सरकारी निकायबीच समन्वय छैन
१५ भदौ २०७५
•
१४ मिनेट पाठ
सरकारी निकायबीच समन्वय छैन
डा. रवीन्द्र समीर, साहित्यकार
तपाईँलाई मनपर्ने सहर कुन हो ?




मलाई मनपर्ने सहर पोखरा हो । पोखरा मलाई युरोपकै सहर जस्तै लाग्छ । शिक्षा र स्वास्थ्यलाई अलिकति जोड्ने हो भने पोखरा विश्वकै ‘टप सिटी’ मध्येमै पर्न सक्छ । तर, उपचार, शिक्षा र अन्य केन्द्रीय सुविधा लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । यदि यो बाध्यता हट्यो र निजी क्षेत्र पुग्यो भने पोखरा पूर्ण सहर बन्छ। 

नेपाल बाहिर कुन–कुन देश पुग्नुभयो ?

रसिया, चेक रिपब्लिक, लक्जम्बर्स, बेल्जियम, नेदरल्याण्ड, फ्रान्स, स्वीजरल्याण्ड, भ्याटीकन सीटी, थाइल्याण्ड, चीन, इन्डोनेसिया, बंगलादेश, अस्ट्रियालगायत देश पुगेको छु । 

ती देशभित्र कहाँ–कहाँ पुग्नुभएको छ ?

२५ वटा देशको ५०–६० वटा जति सहर घुमेको छु । सुरुमा मलाई बेइजिङ मन परेको थियो । त्यो सांस्कृतिक सहर पनि हो । बेलुकी खाना खाएर पनि हिँड्ने सडक छन् । त्यहाँको बाटो, पार्क र नाइटलाइफ निकै राम्रो लाग्यो । केही समयअघि युरोपका १० सहर घुमेको थिएँ । त्यसमध्ये अस्ट्रियाको भियना निकै उत्कृष्ट लाग्यो । स्वीजरल्याण्डको जुरिक, लक्जम्बर्स पनि मलाई मनपर्ने ठाउँ हुन् । सहरमा पहिले कस्तो थियो र अहिले कस्तो छ, त्यो दृश्य हेर्न पाइन्छ । विदेशी सहर मौलिक र एकैनासे शैलीमा बनेका छन्।

त्यहाँको कुन पक्षले ध्यान तान्यो ?

युरापका सहर एकैनासे छन् । सडक चौंडा  छ । पीच सडकभन्दा पैदल यात्रु हिँड्ने सडक व्यवस्थित र चौंडा पारिएको छ, त्यहाँ । सडकको वरिपरि रूख रोपिएका छन् । सडकमा रूखबाट पात झरेको हुन्छ । फूल झरेको हुन्छ । ठाउँ–ठाउँमा बस्ने मेचहरू हुन्छन् । हजारौं बर्ष पुरानो मौलिकता पनि भत्काइएको छैन । त्यसैले पनि विदेशका सहरमा सबैथोक छ।

बाहिरी मुलुकमा कसरी सहरीकरण भएको रहेछ ?

बाहिरी देशका सहर निकै खुला छन् । हामीकहाँ गाडी र मानिसको हुल मात्रै देखिन्छ । विदेशी सहरमा अन्डरग्राउन्डलाई भरपुर प्रयोगमा ल्याइएको छ । मानिसको ओहोरदोहोर नै अन्डर ग्राउन्डबाट हुन्छ । बाहिरी सडक एकदमै खुला देखिन्छ । हरियाली देखिन्छ । त्यहाँ ट्राफिक जामको समस्या हुँदैन । उनीहरू समयमै चल्छन् । सहर विकास गर्दा सयौं वर्ष अघिलाई हेरिएको हुन्छ । संस्कृति जोगाइएको हुन्छ । खानेकुरा पनि सस्तो र गुणस्तर छ । खानेकुरामा कर लगाइँदैन । त्यहाँको पर्यावरण निकै लोभलाग्दो छ । तिनको तुलना गर्दा हामी निकै तल छौं । हाम्रोमा सहरको नक्सा नै बनाइएको छैन । कुन ठाउँमा के बनाउने भन्ने कुनै आर्किटेक्ट नै तयार पारिएको छैन । हाउजिङ कम्पनी र ठेकेदारलाई सहर बनाउन दिइन्छ । त्यसले मौलिकता मेटेको छ । हामीले ईश्वरको वरदान पनि चिन्न सकेका छैनौं। 

हामीकहाँ राजनीतिसँगै सहरका योजना पनि परिवर्तन हुन्छन्, राजनीतिक दलले सहरका योजना आफू अनूकुल बनाएका छन्, यस्तो अवस्था सहरको भविष्य कस्तो होला ?

हामीकहाँ राणालीन समयमा बनेका संरचना युरोपियन शैलीका छन् । राणाहरू अरु देशमा गएपछि त्यहाँका सहरसँग प्रभावित भएर त्यसै अनुरूप काम गरे । पञ्चायत कालमा पनि भवन त्यति निर्माण भएको थिएनन् । अहिले सहर बनेको बढी भाग हरियाली थियो । बहुदल आएपछि विस्तारै काठमाडौं कुरूप बन्न पुग्यो । सहरको विकास निर्माणमा एकरुपता छैन । सहर छेक्ने अग्ला–अग्ला भवन बनेका छन् । त्यसकारण पनि काठमाडौं व्यवस्थित सहरमा पर्दैन । यही गतिमा काम हुने हो भने काठमाडौंको भविष्य संकटमा नपर्ला भन्न सकिन्न। 

सहरकरण गर्दा हामी कहाँनिर चुक्यौं ?

बितेका २५–३० वर्षलाई फर्केर हेर्दा काठमाडौंमा त्यति धेरै भवन निर्माण भएका थिएनन् । संरचना निर्माण ठिक्क थियो । त्यसपछि ह्वात्तै सहरमा घर बन्न थाले । एक हिसाबले सहर कंक्रिटको जंगल नै भयो । अहिले नै अप्ठेरो सहर बनेको छ । मानिसहरू बाध्यताले बसेका छन् । सरकारले तदारुकता देखाउने हो भने अब पनि सुधार्ने ठाउँहरू धेरै छन्।

के गरियो भने सहर व्यवस्थित होला ?

बाग्मती, विष्णुमती, मनोहरामा बाध बाँध्ने । जसले हिउँदको समयमा पनि राम्रो देखिन्छ र डुवान पर्दैन । अर्को कुरा, दुई तले ट्राम यातायात सञ्चालन गर्ने, साना गाडीलाई निस्तेज गरेर ठूला सवारी चलाउने, सार्वजनिक यातायातलाई व्यवस्थित पार्ने । अन्डरग्राउन्ड पार्किङ स्थल बनाउने । न्युरोड क्षेत्रमा साइकल लेन, रुख रोप्ने, फुटपाथ बनाउने, मेच राख्ने लगायत कार्य गरियो भने सहर अलि व्यवस्थित होला । मेरो विचारमा अहिलेको सहरलाई अलि व्यवस्थित पार्ने सबैभन्दा उचित उपाय ‘ल्याण्ड पुलिङ’ नै हो । अरु देशमा पनि यही अभ्यास भइरहेको छ । वातावरण राम्रो भयो भने हिँड्ने बानी पर्छ । भोटाहिटी, ठमेल, जमल, सुन्धारा, असन, इन्चोक क्षेत्रमा ढुंगा छाप्ने, स–साना रुख रोप्ने हो भने पनि उचित हुन्छ । विश्वका चर्चित सहर पनि यसरी नै विकास भएका छन् । अर्को कुरा, विश्व सम्पदा भएको ठाउँलाई अति नै व्यवस्थित पार्ने त्यसवापत शुल्क उठाउन पनि सकिन्छ । सहरलाई संस्कृति र कलासँग जोड्नुपर्छ । विदेशी सहरमा दुई हजार वर्षअघिको सहर पनि प्रत्यक्ष आँखाले देख्न पाइन्छ। 

हामीकहाँ विकासका काम गर्ने प्रणाली र योजना उपर्युक्त नभएका हुन् ?

बहुदलीय व्यवस्था आएपछि कसैले कसैलाई नटेर्ने अवस्था सुरु भयो । नेता आफूमात्रै हावी भए । अहिले सबैतिर ‘स्मार्ट सिटी’को कुरा छ । तर, ‘स्मार्ट सिटी’को पहिलो सर्त ‘स्मार्ट गभरनेन्स’ हो । सही शासन पद्धति हो । जनताको काममा सरकारी निकाय जिम्मेवार हुनु हो । तर, यही काम नभएर अहिले काठमाडौंले आवश्यक भन्दा बढी भार खेपिरहेको छ । यदी यस्तै सुविधा भएका सहर अन्त हुन्थे भने काठमाडौं यति धेरै कुरूप र बिग्रने अवस्थामा हुने थिएन । विकासमा काठमाडौंको विकल्प सोच्नुपर्छ । मुख्य कुरा त हाम्रोमा व्यवस्थित सरकार भएन। 

सहरमा के–के हुनेपर्ने थियो र के भइरहेको छ ?

प्रत्येक ५ सयको मिटरमा सार्वजनिक शौचालय हुनेपर्ने हो । सहरका हरेक कुरा नागरिकका लागि सर्वसुलभ गर्नुपर्ने हो । ठाउँ–ठाउँमा ढुंगेधारा हुनुपर्ने हो । बेलुकी खाना खाएपछि हिँड्ने ठाउँ र सुरक्षा हुनुपर्ने हो । तर, यी सुविधा हाम्रा सहरमा छैनन् अरु देशका हेर्ने हो भने मान्छे सुते पनि सहर सुत्दैन। 

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?

म बसेको सहर सुन्दर होस् । शान्त होस् । हरेक सेवा–सुविधा होस् । मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने कुनै तत्वहरू नहौँन् । प्रदूषण र फोहर नदेखियोस् । खानेकुरा अग्र्यानिक पाइयोस् । आनन्दसँग घुम्ने ठाउँहरू हौन । त्यति भयो सहर केही व्यवस्थित बन्छ।

तपाईँको विचारमा सहर के हो ?

योजनाबद्ध तरिकाले एकै किसिमबाट बनेको सामूहिक बसोबासको केन्द्र नै सहर हो । त्यो केन्दमा बसेपछि हामीले हरेक सुविधा पाउनुपर्छ । त्यो सहरमा बसेबापत प्रदूषण र धुलोधुवाँ भोग्न नपरोस् । अर्को कुरा, सहर एकै किसिमका बस्ती भएको ठाउँ घर हो।  

सहरलाई व्यवस्थित पार्न सहरवासीको दायित्व के रहला ?

पोखराको बाटोमा फोहर देखिँदैन । त्यहाँका नागरिकले घर बढार्दा बाटो पनि बढार्छन् । काठमाडौंमा बस्नेहरूमा सभ्यता भएन । आफूले गर्नसक्ने सामान्य सहयोग पनि सरकारलाई गरेको देखिन्न । सरकार र नगरपालिकाको मात्रै मुख ताक्ने प्रवृत्ति छ । अर्को कुरा, सरकार र नगरपालिका कहिल्यै पनि सहर बनाउन आएन । सरकारी निकायबीच मै समन्वय भएन। 

गाउँ र सहरको सम्बन्ध कस्तो हुनुपर्छ ? 

सहरको मुटु वा प्राण गाउँ हो । हाम्रो देशकै नक्सा तयार भएको छैन । विदेशी मूलुकमा नक्सा बनाएर गाउँ र सहरको विकास भएको हुन्छ । त्यसकारण हाम्रोमा सरकारले एकिकृत बस्ती बसाल्नुपर्छ । त्यति हुनासाथ खेती बढी हुन्छ । 

उपत्यकाको मनपर्ने पक्ष ?

यहाँको हावापानी सदावहार छ । मठमन्दिर र दुर्लभ ऐतिहासिक ठाउँ छन् । यहाँका मानिस सहृदर्यी छन् । केन्द्रीकृत भए पनि काठमाडौंमा पाइने सुविधा धेरै छन्। 

यहाँको मननपर्ने पक्ष ?

धुलो–धुवाँ र प्रदूषणले सहर व्याप्त छ । दीर्घकालीन सोच नहुँदा अव्यवस्थित भएको छ । सहरमा पैसा कमाउने प्रतिस्पर्धा छ । यहाँका मानिस सधै हतास, निरास र दौडधुपमा देखिन्छन् । धनी भए पनि मानिस खुसी छैनन्। 

मन भएर पनि पुग्न नपाएको ठाउँ ?

नेपालमा रारा ताल र सगरमाथाको बेस क्याम्पसम्म पुग्ने रहर छ । विदेशमा अमेरिका, अस्टेलिया र अफ्रिकाका बस्ती घुम्न मन छ । 

काठमाडौं कहिले छिर्नुभयो ?

२०४६ सालमा काठमाडौं छिरेको थिएँ । त्यतिबेला सुन्दर थियो । रिङरोडमा ट्रक चलेको देखिन्थ्यो । फाँटभरी धान झुलेको देखिन्थ्यो। 

सहरका मनपर्ने खानेकुरा ?

खानेकुराको ‘टेस्ट’ मा काठमाडौं अगाडि छ । पहिले–पहिले काठमाडौंको मःमः भनेपछि मन हुरूक्कै हुन्थ्यो । अहिलेको मःमः त्यति मिठो छैन । सहरका धेरैजसो खानेकुरा अगार्निक छैनन् । बाहिर गएर खानलाई मन सरर हुन्न । सबैतिर विषादीको प्रयोग भएको छ। 

तपाईँको बुझाईमा काठमाडौं कस्तो ठाउँ हो ?

काठमाडौं असन्तोषी ठाउँ हो । यहाँ एउटा आवश्यक पूरा हुनेवित्तिकै अर्को आवश्यक पूरा गर्नुपर्छ भन्ने मान्यता छ । यहाँका मानिसको मन स्थिर छैन । उनीहरूका चाहना पनि असिमीत छन् । सिंगल घर चाहिन्छ, जग्गा जमिन चाहिन्छ भन्ने सोच सहरवासीमा छ । त्यहीँ सोचका कारण काठमाडौंका डाँडाकाँडा ताछिएका छन् । खाली ठाउँहरू भरिएका छन्।

प्रस्तुति : शिवहरि घिमिरे
अर्को समाचार
समन्वय नहुँदा पुरिएन खाल्डा
१५ साउन २०७४
•
५ मिनेट पाठ
समन्वय नहुँदा पुरिएन खाल्डा
काठमाडौं – उपत्यकाका सडकको खाल्डा पुर्ने कार्यमा सरोकारवाला निकायबीच समन्वय नहुँदा कामले गति लिन सकेको छैन । खाल्डा पुर्ने जिम्मा पाएका निकायले अन्य निकायसँग समन्वय नगरेकाले सोचेजति उपलब्धि हुन नसकेको सरकारी उच्च अधिकारी बताउँछन् । 




प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले सडक विभाग, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायबीच समन्वय नहुँदो कामले गति नलिएको बताए । 

‘अहिले खानेपानीका पाइप, ढल र  बिजुुलीका पोलले खाल्डा पुर्ने कार्यमा अवरोध भएको छ,’ उनले भने, ‘सबै निकायले आआफ्नो भूमिका पूरा गरेको भए काम गर्न सजिलो हुन्थ्यो ।’ उनका अनुसार सडकमा फुटेका खानेपानीका पाइप बनाउने काम पिआइडीको हो । ढल पाइप बनाउने काम सहरी विकास मन्त्रालयअन्तर्गतका निकायको हो । 

‘खानेपानीका पाइप नभएका ठाउँमा धेरै काम भएको छ,’ मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले भने, ‘सडक विभागले गर्ने काम गरिरहेको छ तर अहिले खाल्डा पुर्ने काममा सबैभन्दा अवरोध ढल र खानेपानीका पाइप फुट्नु हो ।’ 

उनले नयाँ बानेश्वर–पुरानो बानेश्वर, गौशाला–चाबहिल, चुच्चेपाटी–बौद्ध, बालाजु–नारायणगोपालचोक, लाजिम्पाट–लैनचौर, सुन्धारा–त्रिपुरेश्वर–टेकुलगायत क्षेत्रका खाल्डा लगभग पुरिसकिएको बताए । 

‘निरन्तर कामका खटिँदा पनि केही ठाउँमा काम गर्न कठिनाइ परेको छ,’ सापकोटाले भने, ‘लाजिम्पाट, पानीपोखरी, चुच्चेपाटीलगायत ठाउँमा पानी रसाएर सडक मर्मतमा मुख्य अवरोध पुगेको छ ।’ 

प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेले फुटेका स्थानका पाइप बनाउन आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिए पनि काम सम्पन्न नभएको बताए । ‘फुटेका ठाउँमा पाइप बनाउन पिआइडीलाई निर्देशन दिइरहेका छौं तर काम भएको छैन,’ उनले भने ।  

पिआइडीका आयोजना निर्देशक तिरेश खत्रीले पानी परेका कारण काम गर्न अप्ठ्यारो परेको बताए । ‘हामीले कोसिस गरिरहेका छौं तर कतिपय ठाउँमा भन्नेबित्तिकै काम गर्नसक्ने अवस्था छैन,’ उनले भने, ‘लैनचौर र पानीपोखरी क्षेत्रमा शनिबार पनि दिनभर काम गर्‍यौं ।’ 

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक सापकोटाले सडक बनाउन प्रयोग हुने अलकत्रा (इमालसन), गिटी र ढुंगा नपाएकाले खाल्डा पुर्न नसकिएको बताउँछन् । उनका अनुसार निर्माण कार्य भइरहेका २२ स्थानमा खानेपानीको पाइप फुटेको छ । 

प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले सरोकारवाला निकायालाई समन्वय गरेर काम गर्न आह्वान गरे पनि काम गराइको अवस्था त्यस्तो नदेखिएको बताए । ‘हामीले बारम्बार मिलेर काम गर्न निर्देशन दिइरहेका छौं,’ उनले भने, ‘समन्वय नहुँदा काम सुस्त देखिएको छ ।’ 

सडकका खाल्डा पुर्ने जिम्मा पाएको १४ औं दिनसम्म केशरमहल–लाजिम्पाट, चाबहिल–बौद्ध, महाराजगन्ज–बूढालिकण्ठ, तीनकुने–बानेश्वर, रातोपुल–गौशाला, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटी, चाबहिल–गोपीकृष्ण, तीनकुने–कोटेश्वर, रातोपुल–गौशाला, जयवागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टेलगायत सडकका खाल्डा पुर्न बाँकी छन् । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस