होलिया (बाँके)-भारतले कलकलवा तटबन्ध निर्माण गर्न खोजेको सन् १९८५ मै हो । निर्माणका लागि रेखांकन र माटो खन्ने काम सुरु भइसकेको थियो। तत्कालीन होलिया गाउँ पञ्चायतले थाहा पाइहाल्यो।
प्रधानपञ्च रणबहादुर सिंहको टोली जिल्ला पञ्चायत सभापति चेतबहादुर थापा र अञ्चलाधीश नवराज गुरुङसँग पुग्यो । गाउँले प्रतिनिधिको कुरा सुनेपछि जिल्ला र अञ्चलले सरकारलाई सन्देश पठाए। ‘त्यसपछि दुई देशका सरकारबीच कुराकानी भयो, तटबन्धको काम पनि रोकियो,’ तत्कालीन प्रधानपञ्च सिंह भन्छन्, ‘उतिबेला सरकारले तुरुन्तै ‘एक्सन’ लिँदा सीमावर्ती गाउँ डुबान हुनबाट जोगिए।’
तर, भारत सरकार आफ्नो योजनाबाट पछि हटेन । आफ्नो भूमिलाई डुबानबाट जोगाउन बुनेको तटबन्धरुपी योजना उसले डेढ दशकपछि पूरा गरिछाड्यो । उसले सन् १९९९ देखि २००० मा द्रुत गतिमा साढे २२ किलोमिटर लामो पक्की तटबन्ध बनायो । ‘दोस्रोपटक तटबन्ध बन्न लागेको थाहा पाएपछि हामीले जिल्लादेखि केन्द्रसम्म गुहा¥यौं, भारतीयसँग फिल्डमै गएर झगडा पनि ग¥यौं,’ सिंहले भने, ‘तर, हाम्रै सरकारले कुरा नसुनेपछि हाम्रो केही जोड चलेन ।’
पछिल्लो समय भारतले त्यही तटबन्धमाथि ‘बाँधजस्तो सडक’ निर्माण गरेको छ । नेपाल सरकार भारतसँग कुरा गर्न डराउँदा उसले सीमा क्षेत्रमा एकपछि अर्को पूर्वाधार निर्माण गरिरहेको पीडित नेपाली बताउँछन् । ‘अन्तर्राष्ट्रिय कानुन र दुई देशबीच विभिन्न समयमा भएका सहमति–सम्झौता विपरीत निर्माण भएका पूर्वाधारको जनस्तरबाट मात्र विरोध भयो, नेपाल सरकारले कूटनीतिक तबरबाट आफ्नो कुरा कहिल्यै राम्रोसँग राख्न सकेन,’ लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंह भन्छन्, ‘अहिले ‘बोर्डर रोड’ चर्चामा भए पनि भारतले आफ्नो जमिन जोगाउन तीन दशकअघि नै यो योजना बनाइसकेको थियो ।’
उनका अनुसार भारतले सीमा क्षेत्रमा आफ्नो हित रक्षा गर्ने योजना सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण सुरु गरेर अघि बढाएको हो । एकातिर बाँध बाँधेर राप्तीको पानीबाट भारतीय भूमि सिँचाइ गर्ने र अर्कोतिर बाँधको पूरक आयोजनाका रुपमा तटबन्ध निर्माण गरेर बर्खामा डुबान हुनबाट जोगाउने योजना भारतले उतिबेलै बनाइसकेको थियो । पछिल्लोपटक ६ वर्षअघि भारतले आन्तरिक सुरक्षा बलियो बनाउने बहानामा करिब एक हजार सात सय ५० किलोमिटर लामो ‘इन्डो–नेपाल समानान्तर सीमा सुरक्षा सडक’ बनाउन थाल्यो, जसको भित्री उद्देश्य भारतीय भूमिलाई बाढीबाट पूर्णतः सुरक्षित गर्नु हो । ‘भारत पक्षबाट दसगजा क्षेत्रमा एकपछि अर्को गर्दै निर्माण भइरहेका संरचनाको उद्देश्य उसको भूमिलाई बाढीबाट सुरक्षित गर्नु र राप्ती नदीबाट हुने डुबान, कटान, पटानबाट जोगाउनु हो,’ संघर्ष समितिको तर्पmबाट केही दिनअघि बाँके जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा लेखिएको छ, ‘यस्तो अवस्थामा निर्माणाधीन सीमा सडक तुरुन्त रोक्न ठोस कदम उठाइयोस् ।’
नेपालले अन्तर्राष्ट्रिय कानुनविपरीत बनिरहेका उक्त संरचना निर्माण कार्य तत्कालीन समयमा रोक्न त सकेन नै, बनिसकेपछि भारतसँग भएका सहमति पनि कार्यान्वयन गराउने तत्परता देखाउन सकेन । सन् २००३ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणमा कलकलवा तटबन्धमा सोतिहा नाला र गन्धौली नाला थुनछेक नगरिकन ढोका खोल्ने, भारतले राप्ती नदीको दुबैतिर हुने कटान रोक्न पक्की तटबन्ध बनाइदिने र तटबन्धको कारण विस्थापित तथा पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको थियो । तर, भारत स्वयंले प्रतिवद्धता जनाइसकेको सहमति कार्यान्वयन गराउन नेपालले सकेन ।
जनताको तटबन्ध कार्यक्रमका नेपालगन्जस्थित डिभिजन कार्यालय प्रमुख विनोद चापागाइँ बनिसकेको संरचना भत्काउन जटिल भए पनि सरकारले पहल गरेमा क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न सकिने बताउँछन् । अहिले कलकलवा तटबन्धमा एक ठाउँमा मात्र सन्तनिया नालामा २० मिटर निकास दिइएको छ, त्यो पनि डुबानले नेपालतिर धेरै क्षति पु¥याउन थालेपछि २०६२ सालतिर भारतले खोलिदिएको हो । ‘यस्तो निकास तीन–चार ठाउँमा हुने हो भने कलकलवा तटबन्धले पु¥याउने क्षति धेरै हदसम्म कम गर्न सकिन्छ,’ चापागाइँ भन्छन्, ‘यसका लागि सरकारले भारतीय पक्षसँग प्रभावकारी कुरा गर्नुपर्छ ।’ अहिलेको अवस्थामा पानी बढी परेमा सिधनिया पुलसम्म डुबान हुन्छ । सडक बनेपछि त डुबान खोल्न झन् समस्या हुने चापागाइँ बताउँछन् ।
सीमा सडकमा सरकारको मौनता झन् उदेकलाग्दो छ । २०७१ जेठमा सडक निर्माण हुन थालेपछि प्रभावित क्षेत्रका जनताले त्यसको विरोध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र आफ्नो क्षेत्रका सभासद दीनेशचन्द्र यादवलाई सडक निर्माण रोक्न पहलको माग गरे । तर, नेपाली पक्ष लामो समयसम्म मौन बस्यो। सडक निर्माण भइसकेपछि मात्र स्थानीय प्रशासनले स्थलगत अनुगमन गरी सरकारलाई जानकारी गरायो।
सडक निर्माण क्रममा सन् २०१५ फेब्रुअरीमा पोखरामा दुई देशको सचिवस्तरीय बैठक बस्यो । बैठकमा बाँकेका तत्कालीन प्रजिअ बेदप्रकाश लेखकले ‘एडिसनल’ प्रस्तावको रुपमा निर्माणाधीन सीमा सडकको ऐजेन्डा प्रस्तुत गरे । दुबै पक्ष उच्चस्तरीय प्राविधिक टोली बनाउने र त्यसले बुझाउने स्थलगत अध्ययन प्रतिवेदन आधारमा समस्या समाधान गर्ने निष्कर्षमा पुगे । तर, नेपालले सीमा सडक र त्यसले पार्ने प्रभावबारे अध्ययन गर्ने÷गराउने तत्परता देखाएन । भारतले धमाधम सडक विस्तार गरिरह्यो । ‘भारतले नेपाली पक्षको यही कमजोरीको फाइदा उठाउँदै नेपाल डुबाउने गरी सीमा क्षेत्रमा संरचना बनाइरहेको छ,’ संघर्ष समितिका अध्यक्ष सिंह भन्छन्, ‘हाम्रो सरकारले दरोसँग कुरा उठाउने हो भने विगतमा भएका सहमति र समझदारी कार्यान्वयन हुनेमात्रै होइन, निर्माणाधीन सडकसमेत रोकिन सक्छ।’
निरन्तरको दबाबपछि लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धको प्रभाव न्यूनीकरण गर्न भारतीय पक्ष तयार नभएको होइन, तर नेपाली पक्षको बेवास्ताले त्यो तत्परता त्यतिकै सेलायो । पाँच वर्षअघि भारतको डुबान तथा बाढी व्यवस्थापन सम्बन्धी निकाय (जेसिआइएफएम) को टोली र नेपाली उच्च प्राविधिकको टोलीले लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धबाट प्रभावित क्षेत्रको संयुक्त अनुगमन गरे । टोलीमा भारत तर्पmबाट गंगा फ्लड कन्ट्रोल कमिटी (जिएफसिसी) र बाँके जिल्लाका स्थानीय प्राविधिकसमेत सहभागी थिए ।
उतिबेला भारतीय पक्ष राप्ती नदीमा २८ किलोमिटर लामो (उत्तरतिर १५ र दक्षिणतिर १३ किलोमिटर) पक्की तटबन्ध निर्माण गरिदिन तयार भएको थियो । यसका लागि करिब साढे चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, नेपालले आवश्यक प्रक्रिया नै अगाडि बढाएन । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, नेपालगन्जका तत्कालीन प्रमुख भेलानन्द यादव संयुक्त अनुगमनपछि तत्कालै पाँच किलोमिटरको लागि रिपोर्टसमेत तयार भइसकेको बताउँछन् । ‘च्यानलबाट रिपोर्ट पठाउनु भनिएको थियो, त्यसपछि के भयो थाहा भएन,’ उनले भने, ‘त्यो काम माथिल्लो निकायबाट हुने भएकाले हामीलाई जानकारी भएन ।’
सरकार मौन बस्नु दुःखद
खासगरी सन् २००० मा कलकलवा मार्जिनल तटबन्ध निर्माण भएपछि होलिया, बेतहनी, बनकट्टी, फत्तेपुर, गंगापुरलगायत गाविस डुबानमा पर्दै आएका छन् । राप्ती नदीमा तटबन्ध नहुँदा कटान, पटानको समस्या पनि बिकराल बन्दै छ ।
संघर्ष समितिका अनुसार २०७० सालसम्म दुई हजार चार सय बिघा जग्गा नष्ट भइसकेको छ भने २५ हजार जनसंख्या प्रत्यक्ष/अप्रत्यक्ष प्रभावित छन् । २०७१ सालको बर्खामा राप्ती नदी र डुडुवाखोलामा आएको बाढीले थप क्षति पुर्याएको संघर्ष समिति अध्यक्ष सिंह बताउँछन् । उनका अनुसार बाढीबाट चार हजार बिघा खेतीयोग्य जग्गा बगर बन्यो। ‘अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले सीमा क्षेत्रमा एकपछि अर्को गर्दै बनाएका पूर्वाधारले उसको सपना त पूरा भए होला, तर यता नेपालीको जीवन भने बर्बाद भएको छ,’ सिंहले भने, ‘यस्तो अवस्थामा समेत नेपाल सरकार मौन बस्नु दुःखद हो।’