उठ्नै छाड्यो फोहर
१५ भदौ २०७५
•
४ मिनेट पाठ
उठ्नै छाड्यो फोहर
जोरपाटी चोकको फोहोरमा माक्स लगाएर हिँड्दै यात्रु ।   तस्बिरः श्याम राई
मिना डंगोलको जोरपाटी चोकमा कस्मेटिक पसल छ । केही समयअघिसम्म दिनभरजसो पसलमा बस्ने उनी अहिले दैनिक दुई–तीन घन्टा मात्रै पसल खोल्ने गरेकी छन् । व्यक्तिगत वा अन्य कुनै कामले उनले पसल नखोलेकी भने होइनन्, यसको कारण हो– पसलमा छेउमा थुपारिएको फोहर। 

पसल नै नखुलेपछि व्यापार ह्वात्तै घटेको उनी बताउँछिन् । फोहरका कारण अहिले दिनभरि पसलमा बस्न नसक्ने उनले सुनाइन् । ‘गन्हाएर बसिसक्नु हुन्न, सटर अगाडिको फोहर देखेपछि ग्राहक पनि आउँदैनन्,’ उनले भनिन्, ‘असारयता पसल अगाडिको सडक डम्पिङ साइट बनेको छ।’

महाँकालवारीमा कोल्ड स्टोर पसल चलाउँदै आएकी इन्दिरा मिश्रको समस्या पनि उस्तै छ । उनले पसल अगाडि फोहर नउठेपछि पसलमा ताला लगाएको गुनासो गरिन् । ‘पसल अगाडि फोहरको डंगुर छ, खोल्यो भने ग्राहक आउँदैनन्, आफूलाई पनि फोहर गन्हाएर बसिनसक्नु हुन्छ,’ उनले भनिन्, ‘पसल बन्द गरेपछि परिवार चलाउन मुस्किल परेको छ।’ उनले महिनाभरको कमाइले सटरको भाडा समेत तिर्न नसकेको बताइन्।

यो त उदाहरण मात्र हुन्, सडक किनार र चोकमा थुपारिएको  फोहर महिनादिनसम्म नउठ्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । यात्रु नाक थुनेर हिँडडुल गरिरहेका देखिन्छन् । ‘पहिले–पहिले महानगरको गाडि फोहर उठाउन समयमै आउथ्यो, आजकाल महिना दिनमा एकपटक पनि आउँदैन,’ स्थानीय रामप्रसाद खतिवडाले भने, ‘मास्क लगाएर हिँड्दा पनि गन्हाउँछ ।’ उनले फोहर उठाउन नगरपालिका समक्ष हारगुहार गरे पनि जिम्मेवार निकायले नसुनेको गुनासो गरे।

सडक किनार र चोकमा थुपारिएको फोहोर महिना दिनसम्म पनि नउठ्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन्। 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले यसको समाधान छिट्टै खोज्ने बताए । ‘हामी छिट्टै वैकल्पिक उपायबाट फोहोर व्यावस्थापन गर्ने योजना थालेका छाँै,’ उनले भने, ‘फोहर नउठ्ने यहाँको मात्रै समस्या होइन, उपत्यकाकै समस्या हो ।’ उनले फोहर फाल्नका लागि वैकल्पिक उपायका खोजिरहेको जानकारी दिए । 

‘सिसडोल फोहरले भरिएको छ, अब केही समयमात्रै त्यहाँ फोहर फाल्न मिल्छ,’ त्यसपछिको विकल्प अझै भेटिएको छैन,’ उनले भने। 

उनका अनुसार जथाभावी फोहर फ्याक्नेलाई निगरानी राख्न नगरपालिकाले सिसी क्यामेरा जडानको अवधारणा अघि सारेको छ । त्यसको लागि २० लाख बजेट पनि छुट्याएको छ । त्यस्तै विश्व सम्पदामा सूचिकृत बौद्ध नाथ स्तुप गेट अगाडि, मध्य बानेश्वर र सेतोपुल क्षेत्रमा पनि फोहोरको डंगुर थुप्रिएको छ । उक्त फोहर उठाउने विषयमा नगरपालिकाले कुनै पहल गरेको देखिन्न।

सिसडोलमा फोहोर राख्ने ठाउँ नभएपछि फोहोरलाई व्यवस्थापन गर्न नसकिएको काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामा जानकारी दिए । उनले भने, ‘फोहोर व्यवस्थापनमा हामी पनि चुकेका छौं, यसबारे महानगरपालिका नै सोचमग्न छ।’ 
अर्को समाचार
उठ्नै छाड्यो घर–घरको फोहर
१८ साउन २०७५
•
६ मिनेट पाठ
उठ्नै छाड्यो घर–घरको फोहर
फाइल फाेटाे : नागरिक
काठमाडौें तिनकुनेमा बस्ने शुशिल बस्नेतको कोठामा दुई सातादेखिको फोहोर छ । फोहोर उठाउने गाडि नआउँदा उनी कोठामै फोहर पाको पारेर राख्न बाध्य छन्।

कोठामा फोहोर राख्दा कोठा नै गन्हाउन थालेको उनको गुनासो छ । उनी भन्छन्, ‘बाहिर राखौं घरबेटी कराउँछन्, कोठामा राखौं गन्हाएर बसीसक्नु हुन्न, महानगरको गाडि फोहर उठाउन नआएको धेरै भयो, यसले ठूलो समस्या थपेको छ।’

