आरोप प्रत्यारोपमा उत्रिए प्रमुख दलका नेता
२६ असार २०७३
•
६ मिनेट पाठ
आरोप प्रत्यारोपमा उत्रिए प्रमुख दलका नेता
काठमाडौं–नेकपा एमालेका नेता शंकर पोख्रेलले निर्वाचनकोलागि राष्ट्रिय सहमति चाहिएको हो भने तीवटा निर्वाचन प्रमुख तीन दलले पालै पालो नेतृत्व गरेर गर्न सकिने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘चुनाव गराउनकालागि राष्ट्रिय सहमति चाहिँदैन तर सक्रमणकालमा चुनाव गराउन सहमति नै चाहिएको हो भने तीनवटा चुनाव तीन प्रमुख दलले पालै पालो नेतृत्व लिएर गरौं। केपी शर्मा ओलीको नेतृत्वमा अहिले सरकार रहेकोले स्थानीय निकायको निर्वाचन यही सरकारलाई गर्न दिऔं।’




पोख्रेलले माओवादीसँग नौ बुँदे बाहेक कुनै भद्र सहमति नभएको दावी गर्दै नौ बुँदे सहमति सँगै तीन बुँदे अर्को सहमति ल्याएको तर प्रधानमन्त्रीले आफू कुनै बन्धनमा बाधिएर सरकार चलाउन इच्छुक नभएको बताएपछि नौ बुँदे बाहेक कुनै सहमति नभएको स्पष्ट पारे । उनले प्रश्न गरे, ‘भद्र सहमति भएको भए सहमति भएको १५ दिन पनि बित्न नपाउँदै सरकार ढाल्ने अभद्र खेल किन खेल्नु परेको त?’

‘छिमेकीसँगको सम्बन्ध सुधार, राष्ट्रिय हितको संरक्षण, मुलुकको सर्मथ्य बृद्धि, समृद्धिकालागि सरकार अघि बढी रहेको बेला सरकारको विकल्प खोज्नु उपयुक्त हुँदैन। यो मुलुकको समस्या भनेकै अस्थिरता हो त्यसैले अस्थिर बनाउने धेरै खेल नखेलौं,’पोख्रेलले भने।

उनले राष्ट्रिय सहमति कायम गर्न ब्यक्तिलाई अगाडि सारेर हुन नसक्ने भएकोले एजेण्डालाई अघि सार्नु पर्ने भन्दै संविधानको कार्यान्वयन, भूकम्प पछिको पुनर्निर्माण र मुलुकको आर्थिक समृद्धि अहिले सहमतिको एजेण्डा बन्न सक्ने स्पष्ट पारे।

पोख्रेलले एमाले–काग्रेस र एमाले–माओवादीको सरकारले नै आन्दोलनको अवस्था रहनु परेकोले अहिले समस्या समाधानका नाममा एक दलको विकल्प अर्को दल बन्न नसक्ने ठोकुवा गर्दै बर्तमान सरकार सबै समस्या समाधान गरेर संविधानलाई सर्वस्विकार्य बनाउन आतुर रहेको बताए।

नेपाली काग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख ठूला दुई दल कांग्रेस र एमाले सँगै सरकारमा बस्नै नसक्ने ठोकुवा गर्दै संविधानमै सहमतीय सरकारको ब्यवस्था नरहेकोले त्यसको कुनै सम्भावना नरहेको दावी गरे । काग्रेस प्रतिपक्षमा रहे पनि संविधानको कार्यान्वय र भूकम्पपछिको पुनर्निर्माणको विषयमा सरकारसँगै रहेको स्पष्टपार्दै माओवादीले भने जस्तो संविधान कार्यान्वयनकालागि सहमति आवश्यक नरहेको स्पष्टपारे ।

उनले भने,‘ संविधान कार्यान्वयनमा हामी प्रतिपक्ष होइनौ । संविधानलाई सर्व स्विकार्य बनाउने हो । यसमा हामी सधै अग्रसर हुन्छौं ।’

काग्रेससँग बहुमत नभएकोले काग्रेस प्रतिपक्षमा रहेको स्पष्ट पार्दै सत्तारुढ दल माओवादीले सरकारको विषय कुनै निर्णय नगरेसम्म काग्रेसको भूमिका नै नहुने बताए । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले अब सहमतिको सरकार निर्माणको प्रक्रिया तिब्र हुने बताउँदै संविधानको कार्यान्वयनसहित मुलुकको समस्या समाधान गर्न पनि सहमतिको सरकार अपरिहार्य रहेको तर्क गरे ।

उनले भने,‘ नेपाली काग्रेस सहमत भए मधेसलाई विश्वासमा लिएर सहमतिको सरकार निर्माण गर्नु पर्छ । न्यूनतम साझा कार्यक्रम बनाएर जसको नेतृत्वमा सहमति जुट्यूनतम साझा कार्यक्रम बनाएर जसको नेतृत्वमा सहमति जुट् उसकैको नेतृत्वमा सरकार बनाउनु पर्छ ।’

कार्कीले नेकपा एमालेले माओवादीसँग भएको भद्र सहमति कार्यान्वयन गर्ने बेला आएको भन्दै आफ्नो पार्टीले अहिले नै सरकारको विकल्प खोज्ने विषयमा हतार भने नगर्ने स्पष्ट पारे ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले केपी शर्मा ओली नेतृत्वको सरकारबाट मुलुकलाई उन्मुक्ति दिलाउन तयार हुने जो सुकैलाई पनि मधेसी मोर्चा निसर्त समर्थन गर्न तयार रहेको स्पष्ट पारे। उनले भने, ‘सैद्धान्तिक रुपमा सरकार हाम्रो एजेण्डा होइन र यो खेलमा हाम्रो चासो पनि छैन तर भावनात्मक रुपमा हाम्रा ६२ जना भन्दा बढीलाई गोली ठोकेर हत्या गर्ने, झुठा मुद्दा लगाउने, उपचार समेत नगराउने, बार्ताको नाटक गरिरहने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने र संघीयता विरोधी अभिब्यक्ति दिने प्रधानमन्त्रीबाट मुलुकलाई उन्मुक्ति दिन एक धक्का कसैलाई पनि समर्थन गर्न हामी तयार छौ ।’ सुमनले थपे,‘ हास्यकलाकार जस्ता प्रधानमन्त्रीबाट मुलुकलाई मुक्ती दिलाउनेलाई समर्थन गर्छौ तर हामी सरकारमा जाँदैनौ ।’
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस