काठमाडौं, चैत ३१, (नागरिक)- बिहान करिब साढे १० मा एक ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालकको घटनास्थलमै मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग, कोटेश्वरअगाडि भएको सो दुर्घटनामा नाम नखुलेका चालकको मृत्यु हुनुका साथै पछाडि बस्ने एक महिला घाइते भएकी छिन्।
भक्तपुरबाट कोटेश्वरतर्फ गइरहेको लु १ ख ४४८४ नंबरको एलपी ट्रकले बा २० प १०६८ नंबरको सो मोटरसाइकललाई ठक्कर दिएको थियो।
घाइते महिलाको अहिले कान्तिपुर अस्पताल, नयाँ बानेश्वरस्थित उपचार भइरहेको छ। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई तिनकुनेस्थित महानगरीय प्रहरी बृत्तमा राखेको छ भने घटनास्थलमा सामान्य तनाव भएपनि सवारी साधन प्रवाह सामान्य रहेको छ।