धर्मका नाममा सरकारी जग्गा कब्जा
१२ चैत्र २०७४
•
१० मिनेट पाठ
धर्मका नाममा सरकारी जग्गा कब्जा
बाँसबारीस्थित सार्वजनिक जग्गामा बनेको विश्व हिन्दू महासंघको भवन ।
धर्मका नाममा स्थापित विश्व हिन्दू महासंघले अवैध रूपमा सरकारी जग्गा कब्जा गरेको पाइएको छ । महासंघले करिब १५ वर्षअघि सरकारबाट भोगाधिकार पाएको जग्गा कानुनअनुसार भाडामा परिणत नगरी कब्जा गरेको पाइएको हो।




महासंघले काठमाडौं महानगरपालिका वडा– ३ मा करिब २५ रोपनी जग्गा अवैध रूपमा कब्जा गरेको छ । सो जग्गाको चलनचल्तीको मूल्य झन्डै तीन अर्ब रुपैयाँ हुन आउँछ ।वडा– ३ बाँसबारीमा रहेको कित्ता नम्बर– ३४ र कित्ता नम्बर– ४३ को जग्गा डिल्लीबजार मालपोत कार्यालयले २०५९ वैशाख १७ गतेको निर्णयअनुसार महासंघलाई भोगाधिकार दिएको थियो । तर, सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति– २०७१ अनुसार यसरी भोगाधिकार पाएको जग्गालाई भाडामा परिणत गर्नुपर्छ।

महासंघले भने आफूले भोगाधिकार पाएको जग्गा भाडामा परिणत नगरी कब्जा गरिरहेको छ । कार्यनीति आएपछि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले २०७३ असार ३१ गते तीन महिनाभित्र सबै भोगाधिकार प्राप्त संस्था तथा व्यक्तिले सरकारी जग्गालाई भाडामा परिणत गर्नुपर्ने सूचना समेत निकालेको थियो । धर्मका नाममा स्थापित महासंघले भने त्यसलाई समेत अटेर गरेर जग्गा कब्जा गरेको हो ।

महासंघले अवैध रूपमा कब्जा गरेको सरकारी जग्गामा पक्की भवन बनाएर प्रयोग गरिरहेको छ । महासंघसँगै धर्मकै नाममा स्थापित अर्को संस्था गायत्री परिवारले पनि दुई रोपनी नौ आना जग्गा त्यसैगरी कब्जा गरेको छ।

महासंघले करिब १५ वर्षअघि सरकारबाट भोगाधिकार पाएको जग्गा कानुनअनुसार भाडामा परिणत नगरी कब्जा गरेको पाइएको हो । महासंघले काठमाडौं महानगरपालिका– ३ मा करिब २५ रोपनी जग्गा अवैध रूपमा कब्जा गरेको छ ।

गायत्री परिवारले महासंघ भवननजिकै यज्ञशाला, हल, भोजनालय, आवास तथा पुस्तकालय बनाएर सरकारी जग्गा प्रयोग गर्दै आएको हो । गायत्री परिवारले पाएको जग्गा भने सरकारबाट भोगाधिकार प्राप्त समेत छैन । सरकारी रेकर्डअनुसार गायत्री परिवारले २०६६ सालमा महासंघसँग सम्झौता गरेर जग्गा प्रयोग गर्दै आएको देखिन्छ।

स्थायी संरचना बनाउन नपाउने तथा चाहेका बेला महासंघले हटाउन सक्ने गरी सम्झौता गरिएको सम्झौतापत्रमा उल्लेख छ । कित्ता नम्बर– ६२ को त्यो ४१ आना जग्गा भने कसैको नाममा छैन । महानगर वडा– ३ का वडाध्यक्ष दीपक केसीका अनुसार यो जग्गा सरकारको हो । सरकारको नाममा रहेको जग्गा महासंघले सम्झौता गरेर अन्य संस्थालाई दिनु गैरकानुनी हो।

महासंघले २५ रोपनीबाहेक नेपाली सेनाको स्वामित्वमा रहेको जग्गा समेत अतिक्रमण गरेको पाइएको छ । नेपाली सेना प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीका अनुसार महासंघले भवन बनाएको जग्गा नेपाली सेनाको स्वामित्वमा छ । ‘महासंघले भवन बनाएको जग्गामा नेपाली सेनाको भोगचलन अधिकार छ,’ प्रवक्ता भण्डारीले भने, ‘महासंघले पक्की संरचना बनाएर बसेपछि त्यसबारे मुद्दा चलिरहेको छ ।’ उनका अनुसार नेपाली सेनाको कति जग्गा मिचिएको छ भन्ने यकिन भने छैन।

‘सार्वजनिक जग्गा धेरै नै अतिक्रमण गरेको देखिन्छ,’ वडाध्यक्ष केसीले भने, ‘त्योमध्ये महासंघले भोगचलन पाएको कति, नेपाली सेनाको जग्गा कति र बाँकी पर्ती जग्गा कति छुट्ट्याउन लागिपरेका छौँ ।’ उनका अनुसार अतिक्रमित जग्गा फिर्ता गरेर पार्क बनाउने लक्ष्य महानगरले राखेको छ ।महासंघलाई सरकारले नै भोगचलनको अधिकार दिए पनि पछिल्लो कानुनअनुसार जग्गा फिर्ता गर्नुपर्ने वा भाडामा लिनुपर्नेछ । महासंघले भाडामा परिणत नगरेकाले जग्गा फिर्ता गर्ने अभियानमा आफू लागेको महानगरले जनाएको छ।

सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति– २०७१ लाई नै टेकेर महानगरले जग्गा फिर्ता गराउन लागेको हो । महासंघ र गायत्री परिवारले जग्गा नछाडे प्रहरी प्रशासन लगाएरै भए पनि अतिक्रमित जग्गाबाट उनीहरूलाई हटाइने वडाध्यक्ष केसीले बताए । ‘कानुनले पनि भोगाधिकार जग्गा लिजमा लिनुपर्ने भनेको छ,’ उनले भने, ‘लिजमा दिनुभन्दा पनि आवश्यक संरचना बनाउन जग्गाको प्रयोग गरिनेछ।’

महासंघले भने सरकारबाट बेचबिखनबाहेक जुनै प्रयोजनका लागि पनि भोगाधिकार दिएकाले भवन बनाएर बसेको बताउँदै आएको छ । ‘हामीले सरकारबाटै भोगाधिकार पाएका हौँ,’ महासंघकी महासचिव अस्मिता भण्डारीले भनिन्, ‘भोगाधिकार पाएकोमध्ये भिरालो भएर सबै प्रयोग गरेका छैनौँ ।’उनका अनुसार भोगधिकार पाएकोबाहेक अन्य जग्गा पनि महासंघले प्रयोग गरिररहेको छ । ती जग्गा भने पार्किङका लागि प्रयोग हुँदै आएका छन् । भोगाधिकार पाएको जग्गाको भाडा तिर्नुपर्नेबारे आफूलाई केही जानकारी नभएको उनले बताइन्।

गायत्री परिवारकी सावित्री काफ्ले भने धार्मिक कार्य गर्दै आएकाले त्यहाँबाट उठाएको खण्डमा आफूहरूलाई अरु ठाउँमा जग्गाको व्यवस्था गर्नुपर्ने बताउँछिन् । ‘महासंघको जग्गा रहेछ भनेर पहिला महासंघसँग सम्झौता गरेका थियौँ,’ उनले भनिन्, ‘पछि सरकारकै जग्गा हो भन्ने थाहा भयो, जसको जग्गा भए पनि हामीले धार्मिक कार्यका लागि प्रयोग गर्दै आएका हौँ ।’ सेवाका लागि काम गर्दै आएकाले त्यहाँबाट उठाएको खण्डमा अन्यन्त्र जग्गाको व्यवस्था गरिदिनुपर्ने उनले बताइन्।

महानगर भने अतिक्रमित जग्गा फिर्ता लिने अभियानमा छ । महानगरले सार्वजनिक जग्गा फिर्ता लिने अभियान नै सुरु गरेको हो । अभियानअन्तर्गत वडा– ३ कै पानीपोखरीमा होटल काठमाडौंले १७ वर्षदेखि कब्जा गरेको करिब तीन करोड रुपैयाँ मूल्यको जग्गामा बनेको भवन भत्काइएको थियो।

अभियानअन्तर्गत सार्वजनिक जग्गा खोज्ने क्रममा महासंघ र गायत्री परिवारले पनि जग्गा अतिक्रमण गरेको फेला परेको थियो । बूढानीलकण्ठ जाने मूल सडकसँगै जोडिएको दुई संस्थाले प्रयोग गरिरहेको जग्गाको चलनचल्तीको मूल्य झन्डै तीन अर्ब रुपैयाँ हुन आउने जानकार बताउँछन् ।‘खोज्दै जाँदा यस्ता सार्वजनिक जग्गा धेरै भेटिन्छन्,’ केसीले भने, ‘जति मिचिएका जग्गा छन्, ती सबै नियन्त्रणमा लिएर खुला स्थल बनाउनेछौँ।’

वडा कार्यालयले अतिक्रमित जग्गा खोज्न सात सदस्यीय टोली परिचालन गरेको छ । फिर्ता लिएका अतिक्रमित जग्गामा बालबालिका, युवा, महिला र ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै ट्रेनिङ सेन्टर, क्लब, पार्क, बगैँचा निर्माणमा प्रयोग गरिने वडाध्यक्ष केसीले बताए।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस