विद्यार्थी संख्याको आधारमा कर
२५ असार २०७५
•
७ मिनेट पाठ
विद्यार्थी संख्याको आधारमा कर
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयमा विद्यार्थी संख्याको आधारमा व्यवसाय कर लिने तयारी गरेको छ।




महानगरले आर्थिक विधेयक २०७५ मा आगमी आर्थिक वर्षबाट विद्यार्थी संख्याको आधारमा कर लिने प्रस्ताव गरेको हो ।

महानगरले नगरसभामा पेश गरेको प्रस्ताव अनुसार शिशु स्याहार केन्द्रको लागि ५ हजार, ५० जना विद्यार्थी भएको पूर्व प्राथमिक विद्यालय मन्टेश्वरीको लागि ५ हजार, ५० जना विद्यार्थी भएको पूर्व प्राथमिक विद्यालयको लागि १० हजार, ५ सय जना विद्यार्थी भएको अधारभूत तहको विद्यालयको लागि १५ हजार, ५ सयदेखि हजार विद्यार्थी भएको आधारभूत तहको विद्यालयको लागि २० हजार, एक हजार भन्दा बढी विद्यार्थी भएको आधारभूत तहको विद्यालयको लागि ३० हजारको प्रति इकाइ कर लगाउने प्रस्ताव गरेको छ।

त्यसैगरी ५ सय जनासम्म विद्यार्थी भएको माध्यमिक तहको विद्यालयको लागि ३० हजार, ५ सयदेखि एक हजारसम्म विद्यार्थी भएको विद्यालयको लागि ४० हजार र एक हजार भन्दा बढी विद्यार्थी भएको विद्यालयको लागि ५० हजार प्रति इकाइ व्यवसाय करको प्रस्ताव महानगरको छ । विश्व विद्यालयको सम्पर्क कार्यालयको लागि १० हजार र अस्पतल सहितको मेडिकल कलेजको लागि दुई लाख ५० हजारको प्रस्ताव गरिएको छ । ५ सयसम्म विद्यार्थी भएका मेडिकल कलेजको लागि भने २० हजार व्यवसाय कर प्रस्ताव  गरिएको छ।

यस अघि भने महानगरले क्याम्पस तथा विश्वविद्यालयको लागि २५ हजार, तालिम तथा अनुसन्धन केन्द्रको लागि ५ हजार, मोन्टेश्वरी विद्यालयको लागि १० हजार, प्राथमिक तहको निजि विद्यालयको लागि १२ हजार, माध्यमिक विद्यालयको लागि १५ हजार र उच्च माध्यमिक विद्यालयको लागि २० हजार लिँदै आएको थियो । चालु आवमा विद्यालयको वर्गको आधारमा व्यसाय कर लिएको महानगरले आगमी आव देखि भने विद्यार्थी संख्याको आधारमा कर लिनेगरी प्रस्ताव गरेको छ।

शिक्षा शूल्क १ देखि ५० हजारसम्म

महानगरपालिकाले हजार रुपैयाँदेखि ५० हजारसम्मको शिक्षा शूल्क लिन तयारी गरेको छ । आर्थिक विद्येक २०७५ तयार गर्दै महानगरले शिक्षा क्षेत्रको लागि उक्त शुल्क तयार गरेको हो।

विद्येकले सबैभन्दा बढी शुल्क माध्यमिक तहको नीजि विद्यालयको नाम परिवर्तन गर्दा लिने तयारी गरेको छ । विद्येक पास भएसँगै निजि विद्यालयले नाम परिवर्तन गर्दा ५० हजार रुपैयाँ लगाउने प्रस्ताव विद्येकमा उल्लेख छ । आधारभूत तहको विद्यालयले नाम परिवर्तन गर्न परेमा भने ३० हजार शूल्क  राख्ने प्रस्ताव महानगरको छ ।

त्यसैगरी नीजि माध्यमिक विद्यालयको स्वामित्व परिवर्तन गर्नको लागि ३० हजार, स्थान परिवर्तनको लागि ३० हजार, नीजि आधारभूत तहको विद्यालयको समित्व परिवर्तनको लागि २० हजार, स्थान २० परिवर्तनको लागि हजार तोकेको छ।

नीजि विद्यालयले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनोनयन गर्दा हजार रुपैयाँ शूल्क लाग्ने छ । नीजि विद्यालयको खाता खोल्न तथा नविकरण गर्नको लागि सिफारिस शुल्क वापत महानगरले २ हजार रुपैयाँ लिने तयारी गरेको हो । त्यस्तै, महानगरले नीजि माध्यमिक तहको अनुमतिपत्रको लागि १० हजार र आधारभूत तहको विद्यालयको लागि ५ हजार रुपैयाँ शुल्क लगाउने तयारी गरेको हो।

सामुदायिक विद्यालयमा हकमा भने करार तथा राहत शिक्षक नियुक्तिको अभिलेखीकरणको लागि २ हजार र आधारभूत तहको लागि हजार रुपैयाँ शुल्क लगाउने प्रस्ताव गरेको छ ।यसअघि नीजि विद्यालयले स्थान परिवर्तन गर्दा ५ हजार, कक्षा वृद्धिको सिफारिस शुल्क १० हजार तथा कलेजमा शंकाय थपको २५ हजार रुपैयाँ लिने गरेको थियो । त्यसैगरी पूर्वप्राथमिक विद्यालय खोल्ने अनुमतिको लागि १० हजार शुल्क महानगरले लिने गरेको थियो।

शिक्षा क्षेत्रको जिम्मा स्थानीय तहमा आएसँगै महानगरले यो शुल्क लगाउने तयारी महानगरले पनि गरेको हो । यो शुल्क लगाउने प्रस्ताव विद्येकमा भएपनि प्रस्ताव स्विकृत नभएसम्म लागू हुँदैन् । विद्येक नगरसभाले स्विकृत गर्दछ । विधेयक स्विकृती पहिलो चरणमा कार्यापालिकाबाट हुनुपर्छ । १९ गते बसेको कार्यापालिकाको बैठकले विधेयक पास गरिसकेको छ । यसपछि कार्यापालिकाले नै नगरसभामा पेश गर्दछ ।

महानगर स्रोतका अनुसार कार्यापालिकाले नगरसभामा विधेयक पास गरिसकेको छ । स्रोतका अनुसार २७ गते बस्ने नगरसभाले विदेश पास गर्नेछ । विद्येक पाससँगै महानगर आर्थिक ऐनको रुपमा विधेयक आउनेछ । विधेयक ऐन बनेर आएपछि नयाँ आवसँगै ऐन कार्यान्वयनमा आउने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।
अर्को समाचार
फर्जी विद्यार्थी रोक्न 'स्टुडेन्ट ट्र्याकिङ'
०७ फागुन २०७१
•
५ मिनेट पाठ
फर्जी विद्यार्थी रोक्न 'स्टुडेन्ट ट्र्याकिङ'
सिरहा- विद्यार्थी संख्याको आधारमा पाइने शिक्षाको अनुदानका कारण विद्यार्थीको मनोमानी अभिलेख (फर्जी अभिलेख) राख्ने क्रम बढेपछि नियन्त्रणका लागि शिक्षा विभागले 'स्टुडेन्ट ट्र्याकिङ सफ्टवेयर' प्रयोगमा ल्याएको छ।




पहिला कागजमा तयार गरेर शिक्षामा बुझाउने विद्यार्थीको अभिलेख यो प्रविधिअन्तर्गत इलेक्ट्रोनिक माध्यमबाट भर्नुपर्ने हुन्छ। शिक्षा कार्यालयबाट विद्यालयले पेनड्राइभमा उक्त सफ्टवेयर ल्याउने र रजिस्टरको अभिलेख त्यसमा उतारेर शिक्षामा बुझाउनुपर्ने प्रावधान छ।

जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले यो प्रविधि प्रयोगमा ल्याएपछि फर्जी विद्यार्थी देखाउने क्रम नियन्त्रणमा आउने बताए। उनले स्रोतव्यक्तिलाई फर्जी विद्यार्थीको तथ्यांकमा कडाइ गर्न निर्देशन दिएको जानकारी दिए। 'स्रोतव्यक्तिलाई कडाइ गर्न भनेका छौं, विस्तारै सुधार हुँदै जान्छ,' उनले भने।

तर, यो प्रविधिबाट फर्जी विद्यार्थीको अभिलेख नियन्त्रण हुनेमा शिक्षाकै कर्मचारी विश्वस्त छैनन्। उनीहरुका अनुसार फर्जी विद्यार्थीको अभिलेख नियन्त्रण गर्न 'हेड काउन्ट' परीक्षामा सम्मिलित विद्यार्थीको संख्या गणनालाई आधार मान्नुको विकल्प छैन।

स्रोतव्यक्ति भने अधिकांश विद्यालयका प्रधानाध्यापकले जबर्जस्ती तथ्यांक फरक पार्ने गरेको बताउँछन्। पोखरभिन्डा स्रोत केन्द्रका तत्कालीन स्रोत व्यक्ति वैद्यनाथ यादवले विद्यालयको वार्षिक परीक्षाका क्रममा गरेको अनुगमनमा करिब २५ विद्यालयका प्रअले अभिलेखमा अनियमितता गरेको पाइएको जानकारी दिए। वास्तविकभन्दा फरक अभिलेख खडा गर्ने प्रअलाई कारबाही नभएकाले विकृति बढ्दै गएको उनी बताउँछन्। बदमासी गर्नेलाई शिक्षक संघ–संगठनले च्यापेकाले अनियमितता नरोकिएको उनको ठहर छ।

गत वर्ष यो स्रोतकेन्द्रअन्तर्गतका ४० वटै विद्यालयमा फर्जी अभिलेख राखेर अनियमितता गरेको पाइएपछि नसिहतस्वरुप विद्यार्थी संख्या काट्ने सिफारिस गरेपछि यसपालि १५ वटामा सुधार देखिएको उनले बताए।

शिक्षा कार्यालयमा उनले बुझाएको प्रतिवेदनअनुसार कुर्वा–८ स्थित प्राथमिक विद्यालयमा गत वर्ष कक्षा १ देखि ५ सम्म १ सय ३ विद्यार्थी भर्ना भएको अभिलेख छ। तर, वार्षिक परीक्षामा भने ३३ जनामात्रै विद्यार्थी सहभागी भएको पाइयो। विद्यालयको अभिलेखमा कक्षा १ देखि ५ सम्म क्रमशः २४, २३, २३, २१ र १२ जना विद्यार्थी रहेको देखाइए पनि परीक्षामा भने क्रमशः ७, ५, ६, ९ र ६ जनामात्रै सहभागी थिए।

रामा महन्थी यादव उच्चमावि सीतापुरको अभिलेखअनुसार कक्षा १ देखि ९ सम्म क्रमशः ५६, ६४, ६७, १०५, ६३, १८९, १४५, १९९ र २०२ जना विद्यार्थी अध्यनरत छन्। तर, वार्षिक परीक्षामा सम्मिलित विद्यार्थी भने क्रमशः ३९, ५७, ५७, ८६, ४५, १६०, १०१, १४४ र १३९ जना मात्रै छन्। विद्यालयको अभिलेखमा १ हजार ९० विद्यार्थी देखाइए पनि वार्षिक परीक्षामा भने ८ सय २८ जनामात्रै सम्मिलित रहेको पाइयो।

माध्यमिक विद्यालय कुर्वाको अभिलेखमा कक्षा १ देखि ५ सम्ममा क्रमशः ७१, ४१, ४१, ४४ र ५० विद्यार्थी रहेको अभिलेख रहे पनि परीक्षामा सम्मिलित विद्यार्थी संख्या भने क्रमशः ५४, ३१, ३२, ३३ र ३९ मात्रै छ।

श्री उच्चमावि चैनपुरको अभिलेखमा कक्षा १ देखि ९ सम्म क्रमशः ६१, ६५, ६१, ६६, ६५, ७९, ७९, ८१ र ९४ विद्यार्थी अध्यनरत छन्। वार्षिक परीक्षामा सम्मिलित विद्यार्थी भने क्रमशः ४५, ३९, ४३, ४४, ४७, ६२, ६४, ६३ र ६३ छन्।

फर्जी विद्यार्थीको अभिलेख खडा गरी त्यसबाट बचत हुने रकममा प्रअबाहेक कसैले दाबी गर्न नपाउने चलन रहेको एक शिक्षकले बताए। 'यो काममा रिस्क र प्रोफिट सबै प्रअकै हुन्छ,' उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस