धमाधम सडक कालोपत्रे
१५ असार २०७५
•
१४ मिनेट पाठ
धमाधम सडक कालोपत्रे
ज्ञानेश्वरबाट टंगाल जाने सडकमा गरिएको कालोपत्रेमाथि कालोपत्रे
कालोपुलबाट ज्ञानेश्वर र टंगाल जाने सडक दुई वर्षअघि बिग्रदा लामो समयसम्म हिलाम्मे र धुलाम्मे रह्यो । अघिल्लो वर्ष कालोपत्रे गरेपछि भने सडक चाक्लो छ।

आइतबार भने सडक झनै चाक्लो बनाइयो । कालोपत्रे बिग्रिएको थिएन्, मर्मतसम्भार भन्दै रातरात कालोपत्रे गरेर सडक चिलाइयो । त्यहाँ मात्रै होइन्, तीनकुने सडक खण्डमा पनि मर्मतसम्भार भन्दै कालोपत्रे माथि कालोपत्रे थपेर चिल्लो बनाइएको छ ।

गोकर्णेश्वर आरुबारीको मुल सडक बिग्रिएको त आधा दशकै भयो । विस्तार गर्ने भन्दै सडकलाई मर्मत नगरेपछि असारे खेत जस्तै भएको थियो । असार लागेसँगै हिलो पन्छाएर सडकको कालोपत्रे गर्ने तयारी थालिएको छ । बेस तथा सबवेस राख्ने काम सम्पन्न भएकाले यसै हप्ता सडक कालोपत्रे गराइदैछ ।बौद्धबाट तीनचुलीचोक निस्कने र तीनचुली चोकबाट कपन जाने सडक बिग्रिएको त झन ५ वर्ष बढी भयो । सोमबार सडकमा अलकत्र ओछ्उँदा भने स्थानीय चकित नै परे ।

कालोपत्रेको लागि सडकमा अलकत्र ओछ्याएर छोडिएको छ । त्यहाँ मात्रै होइन्, लाजिम्पाटबाट डेनमार्क दुतवास हुँदै उत्तरढोका निस्कने भित्रि सडक पनि बिग्रिएको वर्षौपछि अलकत्र ओछ्याएर कालोपत्रेको तयारी गरिएको छ ।कालोपत्रे रहेकै ठाउँ तथा भइरहेको ठाउँ र वर्षौ कालोपत्रे गरिएको ठाउँमा कालोपत्रेको तयारी हुँदा भने स्थानीय चकित छन् । ‘अबचाँही धमधम सडक बन्ने रहेछ ।’ भन्ने स्थानीयलाई लागेको छ । तर, यो भने सडक धमधम बनाउने अभियान थालिएको नभएर असारे विकास हो।

यी केही ठाउँ मात्रै होइन् असार लागेपछि उपत्यकाभित्रका हरेक टोलटोलमा सडक पिच हुन थालेका छन् ।

पुरानो बानेश्वरबाट नयाँ बानेश्वर जाने सडक हिउँदभरी धुलाम्मे भएर बस्यो । यात्रुले धुलो र हिलोको मार खेप्दा पनि कालोपत्रे नभएको सडक अघिल्लो हप्ता चाक्लो बनाइयो । काठमाडौं सडक डिभिजन कार्यालय १ ले सडकको कालोपत्रे गरेको हो । कार्यालय एकले अहिले दर्जन बढी सडकमा कालोपत्रे गराइरहेको छ।

काठमाडौं महानगरपालिकाले पनि आफ्नो मातहतका ५६ वटा सडक कालोपत्रे गराउने काम गरिरहेको छ । ‘असार ३० गतेसम्म सम्पन्न गर्नेगरी नगरभित्रका ५६ वटा सडक कालोपत्रे गराउने काम गरिरहेका छौं,’ महानगरपालिका पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले भने, ‘बैशाखबाटै कालोपत्रे गर्न थालेका हौं ।’ वर्षयाम भएपनि पानी नपरेको बेला पारेर कालोपत्रे गरिरहेकाले दिगो हुने उनले दाबी गरे ।

वर्षयाममा गरिएका सडकको कालोपत्रेको गुणस्तर भने यही वर्षा समेत नथेग्ने खालको हुने सडक इन्जिनियरहरु नै बताउँछन् । ‘सडक कालोपत्रेको शत्रु भनेकै पानी हो,’ सडक विभागका एक इन्जिनियर भन्छन्, ‘असारमा कतिबेला पानी पर्छ थाहा नै हुँदैन्, सडक कालोपत्रेको क्रममा पानी पर्यो भने त्यो कालोपत्रे दुई महिना पनि टिक्दैन्।’

त्यसो त सडक विभागका प्रवक्ता मुक्ति गौतम पनि असारमा कालोपत्रे नगर्दै राम्रो मान्छन् । ‘सकेसम्म वर्षयाममा कालोपत्रे नगर्दा राम्रो हो,’ विभाग प्रवक्ता गौतमले भने, ‘गर्नै परेपनि उपयुक्त मौसम हेरेर गर्नपर्छ ।’ उनकै अनुसार पनि कालोपत्रेको क्रममा पानी पर्दा कालोपत्रे दुईचार महिनामै भत्किन थाल्छ।

तर, आर्थिक वर्षको अन्त्यमा हुनै लाग्दा बजेट सक्नकै लागि भएपनि सडक विभाग र यस अन्तर्गतका कार्यालयले असारमा टालटुले काम गर्न थाल्नु नौलो होइन् । वर्षेनी यही समयमा सडक विभाग र यस अन्र्तगका कार्यालयले यसैगरी सडकको टालटुले विकास हुँदै आएका छन् ।इन्जिनियरका अनुसार वर्षका बेला गरिएको कालोपत्रे गतिलो हुँदैन । गुणस्तरहीन पिचका कारण पानी परेसँगै भत्किने सम्भावना हुन्छ । तर, बजेट सक्न उपत्यकाभित्र हिउँदभरि पिच नगरिएका सडकसमेत असार लागेपछि धमाधम पिच गरिनु नौलो होइन्।

अघिल्लो वर्ष साउन १ गते १५ दिन भित्र खाल्डा टाल्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका थिए । तर, सडक विभागले भने वर्षयाममा टालेको खाल्डा दुई महिना पनि नटिक्ने भन्दै माटो हालेर पुर्यो, कालोपत्रे गरेन । यस पटक भने असार महिनै रहेकाले धमधम सडकका खाल्डा समेत टाल्न थालिएको छ । नियमित सडक मर्मत भन्दै सडकका खाल्डामा कालोपत्रे गर्न थालिएको हो।

‘हामीले सडकमा परेका खाल्डालाई खोजीखोजी टाल्दै आएका छौं,’ विभागका प्रवक्ता गौतम भन्छन्, ‘त्यो नियमित कार्यक्रम रहेकाले त्यसलाई असारे विकास मान्नु गलत हो ।’ वर्षभरी नै विभागले सडकमा खाल्डा खोजीखोजी टाल्दै आएको दाबी उनको छ । गौतमको दाबी भने नियमति सडक प्रयोगकर्ता पत्याउँदैनन् । ‘हिजोआज चाँही सडकमा खाल्डा टाल्न थालेको देखिन्छ,’ त्रिपुरेश्वरमा भेटिएका मोटरसाइल चालक रामशरण दाहालले भने, ‘पोखरी जस्ता खाल्डा पर्दा पनि यसअघि भने टालेको कतै देखिएन ।’यतीबेला सडकको मर्मत, कालोपत्रे वा खाल्डा टाल्ने काम गरेपनि त्यो कालोपत्रे दसैंसम्म पनि नटिक्ने जिकिर सडक विभागकै कर्मचारीको छ।

अघिल्लो वर्ष पनि असारमै पिच गरिएको सहिदगेट सडक दुई सातामै उप्किएको थियो । त्यहाँ मात्रै होइन्, अन्य ठाउँमा पनि कालोपत्रे दुईचार महिना समेत नटिकेको उदहरण रहेको विभागका इन्जिनियरले बताए । वर्षयाममा गरेको कालोपत्रे नटिक्ने समस्या भएपनि असारमा कालोपत्रे गर्न भने नरोकिएको ती इन्जिनियर बताउँछन् ।

काठमाडौं सडक डिभिजन कार्यालय–१ का एक प्रमुख मुकुन्द अधिकारी असारमा तुलनात्मक रूपमा सडक मर्मत तथा कालोपत्रे बढी हुने बताउँछन् ।

‘असारमा बढी पिच हुन्छ,’ अधिकारीले भने, ‘आर्थिक वर्षको अन्तिममा कतिपय ठेक्काको म्याद सम्पन्न हुन लागेको हुन्छ भने कतिपय ठेक्काहरु भुक्तानी लिनको लागि काम सम्पन्न गरिन्छ ।’ उनका अनुसार असार महिना मनसुनको महिना भएकाले कालोपत्रे गर्नको लागि उपयुक्त महिना मानिदैन् । मनसुनको कारणले गर्दा कालोपत्रे नटिक्ने समेत हुन्छ । तरपनि, सर्वासाधरणको समस्यालाई मध्येनजर गरेर कालोपत्रे गर्नपर्ने उनले सुनाए।

असारमै कालोपत्रे गर्नपर्ने अर्को बाध्यताचाँही समयमै भुक्तानी नभएको पनि उनको भनाई छ । ‘ठेकेदारले मंसिरमा काम गर्दापनि भुक्तानी असारमै पाउँछन,’ उनले भने, ‘त्यो भएपछि ठेकेदार पनि असारमै काम गर्छन् र काम सम्पन्न लगातै भुक्तानी लिन्छन्।’ ठेकेदार कम्पनीलाई काम सम्पन्न भएलगतै भुक्तानी नगर्नुले पनि असारे विकास हुने गरेको उनको भनाई छ । असारे विकासको प्रणाली भने बदल्नुपर्ने तर्क अधिकारी राख्छन् । डिभिजन कार्यालयले मात्रै एक दर्जन बढी ठूला सडक कालोपत्रे गरिरहेको छ भने आधा दर्जन साना सडक कालोपत्रे गरिरहेको उनले जनाए । काठमाडौंमा दुई वटा, भक्तपरमा एक र ललितपुरमा एक गरेर उपत्यकामा ४ वटा डिभिजन कार्यालय छन।

मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटा भने भुक्तानीको अंक लिएर असारे विकास मान्न नहुने बताउँछन् । ‘आर्थिक वर्षको अन्तिम भएकाले तुलनात्मक रुपमा भुक्तानी बढी हुनु स्वाभाविक हो,’ सापकोटाले भने, ‘त्यसलाई नै असारे विकास मानिनु गलत हो ।’ उनका अनुसार पनि मनसुनको अवस्था हेरेर असार महिनामा धेरै सडक कालोपत्रे गराइन्छ ।

कालोपत्रे सडकको अन्तिम काम हो । सडक निर्माणमा अन्य काम गर्दा कालोपत्रे अन्तिम अर्थात असारमा हुने गरेको उनले स्विकारे । ‘असारमा कालोपत्रे गरियो भन्दैमा असारे विकास हुँदैन्,’ उनले भने, ‘काम गर्दै जाँदा असार संयोग भएको मात्रै हो ।’ निर्देशनालय अन्तर्गत उपत्यकाभित्रका चार वटासमेत गरी ११ डिभिजन कार्यालय छन् । यी कार्यालयबाट यतिबेला सडक कालोपत्रेको धमधम काम भइरहेको उनले बताए।

‘सबवेस, सवग्रेड र नाली तयार भएको सडकमा मौसमको अनुकूलता हेरेर कालोपत्रे गर्नुपर्छ,’ उनले भने, ‘बजेट सक्नकै लागि काम गरेको होइन ।’ असारमा गरेको कालोपत्रे दिगो हँुदैन भन्ने धारणा गलत भएको उनले बताए । आर्थिक वर्षपछि सामान्यतया दशैं पछाडि निर्माणका काम हुन थाल्छन् । पाइपलाइन विछ्याउने, समुदायमा आएका विवाद मिलाउने, निर्माण सामग्रीको अभाव लगायतका कारणले गर्दा कालोपत्रेको समय भने असारमै पुग्ने गरेको विभागमा प्रवक्ता गौतम बताउँछन् । झन यस पटक चैत्रदेखि नै मनसुन शुरु भएपछि धेरै सडक कालोपत्रे गर्न नपाएको उनले बताए।

‘असारमा गरिएका कालोपत्रे दिगो नहुने भन्ने हुँदैन्,’ मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख सापकोटा भने, ‘यदी असारमा गरेको कालोपत्रे कमसल भएमा ठेकेदारलाई नै बनाउन लगाउँछौं ।’ उनका अनुसार ठेकेदारलाई मौसम अनुकुल पारेर कालोपत्रेको काम लगाएको छ । मौसम प्रतिकुल हुँदा कालोपत्रे गरेर चाँडै भत्किएको खण्डमा ठेकेदारलाई नै बनाउन लगाउने उनको दाबी छ ।नेपाल बिटुमिन तथा व्यारेल लिमिटेडका रमेश हुँमागाईंका अनुसार गुणस्तरीय बिटुमन नल्याउँदा सडक चाँडै भत्किने बताउँछन् । सडकमा नाली नहुँदा पानी जम्दा कालोपत्रे लामो समय टिक्न नसकिरहेको उनको भनाई छ ।
अर्को समाचार
बागलुङ नगरका सडक धमाधम कालोपत्रे
१४ कार्तिक २०७७
•
२ मिनेट पाठ
बागलुङ नगरका सडक धमाधम कालोपत्रे
बागलुङ नगरपालिकाका सडक धमाधम कालोपत्रे भइरहेका छन्। बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडकअन्र्तगत ६५० मिटर सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यस्तै बागलुङ बजारका मुख्य चोक तथा गल्लीमा सडक मर्मत तथा कालोपत्रे गर्ने कार्यले तिब्रता पाएको छ। यस्तै बलेवा पुग्ने सडकमा समेत कालोपत्रेको तयारी थालिएको छ भने केही स्थानमा कालोपत्रेका लागि पूर्वाधार निर्माण भईरहेको छ।  

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्र्तगत भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडक  खण्डको कालोपत्रेका लागि  एक करोड बनियोजित भएको थियो। बिएनए निर्माण सेवाले निर्माण जिम्मा लिएको कालोपत्रेको काम अहिले अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले जानकारी दिए।  ‘चाँडै काम सक्ने योजना छ, कोरोनाका कारण रोकिएको कालोपत्रे गर्ने काम अहिले मात्रै शुरु गरिएको थियो’, शर्माले भने, ‘बागलुङ बजारमा खाल्टाखुल्टी पुर्ने, मर्मत तथा कालोपत्रे गर्नेलगायत धेरै स्थानमा एक साथ कालोपत्रेको कार्य पनि चलिरहेको छ ।’

यस्तै बागलुङ नगरपालिका–१३ पैयुपाटास्थित जलकिनी घुम्टीबाट भैरव स्थान जाने सडकको समेत कालोपत्रेका लागि पूर्वाधार निर्माण थालिएको छ। यस वर्ष तीन हजार १६० मिटर कालोपत्रे गरिनेछ। यस सडकको कालोपत्रे पश्चात बागलुङको प्रसिद्ध धार्मीकस्थल भैरवस्थान जान सहज हुनेछ। उक्त सडक रु ६ करोड ९ लाखमा ठेक्का सम्झौता भएर काम अगाडि बढाइएको छ। उक्त सडकसमेत स्थानीय पूर्वाधार साझेदारीअन्र्तगत पर्दछ।  जसमा सङ्घीय सरकारबाट ६० प्रतिशत र स्थानीय सरकारले ४० प्रतिशत बजेट खर्च गर्नुपर्ने शर्त छ।  

यस्तै बलेवा पुग्ने सडक मध्येको गलुवाबाट जलकिनी घुम्टी नजिकै सम्मको सडक समेत कालोपत्रे गर्न थालिएको नगरपालिकाले जनाएको छ। जिल्ला सदरमुकामभित्र रहेका खाल्टाखुल्टी तथा छोटा सडक कालोपत्रे गर्ने कार्यले समेत तिव्रता पाएको छ। बागलुङ बजारको अस्पताल रोड, धौलागिरी चोक, श्रीनर टोललगायत एक दर्जन स्थानमा कालोपत्रे भइरहेको छ।  

बागलुङ नगरपालिकाका सबै क्षेत्रलाई सहज सडक सञ्जालले जोड्ने योजनाअनुरुप कालोपत्रे गर्ने कार्यलाई अघि बढाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए। ‘हामी आए पछि केही सडकलाई कालोपत्रे गर्ने कार्य चलिरहेको छ, केही सडक कालोपत्रे भइसकेका छन्’, नगर प्रमुख पौडेलले भने , ‘नगरका १४ वटै वडा कार्यालयसम्म कालोपत्रे सडकको पहुँच पुग्ने गरी शुरुआत गरिएको छ, यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ ।’ गत वर्ष वडा नम्बर ६ बाट वडा नम्बर ७ पुग्ने एक किलोमिटर ८०० मिटर सडक कालोपत्रे गरिएको थियो भने बागलुङ बजारका छोटा सडकको झण्डै ३०० मिटर सडक कालोपत्रे गरिएको हो।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस