धौलागिरिमा... सके गुन तिरौंला नत्र फिरिमा
नागरिक
११ वैशाख २०७३
•
३४ मिनेट पाठ
धौलागिरिमा... सके गुन तिरौंला नत्र फिरिमा
पहाडी भेकतिर जाँदा बिउँझने वित्तिकै झयालको पर्दा खोल्छु म। बाहिर हेर्छु, हिमाल खुल्यो कि भनेर। त्यो बिहान डाँडामाथि हिमाल टल्कियो। घाम उदाउन बाँकी नै थियो। बाहिर निस्कें क्यामेरा बोकेर।
गुरिल्ला (शुरेन्द्र राना) स्कुल छेउमा उभिएर धौलागिरि हिमालतिर क्यामेरा ताकिरहेका थिए। मैले पनि खिचें। पोहोर पनि खिचेका थियौं हामीले यही झीँ गाउँबाट। हिजो पनि खिच्यौं टोड्के (२५००मिटर)मा। यसरी छयाङै खुलेको थिएन हिजो। एकैछिनमा तुँवालोले ढाकेको थियो।धित मर्नेगरि खिच्न पाइयो आज। हिजो (२५ फागनु ०७२)देखि टोड्के महोत्सव सुरु भयो। पुनहिलको झल्को मेटाउँछ टोड्केले। धौलागिरि, निलगिरि र माछापुच्छे्र हिमाल आँखैमा टाँसिन आइपुग्छन्। शीतल वतास, पहारिलो घाम, लालीगुराँस, पवित्र स्वर्गद्वारी मन्दिर लगायतको उज्यालोमा गम्केको टोड्के।




टोड्के क्षेत्र विकास कोषले आयोजना गरेको महोत्सवमा झीँ, पातलेखेत, पूर्णगाउँ, कुहुँ लगायत गाउँका गाउँलेको उत्साह उर्लिएको थियो। टोड्केलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा कस्सिएका छन् उनीहरु। उनीहरुको होस्टेमा उद्योग वाणिज्य संघ म्याग्दी र गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपाल हैंसे गर्दै छन्।

पर्यटकीय बजारमा टोड्के चम्कन सक्छ। बेनी बजारबाट टोड्केसम्म मोटर बाटो छ। हिँडेर वा गुडेर जान। दुई–चार दिन त्यहाँ हराउन सकिन्छ। मन आनन्दित हुन्छ। पुनहिलमा जस्तै टोड्केमा होटल/लज खाँचो छ।

ब्रेकफास्ट पछि भिटोफ अध्यक्ष चित्रबहादुर गुरुङको टोली काठमाडौं फर्कियो। हामी चाहिँ उकालो चढ्यौं। धौलागिरि हिमालको दक्षिणी आधारशिविरसम्म पुगेर फर्कने हाम्रो चाहना। घुम्न मात्र होइन नयाँ पदमार्ग 'धौलागिरि सेन्चुरी टे्रल'को संभाव्यता अध्ययन गर्न निस्केका हामी।

हाम्रो टोली नेता थिए, हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्य। साथमा विज्ञहरु थिए, गुरिल्ला पदमार्गका अन्वेषक शुरेन्द्र राना, सामाजिक अभियन्ता दिनेशनारायण श्रेष्ठ, बेनीका पत्रकार सन्दिप खत्री, फ्रेण्ड्स एडभेन्चर टिमका गाइड ङवा तामाङ, कुक दिपक लामा। झीँबाट भारी बोक्न साथीहरु कुमार गर्बुजा, भक्त शेरपुञ्जा, लक्ष्मण थजाली र सुरज थजाली थपिँदा समूह ११ जनाको भयो।

झीँ गाउँकी अगुवा चुमाया थजालीले हाम्रो बिदाई गरिन्। झीँ गाउँ धौलागिरि सेन्चुरी पदमार्गको गेट वे हो। जहाँ होमस्टे सुविधा छ। गाउँका मगर, मगर्नी फरासिला छन्। आत्मिय छन्।

हामी धौलागिरि हिमाल हेर्दै पाखापानीतिर लम्कियौं। तल गहिरोमा रघु गंगा सुसाउँदै थियो। गुरिल्ला मुभि खिच्न थाले। यो नयाँ पदमार्गका परिकल्पनाकार पवनजी हुन्। ८ हजार मिटर भन्दा अग्लो हिमालको फेदिसम्म पुर्याँउने छोटो, सजिलो र सस्तो पदमार्ग एक्सप्लोर गर्न निस्केका हामी।

हामी सगरमाथाको देश 'नेपाल' भनेर गौरब गर्छौं। गौरब गर्न लायक अरु हिमाल पनि छन् हाम्रो देशमा। संसारमा ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल छन्। ती मध्ये ८ वटा हाम्रै देशमा छन्, सगरमाथा (८,८४८ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), ल्होत्से (८,५१६ मिटर), मकालु (८,४६३ मिटर), चोयु (८,२०१ मिटर), धौलागिरि (८,१६७ मिटर) , मनास्लु (८,१६३ मिटर) र अन्नपूर्ण प्रथम (८,०४७ मिटर)।

पर्यटक हिमचुली आरोहण र वेस क्याम्पसम्म पदयात्रा गर्छन। अन्यत्र भन्दा कन्चनजंघा, मकालु र धौलागिरि वेस क्याम्पमा कम पदयात्री पुग्छन्। ती ठाउँमा टि हाउस टे्रकिङ संभव छैन। क्याम्पिङ गर्नु पर्छ। धौलागिरिका हकमा १९ दिन लामो 'राउण्ड धौलागिरि' पदयात्रा गरिन्छ।

धौलागिरि राउण्डमा पदयात्री बेनीबाट बाबियाचौर हुँदै बेस क्याम्प पुगेर मुस्ताङको मार्फा निस्कन्छन्। जुन गारो र महंगो छ। यता काठमाडौंबाट निस्केको ९ दिनमै धौलागिरि सेन्चुरी पदयात्रा पुरा गर्न सकिन्छ।

हामी पाखापानीबाट ओरालो झर्यौं । भरियालाई भेट्टाउन सकेनौं। ओरालोमा ४६ वर्षे तीलप्रसाद रानामगर भेटिए। उनले डाँडातिर औंला सोझ्याए, 'त्यही हो मालिका धुरी।' त्यहाँ उनीहरुको भैंसी गोठ रहेछ। दुई घन्टा लाग्छ रे गोठ पुग्न।

हामीले कोटगाउँमा नास्ता गर्ने योजना बनाएका थियौं। झोलुङे पुल तर्यौंु। उकालो लाग्यौं। कोट गाउँकी पूर्णकुमारी शेरपुञ्जाको पसलमा सामान्य दालभात र बास पाइँदो रहेछ।

गिलाँसमा लोकल झोल पाउनेवित्तिकै गुरिल्ला गाउन थालिहाले, 'बेनीको बजार जता माया उतै छ नजर...'। मनमाया छन्त्यालले गाएको बेनीको बजार हामीले यात्राभरि हरेक साँझ गायौं। कुइने गाउँकी मनमाया अचेल बुटवलमा बस्छिन्। हामी चाहिँ उनकै गाउँतिर जाँदै थियौं।

कोटगाउँबाट हिँडेपछि हामीले पारिपट्टि गाउँ हेर्यौंत। रघु गंगा खोला वारी थियौं हामी। पारी थिए दग्नाम, दर्मिजा र चिमखोला गाउँ। तीनवटै सुन्दर। कोटगाउँ पनि गुजुमुज्ज। सफा मगर बस्ती।

अलिक बेर हिँडेपछि चौपारीमा टोड्केनारायण (दिनेशनारायण) दाई र सन्दिप भाई सुस्ताइरहेका थिए। चिसो हावामा हामीले पनि थकाई मार्यौंर। लन्च खान रायोखोर पुग्नु थियो। हिँड्दै जाँदा उकालोको फेदिमा पुग्यौं।

सानी नानीलाई 'यो ठाउँको नाउँ के हो' भनेर सोधेको, उनले 'उल्लेरी' भनिन्। बीरेठाँटीबाट घोडेपानी जाँदा पनि उल्लेरी आउँछ। उल्लेरीको उकालो नाकै ठोसिने खालको छ। यताको उल्लेरी उताको जस्तो लामो उकालो होइन।

झीँबाट रायोखोर पुग्न ५ घन्टा लाग्यो। रायोखोरमा लिलबहादुर पुनकोमा खाना खायौं। भरिया टोली हिँडिसकेको थियो। ३ बजे लन्च खाएपछि आँगनमा एक छिन नाच्यौं।

त्यहाँबाट ओरालो झरेर रघुगंगा तिरैतिर हिँड्यौं। कतै पहिरो, कतै जंगल। साँझ ६ः१५ बजे छन्त्याल बस्ती घ्यासीखर्क पुग्यौं। पदम छन्त्यालको घर पैंचो रहेछ त्यो दिन। नयाँ घर बनेको खुसियालीमा खसि काटिएको थियो। गाउँलेसँग लहरै बसेर भोज खायौं हामीले।

त्यहाँ हामीले पर्यटनको संभावना खोतल्यौं। गाउँलेका किरा खेती (यार्सागुम्बा) बुझ्यौं। खानाको तालमा साँस्कृतिक माहौल जम्यो। चैनपुर, संखुवासभामा जन्मे/हुर्केर काठमाडौं छिरेका पवनजी मादल बजाउन खप्पिस रहेछन्। घन्काउन थालिहाले। गुरिल्ला उठेर नाच्न थाले। सन्दिप दोहोरी गाउन खप्पिस। निकैबेर चल्यो दोहोरी।

घ्यासीखर्कमा छन्त्यालका १७ घर छन्। यो क्षेत्रमा छन्त्याल जातिको बाक्लो बसोबास छ। छन्त्याल संघका पूर्व केन्द्रिय अध्यक्ष इन्द्रजित छन्त्यालका अनुसार उनीहरु कर्नालीको सिञ्जा उपत्यकाको 'छयान्टु' बाट फैलेका हुन्।

म्याग्दीको पश्चिम क्षेत्रमा छन्त्याल भाषा कम बोल्छन्। उनीहरुका पूर्खा फिरन्ते अबस्थामा थिए। तामा खानी भएका ठाउँमा बस्थे। खानी खन्थे। विसं १९८१ देखि उनीहरुको खानी पेशा ट्ट्यो।

तिनताका म्याग्दी र बाग्लुङको उपल्लो भेकलाई 'उपल्लो बाइसखानी' भनिन्थ्यो। गुल्मि, बाग्लुङ र प्यूठानको तल्लो बेल्टलाई 'तल्लो बाइसखानी' भनिन्थ्यो। रुकुम र रोल्पालाई 'पश्चिम खानी' भनिन्थ्यो। दुलो खनेर खानीबाट कच्चा तामा निकाल्थे उनीहरु। उनीहरुसँगै गाउँमा बसेका विश्वकर्माहरु त्यसबाट भाँडावर्तन बनाउँथे।

खनिज सकिँदै जान थाल्यो, छन्त्यालहरु खेतीपातीतिर लाग्दै गए। पशुपालन गर्न थाले। अनि खानी खन्ने काम बन्द भयो।

जनगणना ०६८ अनुसार देशभर छन्त्याल जातिको संख्या ११ हजार ८ सय १० जना हो। देशका धेरै भू–भागमा छरिएका छन् उनीहरु। युवाहरु बैदेशिक रोजगारमा छन्।

घ्यासीखर्क वरपर पात्लेखर्क, मंगलेखानी, चौरखानी र कुइनेखानीमा छन्त्याल समुदायको बसोबास छ। गाउँमा मकै, आलु, कोदो, फापर, गहुँ र जौ फल्छ। धान भने फल्दैन।

पदम दाईको पसलबाट हामीले खानेकुरा र पकाउने भाँडा बोक्यौं। बाटो देखाउन अगेन्द्र छन्त्याल र सामान बोक्न सोमबहादुर छन्त्याल थपिए। अब टोलीमा १३ जना भयौं। गाउँबाट उत्तरपश्चिम लागे रिखार क्षेत्र हुँदै बेस क्याम्प पुगिन्छ। त्यसलाई इटालियन बेस क्याम्प भनिन्छ। जहाँबाट आरोहीहरु हिमाल चढ्छन्। हामी त्यता होइन, धौलागिरिको दक्षिणी काख जान हिँडेका।

यो रुटको अन्तिम बस्ती छरि हो। त्यहाँबाट फेदि पुगेर बास बस्ने योजना। बन्दीघाट पुल तरेर रघुगंगा तिरैतिर छरि पुग्न दुइ घन्टा लाग्यो। त्यहाँ दूइटा घर रहेछन्। भक्तिप्रसाद, टोपबहादुर र नरबहादुर छन्त्याल दाजूभाइका। हामीले ६४ वर्षे भक्तिप्रसादलाई भेट्यौं। आँगनभरि कुखुरा चरिरहेका। एउटा भाले किन्यौ, दुई हजार रुपैयाँमा।

बस्ती मास्तिर पुल तर्दा अपि वेस क्याम्प यात्राको सम्झना भयो। ०६८ मंसिरमा हामी त्यता गएका थियौं। यसैगरि बस्ती माथि माथि हिँडेर।

गोरेटो दायाँबायाँ निगालोका झाङ भेटिए। अगेन्द्र भाइले हाम्रा लागि लौरो बनाए। छरिबाट ४ घन्टामा फेदी पुगिन्छ। भरिया टोली हामी भन्दा अघि थियो। हामी पछाडि थियौं। फेदी पुग्ने बेला बाटो बिराएछौं। जाँदाजाँदै निकै अफ्ठेरोमा पुग्यौं। ठूलो चट्टानले हाम्रो बाटो रोक्यो। फनक्क फर्केर बाटै नभएको जंगलमा उकालो चढ्यौ।

अलिकबेर चढेपछि मान्छे कराएको सुन्यौं, नभन्दै हामीले बाटो बिराएछौं, साथीहरु अघि नै माथि पुगेर टेन्ट गाडेछन्। हामी पुग्नेवित्तिकै उनीहरुले कालो चिया र बिस्कुट खुवाए। फेदीमा कुनै घर छैन। टेन्टमा बस्यौं।

फागुन २८ गते बिहान धौलागिरि हिमाल सुनौलो देखियो। हामी उठ्नु भन्दा पहिल्यैदेखि टल्केको रहेछ। मोबाइल र एसएलआरले खिच्यौं।

खाजा खाइवरी उकालिँदा अगेन्द्र भाइले धौलागिरि पवित्र हिमाल भएको कुरा दोहोर्या ए। 'हामी धौलागिरिलाई कैलाश मान्छौं। गौरीशंकरको बास भएको हिमाल', उनले भने।

फेदीबाट डेढ घन्टामा सुङथला (२,५९७ मिटर) पुग्यौं। त्यहाँ क्याम्प गर्न उपयुक्त हुन्छ। सुङथला माथि गुराँसे जंगल छ। लोक्ता फुलेको झन् कति राम्रो। हामीले पाखपानी क्षेत्र प्याउली फुलले पहेंलपुर भएको देखेका थियौं। खिचेका थियौं।

पसिना चुहाउँदै निगालो घारी छिचोल्यौं। सहस्त्र भिरमा ठूलै पहिरो गएको रहेछ। पहिरो नपुगुञ्जेल बाटो सजिलो। पहिरोदेखि निकै अफ्ठेरो। पहिरोमा ढुँगाको माने बनाएर हामीलाई बाटो संकेत गरेका रहेछन् साथीहरुले।

माथि चढ्यौं। धुवाँ देखियो। साथीहरु हिउँ पगालेर साग र भात पकाउँदै थिए। फेदीबाट त्यहाँ पुग्न ५ घन्टा लाग्यो। सबैभन्दा साँघुरो गोरेटो, गोरेटो के भन्नु डोरेटो सुरु भयो भीर माथि। बर्खामा किरा (यार्सागुम्बा) टिप्नेहरु, भेडिगोठ जानेहरु र शिकारी हिँड्ने बाटोमा मुस्किलले हिँड्यौं हामी।

खाना खाएकै ठाउँबाट हामीले तल नदि किनारमा नाउरको हुल देख्यौं। क्यामेराको लेन्सले भ्याएन, थक्थकि लाग्यो। वनमा नाउर, थार, घोरल, कस्तुरी आदि जनावर पाइने अगेन्द्रले सुनाए। उनीसँगै घ्यासीखर्कबाट मिसिएका सोमबहादुर अस्ती वैशाखमा किरा टिप्न बेस क्याम्प आएका रहेछन्। उनैलाई पच्छायौं।