उनीमात्रै होइन, काठमाडौंमा डेरा गरी बस्ने डेरावाला तथा घरबेटीहरू फोहोर उठाउने गाडि नआउँदा दिक्क छन् । दुइसाताभन्दा बढी फोहर उठाउन महानगरको गाडि नआउँदा कोठामै फोहोर गुम्स्याएर राख्नुपरेको छ सहरवासीलाई । यद्यपी फाट्टफुटट् ठाउँमा भने फोहोर उठ्ने गरेको छ । तिनकुने, नयाँ वानेश्वर, कोटेश्वर, गौशाला, सातदोबाटोलगायत मुख्य ठाउँमा फोहर उठाउन महानगरको गाडि आएको छैन।

पछिल्लो समय सरकारी निकायबीचको फोहर व्यवस्थापन गर्ने विवाद पनि सतहीमा पुगेको थियो । काठमाडौंको फोहर कसरी समाधान गर्ने होला ? धेरैले यसबारे अडकलबाजी गर्न थाले ।तर, सरकारी निकायले यसको दीगो समाधान भने निकाल्न सकेका छैनन । घरधनी र डेरावाला मात्रै होइन, उपत्यको फोहोर व्यवस्थापन गर्ने पक्ष अहिले सबैको टाउँको दुखाईको विषय बन्न थालेको छ ।  सरकारी निकायको परिपक्व निर्णय नहुँदा यो समस्या बल्झिरहनेको हो।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले दीर्घकालीन उपाय अवलम्बन नगर्दा देखिएका समस्या मान्न सकिन्छ । हरेक वर्षजसो विभिन्न बहानामा उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध आउने गर्छ । अवरोधले उपत्यकावासीलाई समस्यामा पार्छ भने सडकभर फोहोरको थुप्रो लाग्छ ।१२ बर्षदेखि फोहोर फाल्दै आएको सिसडोल भरिएपछि उपत्यकामा त्यसको असर परेको हो । यसको समाधान गर्न ९ बर्षअघि सरकारले लगानी बोर्डको कार्यालय अन्र्तगतको प्रोजेक्टलाई अघि सारेको थियो । तर,  उक्त प्रोजेक्टले बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सकेको छैन । महानगरले ६ महिना अघि नै ३ महिना भन्दा धेरैको फोहोर सिसडोलमा नअट्ने बताएको थियो ।

तर, ६ महिना बित्दापनि बञ्चरेडाँडालाई तयार पार्न सकेको छैन ।१२ बर्षदेखि फोहोर फाल्ने ठाउँ सिसडोलको आयु समाप्त भइसहकेको छ । विकल्पमा अर्को साइट तयार नहुँदा यही साइटको क्षमता बढाउँदै फोहोर चाङ लगाएर राख्ने गरिएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले यसबारे काम अघि बढेको जानकारी दिए । ‘यो समस्याको हामीले दिर्घकालीन समाधान खोजेका छौं,’ उनले भने, ‘बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट तयार भएपछि त्यसले लामो समय थेग्छ ।’ उनले  बञ्चरेडाँडा नै दीर्घकालीन उपाय नभएको जानकारी दिए।

उपत्यकाका तीन जिल्लाबाट सिसडोलमा दैनिक करीव ११ सय मेट्रिक टन फोहोर पुग्छ । महानगरले व्यवस्थापन गरिरहेको सिसडोलमा अन्य नगर तथा संस्थाले शुल्क तिरेर फोहोर विर्सजन गर्दै आएका छन् । महानगरले न्युनतम ८ टनसम्म रु १ सय ५० र ८ टन माथिको फोहोरको शुल्क २ सय ५० रुपैँया लिएर फोहोर विर्सजन गर्न दिन्छ ।

सरकारले २०५८ सालमै नुवाकोटकै बञ्चरेडाँडालाई ल्याण्ड फिल्ड साइड बनाउन स्थानीयलाई मुआब्जा बुझाइसकेको थियो । हालको ककनी गाउँपालिका वडा २ मा पर्ने यस क्षेत्रमा ल्याण्ड फिल्ड साइट बनाउनको निम्ति २०६१÷६२ देखि वार्षिक ढेड करोडभन्दा बढी रकम विनियोजन गर्दै आएको छ।

निजी कम्पनीले सुरु गरेन काम

सरकारले साउन १ गते काठमाडौं फोहर व्यवस्थापनको जिम्मा निजी कम्पनी दिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको बैठकले नेपवेस्ट प्रालिलाई फोहोरको जिम्मा दिने निर्णय गरेको थियो । तर, प्रालीले फोहर प्रसोधन केन्द्र निर्माण गर्ने कार्यलाई सुरु गरेको देखिन्न ।

३ वर्षभित्र फोहरबाट ग्यास र मल समेत उत्पादन हुने गरी काम थाल्न उक्त कम्पनीलाई जिम्मा लगाइएको हो । यो आयोजना निर्माणका लागि ८ अर्ब रुपैयाँ लगानी छुट्याइएको छ । लगानी बोर्डले यो आयोजना सम्पन्नपछि २० बर्षसम्मको फोहोर यही फाल्न सकिने जनाएको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस