मिथिलेश यादव, सिरहा, जेठ १४- भारतबाट हतियार खरिद गरि काठमाडौं पठाउने गिरोहका तीनजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ। भारतको जयनगर हुँदै माडर नाकाबाट हतियारसहित भित्रिएका तीन नेपाली युवालाई बुधबार राति माडरको काली मन्दिर नजिकबाट प्रहरीले पक्राउ गरेको हो।
सीमा सुरक्षा कार्यालय सिरहाका सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुरका अनुसार बा १४ प ६२२६ नम्बरको मोटरसाइकलमा सवार पर्सा बिरवाकोटीका १९ वर्षीय इन्द्रबहादुर श्रेष्ठ, सिरहा मिर्चैया-७ कुथनका रामविनेस यादव र भोक्राहा घर भई धनुषा पटेरवा-८ बस्दै आएका अताबुल राइनलाई पक्राउ गरिएको छ। उनीहरूबाट दुई थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने १० राउन्ड गोली बरामद गरिएको छ।
उनीहरूले जयनगरबाट हतियार खरिद गरी काठमाडौं लैजान लागेको प्रहरीलाई बताएका छन्। सिरहाका प्रहरी नायव उपरीक्षक सानु थपलियाका अनुसार पक्राउ परेका व्यक्तिले सो हतियार काठमाडौंस्थित एउटा म्यानपावर कम्पनीलाई बेच्ने गरेको बयान दिएका छन्। काठमाडौं प्रहरीसँग समन्वय गरी ती एजेन्टलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक थपलियाले बताए।
पक्राउ परेका व्यक्तिहरू संगठित आपराधिक गिरोहसँग सम्बन्धित रहेको हुनसक्ने प्रहरीको आशंका छ। भारतबाट हतियार ओसारपसारमा को-को व्यक्ति संलग्न छन् भन्नेबारे बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ती व्यक्तिबाट हतियार ओसारपसार गर्ने अन्य आपराधिक गिरोहबारे थप जानकारी आउनसक्ने प्रहरीको अनुमान छ।
पक्राउ परेका व्यक्तिबाट बरामद गरिएका हतियार 'अन टेस्ट' रहेको प्रहरीको भनाइ छ। जयनगरमा कुन व्यक्तिबाट ती हतियार खरिद गरिएको भन्ने सोधपुछ भइरहेको छ। हतियार बेच्ने भारतका व्यक्तिबारे सूचना आउनासाथ उनीहरूलाई पक्रन भारतीय प्रहरीलाई आग्रह गर्ने प्रहरी नायव उपरीक्षक थपलियाले बताए।
केही सातादेखि सिरहा र सप्तरीका विभिन्न नाकाबाट हतियार भित्र्याउने क्रम बढेको छ। दुई दिनअघि कुनौली नाकाबाट आधुनिक हतियारसहित बनौली-४ का रामप्रकाश यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। भारतबाट हतियार खरिद गरी नेपाल आउने क्रममा उनी पक्राउ परेको सप्तरी प्रहरी प्रमुख शरद ओलीले बताए।
२२ वर्षीय यादवलाई ७.६५ नम्बरको अमेरिकामा निर्मित स्वचालित पेस्तोल १ थान तथा त्यसमा लाग्ने १२ राउन्ड गोली र २ थान म्याग्जिनसहित पक्राउ गरिएको थियो। यादवले भारतबाट हतियार खरिद गरेर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको स्वीकार गरे। उनी अखिल तराई मुक्ति मोर्चा सप्तरीका सहइन्चार्ज भएको प्रहरीले बताएको छ।
यसअघि वैशाख ३० मा सप्तरीको त्रिकौल- ३ बाट प्रहरीले ठूलो संख्यामा आधुनिक हतियार बरामद गरेको थियो। त्रिकौल गाविसको मन्दिरको छेउमा बोरामा प्याक गरी राखिएको अवस्थामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले हतियार र त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको हो।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका प्रमुख भरत पनेरुले सप्तरी मात्र होइन, तराईमै यति ठूलो परिमाणमा आधुनिक हतियार बरामद गरिएको पहिलो घटना भएको प्रतिक्रिया दिए।
बरामद हतियारमा इंग्ल्यान्डमा निर्मित एकथान स्वचालित पेस्तोल र त्यसमा लाग्ने एकथान म्यागजिन, चीनमा निर्मित एकथान स्वचालित हतियार र त्यसको एक थान म्यागजिन, कटुवा पेस्तोल एक थान, इन्सास राइफलका दुईथान गोली, म्यागनममा लाग्ने १६ थान गोली, सटगनको १० थान गोली, १२ बोरको दुईनाले बन्दुक एकथान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
अरु ठाउँमा आपूर्ति गर्न यति ठूलो परिमाणमा हतियार भित्रिएको प्रहरीको भनाइ छ। सप्तरीको कुनौली नाका र सिरहाको माडरबाट भित्रिएको हतियार आपराधिक समूहको लागि 'सप्लाइ' हुने गरेको छ। ती नाकाबाट हतियार भित्र्याउने गिरोहले प्रहरीसँग समेत लाइन मिलाउने गरेको स्रोतले जनाएको छ।