नेतृत्व लिने कसले ?
२३ चैत्र २०७४
•
१० मिनेट पाठ
नेतृत्व लिने कसले ?
काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि आएको एक वर्ष हुन लाग्दा पनि विश्वसम्पदामा सूचीकृत काष्ठमण्डप पुनर्निर्माण प्रकृया अघि बढ्न सकेको छैन ।स्थानीयवासीको पहलमा सुरु भएको पुनर्निर्माणमा भाजो हालेका जनप्रतिनिधि स्वयंले समेत काष्ठमण्डप पुनर्निर्माणलाई बेवास्ता गरिरहेका छन्।

महानगरमा गत जेठमा मेयर विद्यासुन्दर शाक्य सहित नयाँ जनप्रतिनिधि आएका हुन् । निर्वाचित भए लगत्तै मेयर शाक्यले काष्ठमण्डप महानगरले पुनर्निर्माण गर्ने घोषणा गरे । तर, उनको घोषणा घोषणामै सीमित भएको छ।

२०७२ वैशाख १२ गतेको महाभूकम्पले काष्ठमण्डप भत्काएको थियो । काष्ठमण्डप भत्केको दुई वर्ष पुग्दा पनि पुनर्निर्माणमा सरकारलाई चासो छैन । सरकारले पुनर्निर्माणमा चासो नदिएपछि गत वैशाखमा स्थानीयले काष्ठमण्डप बनाउने घोषणा गरेका थिए।

भूकम्पले भत्काएको दुई वर्षको पुगेका बेला पुनर्निर्माणमा अघि सरेका स्थानीयवासीलाई महानगरले सहयोग गर्नुको साटो उल्टै असहयोग गर्‍यो, आफै बनाउने घोषणा गरेर । तर, अहिलेसम्म न महानगरले पुनर्निर्माण ग¥यो न त अरु कसैलाई बनाउन नै दियो ।स्थानीयवासीले दुई वर्षमा काष्ठमण्डप पुुनर्निर्माण गर्ने उद्घोष गरेका थिए । त्यसका लागि काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान संस्था समेत गठन भयो।

सरकारले काष्ठमण्डपको पुनर्निर्माण गर्ने छाँट नदेखाएपछि काष्ठमण्डप पुनर्निर्माणकै लागि संस्था खडा गरिएको थियो । जीवित देवी कुमारीलाई साक्षी राखेर गरिएको प्रतिबद्धता अनुसार काम भएको भए हालसम्म काष्ठमण्डप पुनर्निर्माणको काम आधा सकिन्थ्यो।

स्थानीयको अभियानमा अवरोध गरेको महानगरले केही नगर्दा हाल काष्ठमण्डप रहेको स्थान उराठलाग्दो भएको छ । काष्ठण्डमप रहेको जमिनलाई पाल र टिनले ढाकिएको छ । काष्ठमण्डप बनाउन कसले नेतृत्व लिने भन्ने अन्यौल कायमै छ । महानगर र यसका नेतृत्वकर्ताले काष्ठमण्डप बनाउन कुनै पहल गरेका छैनन्।

काष्ठमण्डप पुनर्निर्माण अभियान संस्थाका अध्यक्ष विरेन्द्रभक्त श्रेष्ठका अनुसार सुरु भएको काम गर्न पाएको भए अहिले धेरै काम अघि बढिसकेको हुने थियो । ‘काम थालेपछि ताला लगाएर महानगरले काम गर्न दिएन्,’ उनले भने, ‘महानगरले पनि केही गरेन।’

निर्वाचित भएर आएपछि मेयर शाक्यले सार्वजनिक कार्यक्रममा काष्ठमण्डप आफैंले बनाउने भनेर भाषण गर्ने बाहेक अरु केही नगरेको आरोप उनको छ । त्यो बेला मेयर शाक्यले जनप्रतिनिधि नभएको बेला भएको सम्झौता मान्य नहुने तथा काष्ठमण्डप महानगर आफैँले बनाउने बताएका थिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव यमलाल भुषाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेलले हस्ताक्षर गरेर काष्ठमण्डप पुनर्निर्माणको जिम्मा २०७४ वैशाख २९ गते अभियान संस्थालाई दिइएको थियो।

चार पक्ष बसेर गरेको सम्झौतापत्रमा केही विवाद आएमा प्राधिकरणको निर्णय अन्तिम हुने उल्लेख छ । विवाद आएर पुनर्निर्माणको जिम्मा लिएको वर्ष दिन पुग्नै लाग्दा पनि प्राधिकरणले समेत चासो दिएको छैन । तर, प्राधिकरणका अधिकारी भने चासो नदिएको कुरा स्वीर्कादैनन् । कार्यप्रगती शून्य हुँदापनि प्राधिकरण काष्ठमण्डप बारे काम भइरहेको दाबी गर्छ।

‘काष्ठमण्डप पुनर्निर्माणमा केही काम हुँदै नभएको होइन,’ प्राधिकरणका प्रवक्ता समेत रहेका यमलाल भुषालले भने, ‘क्षेत्रगत प्रगतीचाँही शून्य रहेको छ, नीतिगत रूपमा भने काम धेरै भएको छ ।’ उनका अनुसार स्थानीयलाई काष्ठमण्डप पुनर्निर्माणको जिम्मा दिँदा स्थानीयबीचमै विवाद आएपछि काम रोकिएको हो । त्यसैगरी जनप्रतिनिधि आएर महानगर आफैँले पुनर्निर्माण गर्ने भनेर अघि सारेको तर महानगर सोचेअनुरुप अगाडि नबढेको कारण उनको भनाइ।

महानगरमा गत जेठमा मेयर विद्यासुन्दर शाक्य सहित नयाँ जनप्रतिनिधि आएका हुन् । निर्वाचित भए लगत्तै मेयर शाक्यले काष्ठमण्डप महानगरले पुनर्निर्माण गर्ने घोषणा गरे । तर, उनको घोषणा घोषणामै सीमित भएको छ ।

‘सम्पदा पुनर्निर्माण घर बनाएको जस्तो होइन,’ उनले भने, ‘सबैको विचार र मन्थनलाई समेट्नुपर्छ । बनेपछि भन्दा अगाडि नै विवाद हुनु राम्रो हो । त्यसैले स्थानीय पनि एकमत हुनुपर्छ । र, महानगरले यसको नेतृत्व लिएर अगाडि बढाउनुपर्छ ।’ उनका अनुसार स्थानीयसँग समन्वय गरेर महानगरले अगाडि बढाउन सक्छ।

मेयर शाक्य महानगरले स्थानीयसँग समन्वय गरेर बनाउन अगाडि बढेको बताउँछन्। ‘लागतचाँहि हामीले दिनुपर्ने रे,’ शाक्यले भने, ‘अनि स्थानीय हामीलाई बेवास्था गर्दै काष्ठमण्डप बनाउन अगाडि बढेपछि रोकेर हामी आफैँ बनाउँछौँ भनेका हौँ ।’ विभिन्न कारणले गर्दा काष्ठमण्डप पुनर्निर्माण ढिला भएपनि अब स्थानीयसँग समन्वय गरेर चाँडै अगाडि बढाउने उनले बताए।

‘बिहीबार भएको मन्त्रीस्तरिय बैठकबाट प्राविधिक कुरा पुरातत्व विभाग र स्थानीयसँग समन्वय महानगरले गरेर काष्ठमण्डप पुनर्निर्माण थाल्ने निर्णय भएको छ,’ शाक्यले भने, ‘सबै समस्याको समधान गरेर जेठबाट काष्ठमण्डप पुनर्निर्माण थालिनेछ ।’ उनका अनुसार महानगरकै नेतृत्वमा स्थानीयसँग समन्वय गरेरै काष्ठमण्डप पुनर्निर्माण थालिनेछ । आफूले नेतृत्व लिन नसकेको कुरा भने मेयर शाक्य स्वीर्कादैनन् ।सम्पदाको आ–आफ्नै खालको महत्व हुन्छ । पुनर्निर्माण गर्दा पनि सोही महत्वअनुसार काम गर्नुपर्ने हुन्छ । यी सबै महत्व बुझेर महानगरले गर्न नसक्ने अनुमान स्थानीयको छ।

‘महानगरले बनाउँदा ठेकेदारलाई दिने हो,’ आलोशसिद्धि तुलाधरले भने, ‘ठेक्का दिँदा सम्पदाको संरचना ठडिएला तर आत्मासहितको सम्पदा बन्न सक्दैन।’काष्ठमण्डपमा गाईलाई खानेकुरा खुवाउनेदेखि झन्डा फहराउनेसम्मका संस्कृति तथा परम्परा छन् । यस्ता संस्कृति तथा परम्परालाई ठेकेदारले बुझ्न नसक्ने हुँदा स्थानीय आफैँले बनाउन लागेपनि सरकारले रोकेको उनको दाबी छ।

‘कला, संस्कृति थाहा भएका यहाँका स्थानीय बनाउन लाग्दा सरकारले दिएन,’ अभियानका अध्यक्ष श्रेष्ठले भने, ‘ठेक्का लगाउँदा ठेकेदारबाट कमिसन पाउने हुँदा सरकारी निकाय हामीलाई हटाएर ठेक्काबाट पुनर्निर्माण गर्ने पक्षमा छ ।’ उनका अनुसार ठेक्का प्रणालीमा बनेको सम्पदामा जीवित आत्मा नहुने हुँदा त्यो स्थानीयलाई मान्य हुनेछैन।

काष्ठमण्डप पुनर्निर्माणको लागि प्राविधिक सहयोग पुरातत्व विभागले गर्नुपर्छ । विभाग भने त्यसका लागि तयार रहेको बताउँदै आएको छ । ‘हामी आर्थिक, प्राविधिकलगायतका आवश्यक सबै सहयोग गर्न तयार छौँ,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘सम्पदा परम्परागत सामग्री र शैलीमा काष्ठमण्डप बनाउनुपर्छ।’
अर्को समाचार
अध्यक्षका लागि क्रान्तिकारीमा तीव्र लविङ
२२ मंसिर २०६७
•
५ मिनेट पाठ
अध्यक्षका लागि क्रान्तिकारीमा तीव्र लविङ
काठमाडौं, मंसिर २२ (नागरिक)-एकीकृत माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको १८ औं सम्मेलनबाट नेतृत्व कसले लिने भन्ने विषयमा तीन विद्यार्थी नेताबीच सहममति जुटन सकेको छैन। शुक्रबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा उनीहरुबीच आ-आफ्नो लबिङ्ग सुरु गरेका छन्।
त्रिवि मैदानमा सुरु हुने सम्मेलनमा पार्टी नेतृत्वमा देखिएको मतभिन्नताको पृष्ठभूमिका कारण उनीहरुबीच कसले नेतृत्व लिने भन्ने टुंगो लागेको छैन। पार्टीले उपाध्यक्षद्वय रामदीप आर्चाय, युवराज चौलागाइँ र महासचिव हिमाल शर्माबीच मतदान हुने गरी प्रतिस्पर्धा नगर्न निर्देशन दिएको छ।

आर्चाय, चौलागाइँ र शर्माबीच तीन मध्ये एक जना मात्रै साझा उम्मदेवारी बन्ने सहमति संगठनमा भएको जिकिर गरिएको छ। तीनै जनाबीच सहमति नहुने स्थिति देखिएपछि वर्तमान अध्यक्ष लेखनाथ न्यौपाने पुनः अध्यक्ष बन्ने चर्चा चलेको छ। तर, तीनै नेताहरुले न्यौपाने पुनः दोहोरिने सम्भावना कम भएको बताएका छन्।

पार्टीको पालुङटार बैठकमा तीन दस्तावेजमा आ-आफ्नो बिचार राखे पनि विद्यार्थी संगठनमा त्यसको प्रभाव नपरेको उपाध्यक्ष आचार्यले बताए। 'पार्टी समितिमा साथीहरुले जुन विचार राखे त्यो पार्टीकै बिचार हो। पार्टी आफ्नो ठाउँमा छ, अखिल क्रान्तिकारी आफ्नो ठाउँमा भएकाले माथिको प्रभाव यहाँ पर्दैन। हाम्रो एउटै साझा उम्मेदवार हुनेछ', आचार्यले भने।

'सहमति गरेर तीन मध्ये एक जना साझा उम्मेदवारी दिन्छौं भनेर पार्टीलाई जानकारी समेत गराएका छौं', महासचिव शर्माले भने- 'बाहिरी जुन हल्ला गरिएको छ। वर्तमान अध्यक्ष लेखनाथ जीले दोहोरिने त्यो सम्भावना छैन।'

दुई दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले सहितको नेतृत्वले विद्यार्थी पदाधिकारीलाई बोलाएर प्रशिक्षण दिएका थिए। स्रोतका अनुसार नेतृत्व कसले लिने भन्दा पनि विद्यार्थी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा जोड् दिन निर्देशन दिइएको थियो।

पालुङटार बैठकअघि तीनै विद्यार्थी नेताबीच पार्टीभित्र रहेको तीन दस्तावेजका लबिङ्गमा थिए। बैठक हलमा तीनै जनाले अध्यक्ष दाहालेको प्रतिवेदनमा मत जाहेर गरेका थिए। अहिले त्यसैकारण अध्यक्ष दाहालले कसलाई नेतृत्व दिने भन्नेमा निर्णय लिन गाह्रो भएको स्रोतले बतायो।
पहिले रामदीप वैद्य पक्ष, चौलागाई दाहालको पक्षका हार्डलाइनर मानिन्थे। मसालको अखिल हुँदै एमाले, मालेबाट माओवादीमा प्रवेश गरका शर्मालाई भट्टराई पक्षधर भन्ने आरोप थियो। 'रामदीप एकाएक पालुङटारबाट अध्यक्ष दाहाल पक्षमा आए। चौलागाइँ पहिले नै अध्यक्षका हार्डलाइनर नै हुन। शर्मा भने मध्यमार्गी जस्ता', एक विद्यार्थी नेताले नागरिकसँग भने।

शर्माले आफू मध्यमार्गी जस्तो देखिए पनि जनयुद्धकाल, बालाजु, खरिपाटी र अहिले पालुङटारमा पनि अध्यक्षकै लाइन लिएको स्वीकारे। 'जस्तोसुकै अवस्थामा पनि हामीले अध्यक्ष दाहालकै लाइन लिएको हुँ। कसैले मध्यमार्गी भन्ने आरोप हो। अध्यक्षको लाइन लिएँ भन्दैमा अर्को पक्षको कडा विरोध भने गरिन', शर्माले भने।

पार्टीभित्र मतदान गरेर जाने चलन नभएकाले बन्दशत्रमा सहमत गरेर जाने गृहकार्य जारी रहेको आचार्यले बताए। देशभरबाट १८ सय १८ प्रतिनिधि सहभागी हुने बन्दशत्रले सर्वसम्मतबाट नेतृत्व चुन्ने उनले दाबी गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस