२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्य

उमेर पचपन, पहिरन बचपन

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन्। केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन्। १६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ। उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको। 

जथाभावी बोलेर स्थानीय चुनावका समयमा आफ्नै अल्पज्ञान प्रस्तुत गरेकी थिइन्, मंगलबार आफ्नै छोरीले डेब्यु गर्न लागेको फिल्मको कार्यक्रममा छोरीले भन्दा छोटो लुगा लगाएर अर्को जात्रा गरिन् । पति विनोद मानन्धरका साथ शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा छोरीलाई शुभकामना दिन पुगेकी करिश्माले यस्तो लुगा लगाएकी थिइन्, जहाँ उनलाई लुगा सम्हाल्नै धौधौ परेको थियो। उनले लगाएको लुगा तल छोप्दा माथि ह्वाङ्ग देखिन्थ्यो भने माथि छोप्दा तल ह्वाङ्ग । 

करिश्माको फेसन ब्लन्डर यो पहिलो पटक भने होइन । यसअघि पनि करिश्मा बारम्बार वार्डरोब मालफंक्सनको शिकार बनेकी थिइन्। स्तनको माथिल्लो भागमा ट्याटु खोपाएकी करिश्माले एक पटक ट्याटु देखाउने चक्करमा स्तनको सम्पूर्ण भाग देखाएकी थिइन् भने सोही समयमा उनको रातो रङको पेन्टी पनि फोटोग्राफरको क्यामरामा कैद भएको थियो। एक पटक भने करिश्माले मालिस गराइरहेको फोटो सार्वजनिक गरेकी थिइन्, जहाँ उनको क्लिभेज स्पष्ट देखिएको थियो।  

करिश्मा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य पनि हुन्। यो उमेरमा कक्षा १० मा पढिरहेकी करिश्मा धेरैका लागि प्रेरणाकी स्रोत पनि हुन्। तर पहिरनको मामलामा पनि १० कक्षे बालिका झैं व्यवहार गर्दा, उनलाई मौकामा उडाउन खोज्नेहरुको मनोबल पनि ह्वात्तै बढ्ने गरेको छ ।

सार्वजनिक कार्यक्रममा जाँदा अभिनेत्रीले पहिरनमा ख्याल गर्नुपर्छ । अझ पत्रकारका सामु मञ्चमा बस्नु छ भने त झनै सतर्क हुनुपर्छ तर करिश्माको मंगलबारको कार्यक्रममा लगाएको पहिरन हेर्ने सबैले भन्थे, ‘उमेर लगभग पचपन, पहिरनमा भने बचपन !’ शुक्रबार साप्ताहिकको गसिप स्तम्भबाट ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App