अन्तर्राष्ट्रिय बजारमा अब्बल नेपाली कफी
०४ मंसिर २०८१
•
१ मिनेट पाठ
अन्तर्राष्ट्रिय बजारमा अब्बल नेपाली कफी
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो।




कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिए।  

कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ। बोर्डका अनुसार आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्कानुसार रु १३ करोड चार लाखबराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा रु ३२ करोड ५८ लाख बराबरको चार सय ५० टन कफी आयात भएको थियो।  

आव २०८०÷८१ मा रु १४ करोड ९२ लाखबराबरको ८९ टन कफी निर्यात हुँदा रु ४१ करोड ९८ लाखबराबरको चार सय ४३ टन कफी आयात भएको तथ्याङ्क छ। आव २०८०÷८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छभने जम्मा छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ।

चार हजार तीन सय नौ हेक्टर जग्गामा कफीखेती विस्तार भएको छ। कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए। नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरका हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ। बोर्डका अधिकृत चन्द्र पुरीका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त गर्दै आएको छ।
अर्को समाचार
कतारबाट फर्किएर लुम्लेमा कफी व्यवसाय गर्ने नविन
११ मंसिर २०८१
•
२ मिनेट पाठ
कतारबाट फर्किएर लुम्लेमा कफी व्यवसाय गर्ने नविन
कास्कीको अन्नपूर्ण गाउँपालिका–६,लुम्लेका युवा नविन देवकोटाले कुस्मा–पोखरा सडकमा दैनिक १ सय कपभन्दा बढी कफी बेच्छन्। वैदेशिक रोजगारीको सिलसिलामा कतारमा करिब साढे दुई बर्ष बिताएर फर्किएका देवकोटाको सडक छेउमा ‘लुम्ले कफी स्टेट’ मा बिहानैदेखि साँझसम्म भिडभाड हुन्छ। 




आफ्नै गाउँमा उत्पादन गरेको जैविक कफीको बजारीकरणमा सक्रिय देवकोटाले ५ वर्षदेखि सडक छेउमा रहेको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गरेर ग्राहकलाई कपीको स्वादले आकर्षित गरिरहेका छन्। उनी भन्छन्, ‘गाउँको कफीले बजार पाएको छ, स्वादले ग्राहक तानेको छ।’

दैनिकजसो मध्यपहाडी लोकमार्ग हुँदै गन्तव्यतर्फको यात्रामा निस्किएका कफीका पारखीलाई अहिले लुम्लेमा देवकोटाको ‘लुम्ले कफी स्टेट’ले कफी पिउनलाई रोक्ने गरेको छ। २९ वर्षीय नविनले कतारमा सिकेको सीपका साथै यूएईलगायतका विभिन्न स्थानमा पुगेर लिएको अन्तर्राष्ट्रियस्तरको तालिमको अनुभवलाई आफ्नै क्याफेमा प्रयोग गरिरहेका छन्। 

उनले भने, ‘अहिले गाउँमा कफी खेती गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ, मैले विदेशमा सीप सिके, गाउँमै आएर प्रयोग गरे।’ उनका अनुसार सडक छेउमा एकान्त वातावरणमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा घुम्न आउने पर्यटकसँगै स्थानीय पनि पुग्ने गरेका छन्।  

विदेश पर्यटकले समेत यहाँ स्वाद लिएर स्थानीय  जैविक कफी लैजाने गरेकोमा देवकोटा मख्ख छन्। आफ्नै बाँझो जग्गा जमिनको सदुपयोग गर्ने गरी गाउँ फर्किने सुनाउँदा उतै काम गर्न अनुरोध गरेको स्मरण गर्दै अहिले कतारमै रोक्न खोज्नेहरू नै खुसी भएको बताए।  

देवकोटाले वरिस्टामा कफी बनाउने तालिम लिएपछि अन्तर्राष्ट्रियस्तरमै कफी कल्चरका बारेमा समेत अध्ययन गरेको बताए। आमा दुर्गादेवी देवकोटाका अनुसार नविनलाई नर्सरी उत्पादनदेखि प्रशोधनसम्मको जानकारी छ। कफीको बोट र धुलो पनि प्याकेजिङ गरेर बेच्ने भएकाले त्यसको बजारीकरण र ब्रान्डिङमा परिवारले पनि साथ दिएको छ।  

देवकोटाले करिब १७ रोपनीमा जग्गामा आफ्नै बीउ नर्सरीसमेत आफ्नो कफी आउटलेटमा लगानीसँगै स्थानीयलाई समेत प्रोत्साहन गरेका छन्। उनले कफीको महत्वबारे र गुणस्तरका बारेमा तालिम दिएका यूवाहरुले अहिले धमाधम व्यवसाय समेत सञ्चालन गरिरहेका छन्। 

म्याग्दीकी उद्यमी प्रमिला जोशी श्रेष्ठ वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै गाउँमा कफीको स्वाद चखाउन व्यस्त देवकोटा युवा पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताइन्। देवकोटाजस्ता युवा उद्यमीलाई राज्यका निकायबाट समेत प्रोत्साहनको आवश्यकता रहेको श्रेष्ठको भनाई छ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस