रुद्र खड्का, नेपालगन्ज, असार १३- केही दिनयता नेपालगन्जमा विभिन्न भूमिगत संगठनको नाममा जथाभावी चन्दा माग्ने क्रम बढेपछि सर्वसाधारण आतंकित भएका छन्।
भूमिगत संगठनको नाममा सामान्य आयस्रोत भएका व्यक्तिलाई समेत एसएमएस र फोनबाट चन्दा मागेर हैरान पारिएको छ।
तराई जनतान्त्रिक पार्टी राजन समूहको नामबाट पहिला एसएमएस र पछि फोन गरी शुक्रबार एक खरिदारसँग चार लाख मागिएको थियो। ती खरिदारले भने, 'चन्दा नदिए मारिदिन्छौं भन्छन्, 'चन्दा दिने औकात छैन।' सुरक्षा स्रोतका अनुसार बाँकेमा जनतान्त्रिक राजन समूहको संगठन विस्तार भएको छैन। तीन महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख राजीतराम पाठकलाई चन्दाका लागि अपहरण गरिएको थियो।
त्यसयता केही शान्त रहेको नेपालगन्जमा एक सातायता एक्कासि चन्दा आतंक बढेको छ। अघिल्लो साता कोष तथा लेखा नियन्त्रण कार्यालयका दुई कर्मचारीलाई भूमिगत संगठनले अपहरण गरी भारत पुर्याएर चन्दा लिएको थियो। अपहरणमुक्त भएपछि उनीहरूले चन्दा तिरेको खुलासा गरेका थिए। चन्दा आतंक बढेपछि बाँकेका गाविस सचिवहरूले सुरक्षा नभएको भन्दै राजीनामा दिएका थिए।
यतिखेर तराई जनतान्त्रिक पार्टी राजन समूह, तराई जनतान्त्रिक पार्टी गोइत समूह र तराई जनतान्त्रिक मधेस पार्टीको नाममा चन्दा असुली बढेको छ। मासिक ७-८ हजार आम्दानी गर्ने व्यक्तिसँग पनि एक लाखभन्दा बढी चन्दा मागिएको छ। एक गैरसरकारी संस्थामा मासिक तीस हजार कमाउने व्यक्तिलाई तराई जनतान्त्रिक पार्टी राजन समूहको नामबाट तीन लाख चन्दा मागिएको छ। उनले त्यति रकम तिर्न नसक्ने बताए पनि 'पार्टीको निर्णय' भएकाले बुझाउनैपर्ने धम्की आएको छ। 'महिनावारी तलबबाट सारा गर्जो टार्नु पर्छ,' उनले भने, 'तीन लाख चन्दा कसरी तिर्ने?' चन्दा मागिएका केही व्यक्तिले रकम बुझाइसके पनि धेरै अन्योलमा छन्। कतिपयले चन्दा माग्नेबित्तिकै गोप्य ठाउँमा पुगेर रकम बुझाए पनि सार्वजनिक गरेका छैनन्।
प्रहरीले भने धेरैजसो चन्दा माग्ने गिरोह नक्कली भएको आंशका गरेको छ। 'भूमिगत संगठनको नाममा चन्दा माग्ने धेरै नक्कली हुन्,' बाँकेका प्रहरी उपरीक्षक महेशविक्रम शाहले भने, 'एसएमएसबाटै चन्दा मागेकै कारण सर्वसाधारण त्रसित हुनुहँुदैन।' टेलिफोन रेकर्ड लिएर त्यस्ता व्यक्तिलाई चाँडै पक्राउ गरिने शाहले बताए।
अघिल्लो साता कोहलपुरका व्यापारी कर्णबहादुर कठायतलाई विभिन्न भूमिगत संगठनको नाम लिँदै ५० लाख फिरौती माग्ने चार पूर्व लडाकुलाई प्रहरीले पक्राउ गरेको थियो। फोनबाट ज्यान मार्ने धम्की दिने सुर्खेत छिन्चुका वीरेन्द्र दमाई पक्राउ परेका थिए।