लक्ष्मीका छोरा जब छोरी बने...
०३ चैत्र २०७४
•
१२ मिनेट पाठ
लक्ष्मीका छोरा जब छोरी बने...
लक्ष्मी तामाङ तेस्रोलिंगी छोरी मेघ्नाका साथ । मेघ्ना सन् २०११ की मिस ट्रान्सजेन्डर समेत हुन् । तस्बिर: शुष्मा/नागरिक
लक्ष्मी तामाङ (५३) झापाबाट काठमाडौं आएकी थिइन्, छोरा भेट्न । काठमाडौंमा नन्दको घरमा पढ्न बसेका छोरालाई धेरै समयपछि भेट्न पाउने भएकाले उनी निकै उत्साहित थिइन् । 




जब उनले छोरालाई भेटिन्, उनी खुसी हुन सकिनन् । भेटमा छोराको कुरा सुन्दा उनी छाँगाबाट खसेजस्तै भएकी थिइन् । पहिलोपल्ट छोराले आफू तेस्रोलिंगी भएको खुलाएपछि अँध्यारो भएको उनको मुहारमा अचेल भने खुसीको मुस्कान छाउँछ। 

अहिले सन्तानको खुसीमा नै आफू खुसी रहेको लक्ष्मी बताउँछिन् । लक्ष्मीले छोराको रूपमा हुर्काएको कान्छो सन्तान अहिले छोरी भएकी छन्। 

लक्ष्मीले जेठो छोरो १९ वर्षको उमेरमै खसे । लक्ष्मी भन्छिन्, ‘जेठो छोराको वियोगपछि वंशको चिन्ता थियो । यही बेला कान्छो छोरालाई छोरीको रूपमा देख्दा मुटु चिमोट्यो।’ कान्छो छोराले सानैदेखि छोरीको जस्तो व्यवहार देखाए पनि छोरी नै होला भन्ने नसोचेको उनी बताउँछिन्। 

‘सुरुमा छोराले छोरी हुन्छु भन्दा त छक्क परेँ नि,’ उनी भन्छिन्, ‘सानैबाट छोरीकै व्यवहार गरे पनि पछि गएर छोरी नै बन्ला भन्ने सोचेकी थिइनँ।’ 

सुरुसुरुमा छोरालाई छोरीका रूपमा स्विकार्न गाह्रो भए पनि अहिले सबै राम्रै रहेको उनले सुनाइन् ।  उनी भन्छिन्, ‘समाजले के भन्ला अथवा के गर्ला भन्ने सोचियो भने आफू कहिल्यै खुसी हुन सकिँदैन । हामी त यही सन्तानको खुसीका निम्ति बाँचेका छौँ।’ 

छोरालाई मेघ्ना (छोरी) को  रूपमा बोलाउँदा उनी कहिलेकाहीँ झुक्किन्छिन्। उनी भन्छिन्, ‘छोरा– छोरीमा केही फरक छैन। आफ्नो सन्तानलाई उसको इच्छाअनुसार जीवन बाँच्न दिएँ, त्यही नै ठूलो खुसी हो।’ 

जब उनले छोरालाई भेटिन्, उनी खुसी हुन सकिनन्। भेटमा छोराको कुरा सुन्दा उनी छाँगाबाट खसेजस्तै भएकी थिइन् । पहिलोपल्ट छोराले आफू तेस्रोलिंगी भएको खुलाएपछि अँध्यारो भएको उनको मुहारमा अचेल भने खुसीको मुस्कान छाउँछ। 

जेठो छोरा बितेपछि नौ वर्षसम्म घरपरिवारसँगै बसेकी उनकी बुहारीले भने विवाह गरेर नयाँ जीवन सुरु गरेकी छन् । उनी भन्छिन्, ‘सन्तानको खुसीमा हामीले बाधा पुर्याउनु हुँदैन। इच्छाविपरीत भयो भने डिप्रेसनमा परेर आत्महत्या गर्ने, घर छाडेर भाग्ने भन्दा सन्तानकै खुसीमा नै बाँच्नु राम्रो हो।’ 

आफ्नो सन्तानको हरेक पाइलामा आफूले साथ दिने गरेको उनी बताउँछिन्। उनी आफ्नो सानो गाउँलाई हैन, संसार हेरेर बाँच्न चाहन्छिन् । र, संसारमा सम्मानका साथ बाँचिरहेका तेस्रो लिंगीहरू जस्तै आफ्नो छोरीलाई पनि सम्मानका लागि जिएको हेर्न चाहेको बताउँछिन्। 

‘मेरो छोरा अहिले छोरी भए पनि उसले मलाई गर्ने माया र सम्मानमा कमी आएको छैन । म निकै खुसी छु, मेरी छोरी आफूले चाहेजस्तो जीवन बाँचेकी छन् ।’ 

मेघ्नासँग हिजोआज आमा मात्र नभएर आफन्त पनि खुसी छन् । सबैजना उनलाई खुसी बनाउन चाहन्छन् । मेघ्नाकी काकी सुशीला तामाङ पनि मेघ्नालाई देखेर खुसी लागेको बताउँछिन् । 

सुशीलाको दुई छोरा मात्र छन् । मेघ्नाले छोरीको अभाव पूरा गरेको अनुभव उनी बताउँछिन् । ‘सन्तानमै छोरी थिएनन्, मेघ्ना छोरी भएपछि सबै खुसी छौँ,’ सुशीला भन्छिन्, ‘उनले आफ्नो जीवन खुसीका साथ बिताउन पाएकी छन् ।  यसैमा हामी खुसी छौँ ।’

मिस ट्रान्स्जेन्डर मेघ्ना

तेस्रोलिंगी पहिचानले मात्र मेघ्ना लामाको परिचय पूरा हुँदैन । मिस ट्रान्स्जेन्डर मेघ्ना व्यवसायी पनि हुन् । हिजोआज उनी कसैसँग प्रेम सम्बन्धमा रहेको बताउँछिन् । 

‘हामी एकअर्कालाई निकै माया गर्छौं,’ उनले हाँस्दै भनिन्, ‘तेस्रोलिंगीलाई पुरुष वा महिला नै मनपर्छ । तेस्रो लिंगीलाई तेस्रो लिंगी मात्रै मनपर्छ भन्ने हुँदैन।’  

मेघ्नालाई आफू तेस्रोलिंगी हो भन्ने कुरा निकै पछि थाहा भएको हो । तथापि बाल्यकालदेखि नै आफ्नो लैंगिक पहिचानलाई लिएर अन्योलमा रहेको उनी बताउँछिन् । 

आफू हुर्केको समय सम्झँदै उनी भन्छिन्, ‘नौ वर्षको हुँदा आँखीभौँ उखेलेर आउँदा ममीले झन्डै मार्नुभएको थियो । आफूलाई फेरि केटीको सबै कुरा मनपर्ने ।’ खेल्ने, हिँड्ने, बोल्ने सबै केटी साथी रहेको उनी बताउँछिन् । ‘त्यो बेला बेरिना मेहन्दी निकै चलेको थियो, त्यो लगाएर घर जाँदा ममीले कराएर झन्डै मार्नुभएन,’ उनले हाँस्दै भनिन्। 

मिस ट्रान्स्जेन्डर २०११ भएपछि आफूलाई सामाजिक कार्य गर्न र मोडलिङमा समेत थप उत्साह मिलेको उनी बताउँछिन् । उनले आफ्नो लैंगिक पहिचान थाहा पाएको सन् २००९ मा हो । त्यसपछि उनले २०११ मा मिस ट्रान्स्जेन्डरको उपाधि पनि जितिन् । 

सुरुमा आफू तेस्रो लिंगी भएको थाहा भएपछि साथीको घरबाट केटीको पहिरनमा हिँडेको सम्झना उनी सुनाउँछिन् । ‘पछि बिस्तारै सबैलाई थाहा भयो । सुरुमा बाबा, आमाले गाली गर्नुभयो ।’ काठमाडौं आएपछि तेस्रो लिंगीको पहिचान बोकेर बाँच्न निकै संघर्ष गर्नुपरेको उनी बताउँछिन् । कोठा पाउनदेखि हिँड्न पनि निकै सास्ती खेप्नुपरेको उनी सुनाउँछिन् । बाटामा हिँड्दा धेरैले जिस्काउने, नानाथरीको नामले बोलाएर बनाउने हैरानी पनि उनले धेरै खेपिन्। 

उनी भन्छिन्, ‘कसैले छक्का, हिजडा भन्दा पहिलापहिला रिस उठे पनि चुप बस्थेँ । तर आजभोलि चुप बस्दिनँ ।’ तेस्रो लिंगीको अपमान गर्नु हँुदैन भन्ने कुरामा पहिलेभन्दा निकै परिवर्तन आएको मेघ्नाले अनुभव गरेकी छन्। 

विगतमा जस्तो तेस्रो लिंगीले प्रत्येक पाइलामा अपमान, दुव्र्यवहार, विभेद सहन पर्ने अवस्था हिजोआज कम भएको उनी सुनाउँछिन् । 

सुरुका दिनमा त आफ्नै आमाबुबालाई सम्झाउन समेत गाह्रो प¥यो मेघ्नालाई । 

‘आमा बुबालाई वंश मासिने भयो भनेर निकै चिन्ता रहेछ, जुन कुरा सम्झाउन समय लाग्यो,’ उनले भनिन् । अहिले परिवारले बुझेका छन् । व्यक्ति, परिवार, समाजको तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएकाले आफूमा देशका लागि केही गर्ने आँट आएको उनी बताउँछिन् ।

यति हुँदाहुँदै पनि धेरै कुरा फेरिन बाँकी रहेको उनी बताउँछिन् । ‘पहिलाको तुलनामा निकै राम्रो भएको छ, तर अवसरबाट वञ्चित किन गरिएको छ त ?’ उनी प्रश्न गर्छिन् । 

आफ्नो पहिचान र अधिकारबारे उनीसँग अझ थुप्रै प्रश्न छन् । ‘तेस्रोलिंगीलाई सेक्ससँग सम्बन्धित काम गर्छन् भनेर अपमान गर्ने यो समाजसँग एउटा प्रश्न सोध्न चाहन्छु, कुन ठाउँमा हामीलाई अवसर छ र ? कति एलजिबिटी साथी हुनुहुन्छ, जो आर्मी, सेनामा जान चाहनुहुन्छ, तर खोई त्यो प्रावधान ?’ 

उनले एयर होस्टेस तालिमका लागि प्रयास गरेकी थिइन् । आफू तेस्रोलिंगी भएकै कारण एयर होस्टेस हुन नपाएको दुखेसो पोखिन् । ‘त्यहाँ तोकिएको  नियमअनुसार ममा सबै कुरा हुँदा पनि एयरहोस्टेस हुन सकिनँ, किनकि म तेस्रोलिंगी हुँ,’ उनले दुःख पोखिन् । 

अवसर नभएर नै आफूमा  भएको खुबी लुकाएर बस्नुपरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘परिवर्तन बिस्तारै हुन्छ, एकैपटक धेरै हुँदैन, ब्लुडाइमन्ड सोसाइटी हाम्रो हकहितका लागि लडिरहेको छ।’ 

समाजमा आफूलाई खुलेर चिनाउन अप्ठेरो मान्ने एलजिबिटिआई समुदायका व्यक्तिलाई ब्लु डायमन्ड सोसाइटीले सहयोग गर्ने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘कोही पनि साथमा छैनन् भने ब्लु डाइमन्ड सोसाइटीमा आएर कुरा गर्न सक्नुहुन्छ । हामीले गर्नुपर्ने सहयोग हामी गर्छाैं’ जो कोही पनि आफ्नो जीवन आफ्नो इच्छाअनुसार बाँच्न पाउनुपर्ने उनी बताउँछिन्। 

मेघ्ना आजभोलि पिंक टिफ्नी रेस्टुरेन्टमा व्यस्त हुन्छिन्। भर्खरै मात्र सञ्चालनमा आएको उनको रेस्टुरेन्ट ठमेलमा छ । पिंक टिफ्नीमा कर्मचारी राख्दा अल्पसंख्यक समुदाय र एलजिबिटीलाई विशेष प्राथमिकता दिने उनी बताउँछिन्। 
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस