कसैले डिस्टर्ब नगर्ने एकान्त ठाउँमा प्रेमालाप गर्न पाइयोस्– डेटिङ स्पटको न्यूनतम आवश्यकता वा विशेषता यही हो। तन्नेरी पुस्ताको चाहना पनि हो यो।
डेटिङका लागि पोखरा र यसवरिपरि यस्ता ठाउँ थुप्रै छन्, जहाँ युवायुवती अँगालोमा बाँधिएर प्रेम साटिरहेका हुन्छन्। तर, पछिल्लो समय भने पोखराका यस्ता ठाउँ जोडीहरूका लागि असुरक्षित हुँदै गएका छन्। उच्छृंखल जमात र तिनका गलत व्यवहारले प्रेमी–प्रेमिका हैरान भएका छन्।पोखराको फेवाताललाई धेरै प्रेमजोडी सजिलो र उत्तम स्पट मान्छन्। तर, यहाँ मान्छेको यति धेरै चाप हुन्छ कि प्रेमी–प्रेमिका दिल खोलेर रम्नै पाउँदैनन्। त्यसैले धेरैको नजर फेवातालपारिको लभ्ली डाँडा (रातोमाटे डाँडा) तिर पर्छ। यो डाँडामा जोडीहरू खूब भेटिन्छन्।
नामै लभ्ली डाँडा भएकाले यहाँ पुग्नेलाई पनि धेरैले चियोचर्चो गर्छन्। जिस्काइदिन्छन्। कतिपय डेटिङ जोडी उच्छृंखल जमातबाट कुटिएका–पिटिएका पनि छन्। उपद्र्याहरू कसैको बाइकको हावा खुस्काइदिन्छन्। अनि, कसैको बाइक पल्टाइदिन्छन्। कति जोडीलाई त समाएर केरकार पनि गरिन्छ। यसरी उनीहरूको रोमान्समा बाधा परेको छ। 'मज्जाले रमाइरहेको बेला केटाहरू आएर हप्कीदप्की गरेपछि चुपचाप फर्कियौँ,' प्रेमिका लिएर लभ्ली डाँडा पुगेका दीपक गुरुङ भन्छन्, 'फर्कंदा बाइकमा हावा थिएन। निकै दुःख पाइयो।'
डेटिङमा गएका युवालाई कुटेर युवतीमाथि दुर्व्यवहार गर्ने घटना पनि भइरहेका छन्। युवायुवतीले धेरै हैरानी खेप्ने ठाउँ दोबिल्लामाथिको हिमालयन गल्फकोर्स हो। यहाँ दैनिक ३०/४० जोडी डेटिङमा जान्छन्। तिनले ठूलो पीडा सहँदै फर्कनुपर्छ। कसैका बाइक बिग्रिएका हुन्छन्। कसैले खल्तीमा भएको सबै रकम पुलिसलाई बुझाउनुपर्छ। 'यहाँ केटाकेटीलाई हप्काउनेदेखि बाइकसम्म बिगारिदिन्छन्,' गल्फकोर्सनजिकै बस्ने गणेश पौडेल भन्छन्, 'डेटिङ आएका केटाकेटीले पाएको दुःख मैले धेरै पटक देखेको छु।'
फेवातालको किनार, पावर हाउस, पामे, सराङकोट, डेभिड फल्स, माटेपानी गुम्बा, शान्ति स्तूप, बसुन्धरा पार्क, भद्रकाली, हेम्जा, पुम्दीभुम्दी, माछापुच्छ्रे भ्यू टावर, काँहु डाँडा, मणिपाललगायत ठाउँमा केही वर्षअघिसम्म डेटिङ जानेहरूको हूल देखिन्थ्यो। अहिले डेटिङमा रमाउने युवायुवती रेस्टुरेन्टका कुनामा थन्किन बाध्य छन्। 'डेटिङका लागि चिनिएका ठाउँमा आजभोलि असुरक्षा बढ्दै गएको छ,' उपेन्द्र थापा भन्छन्, 'म पनि पहिले पामेतिर जान्थेँ। आजभोलि रेस्टुरेन्ट, कफीसपमा जान्छु।'
युवायुवतीको हूल जाने पामेमा आजभोलि खासै चहलपहल छैन। आक्कल-झुक्कलबाहेक प्रेमजोडी नआउने गरेको सुनाउँछन्, यहाँ रेस्टुरेन्ट चलाउँदै आएका चन्द्रबहादुर गुरुङ। 'पहिले यतिबेला जोडीहरू एकपछि अर्को आउँथे, सर्भिस दिँदैमा फुर्सद थिएन,' उनी भन्छन्, 'खै किन हो, आजभोलि आउनै छाडे।'
डेटिङ स्पटहरूमा बढेको असुरक्षाले धेरैलाई सताएको छ। शान्ति–सुरक्षा कायम गर्ने प्रहरीले समेत डेटिङ गएका युवायुवतीलाई केरकार गरेर हैरान बनाउँछ। यतिसम्म कि, खल्तीमा भएका सबै रुपैयाँ लिएर भुक्का बनाउँदै लछारपछार पारेर घर पठाइदिन्छ। 'तेरो आमाबाउलाई खबर गरौँ भन्दै पुलिसले हप्काएपछि गोजीमा भएको सबै पैसा दिएपछि छोड्यो,' पुलिसबाट प्रताडित एक युवा भन्छन्, 'खल्ती रित्याउँदा २३ सय भयो। नदिए घरमा खबर गरिदेलान् भन्ने डर लाग्यो।'