हतियारसहित ६ माओवादी कार्यकर्ता पक्राउ
१५ वैशाख २०६७
•
१३ मिनेट पाठ
हतियारसहित ६ माओवादी कार्यकर्ता पक्राउ
केपी ढुंगाना, काठमाडौं, बैशाख १६- माओवादीको 'तेस्रो जनआन्दोलन'मा सहभागि हुन उपत्यका भित्रिएका माओवादी प्रर्दशनकारीवाट हतियार बरामद भएको छ। प्रहरीले नयाँबजार, मुड्खु र मैतिदेवीवाट हतियार सहित ६ जनालाई पक्राउ गरेको छ। क्यान्टोनमेन्टका २ जना जनसेना हतियार सहित समातिएका छन्।




प्रर्दशनमा सहभागि हुन उपत्यका भित्रिएका माओवादी कार्यकर्ता हतियार हुने आशंकामा प्रहरीले चेकजांज गर्नेक्रममा बेलुका सात वजे नयाँबजारमा खुकुरी सहित तीन जनालाई पक्राउ गरेको थियो। प्रहरीले काभ्रे भकुण्डेबेशीका बर्ष १७ को मनोज मगर, ईलाम चुलाचुलीका बर्ष १६ को प्रतिक राई र बर्ष २० को राजन राईलाई खुकुरी, तरवार सहित पक्राउ गरेको हो।

प्रहरीले विहान आठ वजे मैतिदेवीमा रेन्बो चक्कु सहित एक जनालाई पक्राउ गरेको थियो। समुहमा सुन्धाराबाट मैतीदेबी जानेक्रमा प्रहरीले गरेको चेकजाँचको क्रममा काभ्रे मनखुका निर्मल थापाको साथबाट रेम्बो चक्कु बरामद भएको थियो।

महानगरीय प्रहरी प्रभाग मुडखुको टोलिले ना १६ प १७७५ कालो पल्सर मोटर साईकलमा आएका नुवाकोट जिल्ला घर भई चितवन प्रताप स्मृति बिग्रेड क्याक्टेनमेन्ट बस्ने बर्ष २७ को मुकुन्द केसी र बर्ष ३५ को कृष्ण बहादुर तामाङ्गलाई खुकुरी सहित पक्राउ गरेको छ।

प्रर्दशनमा आएका माओवादीवाट हतियार बरामदको घटना बढेपछि प्रहरीले चेकजा"च बढाएको छ। काठमाडौं प्रवेश गर्ने नाकाहरुको प्रहरी निरिक्षक र असई खटिने गरेपछि बैशाख १६ गतेवाट डिएसपीको कमान्डमा प्रहरी टोली खटाईएको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार उपत्यकाका सबै इकाई प्रहरी प्रमुखहरुलाई झोला सहितका नयाँ अनुहारका ब्यक्तिलाई अनिवार्य रुपमा चेक गर्न निर्देशन दिइएको छ।

काठमाडौंभित्र प्रहरीले बुधवार पांच तारे होटल र क्यासिनोहरुमा छापा मारेको थियो। प्रहरी स्रोतका अनुसार क्यासिनोमा हतियार भन्डारण गरिएको गोप्य जानकारीको आधारमा काठमाडौं परिसरको टोलिले स्थानीय प्रहरी युनिटले उपत्यकाका प्रमुख क्यासिनो र होटलमा छापा मारेको थियो। छापामा संलग्न एक प्रहरीले भने 'जानकारीको आधारमा सबै कोठाभित्र पुगेर छापा मारियो तर, केही फेला परेन।' काठमाडौं परिसर प्रमुख रमेश खरेलले काठमाडौंका होटल, लज र अन्य शंकास्पद क्षेत्रको पहिचान गरी छड्के चेकजाँचलाई तिब्र बनाएको बताए। उनले भने 'चेकजाँचको क्रममा केही हतियार समेत बरामद भएकाले थप प्रहरी शक्ति परिचालन गरिरहेका छौं।'

बैशाख १९ गतेदेखी शुरु हुने अनिश्चितकालीन आम हड्तालमा सहभागि हुन आएका माओवादी कार्यकर्ताहरु नीजि घर,विद्यालय,पार्टी प्यालेस,होटल, गेष्ट हाउस, कारखाना, र वाईसियल क्याम्पहरुमा बसेका छन्। उनीहरु उपत्यकाका खुल्ला स्थानहरुमा टेन्ट समेत राखेका छन्।

प्रहरीले केही विद्यालय र नीजी घरमा बसेका प्रर्दशनकारीहरुलाई बुधवार हटाएपनि उनीहरुको बस्नेक्रम भने रोकिएको छैन। महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रहरी अधिकारीका अनुसार सरकारी भवन, क्याम्पस र विद्यालयमा बस्न प्रर्दशनकारीहरुलाई प्रतिबन्धै लगाईएको छ। ति अधिकारीले भने...प्रर्दशनकारीलाई सरकारी भवनमा कुनै हालतमा बस्न दिंदैनौं।'

नीजि घर, व्यापारीक भवन, विद्यालय र कारखानामा प्रर्दशनकारी जर्वजस्ती बसेको जानकारी आएमा प्रहरीले तत्काल घर खाली गराउने ति अधिकारीले बताए। उनले भने...उपत्यकामा ब्यक्तिगत घर,नीजी विद्यालय र होटलमा उनीहरु बसेको जानकारी हामीलाई छ। तर उनीहरुलाई राजीखुसीले राखिएको हो वा जर्वजस्ती त्यसको बारेमा सम्बन्धीत ब्यक्तिले जानकारी नगराएसम्म हामीले मात्र केही गर्न सक्दैनौं।'

प्रहरीले बुधवार तयार पारेको माओवादी सक्रियताको प्रतिवेदन अनुसार माओवादीले पहिलो प्राथमिकतामा पार्टी प्यालेस, हाउजिगं र निर्माणाधिन सपिङ्गमललाई बनाएका छन्। ब्यक्तिगत घरमा १० जनासम्मको संख्यामा बसेका छन् भने पार्टी प्यालेस, हाउजिगं र सपिगंमलमा पांच सय देखी तीन हजारसम्म बसेका छन्। प्रर्दशनमा सहभागि हुन आएकाहरु सुकुम्बासी बस्ती, खोला किनारमा खाली स्थानमा टेन्ट लगाएर समेत बसेका छन्।

स्रोतका अनुसार माओवादी उपत्यकाका सबै गेष्ट हाउसहरुलाई १७ गतेवाट प्रति गेष्ट हाउस १५ देखी २५ जनाको संख्यामा आफ्ना कार्यकर्ता राख्न उर्दी जारी गरेका छन्। केही गेष्ट हाउसहरुमा उनीहरु बसिसकेपनि अधिकांशलाई फोन मार्फत कोठाहरु खाली राख्न निर्देशन दिएका छन्।

स्रोतवाट प्राप्त प्रहरी प्रतिवेदन अनुसार प्रर्दशनकारीहरु सानो भर्‍याङ्ग,बालाजु, गोलढुंगा,मनमैजु म्हैपी, क्षेत्रपाटी धोविचौर, गैर्ही गाउं लगायतका क्षेत्रमा उनीहरुले ब्यक्तिको घरमा आफ्ना कार्यकर्ता राखेका छन्। स्रोतका अनुसार सानो भर्‍यागं स्थित बाबुकाजी महर्जनको घर, बालाजु गोलढुङ्गा, गुजेश्वरी स्थित माधव पुडासैनीको घर, बालाजु मनमैजु स्थित सम्भु बस्नेतको घर, मनमैजु डाँडाँगाउँ स्थित निर्माणाधिन घर, म्हैपी स्थित रामचन्द्र सिंखडाको घर, क्षेत्रपाटी ११ नं.वडा स्थित बलराम मानन्धरको घर, कामनपा.१७, धोबीचौर स्थित दिवाकर राणाको घर, कामनपा.३४, विनायकध्रुर्व मार्ग स्थित रामेश्वर कोइरालाको घर, कामनपा.३५, साईराम मार्ग स्थित लक्ष्मण पराजुलीको घर, कामनपा.३५, गैह्रीगाउँस्थित विनायक मार्गको नीजि घरमा हड्तालमा सहभागिहरु बसेका छन्। उनीहरु प्रतिघर ५ देखी १० जनाको संख्यामा बसेका छन्।

जुनतारा बोर्डिगं स्कुल, युनिभर्सल एकेडेमी, फर्वाड एकेडेमी, कालिकास्थानको त्रिनीटी कलेज र प्लाटिना कलेज,युनिर्भसल बोर्डिग स्कुल धुम्बाराही, कीर्तिपुरको लेबेटोरी विद्यालयमा प्रर्दशनकारी बसेका छन्। बिजय स्मारक उच्च माबि,कन्या स्कुल र टिनेटी कलेजमा बसेका प्रर्दशनकारीहरुलाई प्रहरीले हटाएको छ। माओवादीले त्रिचन्द्र, सरस्वती, पब्लीक युथ,मिनभवन,कर्मश क्याम्पसमा कार्यकर्ता राख्ने तयारी गरेको जानकारी पाए लगत्तै प्रहरीले शैक्षिक क्षेत्र, सरकारी भवनमा बसेका हस्तक्षेप गर्न बाध्य हुने जानकारी गराएपछि उनीहरु पछि हटेका छन्।

प्रर्दशनकारीहरु बालाजु औधोगिक क्षेत्रको पस्मिना फ्याक्ट्री, बसपार्क स्थित ल्होत्से बहुउद्देश्य भवन, ठमेलको नमस्ते पार्टी प्यालेस ठमेल पार्टी प्यालेस, सुन्धारा स्थित नवनिर्मित सिभिल मल र त्यसको वरिपरी निर्माणाधिन भवन, कालिकास्थान, भत्केको पुलमा रहेको वाईसिइल क्याम्प, गौशाला धर्मशाला, शान्तिसेवा गृह गौशालामा बसेका छन्।

कोजिहोम पार्टी प्यालेस महाराजगंज,  बिरेन्द्र बाटिका क्रियापुत्री भवन बसुन्धारा, बसुन्धारा मन्दिर, धापासी हाउजिगं,एसआर क्याटरिगं धुम्बाराही, ओमसाई होटल,धुम्बाराही, गोकर्ण ९ स्थित अन्नपूर्ण गलैचा कारखाना, कीर्तिपुर ट्याङ्गलाफाँटको सिभिल होम्स,  फर्पिङ्ग टल्कु २ स्थित सामुदायिक भवन, फर्पिङ्ग बसपार्कको गाउँले गेष्ट हाउस, कालिमाटी टंकेश्वरको तरकारी बजार,बलम्बुको वाईसियल क्याम्प र कलंकीको दर्शन पार्टी प्यालेसमा बसेका छन्। त्रिपुरेश्वर बागमति किनारमा टेन्ट सहित करिव १० हजारको संख्यामा प्रर्दशनकारीहर बसेका छन्।

ओम साईराम होटल, कञ्चनजंघा होटलमा करिव २ सय ५० प्रर्दशनकारी बसेका छन्। गोंगबु बसपार्कका पुजा,न्यु पर्वत शंकर र तम्घास गेष्ट हाउसमा प्रत्येक गेष्ट हाउसमा ३० जनाको संख्यामा प्रर्दशनकार िबसेका छन्। गेष्ट हाउस व्यवसायिका अनुसार गोंगबु क्षेत्रमा १७ गतेवाट प्रत्येक लजमा २० देखी ३० जनाको दरमा आफ्ना मान्छे आउने भएकाले कोठा ाखली राख्न निर्देशन दिएपनि होटल र रेष्टुरेन्टले ग्राहक राख्न छोडिसकेका छन्।

ललितपुरमा अशोक पाटीृ प्यालेस,नमस्ते सुपरमार्टेक, खन्ना गार्मेन्ट र कुपन्डोलको कार्यालय,कान्तीपुर हाईटमा माओवादी प्रर्दशनकारीहरु बसेका छन्। प्रहरीले ललितपुर क्षेत्रमा करिव १० हजार कार्यकर्ता बसेको निष्कर्ष प्रहरीको छ।

भक्तपुरमा १७ हजार प्रर्दशनकारी बसेको एक प्रहरीले बताए। भक्तपुरको कटुन्जे, नरेफांट बागमति किनार, मनोहरा फाँटमा कार्यकर्ता बसेका छन्। बोडेमा वाईसिएलको आफ्नै क्याम्प छ। भक्तपुरको ग्रामिण क्षेत्रमा ब्यक्तिगत घरमा तीन देखी पांच जनाको संख्यामा सेल्टर लिएको प्रहरी रिर्पोटमा उल्लेख छ।
अर्को समाचार
बन्दुकसहित एमाले कार्यकर्ता पक्राउ
१४ असोज २०६७
•
१ मिनेट पाठ
बन्दुकसहित एमाले कार्यकर्ता पक्राउ
माओवादी कार्यकर्तालाई बन्दूक लिएर लखेटेको-
पाँचथर, असोज १५- नेकपा (एमाले) का एकजना कार्यकर्ता हतियारसहित पक्राउ परेका छन्। जिल्लाको आरुबोटे गाउँ विकास समिति-४ का कुलबहादुर श्रेष्ठ एकथान भरुवा बन्दुकसहित हिजो पक्राउ परेका हुन्। एकीकृत नेकपा (माओवादी) का गाउँ कमिटी सदस्य महेन्द्र श्रेष्ठलाई मार्ने धम्की दिँदै उनले बन्दुक लिएर श्रेष्ठलाई लखेटेपछि गाउँलेहरूको सहयोगबाट कुलबहादुरलाई पक्राउ गरिएको हो।




यसैबीच, प्युठान खलङ्गाका राजेश नेपालीलाई चारथान भरुवा बन्दुक र एक किलो बारुदसहित पक्राउ गरिएको छ।

नेपालीलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका नेपाली र श्रेष्ठलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस