काठमाडौं महानगरपालिकाले छाडा कुकुर व्यवस्थापनमा बर्षेनी लाखौं रूपैयाँ खर्च गर्छ । तर, यसको व्यवस्थापन गर्न सकेको छैन । यहाँका सडकमा यत्रतत्र छाडा कुकुर देखिन्छन् । स्थानीयका अनुसार कुकुर पाल्नेहरूले नै सडकमा कुकुर छाड्ने गरेका छन्।
महानगरको तथ्यांक अनुसार दुई वर्षअघि महानगरभित्र करिब २२ हजार छाडा कुकुर थिए । कुकुर व्यवस्थापनका लागि महानगरले १८ वडाका छाडा कुकुरलाई बन्ध्याकरण गराइसकेको छ । तर, बन्ध्याकरण कार्यक्रम प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ।
बन्ध्याकरण प्रभावकारी नबन्दा छाडा कुकुर व्यवस्थापन विकराल बन्दै गएको छ । पछिल्लो समय उपत्यकामा कुकुर आंतकसमेत बढेको देखिन्छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेविजविरुद्ध खोप लगाउन आउने बिरामीको तथ्यांकले पनि यो कुरा पुष्टि गर्छ । अस्पतालका अनुसार दैनिक सय जनाभन्दा बढी बिरामी रेविजविरुद्ध खोप लगाउन आउने गरेका छन् । पछिल्ला दुई वर्षयता कुकुरले टोकेका बिरामीको संख्या बढिरहेको अस्पतालले जनाएको छ।
महानगरपालिका भने घरपालुवा कुकुर सडकमा छाड्ने प्रवृत्तिले छाडा कुकुर नियन्त्रणमा समस्या भएको बताउँछ । ‘हामी विभिन्न संघसंस्थासँग मिलेर छाडा कुकुर नियन्त्रणको काम गरिरहेका छौं,’ महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘तर, नतिजा देखिने गरी छाडा कुकुर व्यवस्थापन हुन सकेको छैन ।’कुकुर बन्ध्याकरण गराए पनि अर्काे ठाउँबाट आउने गरेको र बिरामी भएका कुकुर सडकमा छाड्ने प्रवृत्तिले समस्या देखिएको उनको भनाइ छ।
महानगरकै त्रिवर्षीय ‘मनुमित्र’ कार्यक्रमअन्तर्गत ह्युमन सोसाइटी र द जेन गुडअल इन्स्टिच्युटले छाडा कुकुर नियन्त्रणको काम गरिरहेका छन् । सन् २०१६ बाट सुरु भएको उक्त कार्यक्रमअन्तर्गत महानगर र गैरसरकारी संस्था मिलेर साढे चार करोड खर्चिँदै छन् । दुई वर्षमा दुई करोडभन्दा बढी रकम खर्च भए पनि नजिता शून्य छ । घरपालुवा कुकुर सडकमा ल्याएर छाड्ने प्रवृत्तिले छाडा कुकुर नियन्त्रणमा कठिन भएको सरोकारवाला बताउँछन् । अघिल्लो वर्ष गरिएको एक अध्ययनले पनि घरपालुवा कुकुर सडकमा ल्याएर छाड्ने प्रवृत्ति रहेको देखाएको छ । तथ्यांक अनुसार महानगरभित्र ८४ हजार घरपालुवा कुकुर छन् । यीमध्ये ४३ हजार कुकुर सडकमा आउने अवस्थामा रहेको अध्ययनले देखाएको थियो।
‘घरपालुवा कुकुरलाई विभिन्न बहानामा सडकमा छाडिने गरेको छ,’ मनुमित्र कार्यक्रमकी संयोजक संगीता सापकोटा भन्छिन्, ‘महानगरभित्र घरपालुवा अवस्थामा रहेका ८४ हजार कुकुरमध्ये ४३ हजार जुनैबेला पनि सडकमा आउने अवस्थामा रहेको अध्ययनले देखाउँछ ।’ घरमा पालिएका कुकुर सडकमा छाड्ने प्रवृत्तिले छाडा कुकुर नियन्त्रणमा समस्या हुने गरेको उनको अनुमान छ।

दुई वर्षमा दुई करोडभन्दा बढी रकम खर्च भए पनि नजिता शून्य छ । घरपालुवा कुकुर सडकमा ल्याएर छाड्ने प्रवृत्तिले छाडा कुकुर नियन्त्रणमा कठिन भएको सरोकारवाला बताउँछन् ।