दिउसो १ बजे भिरको बाटो हिँड्यौं। तल हेर्यो् भीर माथि हेर्योन चट्टान। १० मिनेट त मुटु ढुक्ढुक् गरिरहयो। खर समातेर मुस्किलले उकालो चढ्यौं। एकछिनपछि तेरपाय तेरपाय हिँड्यौं। सजिलो भयो।

शिकारी हिँड्ने बाटो सुधार नगरी यहाँ पर्यटक हिँडाउन सकिन्न। माथि हिउँ पहिरोले बाटो बिगारेको रहेछ। हिउँमा मचक मचक टेक्यौं। अपरान्ह ओडार क्याम्प पुग्यौं। काली छहरा दोभान मुन्तिर ओढारमा। ठूलो ढुँगा मुन्तिर दाउरा बालेर खाना पकायौं।

वरपर पिक छन्। हिउँ जमेको। खोचको रघुगंगा किनारमा क्याम्प। खोला कराइरह्यो। राती झन चर्को सुनियो खोलाको आवाज। एक निन्द्रापछि निदाउनै सकिएन। कोल्टे फेर्दाफेर्दै रात ढल्यो।

सोमबहादुरले बिहान टेन्टभित्रै चिया ल्याइदिए। पवन, सन्दिप र म थियौं टेन्टमा। हामी उठ्दा दिपक कोरियन चाउचाउ उमाल्दै थिए। डाँडामा चढेर हामीले फेरि धौलागिरि खिच्यौं। जरादेखि टुप्पैसम्म खुलेको हिमाल। जति खिचे पनि नअघाइने।

साँढे ७ बजेतिर मचक मचक हिउँमा कुल्चिँदै हामी उकालो चढ्यौं। अगेन्द्र भाई हिउँमा बाटो बनाउँदै अघि लागे। भक्ते भारि बोकेर अघि बढे। बाटोमा भक्तेले हिउँ चितुवा र डाँफेका पाइला चिनाए। निगाला घारीमा रेड पाण्डा बस्छन्। तर, हामीले न तिनलाई देख्यौं न तिनका पाइला नै।

निगालो समाउँदै उकालो चढ्यौं। चढिरहयौं। सामान्य स्पोर्टश जुत्ताको भरमा हिउँमा हिँड्दा चिसोले खुट्टा खाला भन्ने डर। जुत्ताभित्रै औंला चलाइरहेँ। चलाईरहें। धन्न साँढे चार घन्टा चिसो हिउँको बाटो हिँड्दा केही भएन त्यो दिन।

धौलागिरि प्रथमको वेस क्याम्प छेउमा पुग्दा १० बज्यो। त्यहाँ भन्दा माथि हिउँ धेरै जमेको रहेछ, हामी जान सकेनौं। त्यसैले त्यही डाँडामा टेन्ट गाड्ने निर्णय भयो। पाखाभरि हिउँ थियो। हामी हिउँमा हातखुट्टा टेक्दै उकालियौं। थाप्लोमा पुग्दा हातका औंला झरे जस्तै भए। निकैबेर आपसमा हात रगडेर न्यानो बनाएँ।

ङवा भाइले डाइनिङ र सिल्पिङ टेन्ट गाडे। हामीले त्यहाँ दालमोठ, चिउरा र कोकोनट बिस्कुट लन्च खायौं। बिडम्बना! हामी त्यहाँ पुग्दा धौलागिरि हिमालको टुप्पो बादलले ढपक्कै थियो। नजिकैबाट चुम्न पाइएन हिमाललाई।

वेस क्याम्पमा होटल बनाउने ठाउँ रहेछ। पहिरोदेखि यहाँसम्म बाटो बनाउन सके धौलागिरि सेन्चुरी पदमार्ग चलाउन सकिने लाग्यो हामीलाई। यात्रा सफल भयो। हामीले नेपालको राष्ट्रिय झण्डा फर्फरायौं। जुन झण्डा टोड्के महोत्सवमा पर्यटन मन्त्री आनन्द पोखरेलले म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यलाई हस्तान्तरण गरेका थिए। त्यहि झण्डा बोकेर हामी यात्रामा निस्केका।

झण्डा फर्फराउँदै 'धौलागिरिमा सके गुन तिरौंला नत्र फिरिमा' गाउँदै हामी सबै नाच्यौं ।

ओडार क्याम्पबाट हामी ९ जना (अगेन्द्र, सोमबहादुर, ङवा, भक्ते, सन्दिप, पवन, गुरिल्ला, टोड्केनारायण र म) मात्र माथि आएका थियौं। मध्यान्ह हामी बेस क्याम्पबाट ओरालो झर्यौं । रात ओडार क्याम्पमै बितायौं।

भोलिपल्ट मौसम धुम्मियो। ओरालो झर्दा त्यति डर लागेन। किनकि भीर नै देखिएन। तल तल हुस्सुले ढाकेको थियो। हामी दिउसो अढाई बजे छरि पुग्यौं। त्यो दिन हामीले एकैपटक ३ कुखुरा काट्यौं। भरिया साथीहरु पनि लोकल झोल र मासु पाउँदा रमाए। अबेलासम्म नाचगान चल्यो।

बिहान छरिका पसले भक्तिप्रसाद दाइको अनुहार उज्यालो बन्यो। पवनले पाँच रुपैयाँ नोटको बिटो बोकेका रहेछन्। त्यो नोट हामीले उनको टोपीभरि सिउँरिदियौं।

दोमिल्लामा शिव मन्दिर दर्शन गरेर घ्यासीखर्क खाना खान पुग्ने योजना बनायौं। दोमिल्लाबाट फर्कन लाग्दा मन्दिरमा रुद्राक्ष चढाउन आएका बलबहादुर छन्त्याल भेटिए। माघे संक्रान्तिमा रघु गंगामा शिवजीले नुहाउँथे रे। त्यसैको सम्झनामा संक्रान्तिमा त्यहाँ मेला लाग्छ।

पुस मसान्तका दिन रातभर मान्छे जाग्राम बस्छन्। मसाञ्तदेखि माघे संक्रान्तिको दिन बेलुकासम्म १० मिनेट रघु गंगा नदि नचली थपक्कै बस्छिन् रे। नचलेको पानी एक लोटा वा अंखोरा घरमा लगेमा धनी भइन्छ भन्ने विश्वास छ।

आखिर किंवदन्ती न हो, त्यसो हुन्थ्यो भने सबै छन्त्याल उहिल्यै धनी हुन्थे होला।

बलबहादुरसँग हिँड्दा अर्को जानकारी पनि पाइयो, उनी रिखार संरक्षण तथा सुधार समितिका अध्यक्ष रहेछन्। घ्यासीखर्कबाट दुई दिनमा रिखार पुगिन्छ। त्यहाँ डुँगा आकारको ढुँगा छ। जहाँ सप्तऋषि, महादेव र शेष नागका मूर्ति छन्। कथा भन्छ, संसारका राजा सत्यवर्त थिए। भगवान कृष्ण वरको पातमाथी बसेर त्यहाँ आए। उनले सत्यवर्तको दाहिने हातमा अन्न र देब्रे हातमा घाँसको बीउ दिए।

त्यहि उत्पादन गरेर संसार चल्यो। जनै पूर्णिमाका दिन रिखारमा मेला लाग्छ।

हामी घ्यासीखर्क पुग्दा साथीहरुले बोका काट्न भ्याइसकेछन्। खाना पछि छन्त्याल समुदायको पूर्ख्यौली नाच हेर्यौं । दशैंमा गाउँछन् उनीहरु पुख्यौली गीत। त्यसमा देवी देवताको प्रार्थना हुन्छ। हामीले स्वाद मान्यौं। गाउँमा पर्यटक डुलाउन पाए तिनीहरु पनि हाम्रो संस्कृतिमा त्यसैगरि रमाउने थिए।

'पदमार्ग खुले राम्रो हुन्थ्यो', गाउँका अगुवा पदम छन्त्यालले भने, 'पर्यटक आउँथे। गाउँमा रोजगारी बढ्थ्यो।'

नाच हेरेर दिउसो २ बजे मात्रै हामी हिँड्यौं घ्यासीखर्कबाट। फर्कँदा हामी चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वरबाट बेनी झर्यौंो। दर्मिजाको अजिंगरे भीर सम्झँदा पनि आङ सिरिङ हुन्छ। त्यो दिन हामी दग्नाममै बास बसेको भए राम्रो हुन्थ्यो। अबेला भए पनि बेनी पुग्ने रहरले अबेर दग्नामबाट जीप चढ्यौं।

विदेशीका लागि पदमार्ग डिजाइन गर्दा, बेनी, झीँ, घ्यासीखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्ने योजना बनाउनु पर्छ। घ्यासीखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात विताउनु पर्छ।

पदयात्रा सकेको भोलिपल्ट हामी थकान मेटाउन सिंघा तातोपानी पुग्यौं। बेनीबजारबाट ९ किमि पश्चिमको कुण्डमा। तातोपानीमा मेलै लागेको थियो। म्याग्दी खोला किनारको कुण्डभरि विरामी थिए। तातोपानीमा गन्धक हुन्छ। गन्धक प्राकृतिक एण्टिबायोटिक मानिन्छ। त्यहाँ डुब्दा श्वास प्रश्वास, रक्त सञ्चार र नशाको चाल सजिलो हुन्छ।

त्यहाँ ग्याष्टिक, बाथ, जोर्नी दुखाई र छाला सम्बन्धि रोग भएकाहरु भेटिन्छन्। उनीहरु ९, ११, १५ र ३० दिन बस्छन्। कुण्डमा एकैपटक तीन सय भन्दा बढी अटाउँछन्। कुण्डको तापक्रम ४५ देखि ४८ डिग्रि हुन्छ। हामी पनि ४० मिनेट डुब्यौं। सुरुमा डुब्दा च्वास्स पोल्यो। पछि पोलेन।

तातोपानी जानु अघि हामीले म्याग्दी उद्योग बाणिज्य संघमा छलफल गरेका थियौं। संघकै अगुवाइमा यो नयाँ पदमार्ग एक्सप्लोर भएको हो। जसमा जिविस म्याग्दी, पर्यटन बोर्ड, मोना, भिटोफ लगायत संस्थाले सहकार्य गरेका छन्। छलफलमा संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ, महासचिव राजेश शाक्य लगायतले सबै सरोकारवालाले पदमार्ग विकास गर्नु पर्नेमा जोड दिए।

काठमाडौं फर्केपछि हामी (पवन, गुरिल्ला र म) धौलागिरि सेन्चुरी टे्रलको संभावना बुझाउन नेपाल पर्यटन बोर्ड, टे्रकिङ एजेन्सि्ज एशोसियसन नेपाल (टान) र नेपाल पर्वतारोहण संघ (एनएमए)मा गयौं। ती संस्थाका अगुवाले धौलागिरि चम्काउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

आफ्नो धौलागिरि शाखा मार्फत एनएमले सहयोग गर्ने संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए। अमर बानियाँको संयोजकत्वमा पर्वतारोहण संघको धौलागिरि शाखा गठन भैसकेको रहेछ। तर, त्यो शाखा सक्रिय नभएकाले केही काम गर्न नसकिएको शेर्पाको गुनासो छ।

पर्यटन विकासमा उद्योग वाणिज्य संघको सक्रियता प्रशंसनिय छ। यस सन्दर्भमा कैलालीको उदाहरण अनुकरणिय छ। गोपी हमालको अगुवाइमा २०६३ मा कैलाली उद्योग बाणिज्य संघले सुरु गरेको 'सुन्दर सुदूरपश्चिम' अभियानले त्यो क्षेत्र चिनाउने र स्थानीयमा आत्मगौरब बढाउने काम गरेको छ। फलस्वरुप खप्तड, अपि, शुक्लाफाँटा, बडिमालिका लगायत गन्तव्य चर्चित भैसके।

अब म्याग्दी उद्योग बाणिज्य संघ पनि निरन्तर धौलागिरिको विकासमा लाग्नु पर्छ। सरकार आफैं कुहिराको काग जस्तो छ। उसलाई घच्घच्याएर बजेट पार्न म्याग्देली नेताहरुले पहल गर्नु पर्छ। संघको होस्टेमा सबैले हैंसे गर्नु पर्छ।

नेताहरुले मार्क्सबाद, लेनिनवाद, माओवाद वा वीपीवाद रटेर मात्र समाज बन्दैन। समाज बनाउन त्यो ठाउँको भुधरातलीय आबश्यक्ता अनुसार माटो सुहाउँदो विकास रणनीति बनाउनु पर्छ। म्याग्दीको सवालमा नेताहरुले पर्यटकीय संभावना भएका क्षेत्र विकासमा अगुवाई गर्नु पर्छ। तब मात्र विकास हुन्छ।

धौलागिरिमा पर्यटनको घाम झुल्केको ५६ वर्ष भैसक्यो। सन् १९६० को मे १३ मा स्वीस र अष्ट्रियाका ९ जना धौलागिरि हिमाल चढेका थिए। हामीले सन् २०१० मा धौलागिरि स्वर्ण महोत्सव मनाइसक्यौं। हिमाल आरोहण गर्नेहरु फाट्टफुट्ट जान्छन्। राउण्ड धौलागिरिको पनि आकर्षण बढ्दो छ। तर, जुरु रुपमा अन्नपूर्ण, सगरमाथा र लाङटाङ क्षेत्रमा चहलपहल छ, धौलागिरिमा हुन सकेको छैन।

आज ८ हजार मिटर भन्दा अग्लो हिमालको जरासम्म पदयात्रा गर्न खोज्नेहरु संसारमा धेरै छन्। त्यसमाथि धौलागिरि आफैंमा सुन्दर छँदै छ। समस्या भएको ठाउँमा बाटो सुधार गर्न सके धौलागिरि सेन्चुरी पदमार्ग छोटो र सजिलो पदमार्गको रुपमा विकास हुन सक्छ।

पत्रकारिताको दौरान पोखरा बस्दा पहिलोपटक धौलागिरि हिमाल चिनेको थएँ, रानीवन माथि विश्व शान्ति स्तुपबाट। त्यहि वर्ष ०५७ चैतमा साथी घनश्याम खड्कासँगै पुनहिल जाँदा नजिकबाट धौलागिरि चुमेको हुँ। त्यतिबेला धौलागिरि बेस क्याम्प पुग्ने कल्पना पनि गरेको थिइन, जहाँ पुग्न पाइयो।

हामीले टे्रल एक्सप्लोर गर्यौंा। बृत्तचित्र, नक्सा र पोस्टर बन्दै छ। यतिले मात्र पर्यटन विकास हुँदैन। मुख्य कुरा भीरदेखि माथिको बाटो बन्नु पर्छ। गाउँलेलाई तालिम दिएर मार्केटिङ गर्नु पर्छ। तब मात्र गाउँमा पर्यटनको घाम छिप्पिने छ।

अब सरकार, पर्यटन बोर्ड र टान लगायतको नजर धौलागिरिमा पर्नु पर्छ।

दिपकराज जोशी

सिइओ, नेपाल पर्यटन बोर्ड

विदेशीहरु एक सातासम्मको छोटो पदमार्ग खोजीमा छन्। तिनलाई धौलागिरि उपयुक्त हुन सक्छ। प्राकृतिक र साँस्कृतिक रुपले धनी धौलागिरिलाई हामी प्राथमिकतामा राख्ने छौं। यसको मार्केटिङमा म्याग्देलीहरुसँग हातेमालो गर्छौं। पूर्वाधार विकासमा चाहिने आबश्यक बजेटका लागि पर्यटन मन्त्रालयसँग लबिङ गर्ने छौं।

आङछिरिङ शेर्पा

अध्यक्ष, नेपाल पर्वतरोहण संघ

पर्यटनको लाभ सबैले पाउनु पर्छ। धौलागिरि सेन्चुरी टे्रललाई वैकल्पिक पदमार्गका रुपमा विकास गर्न सकिन्छ। जहाँसम्म माथिल्लो भेकमा पदमार्ग सुधार गर्ने कुरा छ, त्यसमा ठूलो बजेट चाहिन्छ। सरकारले सहयोग गर्नु पर्छ। टेक्निकल सहयोग गर्न तयार छौं। हाम्रो धौलागिरि च्याप्टर मार्फत सघाउँछौं।

कर्ण लामा

महासचिव, टे्रकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल

धौलागिरि सेन्चुरी टे्रलको ठूलो संभावना छ। आठ हजार मिटर भन्दा अग्लो हिमालको फेदीसम्म पदयात्रा गर्न पाउँदा पर्यटक रमाउँछन्। त्यस हिसाबले धौलागिरिको राम्रो पदमार्ग बन्न सक्छ। हामी यसको विकासमा स्थानीयसँग सहकार्य गर्ने छौं। पूर्वाधार विकास र मार्केटिङमा पहल गर्छौं।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस