर्ने बानी बसाल्नुपर्छ, कम्पोष्ट मल बनाउने, पुनः प्रयोगयोग्य वस्तुको उपयोग बढाउने,रिसाइकल योग्य र ल्यान्डफिल जाने वस्तु निर्धारण गर्ने जस्ता कार्य हाम्रो दैनिक व्यवहार हुनुपर्छ।

हामीले एकल प्रयोगमा आउने प्लास्टिक बहिष्कार गर्नुपर्छ। स्थानीय स्तरमा कम्पोष्ट गर्ने, बजार जादाँ आफ्नो कपडाको झोला लैजाने, पुनः प्रयोगमा आउने बोतल प्रयोग गर्ने जस्ता साना कदमले ठूलो प्रभाव पार्न सक्छ। हामीले वातावरण प्रदूषण गर्ने उद्योग वा उत्पादनहरुको निगरानी तथा खवरदारी गर्नुपर्छ। हामी नागरिकले नै वातावरण संरक्षणको सबैभन्दा ठूलो प्रहरी हौ।

सामुहिक पहलको शक्ति, जब सबै पक्ष एकजुट हुन्छौ, तब मात्र परिवर्तन सम्भव हुन्छ। उदाहरणका लागि, सरकारले प्लास्टिक उत्पादनमा कर लगाउँछ, उद्योगले त्यसैअनुसार पुनर्चक्रण योग्य विकल्प  वा प्लास्टिकरहित वस्तु सिर्जना गर्छ र नागरिकले त्यस्तो उत्पादनको बढी माग गर्छन् र खरिद गर्छन्।

सरकारले विद्यालयस्तरदेखि पर्यावरण शिक्षा अनिवार्य गर्ने, उद्योगले त्यस्ता कार्यक्रमहरूलाई सहयोग गर्ने र अभिभावकले घरमा त्यो संस्कार सिकाउँछन्। यो एउटा चक्र हो जसले हामीलाई बलियो बनाउँछ।

स्वच्छ वातावरण असम्भव कार्य होइन भन्ने हाम्रो अतीतले हामीलाई सिकाएको छ। त्यो हाम्रो सांस्कृतिक धरोहर अझै छ। हामीले हराएका राम्रा बानीहरू, सिसाको बोतल फिर्ता गर्ने, कपडाको थैली प्रयोग गर्ने, जैविक फोहोरलाई कम्पोष्ट गर्ने जस्ता कार्यलाई पुनः जीवन दिनु आजको आवश्यकता हो। यो पछाडि फर्कने होइन, अगाडि बढ्ने बुद्धिमत्तापूर्ण कदम हो।

आजको आवश्यकता भनेको वातावरणीय पुनर्जागरणको हो। हामी जतीसुकै आधुनिक भए पनि, हामीले आफ्नो इतिहास स्वच्छ हावा, स्वच्छ पानी र हरियालीसँग जोडिनैपर्छ। राष्ट्र इट्टा र सिमेन्टको मिश्रणले मात्र बन्दैन, स्वच्छ वातावरण, हरियाली, स्वच्छ हावा, स्वच्छ पानी, स्वस्थ नागरिकहरुले बन्छ। नागरिकहरू मतदाता मात्र नभई वातावरणका संरक्षक हुन् भन्ने जिम्मेवारी बढाउन जरुरी छ। सरकार शासक मात्र नभई वातावरण संरक्षणको सेवक हुनुपर्छ।

हामी सबै नागरिकले वातावरण संरक्षणका लागि आफ्नो भूमिका बलियो रूपमा खेल्नुपर्छ। हाम्रा साना कदमहरू मिलेर एउटा स्वच्छ, हरियाली र सुन्दर नेपालको पुनर्निर्माण हुन्छ। हामी फोहोरबाट फूलसम्मको यात्रा गर्न सक्छौं। त्यो फूल हाम्रो भविष्य हो, हाम्रो सपना हो। आउनुस्, यो सपना साकार पारौं। वातावरण संरक्षण हाम्रो कर्तव्य हो र त्यो कर्तव्य निभाउनु नै आजको सबैभन्दा ठूलो आधुनिकता हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस